text
stringlengths
2
914
सन् २०१६ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थियो । अन्तर्राष्ट्रिय विमान पोखरा आउँदा पर्यटकहरू बिस्तारै आसपासका जिल्ला पुग्छन् भन्ने मान्यताले छिमेकी जिल्लामा होटलमा लगानी सुरु भएको थियो ।
पुस १२, २०८१
आफन्त कुरिरहेका ‘हरि हजुरबा’
रीना मोक्तान
अभिनेता नाजिर हुसेनको नाटकमा कोरस कहिल्यै छुट्दैन । अथवा भनौं, कोरसले नाजिरलाई छोड्दैन । कोरसलाई कथा वाचनमा प्रयोग गर्न माहिर छन्, नाजिर । उनका नाटक ‘कुरूप हाँस’ देखि ‘हरि हजुरबा’ सम्म हेर्ने हो भने नाजिरको कथ्य शैली यही तत्त्वले कलात्मक बनाएको पाइन्छ ।
पुस ११, २०८१
सोनु निगम सुन्न उर्लिए दर्शक
समर्पण श्री
सूरज हुआ मद्धम, चाँद जलने लगा... यो गीत हर नेपालीका कानमा वर्षौंदेखि गुन्जिरहेको छ । गीत गुनगुनाउनेहरू त्यसका गायकलाई सम्झिरहन्छन् ।
पुस ९, २०८१
१० हजार मिटर दौडमा स्वर्ण पदक जित्ने धाविकाकी आमा
समर्पण श्री
सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली एथलेटिक्सले नयाँ इतिहास रचेको क्षण धेरैका लागि ताजै छ । इतिहास रच्ने खेलाडी हुन्– सन्तोषी श्रेष्ठ । उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । संसारभरका नेपालीले त्यो खुसीको क्षणलाई ‘सेलिब्रेट’ गरे ।
पुस ८, २०८१
प्रेमविवाह, सँगै संघर्ष, सँगै अधिकृत
तुलाराम पाण्डे
रास्कोट नगरपालिका–८ का ३० वर्षीय ध्रुव बराल र २६ वर्षीया सुयिन्का न्यौपाने (बराल) ले कृषि सेवामा कर्णाली प्रदेश लोक सेवाको सातौं तहमा नाम निकालेर गृहजिल्लामै सिफारिस भएका छन् । कलेज जीवनदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले परिवारकै सहमतिमा २०८० वैशाख २० मा विवाह गरेका थिए ।
चासोक तङनाम, साकेलामा रमाउँदै युवा
आनन्द गौतम
सदरमुकाम फुङलिङमा चासोक तङनाम पर्व मनाउन गत साता फुङलिङ–३ सिम्लेकी एन्जल लिम्बू पनि पुगेकी थिइन् । कञ्चनजंघा आवासीय माविमा कक्षा ८ मा पढ्दै गरेकी उनीसँगै साथीद्वय रिस्ता राई र जिया नेपाल पनि पुगेका थिए । पर्व मनाउन आफू लिम्बू समुदायको पोसाकमा सजिएर पुगेकी एन्जलले साथीहरूलाई पनि लिम्बू पोसाकमै लैजान चाहेकी थिइन् ।
पुस ७, २०८१
भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी
पर्वत पोर्तेल
विराटनगरका उद्यमी नवीन रिजालको कथाले संघर्ष, असफलता र दृढता हुँदै सफलतासम्म पुग्ने प्रेरणादायी यात्राको प्रतिनिधित्व गर्छ । जागिर खान नसक्दा निराश भएका नवीन अहिले सयौंलाई जागिर दिन सक्ने भएका छन् ।
पुस ४, २०८१
फेरि रेशम फिलिलीसँगै फर्कंदै विनय
रीना मोक्तान
अभिनयकै लागि चिनिने कलाकार हुन्, विनय श्रेष्ठ । संख्यात्मक हिसाबले थोरै तर, सशक्त अभिनय पस्कने कलाकार ! उनी फिल्मको संख्या बढाउनकै लागि फिल्म गर्दैनन्, विषयवस्तु र चरित्रले आत्मालाई छोएपछि फिल्म गर्छन् ।
पुस ३, २०८१
‘ट्यालेन्ट हन्ट’ मा भेटिएका क्रिकेटर
हिमेश
विपिन शर्माको यो काम असाध्यै राम्रो मान्नुपर्छ । त्यसो त उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका सबैभन्दा कान्छा खेलाडीमध्ये एक हुन् । तर उनको काम भने कुनै परिपक्व व्यावसायिक खेलाडीको भन्दा कम छैन । बोलाइ र खेलाइ दुवैमा ।
