text
stringlengths
2
914
मट्टीतेल होस् वा तोरीको तेल, त्यतिबेला टिनको डब्बामा आउँथ्यो । पोखराको कर्माचार्य ग्रुपले २०४२ सालमा गण्डकी आयल मिल स्थापना गरेर जर्किनमा तेल बेच्न थाल्यो । खुला रूपमा बिक्री गरिने तोरीको तेललाई जर्किनमा प्याकेजिङ गरेर ‘ब्रान्ड’ को नाम दिइयो, कोसेली ।
कार्तिक १०, २०८१
कफी विथ काठमान्डु पोस्ट : चितवन चिनाउने विषयमा छलफल
रमेशकुमार पौडेल
भरतपुरको सिराइचुली होटलमा शुक्रबार बिहान ‘कफी विथ काठमान्डु पोस्ट’ कार्यक्रम भएको छ । काठमान्डु पोस्टका सम्पादक विश्वास बराल र चितवनका युवा विद्यार्थी, व्यवसायी र पेसाकर्मीबीच भएको उक्त कार्यक्रमको सहजीकरण कान्तिपुर दैनिकका मल्टिमिडिया एडिटर जनकराज सापकोटा र सहायक वरिष्ठ उपसम्पादक दीपेन्द्र बडुवालले गरेका थिए ।
कार्तिक ५, २०८१
कालापारको संघर्ष, १० सन्तानमध्येकी छोरी बनिन् उपसचिव
महेश केसी
उच्च शिक्षाका लागि पढाइ खर्च जुटाउन आफैंले पढेको विद्यालयमा करार शिक्षक भएर पढाइरहेकी रुकुम पूर्वकी विमला रोकाले १२ वर्षअघि रहरै–रहरमा खरिदार पदका लागि लोक सेवा आयोगको परीक्षा दिइन् । स्थायी जागिरका लागि पहिलोपल्ट खुलातर्फ लोक सेवामा भिडेकी उनी दोस्रो प्रयासमै सफल भइन् । पहिलोपल्ट लोक सेवामा भिडेको १० वर्षपछि उनी नेपाल...
कार्तिक ४, २०८१
स्वदेशमै बन्छ प्याड, बजार छैन सहज
सीमा तामाङ
तपाईंहरूलाई जूनकिरीको उज्यालोबारे थाहै होला । निष्पट्ट अन्धकार होस् या उज्यालो, उसले आफ्नै किसिमले उज्यालो दिइरहेको हामी देख्छौं । नेपालमा सेनेटरी प्याड उद्योगको अवस्था हेर्ने हो भने त्यही जूनकिरीले उज्यालो छरिरहेजस्तो देखिन्छ । किनकि उनीहरू न आत्मनिर्भर बन्न सकेका छन्, न आयातित सेनेटरी प्याडसँग राम्रो प्रतिस्पर्धा गर्...
कार्तिक ३, २०८१
जसले पत्ता लगाए ‘बेदिङ गो’ हिमाल आरोहणको नयाँ मार्ग
केदार शिवाकोटी
शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउनेहरु पर्दा पछाडि हुन्छन् । जसले नयाँ–नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउँछन् ।
कार्तिक २, २०८१
इन्टरनेटमा साम्राज्य फैलाउँदै एलन मस्कको स्टारलिंक
सजना बराल
भू-उपग्रहमा आधारित इन्टरनेट सेवालाई आवश्यक पर्ने स्पेक्ट्रम बाँडफाँटको विषयमा भारतमा यो साता ठूलै विवाद देखापर्‍यो । रिलायन्स जियोका मुकेश अम्बानी र स्टारलिंकका इलन मस्कबीच इन्टरनेटमा एक किसिमको भनाभनजस्तै चल्यो ।
कार्तिक १, २०८१
लुम गाउँदेखि बर्लिनसम्म
रीना मोक्तान
एकातिर शिक्षण पेसा, अर्कोतिर फिल्म बनाउने हुटहुटी । घर सम्हाल्न मुगुमा पढाउनैपर्ने बाध्यता र आत्मसन्तुष्टिका लागि फिल्म बनाउँदै दुईलाई सन्तुलनमा राखेर जीवन बाँचिरहेका निर्देशक हुन्– राजेशप्रसाद खत्री ।
आश्विन ३०, २०८१
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
मधु शाही/रासस
दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, 'घर चलाउन, घरै छाड्नुपर्‍यो ।' घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।
बालबालिकामाथि बमबारी : बोल्छ विश्व, बोल्दैन नेपाल
घनश्याम खड्का
लेबनानमा जन्मे हुर्केकी नौ वर्षकी फातिमालाई जीवनमा धेरै कुरा गर्नु थियो । स्कुलमा पढेका र बाआमाले भनेका अनि आफूले जानेका आधारमा उनी जीवनमा खास बन्नुपर्ने रहेछ भन्ने सोच्न थालेकी थिइन् । तर, गत सेप्टेम्बर १७ का दिन उनको भावी सपना र जीवन दुवै हठात् अन्त हुन पुग्यो ।
आश्विन २४, २०८१
शाम्बालाका ‘राम सर’
