text
stringlengths
2
914
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका छन् । उनी १२ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । ओली १० दिन अघि सिंगापुर गएका थिए । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले फलो-अपका लागि सिंगापुर जान सुझाएका थिए । सिंगापुर जानु अघि प...
मुस्लिम महिलाले यसरी मनाए बकर ईद
मनोज पौडेल
इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चार्ड बकर ईद सोमबार मनाइदैँछ । बकर ईदका दिन बुर्का लगाएरै मस्जिद पुगेर महिलाहरु नमाज पढे । बालबालिका देखि बुढपाकासम्मले खुसी साटासाट गरे । अंगालोमा बाँधिएर शुभकामना आदानप्रदान गरे । मुस्लिम अन्तरगतको वाहावी सम्प्रदायका महिलाहरुमात्र नमाज पढ्न मस्जिद जान्छन् ।
श्रावण २६, २०७६
जनजाति महासंघका उपाध्यक्षसहित १९ आन्दोलनकारी पक्राउ [तस्बिरहरु]
तस्बिर : इलिट जोशी
'आरक्षण बचाऔं आन्दोलन' को अगुवाईमा आइतबार सिंहदरबार घेर्न पुगेका केही आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ । मध्यान्ह सिंहदरबारको पश्चिम गेट भद्रकालीमा धर्ना सहभागीमध्ये १९ जना पक्राउ परेका हुन् ।
श्रावण २५, २०७६
साताका उत्कृष्ट ७ तस्बिर
कान्तिपुर संवाददाता
साउनको अन्त्यतिर मनसुन केही सुस्ताएको छ । काठमाडौं उपत्यकाका सडकमा परेका खाल्डैखाल्डाले सवारी दुर्घटनाको जोखिम बढाइरहेको छ भने अर्कोतिर चालक-सहचालकले हैरानी ब्यहोर्दै आएका छन् । यस साता ईकान्तिपुर डटकममा वाग्मती करिडोरअन्तर्गत पशुपतिस्थित गुहेश्वरी सडक खण्डको खाल्डोमा फसेको माइक्रोको तस्बिरले प्राथमिकता पायो । त्यस्तै ...
श्रावण २४, २०७६
त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु
हरिहरसिंह राठौर
सर्लाही सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् भने २६ जना बेपत्ता छन् ।
तस्बिरमा हेर्नुहोस्, विश्व आदिवासी दिवस
तस्बिर : केशव थापा
२५ औं विश्व आदिवासी दिवस (९ अगस्ट) शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।
श्रावण २२, २०७६
यसरी नियन्त्रणमा लिइयो सुबिसु कार्यालयमा लागेको आगो
तस्बिरः कविन अधिकारी
बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह लागेको आगो नियन्त्रणमा लिइएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएको थियो । सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार आगलागीले बालुवाटार वरपरको इन्टरनेट सेवा बन्द भएको छ भने अन्य ठाउँमा भने सुचारु भइसकेको छ ।
श्रावण २१, २०७६
फेरिँदै मेहन्दी परम्परा [तस्बिरहरु]
प्रशान्त माली
नेवार समुदायमा परम्परादेखि मेहन्दी लगाउने चलनबारे अधिकांशलाई थाहा नहुन सक्छ । नेपाल भाषामा ‘लैचा’ भन्ने वनस्पतिबाट मेहन्दी बनाइन्छ । जसलाई सिलौटामा पिसिन्छ । त्यस लेदोमा अमिलो घाँस मिसाएपछि बन्ने मेहन्दी हातमा विभिन्न आकृति बनाइन्छ । प्राय:ले चन्द्र, सूर्य र चराको चित्र बनाइन्थ्यो ।
जलमग्न महेन्द्रनगर
भवानी भट्ट
सोमबार राति देखिको वर्षाका कारण कञ्चनपुर सदरमुमकाम महेन्द्रनगर तथा आसपासका क्षेत्रहरु जलमग्न बनेका छन् । भीमदत्त नगरपालिका–१८, ४ र ६ का बस्तीहरु डुबानमा परेका हुन् ।
श्रावण २०, २०७६
यसरी मनाइँदै छ गुरही (तस्बिहरु)
शब्ढ/तस्विर: ठाकुरसिंह थारु
मुलुकभरी नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारु समुदायले सोमबार साँझ गुरही पर्व मनाई रहेका छन् । उनीहरुले नाचगान गर्दै पर्व मनाएका हुन । थालभरी (गुरही) कपडाले बनाइएका पुतली र युवाहरुको हातमा लठ्ठी र (बनकास) बाबियोको कोर्रा लिएर तयारी अवस्थामा रहे । महिलाहरुले गुरही उडाए । युवाहरुले लठ्ठी र कोर्राले पिटे । गुरही असराएलग...
