text stringlengths 2 914 |
|---|
भोक लाग्यो वा कहिलेकाँही फरक स्वाद चाख्न मन लाग्दा तपाईं प्रायः रेस्टुरेन्ट नै छिर्नुहुन्छ होला । अब घरभन्दा बाहिर खान जान दौडधुप गर्नुपर्ने बाध्यता छैन । आफ्नो ‘लोकेसन’ वरपरका रेस्टुरेन्टको अनलाइनबाटै मेन्यु हेरेर अर्डर गरे केही बेरमै घरसम्मै खानेकुरा आइपुग्ने भएको छ । |
आश्विन ४, २०८१ |
पेजर, वाकीटकीको विस्फोट : के मोबाइल फोन सुरक्षित छ ? |
बुद्धिसागर मरासिनी |
करिब तीन दशकअघि सञ्चारका लागि निकै लोकप्रिय उपकरण २० औं शताब्दीको मध्यतिर नै विकसित गरिएको थियो । अल्फ्रेड जे ग्रसले सन् १९४९ मा आविष्कार गरेको पेजर अर्को वर्षदेखि न्युयोर्कका चिकित्सकलाई सञ्चारका लागि दिइएको थियो । |
आश्विन ३, २०८१ |
आशा भोसलेदेखि मेलिना राईसम्मलाई गाउन लगाएका संगीतकार |
पर्वत पोर्तेल |
जताततै ओमविक्रम विष्टको पप गायनको चर्चा थियो । राजु सिंह भने पप ‘जनरा’ कै गीतहरूबाट ‘बामे’ सर्ने मेसो गर्दै थिए । चर्चित वाद्यवादक भगत सिंहका छोरा राजुको गीत/संगीतप्रतिको मोह सानैदेखि थियो । परिवारिक वातावरण पनि ‘गाना बजाना’ वाला थियो । जसले उनलाई संगीतको दुनियाँ चिनाउन मौका दियो । |
आश्विन १, २०८१ |
आमाले दिएको ब्याटको ‘शक्ति’ |
दीपेन्द्र बडुवाल |
भारतीय सेनामा कार्यरत बुवा खड्गप्रसाद गौचनको पल्टन जहाँ खटिन्थ्यो, आमा रामकुमारी त्यहीं पुग्थिन् । म्याग्दीको दानामा पुर्ख्यौर्ली घर थियो । तर, भारतीय सेनाको खटनपटनले गौचन दम्पतीले ‘फिरन्ते’ जीवन बिताइरहे । खड्गप्रसादको पल्टन कहिले जम्मु–कश्मीर पुग्थ्यो त कहिले पठानकोटमा । |
भाद्र ३१, २०८१ |
सामाजिक दलन सामना गरेर राष्ट्र बैंक उपनिर्देशक |
प्रकृति दाहाल |
गरिबी र दुःखले उनलाई सधैं पछ्याइरह्यो । कहिले दुःखलाई जिते, कहिले हारे । दुःख र उनीबीच सधैं अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । दुःखलाई अघिपछि लगाउँदै थकाइ नमारी निरन्तर अगाडि बढ्दा सुखको बाटोमा पुगेका हुन्, दाङका विष्णुबहादुर विश्वकर्मा । जो नेपाल राष्ट्र बैंकका उपनिर्देशक छन् । वित्तीय संस्था सुपरिवेक्षण विभागअन्तर... |
भाद्र ३०, २०८१ |
३७ वर्ष पुरानो रिजाल्स दालमोठ |
रमेशकुमार पौडेल |
दालमोठ, भुजियाका पारखीका लागि ‘रिजाल्स दालमोठ’ परिचित नाम हो । वर्षमा झन्डै ४५ करोड रुपैयाँ बराबरको दालमोठ, भुजिया बेच्दै आएको रिजाल दालमोठ उद्योगले यतिबेला भने बर्सेनि एक अर्ब रुपैयाँ बराबरको उत्पादन माग धान्न सक्ने गरी आफ्नो औद्योगिक क्षमता विस्तार गरिसकेको छ । |
भाद्र २९, २०८१ |
कर्णाली राजमार्ग मर्मतमै ५ अर्ब खर्च, जोखिम उस्तै |
कृष्णप्रसाद गौतम , तुलाराम पाण्डे |
सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता गरेको भन्दै जुम्लाकी सांसद विनीता कठायतले गत भदौ १९ मा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेकी छन् । उनले कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ जना सांसदको समर्थनमा प्रस्ताव दर्ता गराएकी हुन् । |
बाघका फोटोग्राफर |
मनोज पौडेल |
अधिकांश पारिवारिक सदस्य नै वन, प्रकृति र वन्यजन्तुसँग निकट । बुबा वन रक्षक, दाजु र मामा नेचर गाइड । यस्तोमा बर्दियाको ठाकुरबाबा नगरपालिका–४, बर्गदाका ३० वर्षीय दीपक राजवंशीमा पनि वन्यजन्तुप्रतिको आकर्षण सानैदेखि बढ्यो । |
भाद्र २८, २०८१ |
जहाज बूढा हुन्छन्, त्यसैले रिटायर्ड हुन्छन् |
सुरज कुँवर |
हरेक वर्ष धनजनको क्षतिसहित हुने विमान दुर्घटनाले नेपाल पर्यटकीय स्रोत गन्तव्य भएका मुलुकहरूमा बदनाम छ । युरोपियन युनियन (ईयू) ले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना २७ सदस्य मुलुकमा ११ वर्षदेखि पस्न निषेध अझै खुल्ला गरेको छैन । |
भाद्र २७, २०८१ |
‘एउटा उचाइ नापेको व्यक्तिलाई अर्को उचाइसँग डर लाग्छ’ |
रीना मोक्तान |
हालै विश्व बजारमा नेपाली फिल्मको उपस्थिति फराकिलो बन्दै गएको प्रसंग उठाउँदै निर्देशक दीपक रौनियारले भने, विश्व बजारमा हाम्रो उपस्थिति राम्रो नभएको भए ‘साम्बाला’ को प्रिमियरका लागि अनुराग कश्यप र नवाजुद्दिन सिद्दकी नेपाल आउने थिएनन् । |
भाद्र २५, २०८१ |
समर्पणमा बुद्धत्व प्राप्त लक्ष्मी |
दीपक परियार |
सात सन्तानको रेखदेख गर्नु कि घर व्यवहार सम्हाल्नु ! पसल धान्नु कि भान्सा सम्हाल्नु ! सन्तान रुँदा रुने, हाँस्दा हाँस्ने । आफ्नी आमा लक्ष्मी श्रेष्ठको ‘व्यक्तिगत जीवन’ नदेखेका साहित्यकार सरुभक्त अचेल लेखकीय दृष्टिकोणबाट सोच्छन्– उनकी आमाले बुद्धत्व प्राप्त गरेकी थिइन् । त्याग, समर्पण र ममतामा बुद्धत्व । |
भाद्र २४, २०८१ |
८ जिल्ला हाँक्दै महिला ‘सीडीओ’ |
प्रकृति दाहाल |
नेपालको जनसंख्या २०७८ को जनगणनाअनुसार सबैभन्दा कम ऋणात्मक वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला हो रामेछाप । तर पनि जनसंख्याभन्दा बढीलाई जिल्ला प्रशासन कार्यालयले सेवा दिइरहेको छ । |
भाद्र २३, २०८१ |
खरानीबाट ब्युँतेको नेबिको |
राजु चौधरी , सजना बराल |
नेबिको इज ब्याक । ‘फ्रम एसेज...’ अर्थात्– खरानीबाट फेरि ब्युँतियो नेबिको । आगलागीले कारखाना ध्वस्त भएको एक वर्षपछि बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकोले यही ब्यानरमा पुनः उत्पादन सुरु गरेको थियो । |
भाद्र २२, २०८१ |
टरेको छैन लुम्बिनीको जोखिम |
मनोज पौडेल , दीपेन्द्र बडुवाल |
लुम्बिनी विकास गुरुयोजनाविपरीतका गतिविधि र सम्पदामैत्री निर्माण कार्य नगरेपछि युनेस्को विश्व सम्पदा समितिले बुद्ध जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने उच्च जोखिम थियो । |
