text stringlengths 2 914 |
|---|
प्रताप रानामगर |
तीजको अवसरमा तनहुँको भिमादमा खुल्ला लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखेलाई संरक्षण गर्नका लागि भिष्म नेवार समाज भिमाद ६ मालेबगरले प्रतियोगिता आयोजना गरेको अध्यक्ष राजकुमार श्रेष्ठले बताए । |
सडकबाट गाडी खस्यो ? छँदैछन् कान्छा दाइ |
हरिहरसिंह राठौर |
गत साउन २४ गते शुक्रबार सर्लाही मलंगवाबाट काठमाडौं आउँदै गरेको कृष्ण यातायातको बस पृथ्वीराजमार्ग अन्तर्गत बेनिघाटमा दुर्घटना भयो । त्रिशूलीमा उत्तानो परेको बस झिक्न सहयोग मागियो । दुर्घटनाग्रस्त बसका टायर पनि थिएनन । नदी बिचबाट झिक्न कस्सिएका ५६ वर्षीय शन्तमान जलारीले ९ दिन लगाएर सडकमा निकालेरै छोडे । नाम शान्तराम भएपन... |
तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको रौनक |
तस्बिर : इलिट जोशी |
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबार पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश... |
भाद्र १४, २०७६ |
वाग्मतीमा र्याफ्टिङ [तस्बिरहरु] |
तस्बिर : केशव थापा |
वाग्मती सरसफाई अभियान अन्तर्गत शनिबार वाग्मती नदीमा र्याफ्टिङको गरिएको छ । शनिबार बिहान साढे ७ बजे ललितपुरको कुपन्डोलबाट सुरु भएको र्याफ्टिङ करिव १० बजे चोभर पुगेर सम्पन्न भएको थियो। कुपोन्डोलमा वाग्मती सरसफाई गरी र्याफ्टिङ सुरु गरिएको थियो । वाग्मती सरसफाई अभियान ३२९ हप्तामा पुगेको छ। हेरौं वाग्मतीमा र्याफ्टिङ । |
भाद्र १३, २०७६ |
गोकर्णेश्वरमा यसरी सम्झिए दिवंगत बुवालाई |
तस्बिर : अंगद ढकाल |
भाद्र कृष्ण औँशीका दिन बिहीबार बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । कुशे औँशीका दिन हिन्दू र बौद्ध धर्मावलम्बीले आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्ने चलन छ । बाबु जीवित हुने छो... |
भाद्र ११, २०७६ |
पाँच दिपङ्कर बुद्धको नगर परिक्रमा [तस्बिरहरु] |
लीला श्रेष्ठ , तस्बिर : अंगद ढकाल |
बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व पञ्जरां पर्व (पञ्चदान)को अवसरमा पाँच दिपङ्कर बुद्धलाई नगरपरिक्रममा गराइएको छ । भाद्र कृष्ण त्रयोदशीका दिन बुधबार भक्तपुरका बौद्ध धर्मावलम्बीले पाँच दिपङ्कर बुद्धको नगरपरिक्रमा गराई भव्यताका साथ पञ्जरां पर्व मनाए । |
साताका उत्कृष्ट ७ तस्बिर |
कान्तिपुर संवाददाता |
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालमा विभिन्न क्षेत्रमा तयारीका काम भइरहेको छ । हवाईमार्गबाट सिधा काठमाडौं आउने पर्यटकका लागि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सरसफाइको काम भइरहेको छ । |
भाद्र ८, २०७६ |
६ सय वर्ष पुरानो बिहार जोगाउन गुठी संस्थान घेराउ (तस्बिरहरु) |
दामोदर न्यौपाने , तस्बिर : केशव थापा |
असनको अशोकवृक्ष विहार (कोथुननी) जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्ता लगायतले आइतबार गुठी संस्थान घेराउ गरेका छन् । मठ मन्दिर, विहार जस्ता सम्पदा जोगाउन बनेको संस्थान नै मास्न लागेको भन्दै संस्थानले जोगाउन नसक्ने हो भने गुठीका जग्गामा स्थानीयवासी गुठीयार मिलेर सिमाना लगाउने उनीहरुले चेतावनी दिएका छन् । |
भाद्र ७, २०७६ |
यसरी निकालियो विराटनगरमा राधाकृष्ण रथयात्रा [फोटोफिचर] |
देवनारायण साह , विनु तिम्सिना |
विराटनगरमा शनिबार राधाकृष्णको रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । राधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । यो रथयात्राको ८९ औं श्रृङ्खला हो । |
सन्तुलन सूत्र (तस्बिरहरु) |
तस्बिर : मनोज पौडेल |