बर्खे सडकमा सवारी सास्ती (फोटोफिचर)
अनिश तिवारी
वर्षाका कारण जिल्लाका ग्रामिणदेखि मुख्य सडकखण्ड क्षतिग्रस्त अवस्थामा पुगेपछि स्थानीय सास्ती भोग्न बाध्य बनेका छन् । राजधानी जोड्ने मुख्य सडक भास्सिएको छ । सीमाक्षेत्र तातोपानीदेखि पश्चिम हेलम्बु, पाँचपोखरीसम्मका सडक हिलाम्मे बनेका छन् । सोमबार मेलम्ची फट्केश्वर, लप्सीफेदी हुँदै शंखरापुर नगरपालिकाको साँखु जोड्ने ३६ किलो...
‘जहाँ जीवित नागकै पूजा गरिन्छ’ [तस्बिरहरु]
मनोज पौडेल
जिल्लाको सदरमुकाम तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा सोमबार नाग देवताको धार्मिक विधिपूर्वक पुजाआजा गरी नागपञ्चमी मनाइएको छ । नागपञ्चमीका दिन मन्दिर परिसरमा सर्पलाई दुध, लावा, चना, अक्षता, अविर, चन्दन र फुल चढाएर पुजाआजा गरिएको थियो ।
श्रावण १८, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
यो साता कान्तिपुर डेली डटकममा वर्षापछि सडकमा सवारी चालकले पाएको सास्ती, बसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माणमा खटिएका कामदारको तस्बिरहरुले प्राथमिकता पाएका छन् । त्यस्तै भक्तपुरको गँठेमंगल पर्व, जग्गा प्लटिङले काठमाडौंको बुढानिलकण्ठ २ भंगालमा धाराको जग ढल्न लागेको तस्बिर पनि छापिए । जुन तस्बिरहरु पाठकले धेरै रुचाए ...
श्रावण १७, २०७६
हेर्नुहोस् पूर्व राजाहरुले दरबारमा राखेका आखेटोपहारको लथालिंग अवस्था [फोटोफिचर]
तस्बिरः कञ्चन अधिकारी , दिनेश रेग्मी
नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।
श्रावण १५, २०७६
बुकीपाटनमा चौंरीको लस्कर
शब्द/तस्बिर : हरिहरसिंह राठौर
पोसिलो घाँस हुने भएकाले यतिबेला धादिङको सोमदाङ बुकीपाटनमा चौंरीको लस्कर देखिन्छ । चौंरीपालकको दिनचर्या बुकीमा चौंरी र तिनका बाच्छा स्याहार्दै बितिरहेछ । भर्खरै ब्याएका चौंरीलाई दानापानी र स्याहार अलि बढी नै चाहिन्छ । समुद्री सतहदेखि ३ हजार ७० मिटर उचाइमा छ बुकीपाटन । धादिङबेंसीबाट सोमदाङ पुग्न नुवाकोट, रसुवा स्याफ्रुबे...
श्रावण १४, २०७६
घण्टाकर्ण दहन गर्दै गँठेमंगल मनाइयो (तस्बिरहरु)
तस्बिर : अंगद ढकाल
भक्तपुरको दत्तात्रय मन्दिरमा नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गँठेमंगल पर्व मनाएका छन् । साउन कृष्ण चर्तुदशीका दिन मनाइने यो पर्वलाई घण्टाकर्ण चर्तुदर्शी पनि भनिन्छ। भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन छ।
श्रावण ११, २०७६
चिसो भुईमा सुत्छन् बाढीपीडित
शाहीमान राई
जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७५ वर्षीया भागवदेवी सदा बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएकी छन् । इनर्वाकी ७८ वर्षीया राजकुमारी सदा पनि छिमेकी कै शरणमा छिन् । उनीहरुजस्तै सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० वर्षीया सीता सदा, ४० वर्षीया निरुदेवी दास, ४९ वर्षीया काउलीदेवी...
श्रावण ८, २०७६
यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]
अवधेशकुमार झा
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् । स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।
श्रावण ६, २०७६
साउनकाे पहिलाे सोमबार, पशुपतिमा भीड
तस्बिर : इलिट जोशी
साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् व्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्न...
