text
stringlengths
2
914
लैंगिक विभेदविरुद्ध नयाँ पुस्ता
सुजाता मुखिया
‘पोथी बासेको राम्रो हुँदैन’, ‘छोरीका भाग्य भान्सामै’, ‘छोराका लागि सम्पत्ति जोड्नू, छोरीका लागि दाइजो’ । बोलीचालीमा प्रचलित यस्ता उखान–टुक्काले समाजमा गहिरो रूपमा रहेको लैंगिक विभेदलाई उजागर गर्छ । यस्ता भनाइले महिलालाई परम्परागत भूमिकामा सीमित गर्ने र पुरुषप्रधान सोचलाई बलियो बनाउने काम गर्छ । यद्यपि, नयाँ पुस्ताले यी...
बेवारिसे कुकुरकी साथी डा. रश्मि
पर्वत पोर्तेल
विराटनगरको नोबेल मेडिकल कलेजकी स्त्रीरोग विशेषज्ञ डा. रश्मि थापा एक दिन अस्पतालबाट डेरा फर्किंदै थिइन् । गाडीको ठक्करबाट सडकमा एउटा कुकुरको छाउरो रगताम्मे भएर पल्टिरहेको थियो । त्यो दृश्यले उनको मन भत्भती पोल्यो । सम्झिइन्, ‘तत्काल उद्धार गर्न पाएको भए बाँच्ने थियो होला ।’ अर्को दिन प्यारालाइसिस भएर सडकमा भौंतारिरहेको ...
माघ १३, २०८१
‘सुन्दरपानी’ चियाको जर्मनी यात्रा
पर्वत पोर्तेल
सन् १९८३ ताका जर्मनीका महावाणिज्यदूत मार्वोक बुसाकको निम्तोमा पहिलो पटक जर्मनी टेकेका थिए, झापा भद्रपुरका उदय चापागाईं । दुई महिना लामो जर्मनी बसाइमा उनी सहर मात्रै घुमेनन्, त्यहाँका उद्योगधन्धा र आर्थिक क्षेत्रलाई पनि चासोका साथ नियाले ।
माघ १२, २०८१
पश्चिमी वायु प्रणाली कमजोर जाडो नसकिँदै गर्मी महसुस
नुमा थाम्सुहाङ
पछिल्लो साता काठमाडौं उपत्यकालगायत पहाडी भेगमा गर्मी बढेको महसुस भएको छ । तराईमा भने बाक्लो हुस्सु लागिरहेको छ । पहाडी क्षेत्रमा हिउँदे वर्षा सक्रिय नहुँदा बालीमा समेत असर परेको छ । तीन महिनाअघि नै जल तथा मौसम विभागले अक्टोबरदेखि डिसेम्बरसम्म मुलुकमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो...
माघ ११, २०८१
कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र
बुनु थारू/रासस
माघको पारिलो घाम । साना नानीहरूलाई एउटा कोठामा स्याहारकर्ताले लिटो खुवाइरहेका छन् । खेलौनाले भरिएको अर्को कोठामा गीत बजिरहेको छ, जहाँ बच्चाहरू रमाइरहेका देखिन्छन् । यो दृश्य हो, राज्यकै शक्तिशाली प्रशासनिक केन्द्र सिंहदरबारमा अवस्थित दिवा शिशु स्याहार केन्द्रको । बच्चाहरू पनि स्वच्छन्द तरिकाले खेलिरहेको देख्दा लाग्छ, उ...
