text stringlengths 2 914 |
|---|
भाद्र ३, २०८१ |
६ छोरीको कथा |
पर्वत पोर्तेल |
झापा, भद्रपुर–९ का टेकबहादुर र दुर्गा सुन्दास दम्पती यतिबेला फुरुङ्ग छन् । दुःखजिलो गरी पढाएका छोरीहरूको प्रगतिले उनीहरूको हर्षको सीमा नै छैन । परिवारका ६ छोरीमध्ये चार जना लोक सेवा भिडेरै सरकारी सेवामा कार्यरत छन् । एक छोरी सरकारी छात्रवृत्तिमा दन्त चिकित्सक बनेकी छन् । सुन्दास परिवारका छोरीहरूको सफलता देखेर गाउँलेहरू... |
भाद्र २, २०८१ |
५ दशकदेखि देशलाई जोड्दै लिटमस केबल |
दीपेन्द्र बडुवाल |
मुलुकको पूर्वी क्षेत्रबाट लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल प्रवेश गर्ने नाकामा औद्योगिक क्षेत्र छ । व्यस्त सहरभन्दा टाढा जंगलछेउमा रहेको बुटवल औद्योगिक क्षेत्रमा विभिन्न खालका धेरै उद्योग सञ्चालनमा छन् । त्यही औद्योगिक क्षेत्रमा छ, ‘लिटमस इन्डस्ट्रिज लिमिटेड’ उद्योग पनि । |
भाद्र १, २०८१ |
अस्तित्वको परीक्षामा राष्ट्रसंघ |
जगदीश्वर पाण्डे |
विश्वकै सबैभन्दा ठूलो द्वन्द्वका रूपमा अहिले रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्ध बनिरहेको छ । अर्कोतर्फ भोकमरी, शरणार्थी समस्या, स्वास्थ्य, शिक्षा, हिंसालगायतका समस्या पनि झन्–झन् विकराल बन्दै गइरहेका छन् । यसबाहेक संसारभर जलवायु परिवर्तनको प्रभाव बढ्दो छ र यसले पृथ्वीका जीवजन्तुहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव... |
श्रावण ३१, २०८१ |
किन हुन्छ विजयको ‘दिमाग खराब’ ? |
रीना मोक्तान |
अभिनेता विजय बराललाई बाटोघाटो कहीँकतै कसैले देखे भने सोधिहाल्छन्, ‘तपाईं बिके होइन ?’ खासमा ‘बिके’ सधैं हाँसिरहन्छ, अप्ठ्यारोमा फुलेको फूलजस्तै ! आफू कमजोर भए पनि कसैका लागि केही गरौं भन्ने भावनाले ओतप्रोत ! ‘म’ मात्र भन्ने सोच्दैनन्, ‘अरू’ का लागि पनि सोच्ने उनको बानी नै हो । |
श्रावण २९, २०८१ |
हर रात सपनीमा आउने आमा इन्दिरा |
दीपक सापकोटा |
दीप श्रेष्ठका गीतमा छन्– उदासी र बेचैनीका कथा ! मान्छेका दुःख, हैरानी र आँसुका कथा ! आमाका पीडा र सुस्केराका कथा ! |
श्रावण २८, २०८१ |
निजामतीमा २४ हजार महिला कर्मचारी |
प्रकृति दाहाल |
पचासको दशक लोक सेवाका विज्ञापन खुल्थे तर आवेदन नै पर्दैनथे । महिलाका लागि विज्ञापन खुल्थे, पद हुन्थ्यो तर योग्यता पुगेका महिलाको आवेदन नै पर्दैनथ्यो । पूर्वसचिव तथा लोक सेवा आयोग सदस्य बृन्दा हाडाले २०५७ सालमा आफू एक्लो महिला सहसचिव भएको बताइन् । |
श्रावण २७, २०८१ |
सिनेमा हलको नयाँ परिभाषा ‘क्यूएफएक्स’ |
सजना बराल |
