text
stringlengths
2
914
मोरंगको विराटनगर–रंगेली जोड्ने मुख्य मार्गको सिंघिया खोला पुलबाट शनिबार बिहान एक समूह मुन्तिर हेरिरहेका थिए । यो जीर्ण पुलले बाढीको थप मार थाम्न नसक्ने हुनाले उनीहरु चिन्तित थिए । दुई दशक अगाडि नै आयु सकिसकेको यो पुललाई यसोउसो बाँधेर टालेर काम चलाइँदैछ ।
असार २७, २०७६
बल्खुकाे वितण्डा हेर्नुहोस् २५ तस्बिरमा
तस्बिर : सन्जोग मानन्धर
लगातार वर्षाका कारण उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्...
वर्षाले जनजीवन प्रभावित (फोटोफिचर)
तस्बिर : हेमन्त श्रेष्ठ
अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ भने विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्।
ललितपुरको पाटन डुबानमा (फोटोफिचर)
तस्बिर : हेमन्त श्रेष्ठ
भारी वर्षाका कारण मुलुभरको जनजीवन प्रभावित बनेको छ । उपत्यकामा विभिन्न ठाउँहरुमा पानी जमेपछि आवतजावतमा समस्या भएको छ । ढल निकास व्यवस्थित नुहँदा जताततै पानी भरिएका छन् । पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छवि...
६ घण्टादेखि विमानस्थल बन्द, यात्रुको बिचल्ली (फोटोफिचर)
सुरज कुँवर
नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि अवरोध छ ।विमानस्थल व्ययवस्थापनले पाचौंपटक समय सार्दै नोटाम जारी गरेर विमानस्थल ७ बजेसम्मलाई बन्द गरेको छ । बिहान ९ बजेदेखि चेकइन गरेका सयौँ यात्रु त्रिभुवन अन्तर्रा...
रनवेमा चिप्लिएपछि यति एयरलाइन्सको जहाज घाँसे मैदानमा [फोटो फिचर]
देवेन्द्र भट्टराई
त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । तस्...
जलमग्न जनकपुर [फोटो फिचर]
सन्तोष सिंह
तीन दिनदेखिको अविरल परेको वर्षाले जनकपुरको अञ्चल अस्पताल, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय जालम्य भएको छ । शुक्रबार बिहानसम्म पनि पानी पर्न रोकिएको छैन । स्थानीयको घर र पसलमा समेत पानी जमेको छ । पानीले गर्दा चहलपहल कम भएको छ भने घरभित्र पानी पस्ने चिन्ताले स्थानीयलाई सताएको छ ।
असार २६, २०७६
हिलाम्य ठेंचो
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना
नेपालमा मनसुन सक्रिए भएको धेरै दिन भएको छैन। केही दिन अघिदेखि पर्न सुरु भएको पानीले राजधानीका अधिकांश बाटोमा पानी जम्ने र बाटो हिलाम्य भएका छन् । खासगरी राजधानीको रिङरोड बाहिरका बाटोमा झन् हिलोले सर्वसाधारणको दैनिकै नै प्रभावित पारिदिएको छ ।
असार २५, २०७६
मनसुनको उत्कर्ष
शब्द/तस्बिर : जितेन्द्र साह
महानगर विराटनगरमा बुधबार बिहान करिब छ बजेदेखि दुई घण्टा मुसलधारे वर्षा भयो । यो वर्ष मनसुन सुरु भए यता यति धेरै पानी परेको पहिलो पटक हो । त्यसपछि पनि झरी रोकिएन ।
हिलोमाथिको 'रेड कार्पेट' मा प्रधानमन्त्री
तस्बिर : इलिट जोशी
बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । हिजोदेखि परेको पानीले उद्घा...