माघ ८, २०८१
जलवायु परिवर्तनको मुद्दा बोकेर ‘सेभेन समिट’ मा
नुमा थाम्सुहाङ
विश्वमा बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको नारा बोकेर आरोही प्रकाशराज पाण्डे सात महादेशका सातै अग्ला हिमाल चुम्ने अभियानमा छन् ।
माघ ७, २०८१
वरिष्ठ अधिवक्ता भन्छन् : म एक्लो रहेनछु
घनश्याम खड्का
छान्न पाउने छुट नहुनाले अदालत जाँदा उनको सुट–पाइन्टको रङ सधैं एउटै हुन्छ– कालो । तर, टाई र टोपी भने उनी अलगअलग रङको लगाई हिँड्छन् । त्यस दिन उनको टाई रातो थियो जसको टुप्पामा समातेर उनलाई तानियो र भुइँमा घिसारियो ।
माघ ६, २०८१
रगत–पसिना बगायौं, बदलामा के पायौं ? : संगीता लामिछाने
दीपक सापकोटा
‘बिर्ताको व्यथा’ को पहिलो भागमा एउटा तस्बिर छापिएको थियो– सयौं आन्दोलनकारीका बीच हलो बोकिरहेकी एक किशोरीको । रूखमुनि रातो बर्को ओढेकी, रातो टीका लगाएकी, कालो स्वेटर लगाएकी त्यो तस्बिरकी उदास किशोरी अब आमा बनिसकेकी छन् । उनकी ४ वर्षकी छोरी छिन् । रसुवाको कालिका गाउँपालिका– २, गैराघरकी उनी हाल काठमाडौंको तारकेश्वरमा बस्छ...
माघ ५, २०८१
बालगृहको जीवन रमाइलो र अवसर
सुजाता मुखिया
कालीकोटको दुर्गम गाउँमा जन्मेकी जेनीकुमारी शाह (२३) साढे ६ वर्षको हुँदा बालगृहमा आइपुगेकी थिइन् । त्यतिबेला उनी कक्षा ३ मा पढ्दै थिइन् । भिनाजुहरूले काठमाडौं जाने भनेपछि उनी मक्ख परेकी थिइन् । त्यतिबेला उनले काठमाडौंको नाम मात्र सुनेकी थिइन् ।
माघ ४, २०८१
१६ वर्षदेखि छोरीको हात समाएर हिँडिरहेका बाबु
लक्ष्मी साह
एक हातमा लौरी अनि अर्को हातमा छोरी शकुन्तलाको सहारा । अनि काँधमा छ, थोत्रो र मैलो झोला । चप्पल पड्काउँदै हरेक दिन ५४ वर्षीय शिवलाल मण्डल कलैया-३ वैद्यनाथपुर गाउँ १३ किलोमिटर दूरी छिचोलेर दसगजा पारि रहेको आदापुरको पोखरी बजार पुग्छन् । दृष्टिविहीन शिवलालले यो बाटो ओहोरदोहोर गर्न थालेको १६ वर्ष भइसक्यो । किनकि यही ओहोरदोह...
बालबालिकाको हातमा स्मार्टफोन, अभिभावक अम्मली बन्ने कि ‘रोल मोडल’ ?
प्रविना पौडेल
काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेश्वरीकी प्रिन्सिपल अनु अधिकारीको फोनमा एक दिन घण्टी बज्यो । नजिक रहेका बालबालिकाले चनाखोपूर्वक हेरे । मन्टेश्वरीको ग्राउन्डमै उभिएर फोन रिसिभ गरेकी उनले कुराकानी सकेकी मात्र के थिइन्, एउटा बालक खुर्रर दौडिएर उनी छेउ आए, फोन मागे ।
साहसिक दौडमा निरन्तर निक्की
लक्ष्मी गौतम
खेलकुदसँग इन्द्रकला नेम्वाङ (निक्की) लाई बाल्यकालदेखि नै रुचि थियो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ कोप्चेमा जन्मिएकी निक्कीको पढाइ भने धरानमा भयो । शिक्षा निकेतन मावि धरानमा पढ्दा निक्की फुटबल खेल्न रुचाउँथिन् तर गतिलो मैदान थिएन । अनि खेलकुद गतिविधि पनि सीमित मात्रै हुन्थे ।
माघ २, २०८१
के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ?
