text
stringlengths
2
914
आश्विन २, २०७६
फेवातालमा जलकुम्भीको जगजगी
दीपक परियार
हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाकिन्छ । यो वर्ष असार–साउनमा उतिसारो पानी परेन । भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेका अविरल वर्षाले भने हर्पन खोला हृवात्तै बढ्यो । भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो । यतिखेर जलकुम्भीले पुरै ताल ढाक...
आश्विन १, २०७६
लगातारको झरीले जनजीवन प्रभावित
कान्तिपुर संवाददाता
भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशैभरी बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । दुई दिनदेखिको लगातारको झरीले जनजीवन समेत प्रभावित बन्न पुगेको छ । हेरौं झरीमा कान्तिपुरका फोटो पत्रकारले खिचेका १५ तस्बिर :
प्रधानमन्त्री ओलीद्वारा संघीय संसद भवनको शिलान्यास
तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना
संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा) भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई ...
विश्वकर्मा पूजा गरिँदै
तस्बिर : हेमन्त श्रेष्ठ
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा बुधबार फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरेर मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखाना, उद्योगमा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ ।
भाद्र ३१, २०७६
तस्बिरमा हेरौं, इन्द्रजात्राको अन्तिम दिनको चहलपहल
तस्बिर : इलिट जोशी
उपत्यकामा मनाइने इन्द्रजात्राको मंगलबार अन्तिम दिन । इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्‍याएपछि इन्द्रजात्रा सकिने परम्परा छ । आजै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ ...
भाद्र ३०, २०७६
अस्ट्रेलियामा पनि मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)
नारायण खड्का
सहकालका देवता इन्द्रको पुजा आराधना गरि मनाइने इन्द्रजात्रा पर्व अस्ट्रेलियामा समेत धुमधामसँग मनाइएको छ । नेपालमै मनाइने इन्द्रजात्राको झल्को दिने उद्देश्यले कुमारीलाई रथमा राखेर रथयात्रा समेत गरिएको थियो । दक्षिण अस्ट्रेलियामा रहेको गुठी संस्थाले आयोजना गरेको जात्रामा नेपालीहरु मात्र नभएर विदेशीहरुको समेत उल्लेख्य उपस्...
भाद्र २९, २०७६
इन्द्रजात्रा : यसरी पिए महिलाले श्वेत भैरवको प्रसाद (तस्बिरहरु)
तस्बिर : इलिट जोशी , संजोग मानन्धर
इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् । यसलाई यञ्या पुन्हि पनि भनिन्छ। उपत्यकामा आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थ...
रंगमञ्चबाट विद्यार्थीको सन्देश
माधव घिमिरे
सातायता विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला नाटकघर विद्यार्थीमय बन्यो । गत शुक्रबार सुरु भएको विद्यार्थी नाटक महोत्सवका क्रममा सयभन्दा बढी विद्यार्थी सहभागी भए । उनीहरुले ९ वटा नाटक प्रदर्शन गरे । समाजका कुरितिविरुद्ध सचेतना, सकारात्मक सोचाइ राख्न प्रेरणा अनि अनुशासन र परिश्रमजस्ता पक्ष समेटेर रचिएका सन्देशमूलक कथालाई...
भाद्र २८, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
यो साता कान्तिपुर डेली डटकममा इन्द्र जात्रासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाएका छन् । यस्तै सडक भाँसिदा पासाङ ल्हामुमार्गको रसुवा खण्ड अवरुद्ध भएको तस्बिरले पनि चर्चा पायो । त्यस्तै, सिसडोलस्थित डम्पिङ साइटमा फोहोर संकलन गरेपछि आराम गर्दै गरेका एक कामदार, राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको ...
ओथारो बस्न थाले सारस [तस्बिरहरु]
तस्बिर : मनोज पौडेल
दुर्लभ पन्छी सारसको यतिबेला फुल पार्ने र ओथरा बस्ने बेला हो । भूइँमै गुँड लगाउने यो चरो लुम्बिनी क्षेत्रमा वर्षैभरी देख्‍न पाइन्छ । सजिलै भेटिने स्थानमा गुँड लगाउने भएकाले यसलाई चल्ला हुर्काउन धेरै जोखिम छन् । पन्छीका सिकार गर्ने वन्यजन्तुबाट यसलाई सधैँ डर रहन्छ । रुपन्देही र कपिलवस्तुका ४० भन्दा बढी ठाउँमा यो चरो यतिब...