कपिलवस्तु भाद्र ७ गते । १० वर्षे किशोरी । उनको सन्तुलन सूत्र देख्दा सबै जिब्रो टोक्छन् । भारतको कानपुरबाट आएकी उनले शनिबार कपिलवस्तुको नयाँ टोलमा गज्जबको चटक देखाइन् । बाबु र आमाले दुई तिर बाँसको लौरो ठड्याए । त्यसमाथि दाजुले डोरी बाँधे । थाल ठटाउन थाले । निमेषमै भीड बढ्यो । अनी सुरु भयो १० वर्षे किशोरीका चटक । |
भाद्र ६, २०७६ |
तस्बिरमा कृष्ण जन्माष्टमी |
तस्बिर : इलिट जोशी |
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । |
भाद्र ५, २०७६ |
आईकाओका अध्यक्ष पुगे एभिएसन म्युजियम (तस्बिरहरु) |
सुरज कुँवर |
संयुक्त राष्ट्र संघको विशिष्टकृत निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का अध्यक्ष अलिमुयिवा बेनार्ड अल्युले बिहीबार सिनामंगलमा रहेको एभिएशन म्युजिमम अवलोकन गरेका छन् । उनले उक्त म्युजियमलाई संसारकै उत्कृष्ट नमुना भने । यो म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा क्याप्टेन बेद उप्रतीले २० महिनाअघि सञ्च... |
भाद्र ३, २०७६ |
घोडा चढेर गोसाइँकुण्ड [तस्बिरहरु] |
शब्द/तस्बिर : बलराम घिमिरे |
गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका सुब्बा तामाङ घोडा डोर्याउँदै तल झर्दै गर्दा लौरीबिनाको उकालोमा भेटिए । उनी गोसाइँकुण्ड मेलामा आएका भक्तजनलाई बुद्ध मन्दिर पुर्याएर फर्कंदै गर्दा भेटिएका हुन् । उकालो चढ्न नसक्ने तीर्थालु लिन पुन: चोलाङपाटी झर्दै थिए उनी । गोसाइँकुण्ड तीर्थयात्राका लागि आउने भक्तजनको सुविधाका ला... |
भाद्र २, २०७६ |
जामको सास्ती: कहिले बन्ला अरुण खोलाको पुल ? (तस्बिरहरु) |
कान्तिपुर संवाददाता |
पूर्वी नवलपरासीस्थित अरुण खोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन बाढिका कारण फेरि महेन्द्रराजमार्गमा यातायात अवरुद्ध भएपछि यात्रुले सास्ती खेप्नु परेको छ । लामो दुरीको सवारीहरु घन्टौँजाममा बस्नुपर्दा यात्रुहरु समस्या परेका छन् । अरुण खोलमा पानीको सतह बढेपछि डाइभर्सन गरी बनाइएको कच्ची सडकभन्दा माथिबाट पानीको भेल बगेका ... |
चुरे बचाउन माग गर्दै काठमाडौंमा प्रदर्शन |
तस्बिर : केशव थापा |
चुरेको बढ्दो विनाश रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार मध्यान्ह माइतीघर मण्डलमा भेला भएका युवाले माइतीघरबाट खबरदारी जुलुस वन तथा वातवरण मन्त्रलायमा पुगेर टुंगिएको थियो । जुलुसमा सहभागीले वन काटेर विकास गरेको कि विनाश? पैसाको हात्ती, जंगलको हात्ती, एउटा रुख नरोप्नेले २४ लाख रुख काट्ने लगायतका नारा लेखि... |
श्रावण ३२, २०७६ |
प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु |
तस्बिर : अंगद ढकाल |
लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो । |
मनमोहक तिलिचो (फोटोफिचर) |
कान्तिपुर संवाददाता |
तिलिचो उच्च स्थानमा रहेको एउटा ठूलो ताल हो । यो समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा छ । तालको पानी र त्यसमाथि उडिरहेको बादलको गतिले यहाँ वेगले हावा चलिरहन्छ । बेलुकीपख र राति यहाँ बस्न कठिन भए पनि दृश्य भने अद्भुत ! हेर्न र फोटो खिच्न कम्ता रमाइलो थिएन । सिनेमाको जस्तो छिन–छिनमा दृश्य परिवर्तन भइरहन्छ । फोटोग्राफी... |
अझै उठेनन् नेपाल-भारत सीमा स्तम्भ |
मनोज पौडेल |
एक महिनाअघि लढेका सीमास्तम्भ अझै उठन सकेका छैनन् । कपिलवस्तुको सुदुर पश्चिमको सीमा छुट्याउँदै बगेको दुई खोलामा ५ सीमा स्तम्भ लडेका छन् । एउटाको टुप्पो भच्चिएकोछ । असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ क्षतिग्रस्त बनेका थिए । महिना बढी भइसक्दा पनि सीमा स्तम्भ मर्मतसम्भार हुन सकेको छैन । |
श्रावण ३१, २०७६ |
