text stringlengths 2 914 |
|---|
लैंगिक विभेदविरुद्ध नयाँ पुस्ता |
सुजाता मुखिया |
‘पोथी बासेको राम्रो हुँदैन’, ‘छोरीका भाग्य भान्सामै’, ‘छोराका लागि सम्पत्ति जोड्नू, छोरीका लागि दाइजो’ । बोलीचालीमा प्रचलित यस्ता उखान–टुक्काले समाजमा गहिरो रूपमा रहेको लैंगिक विभेदलाई उजागर गर्छ । यस्ता भनाइले महिलालाई परम्परागत भूमिकामा सीमित गर्ने र पुरुषप्रधान सोचलाई बलियो बनाउने काम गर्छ । यद्यपि, नयाँ पुस्ताले यी... |
बेवारिसे कुकुरकी साथी डा. रश्मि |
पर्वत पोर्तेल |
विराटनगरको नोबेल मेडिकल कलेजकी स्त्रीरोग विशेषज्ञ डा. रश्मि थापा एक दिन अस्पतालबाट डेरा फर्किंदै थिइन् । गाडीको ठक्करबाट सडकमा एउटा कुकुरको छाउरो रगताम्मे भएर पल्टिरहेको थियो । त्यो दृश्यले उनको मन भत्भती पोल्यो । सम्झिइन्, ‘तत्काल उद्धार गर्न पाएको भए बाँच्ने थियो होला ।’ अर्को दिन प्यारालाइसिस भएर सडकमा भौंतारिरहेको ... |
माघ १३, २०८१ |
‘सुन्दरपानी’ चियाको जर्मनी यात्रा |
पर्वत पोर्तेल |
सन् १९८३ ताका जर्मनीका महावाणिज्यदूत मार्वोक बुसाकको निम्तोमा पहिलो पटक जर्मनी टेकेका थिए, झापा भद्रपुरका उदय चापागाईं । दुई महिना लामो जर्मनी बसाइमा उनी सहर मात्रै घुमेनन्, त्यहाँका उद्योगधन्धा र आर्थिक क्षेत्रलाई पनि चासोका साथ नियाले । |
माघ १२, २०८१ |
पश्चिमी वायु प्रणाली कमजोर जाडो नसकिँदै गर्मी महसुस |
नुमा थाम्सुहाङ |
पछिल्लो साता काठमाडौं उपत्यकालगायत पहाडी भेगमा गर्मी बढेको महसुस भएको छ । तराईमा भने बाक्लो हुस्सु लागिरहेको छ । पहाडी क्षेत्रमा हिउँदे वर्षा सक्रिय नहुँदा बालीमा समेत असर परेको छ । तीन महिनाअघि नै जल तथा मौसम विभागले अक्टोबरदेखि डिसेम्बरसम्म मुलुकमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो... |
माघ ११, २०८१ |
कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र |
बुनु थारू/रासस |
माघको पारिलो घाम । साना नानीहरूलाई एउटा कोठामा स्याहारकर्ताले लिटो खुवाइरहेका छन् । खेलौनाले भरिएको अर्को कोठामा गीत बजिरहेको छ, जहाँ बच्चाहरू रमाइरहेका देखिन्छन् । यो दृश्य हो, राज्यकै शक्तिशाली प्रशासनिक केन्द्र सिंहदरबारमा अवस्थित दिवा शिशु स्याहार केन्द्रको । बच्चाहरू पनि स्वच्छन्द तरिकाले खेलिरहेको देख्दा लाग्छ, उ... |
माघ ८, २०८१ |
जलवायु परिवर्तनको मुद्दा बोकेर ‘सेभेन समिट’ मा |
नुमा थाम्सुहाङ |
विश्वमा बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको नारा बोकेर आरोही प्रकाशराज पाण्डे सात महादेशका सातै अग्ला हिमाल चुम्ने अभियानमा छन् । |
माघ ७, २०८१ |
वरिष्ठ अधिवक्ता भन्छन् : म एक्लो रहेनछु |