पुस २, २०८१
आमा गइन्, आमा आइन्
समर्पण श्री
यादहरू जतिसुकै धमिला हुन्, स्मृतिको एल्बममा केदार घिमिरेले आफ्नी आमालाई जतनले सँगालिराखेका छन् । बेलाबखत पल्टाउँछन् तर आमा आँसु भएर बग्छिन् । बाल्यकालमा कसैले अनायासै सोध्थे आमाको नाम । उनी भनिदिन्थे, ‘अग्निकुमारी ।’ तर, अग्निकुमारी अग्निमै विलीन भइन् ।
पुस १, २०८१
दृष्टिविहीनको अब्बल सेवा
प्रकृति दाहाल
गौतम पोखरेल, नेपाल टेलिकम सहायक प्रशासकीय अधिकृत । ‘मार्केटिङ सेल्स एन्ड सपोर्ट’ शाखामा काम गर्ने उनी हरेक ग्राहकसँग ठोकिन्छन् । उनको कामलाई नियाल्नेहरू उनको जोस, जाँगरको प्रशंसा नगर्ने सायद कमै होलान् ।
मंसिर ३०, २०८१
सहरका घर सजाउँदै रूकुमका स्लेट ढुंगा
कृष्णप्रसाद गौतम , महेश केसी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुन बिहान ६ नबज्दै घरनजिकैको ढुंगाखानी पुग्छन् । साँझसम्मै खानीबाट ढुंगा निकाल्ने र त्यसलाई विभिन्न आकार दिने उनको यो दैनिकी ५६ वर्षदेखि निरन्तर चलिरहेको छ ।
मंसिर २६, २०८१
जलवायु मुद्दामा हेगमा ऐतिहासिक सुनुवाइ पैरवी गर्दै ९० राष्ट्र
घनश्याम खड्का
अधिवक्ता प्रज्वलविक्रम राणा यतिखेर कहिल्यै नभएको व्यस्त समय बेहोरिरहेका छन् । नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा ‘जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरूको दायित्व’ बारे ९० देश र १२ अन्तर्राष्ट्रिय संस्थाहरूले विश्वव्यापी पैरवी गर्दै छन् ।
मंसिर २५, २०८१
सुदूरपश्चिम र कर्णालीमा हिमपातको हर्ष
कृष्णप्रसाद गौतम , अर्जुन शाह , वसन्तप्रताप सिंह
मुगुको छायानाथरारा–९ मुर्माका रनवीर रोकायाको मुहारमा धेरैपछि खुसी छाएको छ । लामो समयको खडेरीले गहुँ–जौलगायतका बाली सुक्न थालेपछि चिन्तित बनेका उनलाई सोमबार हिमपातले राहत दिएको छ । ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ रोकायाले भने, ‘हिमपातले सुबिकालको आशा पलाएको छ ।’
मंसिर २३, २०८१
२७० औषधि उत्पादन गरिरहेको टाइम फर्मा
रमेशकुमार पौडेल
औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स आफ्ना आठ वटा उत्पादनसहित २०५४ मंसिर २ मा बजार प्रवेश गरेको थियो । २८ वर्षे अवधिमा टाइमले २ सय ७० प्रकारका औषधि उत्पादन गर्ने अवस्थामा आइपुगेको छ । यसको सुरुवाती उत्पादन भने ‘साइनेक्स’ हो ।
मंसिर २२, २०८१
युवा ढुकढुकी छामेका गायक महेश
रीना मोक्तान
उनी युवा अनुभूति र अनुभवलाई चट्ट टिपेर गीतका शब्द बुन्छन्, लोक लय मिसाएर गीत गुन्छन् । यही शैलीकै कारण गायक महेश काफ्लेका गीतमा युवाले आफूलाई पाउँछन्, देख्छन् ।
मंसिर २१, २०८१
नेपालको परराष्ट्र सम्बन्धबारे युवा चासो
सुजाता मुखिया
नेपाल दुई ढुंगाबीचको तरुल हो’ पृथ्वीनारायण शाहको यो भाष्यलाई बदलेर नेपाल दुई देशबीचको पुल बन्नुपर्छ भन्छन्, मिलन तामाङ । त्रिभुवन विश्वविद्यालयबाट ‘डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी’ अध्ययन गरिरहेका उनी थप्छन्, ‘विश्वेश्वरप्रसाद कोइरालाले नेपाललाई दुई ठूला हात्तीबीच सुतिरहेको मान्छेजस्तै भनी गरेको व्या...