रीना मोक्तान
विश्वका ठूला फिल्म फेस्टिभल हल्लाएको मीन भाम निर्देशित ‘शाम्बाला’ होस् या दीपक रौनियारको ‘सेतो सूर्य’ या नवीन सुब्बाको ‘गुडबाई काठमाडौं’, नेपाली फिल्म इतिहासमा बलियो मानिएका यी फिल्ममा सशक्त अभिनय रहेको कलाकार हुन्, कर्मा ।
आश्विन २३, २०८१
‘यूके बेक अफ : द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै
कान्तिपुर संवाददाता
धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन् । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उनको चर्चा थप चुलिएको छ ।
आश्विन २१, २०८१
प्रेममा परिवार नै बाधक, अलग गराउन प्रहरीको दबाब
रुपा गहतराज
बालिग उमेरका केटाकेटीले आफ्नो भविष्यबारे निर्णय गर्दा परिवारका सदस्यले मानेनन् भनेरै उनीहरूलाई नियन्त्रणमा लिएर परिवालाई बुझाउन मिल्दैन । तर, बाँके प्रहरीले दबाब र शक्तिको आडमा जबरजस्ती एक बालिग जोडिलाई अलग गरिदिएको छ ।
क्रिकेटमा सुदूरकी सम्झना
वसन्तप्रताप सिंह
गत साउन ४ मा श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महिला एसिया कप क्रिकेट चलिरहेको थियो । रंगशालादेखि प्रत्यक्ष प्रसारबाट विश्वभरका नेपाली दर्शकले उक्त खेल हेरिरहेका थिए । प्रतिस्पर्धामा थियो, नेपाल र यूएई ।
आश्विन २०, २०८१
वार्षिक २ अर्ब राजस्व बुझाउँदै हुलास स्टिल
राजु चौधरी
चालीसको दशकदेखिको एउटा चर्चित विज्ञापन छ– ‘हुलास भए... अरू किन खोज्ने ?’ यो विज्ञापन नसुन्ने सायदै कोही छन् । अहिले पनि यो विज्ञापन बजिरहेकै हुन्छ । सबैतिर चर्चा कमाएकाले होला, कम्पनीले यसलाई आफ्नो ‘स्लोगन’ नै बनाएको छ । हुलास स्टिलले अहिले पनि यही ‘स्लोगन’अनुसार आफ्ना उत्पादनको बजारीकरण गरिरहेको छ ।
आश्विन १९, २०८१
कामकाजीलाई क्लाउड किचेन 'कत्ति मिठो!'
ज्योती श्रेष्ठ
बढ्दो व्यस्तताका कारण धेरै कार्यालयमा खाना–खाजाका लागि समस्या भइरहेको हुन्छ । कतिपय कार्यालयमा खाना–खाजा बनाउने ठाउँ हुँदैन, कहीं बनाइदिने व्यक्ति हुँदैनन्, कसैलाई कामको दबाबले खाना–खाजाका लागि बाहिर निस्कने समय नै हुँदैन ।
आश्विन १८, २०८१
विद्यालयलाई राजनीतिक भागबन्डा मुक्त पार्ने शान्ति म्याडम
डीबी बुढा
राजनीतिक किचलो बढेपछि २०७० सालमा रूपाकोट आधारभूत विद्यालय ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा दुई भागमा विभाजित भयो । गाउँमै रहेको विद्यालयलाई ‘कांग्रेसी विद्यालय’ भनिन्थ्यो भने गाउँभन्दा केही पर ‘कम्युनिस्ट विद्यालय’ खुल्यो । राजनीतिक आस्थाका आधारमा अभिभावकहरूले पनि दुईमध्ये एकमा आफ्ना बालबालिका पठाउन थाले ।
आश्विन १७, २०८१
हराउँदै माटो-कमेरोले घर रंग्याउने चलन
महेश केसी
सिस्ने गाउँपालिका–३ पोखरामा केही वर्ष अघिसम्म दसैँ नजिकिएसँगै घर लिपपोतको चटारो हुन्थ्यो । गाउँभन्दा पर गएर माटो–कमेरो ल्याइ घर रंग्याउने काम गरेका ती दिनहरु स्थानीय ७२ वर्षीया गौरी केसीको स्मरणमा अहिले पनि ताजै छन् । दिन बित्दै जाँदा पुरानो हुँदै गरेको त्यही घरमा बितेका केही वर्षयता न रंग छ, न उमंग नै ।
दसैं एन्थमका गायक सुगम
रीना मोक्तान
वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै दसैं–तिहार चाड र बाड, खुसीले सारा भर्‍यो नि संसार चाडबाडले ल्याउने उमंग, हर्षोल्लास । अनि घरगाउँको सम्झना ! त्यही चाडसँगै आउने प्रियजनको सम्झनाका चाङ ! चाडमा आफ्नाहरूका लागि गरिएको पर्खाइ अनि त्यही पर्खनेहरूलाई परदेशमा सम्झिबस्नेहरूको पीडा !