गोसाइँकुण्डमा भक्तजन थेग्ने 'थर्पु' [तस्बिरहरु] |
शब्द/तस्बिर : बलराम घिमिरे |
जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड जाने बाटो छैउमा पाल तथा प्लास्टिकले निर्माण गरिएका टहरैटहरा देखिन्छ । यसलाई थर्पु भनिन्छ । मेला भर्न आउने भक्तजनको सुविधाका लागि वर्सेनि थर्पु बनाइन्छ । गोसाइँकुण्ड पदमार्गमा जम्मा १४ वटा स्थायी होटल छन् । होटलको संख्या थोरै भएकाले भक्तजनको चापलाई थेग्न थर्पु निर्माण गरिएको हो । भक्तजनको ... |
भक्तपुरमा दिवंगतको सम्झनामा ताहामचा [तस्बिरहरु] |
लीला श्रेष्ठ , तस्बिर : अंगद ढकाल |
उपत्यकामा मनाइने गाईजात्रा मध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने र ‘घिन्तात्वाङ, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’, भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको बढी चर्चा हुने गरेको छ । |
तस्बिरमा काठमाडाैंको गाईजात्रा |
तस्बिर : इलिट जोशी |
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकाका विभिन्न स्थानमा मनाइँदैछ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दा... |
श्रावण ३०, २०७६ |
गोसाइँकुण्डमा घुइँचो |
शब्द/तस्बिर : बलराम घिमिरे |
पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ बिहीबार सयौँ भक्तजनहरुले गोसाइँकुण्डमा स्नान गरेका छन् । जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पुजा आजा तथा स्नान गर्दा आनन्द हुने विश्वास रहि आएकाले यसदिन भक्तजनहरु पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमले बताए । |
हेरौं तस्बिरमा बटुकका रक्षा बन्धन तयारी |
तस्बिर : हेमन्त श्रेष्ठ |
आज जनै पूर्णिमा । श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको ह... |
तस्बिरमा हेरौं काठमाडौंको जनै पूर्णे |
तस्बिर : इलिट जोशी |
बिहीबार हिन्दूधर्मावलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाइरहेका छन् । बिहानैदेखि मन्दिरहरुमा सर्वसाधारणको घुइँचो लागेको छ । मन्दिरमा जनै फेर्न, डोरो बाँध्न सर्वसाधारण पुगेका छन् । यस्तै दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिएका छन् । |
श्रावण २९, २०७६ |
नेपालगन्जमा रक्षाबन्धनको चहलपहल (तस्बिरहरु) |
शब्द/तस्बिर : ठाकुरसिंह थारु |
दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् । मधेसी समुदायमा मनाइने यो पवित्र चाड पछिल्लो समयमा अन्य समुदायले पनि सिक... |
श्रावण २८, २०७६ |
पोखरामा ट्होटे पर्व (तस्बिरहरु) |
विना थापा |
गुरुङ सामुदायले मंगलबार पोखरामा ट्होटे पर्व तामझामका साथ मनाएका छन् । चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाइन्छ । कार्यक्रमको आयोजना तमु धिं नेपालले गर्दै आएको छ । तमु धिंका उपाध्यक्ष हुम बहादुर गुरुङका अनुसार गुरुङ भाषामा ‘ट्हो’ को अर्थ ‘राज्य’ र ‘टेको’ अर्थ ‘धपाउने’ वा राज्यबाट शत्रुलाई लखेट्नु हो । गाउँम... |
श्रावण २७, २०७६ |
शिवालयमा बोलबमको भीड |
कान्तिपुर संवाददाता |
साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । |
४ किलोमिटर घस्रँदै जलार्पण |
मनोज पौडेल |
साउन महिनाको अन्तिम सोमबार श्रद्धालुहरुले ४ किमि घस्रँदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पण गरेका छन् । साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई बिहानैदेखि सदरमुकाम तौलिहवास्थित मन्दिरमा जलार्पण गर्दै पुजाआजा गर्नेको दिउँसोस... |
प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गरेर फर्किएपछि भने - 'म स्वस्थ छु' |
अनिश रेग्मी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.