असार २४, २०७६
प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र
तस्बिर : इलिट जोशी
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय परिचयपत्र लिएका छन् । प्रधानमन्त्री ओलीलाई परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन्। प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले पनि परिचयपत्र लिएकी थिइन् ।
यसरी जोगियो खहरे खोलाको बाढीमा परेको गाडी [फोटो फिचर]
आनन्द गौतम
सदरमुकाम फुङलिङबाट दुईजना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदैगरेको जिप गाडी खहरे खोलाको बिचैमा फस्यो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले रिजर्भ गरेको गाडी तावाखोलामा फसेको थियो ।
असार २२, २०७६
कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षति (तस्बिरहरु)
वसन्तप्रताप सिंह
गत हप्ता सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोशित बुङ्गलका स्थानीयले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन् । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ ।
तरकारीको माला लगाएर सरकारको विरोध [तस्बिरहरु]
कान्तिपुर संवाददाता
भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन थालेको छ । जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
गर्मी छल्न मुहानपोखरी
तस्बिर : अंगद ढकाल
गर्मी बढेसँगै भक्तपुर चाँगुनारायण नगरपालिका मुहानपोखरीमा रहेको झरनामा पुगेर रमाउने युवकयुवती संख्या बढेको छ । उपत्यका र आसपासका जिल्लाबाट समेत युवाहरु तथा परिवार सहित झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । भक्तपुरको नगरकोट बसपार्कबाट करिव ६ किमी पूर्वमा पर्छ मुहानपोखरी । मुहानपोखरीसम्म सजिलै सवारीसाधन पुग्छन् । मुहानपो...
असार २१, २०७६
हेर्नुहोस्, साताका ७ तस्बिर
कान्तिपुर संवाददाता
कान्तिपुर डेली डटकममा यो साता असार धान दिवस, विकास निर्माण र सामाजिक विषयका तस्बिरहरुले प्राथमिकता पाए । धादिङमा आयोजना गरिएको रोपाई महोत्सवमा एक अर्कालाई हिलो छ्यापी रामाउदै गरेको तस्बिर धेरै रुचाइयो । पाटन क्षेत्रमा बन्दै गरेको घरका सिमेन्ट ओसारेको ,निजगढ द्रूतमार्गमा पहाड खन्दै गरेका डोजरहरुको तस्बिरले पनि स्थान पाए...
यस्तो देखियो एनआरएनए अस्ट्रेलियाको चुनाव (तस्बिरहरु)
नारायण खड्का
प्रवासी नेपालीहरूको सङ्गठन एनआरएन अस्ट्रेलियाको चुनाव सम्पन्न भएको छ । हरेक दुई वर्षमा हुने यस निर्वाचनले अर्को कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्नेछ ।
असार १९, २०७६
हेटौंडा जाने छोटो रुट - कान्तिलोक पथ, कालोपत्रे अन्तिम चरणमा
तस्बिर : अंगद ढकाल
निर्माण सुरु ६ दशकपछि कान्तिलोक पथको कालोपत्रे बल्ल अन्तिम चरणमा पुगेको छ । राजधानीलाई हटौंडासँग जोड्ने छोटो भरपर्दो माग आर्थिक वर्ष ०७७/७८ मा निर्माण पूरा गरी उद्घाटन गर्ने सरकारको लक्ष्य छ ।
असार १५, २०७६
धादिङमा हिले दौड प्रतियोगिता [तस्बिरहरु]
शब्द/तस्बिर : हरिहरसिंह राठौर
धादिङमा पहिलो पटक खुला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । आयोजकहरुले देशभरमै पहिलो खुल्ला हिले दौड दाबी गरेको प्रतियोगितामा महिलातर्फको दौडमा धादिङ सिद्धलेक घरभै हाल हल्चोकस्थित सशस्त्र प्रहरीमा कार्यरत सोनी गुरुङले प्रथम नगद पुरस्कार ५० हजारसहितको कप हात पारिन् ।
यसरी गरिएको थियो धावनमार्ग सुधार [तस्बिरहरु]
तस्बिर : अंगद ढकाल
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) सोमबारदेखि २१ घण्टा नै सञ्चालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग जीर्णोद्धारको पहिलो चरणको काम सम्पन्न गर्दै पुन: २१ घण्टा सञ्चालनमा ल्याउन लागेको हो । ‘असार १६ देखि काठमाडौं विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा ल्याउँदै छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्...
