text stringlengths 2 914 |
|---|
तानाशाह शैलीमा वर्तमान सरकार : अध्यक्ष नेपाल |
ओमप्रकाश ठाकुर |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको बताएका छन् । |
सेवा प्रभावकारी बनाउन 'ई-गभर्नेन्स कमिसन'ले काम गर्दैछ : मुख्यसचिव अर्याल |
कान्तिपुर संवाददाता |
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमतिपत्रको सहज वितरणका लागि ई-गभर्नेन्स कमिसन गठन गरिएको जानकारी दिएका छन् । |
सांसदहरूले सोधे - पुँजीगत खर्च न्यून हुनुमा दोषी को ? |
कान्तिपुर संवाददाता |
सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन नभएको भन्दै सांसदहरूले संसदीय समितिमार्फत जवाफदेहिता खोज्नुपर्ने बताएका छन् । |
म मन्त्री भइसकेको छु, मेरा छोराछोरी जनजाति कोटाबाट सरकारी सेवामा जाने होइन : पुन |
कान्तिपुर संवाददाता |
सरकारी सेवामा आरक्षणसँगै समानुपातिक र समावेशीको सुविधा पहुँच पुगेकाले लिन नहुने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । आफू पूर्वअर्थमन्त्री भइसकेकाले जनजाती कोटाबाट आफ्ना छोराछोरीले सरकारी सेवामा प्रवेश गर्न नहुने र खुला प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए । |
सुप्रिम सहकारी ठगी प्रकरण : रूपन्देहीमा रवि र छविविरुद्ध मुद्दा दर्ता |
घनश्याम गौतम |
सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी रवि लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता भएको छ । |
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन |
कान्तिपुर संवाददाता |
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरुद्धमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरूले विरोध जनाएका छन् । आइतबार नेपाल बार एसोसियसन परिसरमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । |
चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा छ : उपसभामुख राना |
रासस |
उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राखेकी हुन् । |
गृहमन्त्री लेखक भन्छन् : विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो |
भवानी भट्ट |
गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन् । उनले उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश आएको बताए । |
सुदूरपश्चिममा के गर्दैछन् भीम रावल ? |
अर्जुन शाह |
एमालेबाट निष्कासित भएपछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम आएका भीम रावल शुक्रबार बिहान धनगढी विमानस्थलमा ओर्लिएका हुन् । धनगढी पुग्दा विमानस्थलमा भेला भएका समर्थकहरूले उनलाई आगमन कक्षमा स्वागत गरेलगत्तै विमानस्थलको विशिष्ट कक्षमा उनले पत्रकारहरूसमक्ष आफ्ना धारणा राखेका थिए । |
सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध पूरक मुद्दा दर्ताको तयारी |
घनश्याम गौतम |
सुप्रिम सहकारीको रकम अपचलसम्बन्धी रवि लामिछाने र छविलाल जोशीविद्धको पूरक मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले आज आइतबार जिल्ला अदालतमा पठाउने भएको छ । यसअघि पठाइएको जीबी राईसहितका १७ जनाविरुद्धको थप अभियोजन मुद्दा पनि अदालतमा रुजु गर्ने काम भइरहेको छ । |
इन्टरपोलले खोज्दै ९७ नेपाली |
विवेक पोख्रेल |
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली छन्, जसमध्ये ७२ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । |
एपस्टोरहरूबाट गायब भयो अमेरिकामा टिकटक |
कान्तिपुर संवाददाता |
टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै आइतबारदेखि अमेरिकामा टिकटक चल्न छोडेको छ । अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । गुगल र एप्पल दुवै एपस्टोरहरूबाट टिकटक गायब भएको छ । |
राजदूत घिमिरे भन्छन् : बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि पहल गर्छु |
नवीन पोखरेल |
बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन निरन्तर पहल रहने बताएका छन् । लन्डन दूतावासमा कार्यभार सम्हालेको भोलिपल्ट कान्तिपुरसँग पहिलोपटक कुरा गर्दै राजदूत घिमिरेले त्यसमा आफ्नो पहल निरन्तर रहने बताएका हुन् । |
लुम्बिनी अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष |
घनश्याम गौतम |
लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ । |
कोशी प्रदेश सभापति थापामाथि भएको आक्रमणप्रति कांग्रेसको घोर निन्दा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको छ । |
जरिवाना लगाएर ग्वार्को फ्लाइओभरमा काम |
विमल खतिवडा |
तेस्रो पटक म्याद थप्दा पनि काम नसकिएपछि ग्वार्को फ्लाइओभरमा जरिवाना लगाएर काम गराइएको छ । तेस्रो पटक २०८१ पुस ९ सम्म म्याद थपिएको थियो । उक्त समयभित्र काम नसकिएपछि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निर्माण व्यवसायीलाई गएको पुस १० बाट दैनिक जरिवाना लगाएर काम गराउँदै आएको छ । |
साउदीमा मृत्युदण्ड सुनाइएकी सरस्वतीको मुद्दाको सुनुवाइ पुनः सुरु |
होम कार्की |