पशुपतिमा सोह्र श्राद्ध गर्नेको भीड
तस्बिर : केशव थापा
दिव‌ंगत पितृकाे सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएका छन् । भाद्र शुक्ल पूर्णिमादेखि असाेजको कृष्ण पक्षका १५ दिन औंसीसम्म साेह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु ...
भाद्र २७, २०७६
कुमारी यात्रामा झुम्यो बसन्तपुर [तस्बिरहरु]
दामोदर न्यौपाने
यः सिं उठाएको दिनदेखि वसन्तपुरमा इन्द्रजात्राको रौनक सुरु भएको छ । इन्द्रजात्रा सुरु भएको चौथो दिन कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्छ ।
६ वर्षपछि मनाङमा हवाइजहाज
लालप्रसाद शर्मा , आश गुरुङ
पक्की धावनमार्ग बनेसँगै बन्द हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्...
पासाङ ल्हामुमार्ग भासिँदा यातायत ठप्प, यात्रुहरु जाेखिम मोलेर पहिराे पार गर्न बाध्य [तस्बिरहरु]
शब्द/तस्बिर : बलराम घिमिरे
पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त ठाउँ कालिका गाउँपालिका–१ मा पर्दछ ।
भाद्र २५, २०७६
'क्युट' कुमारी
तस्बिर : इलिट जोशी
वसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ। कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजना इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । यो वर्ष पनि आउने शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो। पूजामा ३५ कुमारी सहभागी थिए ।
भाद्र २४, २०७६
पेट्रोलियम पाइपलाइन : २४ वर्षको सपना साकार
कान्तिपुर संवाददाता
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको उद्घा‌टन (तस्बिरहरु)
पवन यादव
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको मंगलबार नेपाल र भारतको प्रधानमन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । भारतीय समय १२ बजे स्वीच थिचेर उद्घाटन गरिएको पाइपलाइन मार्फत् अमलेखगन्ज डिपोमा नेपाली समय १२ बजेर २० मिनेटमा तेल झरेको थियो ।
यस्तो छ अमलेखगञ्जमा रहेको पेट्रोलियम पदार्थ ‘प्रोसेसिङ एरिया’
कान्तिपुर संवाददाता
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् । हेरौं अमलेखगञ्जमा रहेको पेट्रोलियम पदार्थ ‘प्रोसेसिङ एरिया’ यस्तो छ ...
इन्द्रजात्राको लिंगो ठड्याइयाे, विधिवत रुपमा इन्द्रजात्रा सुरु [तस्बिरहरु]
तस्बिर : इलिट जोशी
इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ । अब राजधानीमा विभिन्न कार्यक्रमसहित एक सातासम्म इन्द्रजात्रा महोत्सव मनाइन्छ ।
भक्तपुर दरबार स्क्वायर घुमे चिनियाँ विदेशमन्त्री
तस्बिर : अंगद ढकाल
तीनदिने नेपाल भ्रमणका नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले यी मंगलबार बिहान भक्तपुर दरबार स्वायर भ्रमण गरेका छन् । विदेशमन्त्री यी विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठकका लागि आइतबार आएका हुन् । मंगलबार बिहान साढे ७ बजेतिर उनी दरबार स्क्वायर पुगेका थिए । उनले आफै तस्बिर खिँच्दै पाँचतले मन्दिर, दत्तात्रय मन्दिर सम...
भाद्र २३, २०७६
गर्मी छल्न जलविरे झरना
हरिहरसिंह राठौर
धादिङसँग जोडिएको चितवन जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनास्थित जलविरे झरना बिदाको दिन युवाहरु रमाउन, आनन्दका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । भीर, पहरा, छॅँगा र छहराको संयोग, प्राकृतिकाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक हो । जलविरेको झरना हेर्न, झरनामा खेल्न र पौड...