घनश्याम खड्का |
छान्न पाउने छुट नहुनाले अदालत जाँदा उनको सुट–पाइन्टको रङ सधैं एउटै हुन्छ– कालो । तर, टाई र टोपी भने उनी अलगअलग रङको लगाई हिँड्छन् । त्यस दिन उनको टाई रातो थियो जसको टुप्पामा समातेर उनलाई तानियो र भुइँमा घिसारियो । |
माघ ६, २०८१ |
रगत–पसिना बगायौं, बदलामा के पायौं ? : संगीता लामिछाने |
दीपक सापकोटा |
‘बिर्ताको व्यथा’ को पहिलो भागमा एउटा तस्बिर छापिएको थियो– सयौं आन्दोलनकारीका बीच हलो बोकिरहेकी एक किशोरीको । रूखमुनि रातो बर्को ओढेकी, रातो टीका लगाएकी, कालो स्वेटर लगाएकी त्यो तस्बिरकी उदास किशोरी अब आमा बनिसकेकी छन् । उनकी ४ वर्षकी छोरी छिन् । रसुवाको कालिका गाउँपालिका– २, गैराघरकी उनी हाल काठमाडौंको तारकेश्वरमा बस्छ... |
माघ ५, २०८१ |
बालगृहको जीवन रमाइलो र अवसर |
सुजाता मुखिया |
कालीकोटको दुर्गम गाउँमा जन्मेकी जेनीकुमारी शाह (२३) साढे ६ वर्षको हुँदा बालगृहमा आइपुगेकी थिइन् । त्यतिबेला उनी कक्षा ३ मा पढ्दै थिइन् । भिनाजुहरूले काठमाडौं जाने भनेपछि उनी मक्ख परेकी थिइन् । त्यतिबेला उनले काठमाडौंको नाम मात्र सुनेकी थिइन् । |
माघ ४, २०८१ |
१६ वर्षदेखि छोरीको हात समाएर हिँडिरहेका बाबु |
लक्ष्मी साह |
एक हातमा लौरी अनि अर्को हातमा छोरी शकुन्तलाको सहारा । अनि काँधमा छ, थोत्रो र मैलो झोला । चप्पल पड्काउँदै हरेक दिन ५४ वर्षीय शिवलाल मण्डल कलैया-३ वैद्यनाथपुर गाउँ १३ किलोमिटर दूरी छिचोलेर दसगजा पारि रहेको आदापुरको पोखरी बजार पुग्छन् । दृष्टिविहीन शिवलालले यो बाटो ओहोरदोहोर गर्न थालेको १६ वर्ष भइसक्यो । किनकि यही ओहोरदोह... |
बालबालिकाको हातमा स्मार्टफोन, अभिभावक अम्मली बन्ने कि ‘रोल मोडल’ ? |
प्रविना पौडेल |
काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेश्वरीकी प्रिन्सिपल अनु अधिकारीको फोनमा एक दिन घण्टी बज्यो । नजिक रहेका बालबालिकाले चनाखोपूर्वक हेरे । मन्टेश्वरीको ग्राउन्डमै उभिएर फोन रिसिभ गरेकी उनले कुराकानी सकेकी मात्र के थिइन्, एउटा बालक खुर्रर दौडिएर उनी छेउ आए, फोन मागे । |
साहसिक दौडमा निरन्तर निक्की |
लक्ष्मी गौतम |
खेलकुदसँग इन्द्रकला नेम्वाङ (निक्की) लाई बाल्यकालदेखि नै रुचि थियो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ कोप्चेमा जन्मिएकी निक्कीको पढाइ भने धरानमा भयो । शिक्षा निकेतन मावि धरानमा पढ्दा निक्की फुटबल खेल्न रुचाउँथिन् तर गतिलो मैदान थिएन । अनि खेलकुद गतिविधि पनि सीमित मात्रै हुन्थे । |
माघ २, २०८१ |
के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ? |
नुमा थाम्सुहाङ |