मनकामना, तारा, हिरारत्न, अशोक, चामुन्डा, नागार्जुन, रञ्जना, शिवदर्शन, गोपी, गुण, विश्वज्योति– यी सबै काठमाडौं उपत्यकामा कुनै बेला भव्य चलेका, दर्शक खचाखच हुने र दर्शकसँग एकाकार हुन पुग्ने कलाकारलाई उत्साहित भीडले जुरुक्कै उचाल्ने दुई दशकअघिका नामी फिल्म हलहरू हुन् । यी सबै ‘स्ट्यान्ड अलोन’ हल अहिले बन्द भइसके, कोही पार... |
श्रावण २६, २०८१ |
‘क्यालिबर’ लाई फैलाउँदै प्रसन्न |
सीमा तामाङ |
पोखराका कालीदास गौतमले जुत्ता बनाउन थालेको २५ वर्ष भयो । आफ्नै ‘केडी सुज इन्डस्ट्रिज’ का ‘क्यालिबर’ जुत्ता बेच्न थालेको पनि ७ वर्ष भइसक्यो । कालीदास संस्थापक रहेको यस उद्योगलाई हाल उनकै छोरा प्रसन्न र अमनले हाँकिरहेका छन् । |
श्रावण २५, २०८१ |
ओलम्पिकको अर्थशास्त्र |
स्वरूप आचार्य |
सन् १८९६ मा पहिलो आधुनिक ओपम्पिक खेल आयोजना गरेयता यसको नाटकीय विकास भइसकेको छ । बीसौं शताब्दी मध्यतिर आयोजक राष्ट्रहरूको काँधमा ओलम्पिकको बोझका साथै खेलबाट प्राप्त हुने रकम दुवै बढेसँगै थुप्रै विवादहरू उत्पन्न भए । |
श्रावण २४, २०८१ |
बुद्धिको नाम बिर्साइदिने ‘हैट’ ! |
रीना मोक्तान |
एक दशकदेखि कलाकार बुद्धि तामाङ एउटा थेगोका कारण चर्चामा छन् । त्यो हो, ‘हैट’ ! खासमा यो उनको पर्याय नै बनेको छ । यही चरित्रबाटै फिल्म क्षेत्रले बुद्धिलाई चिन्यो, पर्दामा उनको अभिनयलाई देख्यो । बुद्धिसँग यो शब्द यसरी गाँसिएको छ, यही एउटै थेगो सँगसँगै उनका फिल्मी ‘करियर’का आरोह–अवरोह जोडिएका छन् । |
श्रावण २२, २०८१ |
इमान सिकाउने वृन्दादेवी |
दीपक सापकोटा |
आफ्ना स्मृतिहरूका संग्रहालय खोतल्दा केदारभक्त माथेमाको मस्तिष्कमा आमा वृन्दादेवीको श्यामश्वेत ‘पोट्रेट’ चल्मलाउँछ । आफ्नै सुरमा उनी सुदूर अतीततिर चियाउँछन्, जहाँ ठूलाबा धर्मभक्त माथेमा, पिता ध्रुवभक्त माथेमाको प्रदीप्त अनुहार प्रकट हुन्छ । त्यो मुहार झन् उज्यालो हुँदै आउँछ । धर्मभक्त, ध्रुवभक्त र वृन्दादेवीका यादहरूका ... |
श्रावण २१, २०८१ |
नापीका कान्छा हाकिम |
प्रकाश बराल |
पातलो शरीर, भर्खर २८ वर्ष लागेकाले दाह्री–जुँगा पनि बढ्दै छन् । सरकारी पोसाकमा कार्यालय छिर्दा कतिपय सेवाग्राहीले ‘कार्यालय प्रमुख मै हुँ’ भन्दा पनि झट्ट पत्याउँदैनन् । सुरु–सुरुमा कार्यालयकै कर्मचारी पनि अलमलमा पर्थे । २५ वर्षको उमेरमा नापी अधिकृत नियुक्त भएका स्याङ्जा फेदीखोलाका मौसम सुनाम (परियार) तीन वर्षदेखि कार्य... |
श्रावण २०, २०८१ |
लक्ष्मी ग्रुपका ५० वर्ष : पुष्टकारी, चोकोफन हुँदै गाडी उत्पादन |
दीपक परियार |
‘ल्याक्टोफन’ चकलेटको खोल तन्काएर एक हातको बनाएपछि अर्को मिठाई पाइने ८० को दशकको सम्झना क–कसलाई छ ? त्यसभन्दा अघि सुका गोटाका ओरेन्ज बल र रिमझिम बलको स्वाद पक्कै लिएको हुनुपर्छ । पोखराको बागबजारमा आधा शताब्दीअघि पुष्टकारी बनाएर सुरु भएको थियो, लक्ष्मी मिठाई भण्डार । यही मिठाई भण्डार तुफानी गतिमा फैलिएर नेपालको मिठाई बजा... |