भाद्र २०, २०८१ |
तीजमा 'भर्चुअल' माइत |
सन्जु पौडेल |
रुपन्देहीको तिलोत्तमा–५ नयाँमिलकी सिर्जना न्यौपाने अष्ट्रेलियामा बस्छिन् । २०६७ सालमा विदेशिएकी उनी प्रत्येक वर्ष पुस/माघमा बिदा मिलाएर स्वदेश आउने गरेकी छन् । अहिलेसम्म तीज पर्व मनाउने गरी मुलुक आउने मेसो नमिलेको उनले बताइन् । |
भाद्र १८, २०८१ |
हँसाइरहने, साथी कलाकार जस्ती आमा |
दीपक सापकोटा |
आमा महाप्रस्थानको १२ औं दिन (सोमबार, कुशे औंसी) विपिन कार्की र उनका दाजु अर्जुन कोटेश्वर, महादेवस्थानको किरिया घरमा छन् र सम्झिरहेका छन् आमा जिन्दगी । पिता लोकबहादुर कार्की (७८) छोराहरू सामुन्ने छन् । विपिन/अर्जुनको सम्झना–शृंखलामा भने केवल आमा छिन् । केही स्वादका सम्झना, केही बेस्वादका, जसले उनीहरूलाई विगतको लामो धागो... |
भाद्र १७, २०८१ |
शिक्षक सेवाको वार्षिक क्यालेन्डर : वर्षैभरि परीक्षा, सत्रको सुरुमै शिक्षक सिफारिस |
सुदीप कैनी |
सामुदायिक विद्यालयमा शिक्षकको स्थायी नियुक्ति, बढुवा र अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि शिक्षक सेवा आयोगले पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका (क्यालेन्डर) अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । २०७८ साउनयता क्यालेन्डर लागू गरेर खुला प्रतियोगिता र बढुवाको काम अघि बढाइएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताए । |
भाद्र १६, २०८१ |
हुन्डाईको नेपाल यात्रा : डिलरदेखि उद्योगसम्म |
विमल खतिवडा |
लक्ष्मी ग्रुप सुरु भएको पाँच दशक नाघ्यो । यस अवधिमा लक्ष्मी ग्रुपअन्तर्गत २० कम्पनी छन् । तिनै कम्पनीमध्ये एक हो, लक्ष्मी हुन्डाई । अनेक आरोह/अवरोह झेल्दै एउटा डिलरबाट सुरु भएको हुन्डाईको यात्रा आज ‘एसेम्बल’ उद्योगसम्म पुगेको छ । काठमाडौंको नयाँबानेश्वरमा डिलर राखेर सुरु गरिएको लक्ष्मी हुन्डाईको यात्रा नेपालको आधिकारिक... |
भाद्र १५, २०८१ |
भ्रष्टाचारका नयाँ बहाना बने कर्णालीका ‘हाइटेक’ नर्सरी |
ज्योति कटुवाल |
कर्णाली प्रदेश सरकारले चार वर्षको अवधिमा उच्च प्रविधियुक्त (हाइटेक) नर्सरी कार्यक्रमका लागि ३२ करोड ८६ लाख रुपैयाँ विनियोजन गर्यो । तर, कुल खर्च भने १० करोड मात्र हुन सकेको छ । एकातिर वन र कृषि क्षेत्रको विकासका साथै रोजगार सिर्जनाका लागि विनियोजित बजेट फ्रिज हुन पुगेको छ भने अर्कोतिर खर्च भएको रकम पनि दुरुपयोग भएको छ... |
भाद्र १४, २०८१ |
३ महिनादेखि अन्तरिक्षमै थुनिएका सुनिता र बुच |
सजना बराल |
अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाको सहयोगमा बोइङ कम्पनीले निर्माण गरेको ‘स्टारलाइनर’ यान परीक्षणका लागि निस्किएका दुई अनुभवी अन्तरिक्ष यात्री झन्डै तीन महिनादेखि अन्तरिक्षमै अड्किएका छन् । चढेर गएको यान बिग्रिएपछि सुनिता विलियम्स ‘सुनी’ र ब्यारी विलमोर ‘बुच’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा सुरक्षित बसेका भए... |