तपाईंलाई अरु जस्तै भूकम्पको पनि भविष्यवाणी गर्न सकिन्छ जस्तो लाग्छ ? अथवा हामीले टेकेको जमिनमा कसरी भूकम्प आउँछ ? भूकम्प आएपछि के अग्ला घर मात्र भत्काउँछ ? नेपालमा इन्डियन र युरेसियन प्लेटको ठक्करले कसरी भूकम्प आउँछ ? |
माघ १, २०८१ |
इन्दुलाई विश्वकपमा हेर्ने आमाको सपना |
समर्पण श्री |
बर्खे पानीले छाना बजिरहेको थियो । आँगनमा खसेका थोपाहरू भेल भएर बग्दै थिए । एकाएक बिजुली चम्कियो । भीमकाय आवाज निकालेर आकाश गर्जियो । पाँच वर्षकी बालिका आफूभन्दा सानो भाइ च्यापेर चिच्याउन थालिन्, ‘ममी हो... ।’ |
पुस २९, २०८१ |
किनेर पनि अधुरै रह्यो चुङ्बाको क्यानन आरवान् चलाउने योजना |
मनोज पौडेल |
उमेरले उनलाई भनिरहेको थियो- आराम गर । रमाएर बस । तर उनी उनी आराम गर्न त पटक्कै तयार थिएनन् । रमाउन भने उनी आफ्नो मनमौजी काममा रमाइरहेका थिए । एक सट राम्रो फोटोका निम्ति उनी जहाँ जति बेला पनि कुद्न तम्तयार देखिन्थे । लुगलुग काम्ने चिसो होस कि हपहपी गर्मी ! उनी बेपरवाह थिए । |
पुस २८, २०८१ |
विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यमा वाईवाई |
राजु चौधरी |
हिमाली काखमा, तराईको फाँटमा वाईवाई बसेको छ, सबको मनमा, तिम्रो वाईवाई, मेरो वाईवाई, हामी सबैको वाईवाई । माथिको चर्चित टीभी जिंगल नसुन्ने सायद कमै होलान् । यसमा भनिएजस्तै वाईवाई चाउचाउ अब कुनै एक क्षेत्रमा मात्रै सीमित रहेन । तराईदेखि हिमाल सबैतिर पुगेको छ । यसको स्वाद सबै नेपालीको जिब्रोमा बसेको छ । |
पुस २३, २०८१ |
तालिम लिँदै संरक्षणमा जुट्दै |
रमेशकुमार पौडेल |
कावासोती नगरपालिका–७ साँढका ३० वर्षीय विकास पौडेल ‘नेचर गाइड’ तालिम लिन चितवनको माडी आएका छन् । उनी यसअघि ६ वर्ष वैदेशिक राजगारीका लागि दुबई गएका थिए । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा घर भएका विकास प्रकृतिभन्दा पर बस्न रुचाएनन् । |
कवितामा पोखिने यमनकी आमा |
समर्पण श्री |
'पख्नुस् है, मलाई सम्झना छ’ कलाकार यमन श्रेष्ठ अक्षरमा उनिएका आमाका स्मृतिहरू उधिन्दै थिए । सम्झिए, कविता नम्बर १ । |
६० वर्षदेखि ‘जेठा रिक्सावाल’ को यात्रा : विराटनगरदेखि विराटनगरसम्म |
पर्वत पोर्तेल |
७३ वर्षीय मोहम्मद बच्चा मुस्लिमको पुरानो थातथलो सुनसरीको सीतापुर हो । सानै उमेरमा मजदुरीका लागि मोरङ झरेका उनले १३ वर्षको उमेरदेखि विराटनगरमा रिक्सा चलाउन थाले । ६० वर्षदेखि रिक्साको ‘पाइडल’ खियाइरहेका उनी विराटनगरका ‘जेठा रिक्सावाल’ का रूपमा पनि चिनिन्छन् । बुढ्यौलीवयमा पनि रिक्सा लिएर बिहानै विराटनगर विमानस्थल पुगिसक... |
पुस २१, २०८१ |
कपाल काट्दै, एमएस्सी पढ्दै |