श्रावण १९, २०८१ |
‘यो घर बिक्रीमा छ’ |
दीपेन्द्र बडुवाल , मनोज पौडेल |
हरेक दिन बिहान ७ नबज्दै ६४ वर्षीय छत्रबहादुर कार्की पर्सा बजारस्थित घरबाट चीवर लगाएर पुरानो साइकलमा निस्कन्छन् । एकैछिनमा पार गरिसकिने तीन किलोमिटरको दूरी छिचोल्दा पनि एकाबिहानैदेखिको हपक्क गर्मीले असिनपसिन भइसक्छन् उनी । मायादेवी मन्दिर परिसरको एक छेउमा उनी अन्य दर्जनौं भिक्षुहरूको लहरमा मिसिन्छन् । हातमा भिक्षापात्र ... |
श्रावण १८, २०८१ |
३० वर्षसम्म भारी बोकेरै संसारका ८ हजार मिटरमाथिका १४ हिमाल आरोहण |
केदार शिवाकोटी |
बाल्यकालमा चौंरी गोठमा गोठालो भएर बिताएको समय ताम्टिङ शेर्पाको मनमा अझै ताजै छ । ती स्मरणहरू चाहेर पनि आफूले भुल्न नसक्ने उनी बताउँछन् ।उनै शेर्पाले सपनाको उडान भरेजसरी ३० वर्ष भारी बोक्दा बोक्दै संसारका ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहणको कीर्तिमान पनि बनाएका छन् । |
चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै |
स्वरूप आचार्य |
बितेका दुई दशकमा पृथ्वीलाई तताउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो देश चीन हो । तर, पछिल्लो समय चीनले हरितगृह ग्यासको उत्सर्जनलाई तीव्र गतिमा घटाउँदै लगेको छ । जुन रूपमा उत्सर्जनको तथ्यांकले पहाडको चुचुरो बनाएको थियो, त्यो अब समथर पठार बन्न थालेको छ । |
श्रावण १७, २०८१ |
‘केटी हराएको सूचना’ लिएर आए ‘उजेली’ का निर्देशक |
रीना मोक्तान |
बत्तीस वर्षअघिको क्लासिक डकु–ड्रामा ‘उजेली’ का संवाद ६ वर्षअघि सामाजिक सञ्जालमा यसरी भाइरल भए कि कम्बोडिया बस्दै आएका निर्देशक दीपेन्द्र गौचन दंग परे । हुन त उनी धेरै सामाजिक सञ्जाल चलाउँदैनथे । फेसबुक ‘अकाउन्ट’ थियो, तर त्यता सक्रिय थिएनन् । युनिसेफले युट्युबमा ‘उजेली’ राख्यो, टेलिचलचित्रको अंश र संवाद सञ्जालहरूमा आगो... |
श्रावण १५, २०८१ |
बर्खे भेलमा दाउरा बटुल्नेको लर्को |
नवीन पौडेल , महेश केसी |
पश्चिम नवलपारसीको सुस्ता गाउँपालिका–५ का जीतेन्द्र विन असार दोस्रो सातायता अबेर रातिसम्म नारायणी बगरमै हुन्छन् । नारायणी नदीमा बगेर आउने काठ, दाउरा संकलनका लागि उनी बगरमा सानो टहरा बनाएर बसिरहेका छन् । उनलाई सघाउन परिवारका अरू सदस्य पनि बेलाबेला आउने गर्छन् । |
आमालाई प्रश्न : किताब नभएको भए के हुन्थ्यो ? |
दीपक सापकोटा |
सपना देख्ने मानिसको नैसर्गिक स्वभाव आफ्नी आमामा पनि हुनुलाई अभि सुवेदी स्वाभाविक ठान्छन् । आमाले बुनेर साँचेको त्यही संवेदित स्वप्नशीलता विस्तारित भएर आफूमा आइपुगेझैं लाग्छ उनलाई । जसरी जीवनवादी आशा मानिसको सहयात्री हो, निराशा पनि यात्रामा अघिपछि गरिरहने भाव हो । भनौं, अनिच्छुक सहयात्री ! |