खोटाङमा यसरी मनाइयो धान दिवस (तस्बिरहरु)
डम्बरसिं राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औं धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोलेबारी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो ।
रोपाइँमा पर्यटक पनि रमाए [तस्बिरहरु]
तस्बिर: अंगद ढकाल
असार १५ अर्थात् आइतबार धान दिवसको अवसरमा भक्तपुरको बाँसघारी रोपाइँ जात्रा मनाइएको छ । जात्रामा स्थानीय र विदेशी पर्यटकसमेत हिलो खेलेर रमाए । असार-साउनलाई मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइन्छ ।
मेसिनबाटै रोपाइँ [तस्बिरहरु]
रमेशकुमार पौडेल
असार १५ का दिन आइतबार राष्ट्रिय धान दिवस मनाउने कार्यक्रममा पश्चिम चितवनको दिब्यनगरमा बिहानैदेखि स्थानीयको जमघट थियो । धान रोप्ने भनेपछि हली, खेतला बाउसे जहाँ पनि जुट्छन् । पछिल्लो समय खेत जोत्न हलो र गोरुभन्दा ट्रयाक्टर लगाउने चलन बढ्दो छ । तर रोप्ने तरिका प्राय पुरानै छ । बीउ गोड्यो, मुठा पार्‍यो अनि हिल्याएको खेतमा ...
असार १४, २०७६
रोपाइँको रौनक [तस्बिरहरु]
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना
रोपाइँ दिवसको सन्दर्भमा कान्तिपुर पब्लिकेसन्स्‌ले शनिबार ललितपुरमा एक कार्यक्रम गरेको छ । गोदावरी भिजेज रिसोर्ट नजिकै भएको ‘मड फेस्ट’मा राष्ट्रिय कलाकारहरुका साथ स्थानीय युवा युवती खेतमा रोपाइँ गर्दै आपसमा हिलो खेल्दै रमेका थिए । कुटुम्भ र ज्योभन भुजुको लाइभ प्रस्तुति रहेको कार्यक्रममा मड फुटबल, डोरी तानातानजस्ता खेलसम...
साताका ७ उत्कृष्ट तस्बिर
कान्तिपुर संवाददाता
यो साता कान्तिपुर डेली डटकममा अन्तर्राष्ट्रिय विमानस्थलको जिर्णोदारअन्तर्गत धावनमार्गको कालोपत्रेको काम र सडक किनारामा रहेको कुवाबाट पानी निकालेको र दुर्घटनासम्बन्धी तस्बिरहरुले प्राथमिकता पाएका छन् । वृक्षारोपण दिवस २०७६, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले शनिबार माइतीघरमा गरेका यात्रा र खेलकुद प्रतियोगिताले पनि चर्चा प...
प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानकाे शुभारम्भ
तस्बिर : हेमन्त श्रेष्ठ
सरकारले शनिबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको काेटेश्वरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका छन् ।
असार १३, २०७६
गर्मी छल्न गोठै लगिन्छ लेक [फोटोफिचर]
हरि गौतम
६२ वर्षका उदिम बुढा मगर भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको सिमाना रिका लेक छन् । केही दिनअघि मात्रै लेक उक्लिएका बुढा अझै आधा महिना लेकमै बस्ने छन् । सुरबहादुर बुढा मगर र इकबहादुर कामी पनि रिका लेकमै छन् । उदिम, सुरबहादुर र इकबहादुर रिका लेकमा घुम्न भने गएका होइनन् ।
यसरी गरियो ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास [हेर्नुहोस्, ६ तस्बिर]
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपराह्न ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । अभ्यासका कारण करिब आधा घण्टा विमानस्थल बन्द भएको थियो ।
असार १२, २०७६
ठूलो स्याफ्रूमा प्याराग्लाइडिङको परीक्षण उडान (तस्बिरहरु)
शब्द/तस्बिर : बलराम घिमिरे
गोसाइकुण्ड गाउँपालिक–५ ठूलोस्याफ्रुमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले बिहीबार ठूलो स्याफ्रूमा परीक्षण उडान गरेको हो । प्याराग्लाइडिङको उडान परीक्षण तीन दिनसम्म चल्ने छ । साहसिक खेलको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्य सहित जिल्लामै पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडा...
असार ११, २०७६
मिडिया काउन्सिल विधेयकविरुद्ध वसन्तपुरमा प्रदर्शन (तस्बिरहरु)
कान्तिपुर संवाददाता
सरकारले ल्याउन लागेको प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार वसन्तुपुरमा बृहत प्रदर्शन गरेको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार वसन्तपुरमा बृहत कार्टुन प्रदर्शन तथा व्यंग्यात्मक कविता वाचन गरिएको हो ।