नुमा थाम्सुहाङ
तपाईंलाई अरु जस्तै भूकम्पको पनि भविष्यवाणी गर्न सकिन्छ जस्तो लाग्छ ? अथवा हामीले टेकेको जमिनमा कसरी भूकम्प आउँछ ? भूकम्प आएपछि के अग्ला घर मात्र भत्काउँछ ? नेपालमा इन्डियन र युरेसियन प्लेटको ठक्करले कसरी भूकम्प आउँछ ?
माघ १, २०८१
इन्दुलाई विश्वकपमा हेर्ने आमाको सपना
समर्पण श्री
बर्खे पानीले छाना बजिरहेको थियो । आँगनमा खसेका थोपाहरू भेल भएर बग्दै थिए । एकाएक बिजुली चम्कियो । भीमकाय आवाज निकालेर आकाश गर्जियो । पाँच वर्षकी बालिका आफूभन्दा सानो भाइ च्यापेर चिच्याउन थालिन्, ‘ममी हो... ।’
पुस २९, २०८१
किनेर पनि अधुरै रह्यो चुङ्बाको क्यानन आरवान् चलाउने योजना
मनोज पौडेल
उमेरले उनलाई भनिरहेको थियो- आराम गर । रमाएर बस । तर उनी उनी आराम गर्न त पटक्कै तयार थिएनन् । रमाउन भने उनी आफ्नो मनमौजी काममा रमाइरहेका थिए । एक सट राम्रो फोटोका निम्ति उनी जहाँ जति बेला पनि कुद्न तम्तयार देखिन्थे । लुगलुग काम्ने चिसो होस कि हपहपी गर्मी ! उनी बेपरवाह थिए ।
पुस २८, २०८१
विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यमा वाईवाई
राजु चौधरी
हिमाली काखमा, तराईको फाँटमा वाईवाई बसेको छ, सबको मनमा, तिम्रो वाईवाई, मेरो वाईवाई, हामी सबैको वाईवाई । माथिको चर्चित टीभी जिंगल नसुन्ने सायद कमै होलान् । यसमा भनिएजस्तै वाईवाई चाउचाउ अब कुनै एक क्षेत्रमा मात्रै सीमित रहेन । तराईदेखि हिमाल सबैतिर पुगेको छ । यसको स्वाद सबै नेपालीको जिब्रोमा बसेको छ ।
पुस २३, २०८१
तालिम लिँदै संरक्षणमा जुट्दै
रमेशकुमार पौडेल
कावासोती नगरपालिका–७ साँढका ३० वर्षीय विकास पौडेल ‘नेचर गाइड’ तालिम लिन चितवनको माडी आएका छन् । उनी यसअघि ६ वर्ष वैदेशिक राजगारीका लागि दुबई गएका थिए । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा घर भएका विकास प्रकृतिभन्दा पर बस्न रुचाएनन् ।
कवितामा पोखिने यमनकी आमा
समर्पण श्री
'पख्नुस् है, मलाई सम्झना छ’ कलाकार यमन श्रेष्ठ अक्षरमा उनिएका आमाका स्मृतिहरू उधिन्दै थिए । सम्झिए, कविता नम्बर १ ।
६० वर्षदेखि ‘जेठा रिक्सावाल’ को यात्रा : विराटनगरदेखि विराटनगरसम्म
पर्वत पोर्तेल
७३ वर्षीय मोहम्मद बच्चा मुस्लिमको पुरानो थातथलो सुनसरीको सीतापुर हो । सानै उमेरमा मजदुरीका लागि मोरङ झरेका उनले १३ वर्षको उमेरदेखि विराटनगरमा रिक्सा चलाउन थाले । ६० वर्षदेखि रिक्साको ‘पाइडल’ खियाइरहेका उनी विराटनगरका ‘जेठा रिक्सावाल’ का रूपमा पनि चिनिन्छन् । बुढ्यौलीवयमा पनि रिक्सा लिएर बिहानै विराटनगर विमानस्थल पुगिसक...