श्रावण १४, २०८१ |
नाम्लो बोकेको थाप्लोमा सर्वोच्च प्रशासनको भारी |
ऋषिराम पौड्याल |
निकै आरोह–अवरोह पार गर्दै काठमाडौं छिरेकी तेह्रथुम पिप्लेस्थित ‘नयाँघरकी कान्छी’ ले हालै एउटा इतिहास रचेकी छन् । त्यो हो, मुलुकको पहिलो महिला मुख्यसचिवको कीर्तिमान । मन्त्रिपरिषद्को बिहीबारको बैठकले लीलादेवी गड्तौलालाई निजामती प्रशासनको सबैभन्दा उच्च पद मुख्यसचिवमा बढुवा गरेको हो । |
श्रावण १३, २०८१ |
रमपमको रजत यात्रा |
पर्वत पोर्तेल |
पूर्वमै पहिलो पटक २०५७ साउन १३ बाट उत्पादन सुरु गरेको ‘रमपम’ तयारी चाउचाउ २५ वर्षे तन्नेरी भएको छ । यस अवधिमा रमपमले आफ्ना उत्पादनलाई स्वदेशमा मात्रै सीमित राखेन, भारत तथा तेस्रो देशमा पनि आक्रामक ढंगले विस्तार गरेको छ । हाल अमेरिका, अस्ट्रेलिया, युरोप र मध्यपूर्व एसियाका सहित अढाइ दर्जन बढी देशमा यो नेपाली उत्पादनले स... |
श्रावण १२, २०८१ |
मानव–बाघ द्वन्द्वको संक्रमणकाल |
जगदीश्वर पाण्डे |
‘यो बाघ देख्नुभएको छ कि नाई ? देख्नुभएको भए ठीक छ । देख्नुभएको छैन भने पनि केही छैन । म आज यहाँ तपाईंहरूसामु बाघ र मानव जाति कसरी मिलेर बस्न सम्भव छ भन्ने कुरा गर्न लागिरहेको छु,’ सन् २०२१ को नोभेम्बरदेखि बर्दियामा सुरु भएको ‘बिहेबियर चेन्ज क्याम्पेन’ (व्यवहार परिवर्तन अभियान) का एक युवा संरक्षक कमल खड्काले बारबर्दिया ... |
हुड्के नाचेरै पढाइ खर्च |
हरिहरसिंह राठौर |
कर्णाली र सुदूरपश्चिमको परम्परागत हुड्के नाच सिक्ने युवा पुस्ता नभएपछि लोप हुने अवस्थामा छ । दमाईं समुदायका पुरुषहरूले मात्रै नाच्ने यो मौलिक नाच कर्णालीमा कलाकारको अभावमा हराउँदै गएको हो । तर जुम्लाको सिञ्जा गाउॅँपालिका–६ बारेगाउँकी १८ वर्षीया अनिता परियारले हुड्के नाच पुरुषको मात्रै एकाधिकार तोड्दै आफू पनि कला देखाउन... |
छिन्यो बिनायोको जुइनो |
पर्वत पोर्तेल , रमेशचन्द्र अधिकारी |
‘केको कोर्को, केको कोर्को, कुराउनीको कोर्को लैलै अहिलेको त झिल्के मात्रै पोइ त राम्रो पोरको नै लैलै..’ |
श्रावण ११, २०८१ |
कति सुरक्षित छ हवाई यात्रा ? |
बुद्धिसागर मरासिनी |
हामी एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि विभिन्न यातायातका माध्यमको प्रयोग गर्ने गर्छौं । तीमध्ये सबैभन्दा बढी प्रयोगमा आउने माध्यम हुन्– सडक, जल र हवाई यातायात । तीमध्येमा सबैभन्दा बढी सुरक्षित मानिन्छ हवाई यात्रा । |
श्रावण ८, २०८१ |
बहादुरसिंह लामा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म |
सुवास विडारी |
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) मंगलबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.