कस्तो राम्रो इन्द्रेणी !
कान्तिपुर संवाददाता
तपाईं हामीले घाम लागिरहेको दिशाबाट ठिक उल्टोपट्टि पानी परेको छ भने देख्छौं- इन्द्रेणी। इन्द्रणीमा हरियो, रातो, निलो, पहेलो, बैजनी लगायतका सात वटा रंग हुन्छन् । वैज्ञानिकहरुकाअनुसार इन्द्रेणी सधैं देख्न सकिन्न । इन्द्रेणी त्यतिबेला मात्र देखिन्छ, जब सूर्यको प्रकाश, पानीका थोपाहरु र हेर्ने मान्छेबीचको कोण ४० देखि ४२ डिग्...
भाद्र २१, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
पछिल्लो केही दिनदेखि मुलुकका विभिन्न स्थानमा डेंगुको चर्चा चलेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमक रोगका कारण मानिसहरु संक्रमित भएका छन् भने ४ जनाको ज्यान गइसकेको छ ।
भाद्र १९, २०७६
गर्मी बढेपछि तालतलैयामा (तस्बिरहरु)
तस्बिर : मनोज पौडेल
अहिले जिल्लामा अत्यधिक गर्मी बढेको छ । दिनभर जसो लाग्ने टन्टलापुर घामले जनजीवन कष्टकर बनाएको छ । बाटोमा हिँड्दा उखरमाउदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । शनिबारदेखि यहाँ अत्यधिक गर्मी बढेको छ । मंगलबार यहाँको तापक्रम अधिकतम् ३७ डिग्री सेल्सियस पुगेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग ईकाईक...
चितवनमा यसरी गरिन्छ गाँजा खेती
रमेशकुमार पौडेल
नेपालको कानुनले गाँजालाई लागूऔषध मानेको छ । कानुनले खान बन्देज गरेका कारण यसको खेती पनि गैरकानुनी हुन्छ । तर चितवनको पहाडी क्षेत्रमा हिजोआज पाखो बारी र कान्लामा निर्धक्क गाँजा रोप्दै गरेका स्थानीयको हुल देखिन्छ । उनीहरु निर्धक्क भएर अन्य बाली झैं गाँजा रोप्दै गरेका भेटिन्छन् ।
यस्ता बने हुरीपीडितका नयाँ घर
भूषण यादव
बाराको फेटा गाउँपालिका–१, भलुहीकी ५५ वर्षीया कलावतीदेवी तत्वा बुधबार खुसी देखिन्थिन् । चैत १७ मा आएको हावाहुरीले घर भत्काएपछि टेन्टमा बस्दै आएकी उनी नयाँ घरमा प्रवेश गरेकी छन् । सेनाले चिटिक्क परेको घर बनाइदिएपछि उनले जीवनप्रति आशा पलाएको बताइन् ।
भाद्र १८, २०७६
जब मूलपानीस्थित ग्रिनहिल सिटीमा बन्दै गरेको घर एक्कासी भत्कियो...(तस्बिरहरु)
तस्बिर : कविन अधिकारी
मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको निर्माणाधिन घर भारी वर्षाका कारण भत्किएको छ । गएरातिको भारी वर्षापछि निर्माणाधिन दुई तले घर भत्किएको हो । भौगर्भिक अध्ययन बिना नै भिरालो क्षेत्रमा घर निर्माण गर्दा घर भत्किएको हुन सक्ने नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक सुशिल आचार्यले बताए ।
भाद्र १७, २०७६
महाकाली किनारमा रौनक [तस्बिरहरु]
भवानी भट्ट
महाकाली नदीमा स्नान गर्न कञ्चनपुरसँगै कैलालीबाट महिलाहरु आउने गरेका छन् । महिलाहरु ट्रयाक्टर तथा अन्य सवारी साधनमा गीत बजाउँदै नाच्दै नदीतर्फ गईरहेका र फर्किरहेका छन् । तीज गीत र नृत्यले महाकाली किनारमै बेग्लै रौनकता आएको छ ।
भाद्र १६, २०७६
तनहुँमा लाखे नाच प्रतियोगिता (तस्बिरहरु)