पुस २१, २०८१
कपाल काट्दै, एमएस्सी पढ्दै
रमेशचन्द्र अधिकारी
कपाल काट्ने र दाह्री खौरिने काम गरेर उनको दैनिकी बित्ने गर्छ । सबेरैदेखि साँझसम्म मुस्कुराउँदै ग्राहकलाई कुर्सीमा आलोपालो बसाउने र कपाल, दाह्री काटिदिएर खुसी पार्नेमा पोख्त छन् २८ वर्षीय सोनु ठाकुर ।
पुस २०, २०८१
फरक पहिचान, फरक चुनौती
सुजाता मुखिया
मेकअप आर्टिस्ट र डान्सरको परिचय बनाउन एरोन तण्डुकारले निकै कठिन यात्रा तय गरेका छन् । स्कुल पढ्दाका दिनहरू त झन् उनका लागि दुःस्वप्नजस्तै थिए । केटासाथीहरूले बुली गर्ने, बिनाकारण कुटपिट गर्ने र कहिलेकाहीं त कुटाइले बिरामीसमेत पर्ने उनी ।
पुस १८, २०८१
नेवाः संगीतमा नयाँ आवाज
रीना मोक्तान
कलाको भाषा हुँदैन, सीमा हुँदैन । कला स्वतन्त्र हुन्छ । कलाले न जात हेर्छ, न रंग ! यसले विभेद गर्दैन, विभाजन ल्याउँदैन । त्यसैको ज्वलन्त उदाहरण हो रोजमानले गाएको ‘ऐला लुवया’ । यस गीतले उपत्यकाभित्रको नेवाः मात्रै होइन नेपालभरिकै गैरनेवाः समुदायलाई नचाइरहेको छ ।
पुस १७, २०८१
फिल्ममा आशा जगाएको वर्ष
समर्पण श्री
नेपाली फिल्म क्षेत्रमा एकाधबाहेक अधिकांश फिल्महरूले असफलता बेहोर्थे । सन् २०२४ मा भने फिल्म क्षेत्रले नेपाली फिल्मकर्मीलाई पुनः आशा जगायो । फिल्म क्षेत्रका लागि २०२४ को सुरुवात उत्साहजनक नभए पनि वर्षको पुछारसम्म आइपुग्दा नयाँ बहार देखापर्‍यो ।
पुस १६, २०८१
वर्ष २०२४ : ट्रम्पको पुनरागमनदेखि तानाशाहको पतनसम्म
बुद्धिसागर मरासिनी
विभिन्न उतारचढावबीच सन् २०२४ बिदा हुने तरखरमा छ । यस वर्ष नयाँ नेतृत्व चयनका लागि विश्वका ७० भन्दा देशमा चुनाव भयो । तीमध्ये कतिपय देशमा अप्रत्यासित चुनावी नतिजा आयो । त्यसका साथै विगतमा जस्तै यस वर्ष पनि शक्तिराष्ट्रहरूमा भएका राजनीतिक, आर्थिक लगायतका घटनाक्रमले संसारको ध्यान खिचे ।
आमाकी ‘प्रिय भाइ’ करिश्मा
समर्पण श्री
आमा थिइन् पारी घरमा, छोरी वारि । बीचमा चल्थ्यो, आमाछोरीबीचको मायाप्रेम । आमा रातिसम्मै छोरीको झ्यालमा चियाउँथिन् । देख्थिन्, रातभरि ननिभेको कोठा । र, सखारै फोनमा सोध्थिन्, ‘भाइ, बेलुका तिम्रो बत्ती किन ननिभेको ?’
पुस १५, २०८१
किशोर वयमै सरकारी जिम्मेवारी
सन्जु पौडेल
सेतो कमिजमाथि नीलो रङको कोट । चिटिक्क पहिरनमाथि परिचयपत्र झुन्ड्याएर ठाँटिएका उनी सधैं कम्प्युटर अगाडि बसेर सेवाग्राहीको प्रतीक्षामा हुन्छन् । तर, काम लिएर आउनेले उनी वडा सचिव भएको हत्तपत्त पत्याउँदैनन् ।
पुस १४, २०८१
पहाड चढिरहेको साहसिक पर्यटन
प्रकाश बराल