मंसिर २०, २०८१
अस्ट्रेलियाद्वारा नयाँ दक्ष व्यवसाय सूची सार्वजनिक
नारायण खड्का
अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ ।
मंसिर १९, २०८१
बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी सिलसिला
नुमा थाम्सुहाङ
बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन् ।
मंसिर १८, २०८१
आमाको एक्लो संघर्षले हुर्किएका फुटबल कप्तान
हिमेश , ध्रुव तुलाधर
केही कसैले फुटबललाई आफ्नो करिअर बनाउनु छ भने उनका लागि पछ्याउन लायक नेपाली खेलाडी हुन सक्छन्, किरण लिम्बू । उनी भए, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनि गोलरक्षक । नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी ।
हेल्मेट हराएपछि खुलेको ‘हेल्मेट्स नेपाल’
कान्तिपुर संवाददाता
व्यस्त सहरी क्षेत्रमा स्कुटर वा मोटरसाइकल हराउनु वा चोरी हुनु नियति नै हो भने यसका चालकका लागि सास्तीको विषय । पार्क गरेर राखेको सवारीसाधनको हेल्मेट फर्कंदा छैन भने त्यस्तोमा के गर्ने ? जगेडा हेल्मेट नै बोकेर हिँड्ने अभ्यास पनि हुँदैन ।
मंसिर १७, २०८१
नौमती बाजा संरक्षणमा महिला
ज्योती श्रेष्ठ
नौमती बाजाको धुनले कोलाती गाउँनै गुन्जायमान थियो । कोही दमाहा, झ्याली, ट्याम्को, ढोलक बजाउँदै छन् त, कोही सहनाई, कर्नाल, नरसिंगा फुकेर झ्याउरे भाकामा बाजा बजाइरहेका छन् ।
मंसिर १६, २०८१
कोहिनुर मेटलका चार दशक : मोटरसाइकलका लेगगार्डदेखि हेल्मेट उत्पादन
सन्जु पौडेल
झन्डै ४० वर्षअघि रूपन्देहीको बुटवल–९ दीपनगरका रामप्रसाद बस्याल स्थानीय युवालाई रेडियामा बोल्ने तालिम दिन्थे । यसका लागि उनले बुटवलको राजमार्ग चौराहामा तालिम केन्द्र नै खोलेका थिए । उनीकहाँ काठमाडौंबाट समेत सिक्न आउँथे ।
बेलायतको बेकिङ प्रतियोगिता विजेता नेपाली
बुद्धिसागर मरासिनी
भनिन्छ, सफलताका लागि सपना देख्न पनि जान्नुपर्छ । अनि सपना पूरा गर्न चाहिन्छ– निरन्तरको मिहिनेत र लगनशीलता । सपना पछ्याउँदै कर्ममा दत्तचित्त हुनेले नै सपनालाई विपनामा परिणत गर्न सक्छन् । त्यसैमध्येका एक हुन्, धादिङका नारायण श्रेष्ठ ।
मंसिर १५, २०८१
सुदूरमा चम्केका ‘देउडिया’ शंकर
मेनुका ढुंगाना
सुदूरपश्चिम भन्नेबित्तिकै देउडा संस्कृति जहिले पनि अग्रस्थानमा आउँछ । सुदूरपश्चिम र कर्णालीमा न्वारन, पास्नीदेखि बिहे व्रतबन्धसम्मका हरेक गतिविधि देउडा, न्याउलेबाटै सुरु हुन्छन् । पछिल्लो पैताला मिलाएर गोलो घेराभित्र डेढ पैताला अगाडि र डेढ पैताला पछाडि राखेर खेल्नु यसको मुख्य विशेषता हो ।
सधैं विवादमा प्रकाश सपुत
रीना मोक्तान
गायक प्रकाश सपुत र विवाद पर्याय जस्तै लाग्छ । आखिर किन ? प्रकाशले जुन गीत बजारमा ल्याउँछन्, केही न केही विवादमा मुछिएकै हुन्छ । गीतमा देखाइएका चरित्र हुन् या उठाइएका मुद्दा, बहसको कठघराभन्दा बाहिर छैनन् । चाहे त्यो ‘पीर’ होस् या ‘सकम्बरी’ ।
मंसिर १४, २०८१
ऋण तिर्न ऋण लिँदै सरकार
यज्ञ बञ्जाडे