साउदी अरबका तीनै तहको अदालतबाट मृत्युदण्ड सजाय पाएकी रूपन्देहीकी सरस्वती गुरुङ घिमिरेको मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु भएको छ । त्यहाँको सर्वोच्च अदालतले घिमिरे जोडिएको हत्याको मुद्दालाई शून्य विन्दुबाट सुनुवाइ गर्न आदेश दिएलगत्तै साउदीको तल्लो अदालतले फेरि सुनुवाइ थालेको हो । तल्लो अदालतले जनवरी २६ मा तेस्रो सुनुवाइको तारिख दिएको छ । |
राष्ट्रिय सभामा कांग्रेस-एमालेसँग छैन सामान्य बहुमत पनि |
राजेश मिश्र |
प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई माथिल्लो सदन राष्ट्रिय सभामा भने सामान्य बहुमत पुर्याउन पनि गाह्रो छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० र दुई तिहाइ मतका लागि ४० सांसद चाहिन्छ, कांग्रेस र एमाले दुवै दलको सांसद संख्या २६ मात्रै छ । |
माघ ५, २०८१ |
प्रमुख निर्वाचन आयुक्त थपलियाको प्रश्न : संविधान र कानुनको कुन व्यवस्थाले बहुमत ल्याउन रोक्छ ? |
जयसिंह महरा |
मुलुकमा सरकारको स्थिरता, विकास र समृद्धिको बाधक निर्वाचन प्रणाली कुन आधारमा भनिएको हो भन्नेबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रश्न उठाएका छन् । तथ्य र तर्कमा टेकेरभन्दा पनि राजनीतिक दलका नेताहरूको मनमा लाग्दैमा निर्वाचन प्रणाली फेर्नुपर्ने अभिव्यक्ति दिइरहेको उनले बताएका छन् । |
मधेशको इतिहास नेपालको इतिहासभन्दा हजारौं वर्ष पुरानो छ : उपेन्द्र यादव |
विनय आजाद |
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशको इतिहास नेपालको इतिहासभन्दा हजारौं वर्ष पुरानो रहेको बताएका छन् । |
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति यादव |
कान्तिपुर संवाददाता |
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । |
मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू |
रासस |
ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो । |
सरकारले अध्यादेशबाट निरंकुश शासन लाद्न खोज्दै छ : विपक्षी दल |
गंगा बीसी |
संसद् छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको आरोप प्रतिपक्षी ७ दलले सरकारमाथि लगाएका छन् । उनीहरूले संघीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पनि माग गरेका छन् । |
सुप्रिम सहकारीसम्बन्धी सुरुको फाइल नहुँदा पूरक मुद्दा दर्तामा ढिलाइ |
घनश्याम गौतम |
सुप्रिम सहकारी ठगीसम्बन्धी रूपन्देही जिल्ला अदालतमा दर्ता भएको सुरु मुद्दाको सक्कल फाइल अदालतमा नहुँदा शुक्रबार पनि पूरक मुद्दा दर्ता हुन सकेन । जिल्ला सरकारी वकिल कार्यालयले थप अभियोजन र पूरक मुद्दासँगै दर्ता गर्ने गरी बिहीबारकै लागि तयारी गरेको थियो । समय अभावले पूरक अभियोजनको फाइल बिहीबार पुग्न सकेन । |
चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय |
रमेशकुमार पौडेल |
साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । |
भूमि आन्दोलनका अथक महिला जो सडकमै छन् |
दीपक सापकोटा |
बिर्ता आन्दोलनमा क्रियाशील महिलाका जीवनपद्धति र शैली नियाल्दा देखिन्छ– तिनका सपना बेत्रावती किनारमै जन्मेका छन्, त्यहीँ मरेका छन् । ती राजधानीबाहिर त छँदै छन्, सधैं आधारभूत मानवअधिकारबाट पनि वञ्चित छन् । लामा वर्षहरू बिते, भूमि आन्दोलनका महिला अझै भूमि अधिकारविहीन छन् । |
माघ ४, २०८१ |
स्थानीयस्तरमा विपद् र जलवायु योजना प्रभावकारी कार्यान्वयन गर्न एकीकृत कार्यढाँचा तयार |
नुमा थाम्सुहाङ |
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय स्तरमा विपद् र जलवायु उत्थानशीलका प्रभावकारी योजना बनाई एकिकृत रूपमा कार्यान्वन गर्न कार्यढाँचा तयार गरेको छ । |
सांसद अवकाशको उमेर हद तोक्नुपर्छ : डा. कार्की |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् । |
मानव अधिकार आयोगका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन : अध्यक्ष मगर |
कान्तिपुर संवाददाता |
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसमध्ये मात्र १३.६७ प्रतिशत पूर्ण रूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका लागि आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । |
सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण दुरुपयोग नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले नागिरकको व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताए । उनले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको पनि बताए । |
निर्वाचन प्रणालीमा होइन, शासकमा समस्या छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती |
कान्तिपुर संवाददाता |
नेपालको मिश्रित निर्वाचन प्रणालीमा नभई शासन गर्ने राजनीतिक दलका नेताहरूमा समस्या रहेको पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताएका छन् । निर्वाचन प्रणाली परिवर्तन गर्ने भए पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको सुझाव छ । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज रवि र छविविरुद्ध चितवन प्रहरीको अनुसन्धान पूरा, सरकारले निरंकुशता लाद्न खोजेको विपक्षी ७ दलको भनाइदेखि १० औँ राष्ट्रिय खेलकुदको तयारीमा ढिलाइसम्मका समाचार चर्चामा रहे । |
स्काउटका कार्यकारी निर्देशक जिम्मेवारीमा फर्किए |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.