श्रावण ४, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
यस साता कान्तिपुर डेली डटकममा मनसुनबाट प्रभावित जनजीवनको तस्बिरहरुले प्राथमिकता पाएका छन् । त्रिशूली नदीबाट बालुवा झिक्दै गरेको, जोखिम मोलेर पुल तर्दै गरेका तस्बिरहरु रुचाइए । काठमाडौं उपत्यकाबाहिर मात्रै होइन, भित्रका विभिन्न ठाउँमा डुबानको अवस्था आउँदा जनजीवन अस्तव्यस्त बन्यो ।त्यस्तै हिलोमा फसेको सवारी साधन निकाल्नु...
पचली भैरव गुठीमा बनेका अवैध संरचना भत्काइए
तस्बिर : इलिट जोशी
राजधानीको टेकुस्थित पचली भैरव गुठीको जग्गामा रहेको ऐतिहासिक पोखरी अतिक्रमण गरि बनाएका संरचना शनिबार भत्काइएकाे छ । महानगरकै मिलेमतोमा बिना नक्सापास अनाधिकृत रुपमा निर्माण हुँदै गरेका संरचना गुठियार, सम्पदाप्रेमी र स्थानीय मिलेर भत्काएका हुन्।
तस्बिरमा काठमाडौं–कोरा साइक्लिङ
अनिश रेग्मी
यो वर्षको काठमाडौं–कोरा साइक्लिङ च्यालेन्ज २०१९ शनिबार आयोजना गरिएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको साइकलिङमा २५०० जना सहभागी भएका छन् । एक सय, ७५ र ५० किलोमिटर गरी तीन तहमा दौड आयाेजना गरिएकाे हाे ।
श्रावण १, २०७६
बाढीमा बालुवा झिक्न चटारो [फोटो फिचर]
तस्बिर/शब्द : हरिहरसिंह राठौर
यतिखेर बालुवा व्यापारीलाई दसैं लागेको छ । वर्ष दिनभरि हुने कमाई त्रिशूली र त्रिशुलीका शाखाहरु बेल्खु , आग्रा, महादेवखोला, मलेखु खोला, चिरौंदी र चरौंदी खोला, हुग्दी खोला किनारमा सयौंको संख्यामा वालुवा निकाल्ने मजदूरहरु व्यस्त छन् । कोही खोलामा पसेर बालुवा झिक्छन् भने कोही थुन्से थापेर बाहिर ओसार्छन् ।
असार ३१, २०७६
बाढीले खेदेपछि... [फोटोफिचर]
शिव पुरी
तराई/मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या ठूलो छ । यस वर्ष मात्र बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाइसकेका छन् । १ जना बेपत्ता छन् । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदी बस्ती पस्दा जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।
असार ३०, २०७६
मध्यरातमा मलेखु खोला उर्लेपछि ...
हरिहरसिंह राठौर
मध्यरातमा उर्लेको मलेखु खोलाले चिनियाँ लगानीमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा क्षति गरेको छ । बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ । आइतबार रातभरको वर्षाले खोला बढ्न थाले पछि बगरमा रहेका मजदुर तथा प्राविधिक आवास खाली गराएर नजिकैको पिपल भन्ज्याङ माविमा सारिएको थियो ।
असार २९, २०७६
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नका लागि हिलोमा ओछ्याइएको रातो कार्पेटको तस्बिरको धेरै चर्चा भयो । साताभर बाढी,डुबान तथा पहिरोका तस्बिरहरुले प्राथमिकता पाए । त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान नेपालगन्जबाट यात्रु लिएर आएको यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुग...
रौतहटमा पानीको बहाव कम हुँदै, दिनचर्या सामान्य अवस्थामा फर्कँदै
शब्द तथा तस्बिर : शिव पुरी
लगातारको वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा सदरमुकाम लगायतको जनजीवन अस्तब्यस्त भएको छ । अहिले गौरको डुबान कम हुँदै गएको छ । मानिसहरु घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरु खुलेका छन् । अधिकांश व्यापारीको पसल डुबानमा परेर क्षति पुगेको छ । जनजीवन विस्तारै सामान्य बन्दै छ । रौतहटमा अहिलेसम्म ५ ...
असार २८, २०७६
खोला किनारको जीवन [फोटोफिचर]
शब्द/तस्बिर: जितेन्द्र साह