रमेशचन्द्र अधिकारी |
कपाल काट्ने र दाह्री खौरिने काम गरेर उनको दैनिकी बित्ने गर्छ । सबेरैदेखि साँझसम्म मुस्कुराउँदै ग्राहकलाई कुर्सीमा आलोपालो बसाउने र कपाल, दाह्री काटिदिएर खुसी पार्नेमा पोख्त छन् २८ वर्षीय सोनु ठाकुर । |
पुस २०, २०८१ |
फरक पहिचान, फरक चुनौती |
सुजाता मुखिया |
मेकअप आर्टिस्ट र डान्सरको परिचय बनाउन एरोन तण्डुकारले निकै कठिन यात्रा तय गरेका छन् । स्कुल पढ्दाका दिनहरू त झन् उनका लागि दुःस्वप्नजस्तै थिए । केटासाथीहरूले बुली गर्ने, बिनाकारण कुटपिट गर्ने र कहिलेकाहीं त कुटाइले बिरामीसमेत पर्ने उनी । |
पुस १८, २०८१ |
नेवाः संगीतमा नयाँ आवाज |
रीना मोक्तान |
कलाको भाषा हुँदैन, सीमा हुँदैन । कला स्वतन्त्र हुन्छ । कलाले न जात हेर्छ, न रंग ! यसले विभेद गर्दैन, विभाजन ल्याउँदैन । त्यसैको ज्वलन्त उदाहरण हो रोजमानले गाएको ‘ऐला लुवया’ । यस गीतले उपत्यकाभित्रको नेवाः मात्रै होइन नेपालभरिकै गैरनेवाः समुदायलाई नचाइरहेको छ । |
पुस १७, २०८१ |
फिल्ममा आशा जगाएको वर्ष |
समर्पण श्री |
नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक अधिकांश फिल्महरूले असफलता बेहोर्थे । सन् २०२४ मा भने फिल्म क्षेत्रले नेपाली फिल्मकर्मीलाई पुनः आशा जगायो । फिल्म क्षेत्रका लागि २०२४ को सुरुवात उत्साहजनक नभए पनि वर्षको पुछारसम्म आइपुग्दा नयाँ बहार देखापर्यो । |
पुस १६, २०८१ |
वर्ष २०२४ : ट्रम्पको पुनरागमनदेखि तानाशाहको पतनसम्म |
बुद्धिसागर मरासिनी |
विभिन्न उतारचढावबीच सन् २०२४ बिदा हुने तरखरमा छ । यस वर्ष नयाँ नेतृत्व चयनका लागि विश्वका ७० भन्दा देशमा चुनाव भयो । तीमध्ये कतिपय देशमा अप्रत्यासित चुनावी नतिजा आयो । त्यसका साथै विगतमा जस्तै यस वर्ष पनि शक्तिराष्ट्रहरूमा भएका राजनीतिक, आर्थिक लगायतका घटनाक्रमले संसारको ध्यान खिचे । |
आमाकी ‘प्रिय भाइ’ करिश्मा |
समर्पण श्री |
आमा थिइन् पारी घरमा, छोरी वारि । बीचमा चल्थ्यो, आमाछोरीबीचको मायाप्रेम । आमा रातिसम्मै छोरीको झ्यालमा चियाउँथिन् । देख्थिन्, रातभरि ननिभेको कोठा । र, सखारै फोनमा सोध्थिन्, ‘भाइ, बेलुका तिम्रो बत्ती किन ननिभेको ?’ |
पुस १५, २०८१ |
किशोर वयमै सरकारी जिम्मेवारी |
सन्जु पौडेल |
सेतो कमिजमाथि नीलो रङको कोट । चिटिक्क पहिरनमाथि परिचयपत्र झुन्ड्याएर ठाँटिएका उनी सधैं कम्प्युटर अगाडि बसेर सेवाग्राहीको प्रतीक्षामा हुन्छन् । तर, काम लिएर आउनेले उनी वडा सचिव भएको हत्तपत्त पत्याउँदैनन् । |
पुस १४, २०८१ |
पहाड चढिरहेको साहसिक पर्यटन |
प्रकाश बराल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.