भाद्र १३, २०८१ |
‘कबड्डी’मा रमाइरहेका निर्देशक |
रीना मोक्तान |
मौलिक कथा, परिवेश र पात्रहरू, त्यसमा ‘ह्युमर’ को लेप । निर्देशक रामबाबु गुरुङका फिल्मका विशेषता हुन् यी । उनले टिप्ने विषय अनि कथा भन्ने सरल शैलीकै कारण एक दशकदेखि घरेलु बजारमा ‘रामबाबु ब्रान्ड’ चलिरहेको छ । ‘कबड्डी’ ब्रान्डले स्थापित रामबाबुको निर्देशनमा एक दर्जन फिल्म प्रदर्शन भइसकेका छन् । |
भाद्र ११, २०८१ |
बालक छोराकी गायन सारथि |
दीपक सापकोटा |
गायक रामकृष्ण ढकालझैं आवाजमा, श्रोताका मन–मस्तिष्कमा वा किताबका पानाहरूमा त उनकी आमा भेटिन्नन् । तर, उनको हरपल–हरसासमा छिन्– चन्द्रमाया ढकाल । बेलाबखत आउने सपनामा, अनायास बल्झिने यादहरूमा र बाल्यकालीन सम्झनाहरूमा उस्तै जीवन्त बाँचिरहेकी छन् उनकी आमा । |
भाद्र १०, २०८१ |
नेपाली सेनामा भर्ती हुन चाहनुहुन्छ ? यस्तो छ बाटो |
जगदीश्वर पाण्डे |
नेपालको सबैभन्दा ठूलो संगठनमध्येमा पर्छ, नेपाली सेना । एसियाकै पुरानो सुरक्षा संगठनका रूपमा नेपाली सेनाको परिचय छ । विदेशी सैनिकहरूले समेत नेपाली सेनालाई एसियाकै पुरानो सेना भन्दै प्रशंसा गर्दै आइरहेका छन् । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सैनिक संगठनमा अहिले करिब ९६ हजारको फौज छ । |
भाद्र ९, २०८१ |
अस्ट्रेलियादेखि अमेरिकासम्मको भान्सामा सेन्चुरी |
पर्वत पोर्तेल |
राजनीतिक रूपमा सचेत विराटनगर सहर औद्योगिक रूपमा पनि अग्रणी मानिन्छ । ऊ बेला जुट मिल, दि जुद्ध म्याच उद्योग, अशोक टेक्सटायल, मोरङ सुगरमिल, गणपति कटन मिलहरूले विराटनगर गुल्जार थियो । तत्कालीन अर्थतन्त्रलाई चलायमान पार्न ती उद्योगको देन उल्लेख्य थियो । |
भाद्र ६, २०८१ |
मसालेदारदेखि फरक धारसम्मका फिल्ममा जमेकी सुरक्षा |
रीना मोक्तान |
व्यावसायिक होस् या फरक धार भनिएका फिल्म, जुन विधामा पनि उनले आफूलाई सावित गरिसकिन् । हरर विधाको ‘घर’ होस् या सामाजिक विषय नजिक रहेको ‘आमा’, अथवा आफ्नै देशमा इलम गर्न चाहने कथा बोकेको ‘गोपी’ । |
भाद्र ४, २०८१ |
बुर्काबाहिरको संसार देखाउने जमुना बेगम |
दीपक सापकोटा |
नेपालगन्जको भदौरे गर्मीमा प्रेमललवाको टाँगा कता होला ? आख्यानकार नयनराज पाण्डेको उपन्यास ‘उलार’ मा झैं सहरको कुनै चोकमा उलार भई सडकमै अलपत्र होला कि ठीकठाक नै होला ? मोहना अन्सारीका सम्झनामा नेपालगन्जका ठीकठाक कथा छैनन्, टाँगाझैं जीवन नै उलार भएका दुर्दान्त कथा छन्– आँखैअघि घर जलेका असाध्यै पीडादायी साँझ, जमिनदारले साम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.