आश्विन १२, २०८१
कर्णालीको स्याउ किसानलाई छैन भाउ
कृष्णप्रसाद गौतम
हुम्ला सदरमुकाम सिमकोटसहित ७ वटै गाउँपालिकामा झन्डै ५ सय १८ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । गत वर्ष ४ हजार २ सय २४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर अधिकांश स्याउले बजार पाएन ।
तोप चरा पछ्याउँदै सिमरन
भवानी भट्ट
बर्खायामको समय, जंगलभित्र हिँड्न त्यति सहज हुँदैन । तैपनि सुनसरी, धरानकी २६ वर्षीया सिमरन ढकाल सुनौलो तोप चराका बारेमा अध्ययन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छिन् । २०७८ मा वन विज्ञानमा स्नातक गरेकी उनी बाह्रैमास यस निकुञ्जमा पाइने उक्त चराको अवस्था र बासस्थानबारे अध्ययनमा छिन् ।
आश्विन ११, २०८१
प्रदूषित वायुको मन्द विष
प्रकाश धौलाकोटी
रामशाहपथस्थित मन्त्रालयको गेटैनेर स्वास्थ्य मन्त्रालयले २०७९ चैत २४ मा कृत्रिम फोक्सो राख्यो । त्यसरी सार्वजनिक स्थानमा कृत्रिम फोक्सो राख्नुको मुख्य उद्देश्य थियो– वायु प्रदूषणको दर कस्तो छ भनेर मापन गर्ने, राज्यका नियामक निकायलाई सजग गराउने र सर्वसाधारणलाई सचेत बनाउने ।
आश्विन १०, २०८१
सदाबहार गीतका गुमनाम गायक
विमल खतिवडा
कुनै समय यस्तो थियो– गीत चर्चित भएकै कारण दर्शक फिल्म हेर्न हलसम्म पुग्थे । हलमा कुन फिल्म लाग्दै छ, त्यसैको गीत बजाएर प्रचार गरिन्थ्यो । फिल्म हिट गराउन गीतले राम्रै भूमिका खेल्थ्यो । पचास–साठीको दशकमा दर्शकले यसरी नै फिल्मबारे थाहा पाउँथे । त्यही पचासको दशकमा फिल्मी गीत गाएर दर्शक–श्रोताको मनमनमा बसेका गायकमध्ये हुन्...
आश्विन ९, २०८१
चुनौतीको लंकामा नयाँ राष्ट्रपति
बुद्धिसागर मरासिनी
श्रीलंकाको राजधानी कोलम्बोका चर्च र होटलहरूमा २०१९ अप्रिल २१ मा शृंखलाबद्ध विस्फोटहरू भए । २ सय ९० जनाले ज्यान गुमाएको उक्त घटनामा सयौं घाइते भएका थिए । श्रीलंकाको इतिहासकै खराब मानिएको उक्त आक्रमण पाँच वर्षपछि पुनः चर्चामा आएको छ । त्यसको कारण हुन्, अनुरा कुमारा दिसानायके ।
आश्विन ८, २०८१
आमाकै अडानले पेरिससम्म पलेशा
लक्ष्मी भण्डारी
पारा ओलम्पियन पलेशा गोवर्धनका टिल्पिलाइरहेका आँसुका ढिक्का गालादेखि तल झर्न थाले, अब हारें भन्ने लाग्यो उनलाई । नेपाल र नेपाली सम्झिइन्, तुरुन्तै आमाको मुहार याद आयो अनि भिडियोकल लगाइन् ।
आश्विन ७, २०८१
पाँचै सन्तान सरकारी जागिरे
तुलाराम पाण्डे
संघीयतापछि कालीकोटको नक्सामा जिल्लाकै विकट मानिने शुभकालिका–४ ढाडुखाडाका ६५ वर्षीय ददिराम र देवीदरा चौलागाईं दम्पती औधी खुसी छन् । छोराछोरीको सफलतामा ददिरामको परिवार मात्र नभई छरछिमेक, इष्टमित्र र आफन्त पनि खुसी छन् ।
आश्विन ६, २०८१
५६ वर्षदेखि भैरहवाको पहिचान ‘पवनको पेडा’
दिपेन्द्र बडुवाल
तीन महिनाअघि अमेरिकी राजदूत डिन आर थम्प्सन रूपन्देही सदरमुकाम भैरहवास्थित पवन मिष्ठान्न भण्डारमा आए । मिष्ठान्न भण्डारका सञ्चालक पवन हलवाईले राजदूत थम्प्सनलाई स्वागत गरे । भैरहवा घुम्न आएका बेला यहाँको पवनको पेडाबारे सुनेकाले आफू पसलमै आइपुगेको राजदूतले सुनाएका थिए । ‘यहीं बसेर पेडा चाख्नुभयो,’ सञ्चालक हलवाईले भने, ‘एक...
आश्विन ५, २०८१
एपमार्फत घरघरै खानाखाजा
सन्जु पौडेल