text
stringlengths
2
914
दुःखको चोला फेरेकी हरिकला
दीपक सापकोटा
आफ्नी आमा सधैं शक्ति, ऊर्जा र जाँगरकी प्रतिमूर्ति लाग्छ उनलाई । र, आमा हिँडिआएका पुराना श्यामश्वेत दिनहरू किंवदन्ती र लोककथाजस्ता । उनले जति फराकिलो संसार देखेका छन्, उति नै साँघुरो देखेका छन् उनकी आमाको परिवेश ।
श्रावण ७, २०८१
दालका थरीथरी जात विकास गर्दै वैज्ञानिक दराई
रमेशकुमार पौडेल
मानव अंगका लागि पहरेदार मानिने तत्त्व ‘प्रोटिन’ पाइने खाद्यबाली दालखेती गर्नु माटोका लागि अत्यावश्यक हो । दालबालीको अनुसन्धानमा संलग्न राजेन्द्र दराई दालखेती माटोका लागि ‘मिनी नाइट्रोजन फ्याक्ट्री’ बनाए जस्तै भएको बताउँछन् । यसको जराले माटोको पोषक तत्त्व निर्माण गर्छ ।
श्रावण ६, २०८१
द्वारिकादासले बनाए होटल, अम्बिकाले बनाइन् सम्पदा
सुरज कुँवर
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिकको दूरीमा रहेको बुटिक शैलीको होटल हो, द्वारिकाज । संसारभर अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल नजिकै स्थापना भएका होटल प्रायः पर्यटकको बासस्थानका लागि पहिलो रोजाइमा पर्छन् । किनकि, ती होटलबाट विमानस्थल ओहोरदोहोर गर्न सहज हुन्छ ।
श्रावण ५, २०८१
जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत
जगदीश्वर पाण्डे
चीनका उपपरराष्ट्रमन्त्री सुन वेइदोङले गत असार ११ र १२ मा नेपालको दुईदिने भ्रमण गरे । उनी चीन–नेपाल कूटनीतिक परामर्शको १६ औं चरणको बैठकका लागि नेपाल आएका थिए । त्यस अवसरमा परराष्ट्र सचिव सेवा लम्सालसँग द्विपक्षीय कूटनीतिक परामर्श बैठक गरेका उपपरराष्ट्रमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री प...
लाहुरेमा फेल, डाक्टरमा पास
आनन्द गौतम
बाल्यकालमा गेटिसले हानेर चरा झार्दार् औधी खुसी भएका ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेका सुरेन्द्र आङबुहाङ लिम्बूलाई गाउँले र साथीभाइले लाहुरे बन्ने संकेत भनेर हौस्याएका थिए । ठूलोमा के बन्ने भन्दा ‘डाक्टर, इन्जिनियर बन्छु’ भने पनि बनेर देखाएका उदाहरण गाउँमा कमै थिए । त्यसैले सुरेन्द्रको चाहना पनि लाहुर थियो...
श्रावण ४, २०८१
६ दशक पुरानो ब्लड बैंक : रगत पाउन सधैं सकस
स्वरूप आचार्य
तपाईं हामीमध्ये सबै जना कुनै न कुनै समय अस्पतालमा उपचारका लागि भर्ना भएका आफन्त वा इष्टमित्रका लागि रगतको खोजीमा भौंतारिएका छौं । चिकित्सकले दिएको पुर्जी बोकेर रगत बैंकमा पुगेका पनि छौं । चिकित्सकले भनेबमोजिमको रगत एकै स्थानमा नपाएपछि विभिन्न ठाउँमा डुल्दै साथीभाइसँग हारगुहार पनि गरेकै छौं ।
श्रावण ३, २०८१
आकांक्षाको हस्तक्षेपकारी ‘महत्त्वाकांक्षा’
रीना मोक्तान
रंगमञ्चमा उनी फरक आवाजकी प्रतिनिधि हुन् । पुरुष दमित नाट्य क्षेत्रमा उनको उपस्थिति हस्तक्षेपकारी छ । छोटो समयमै आफूलाई सशक्त प्रतिस्पर्धीका रूपमा खडा गरेकी आकांक्षा कार्की रंगमञ्चमा स्वतन्त्र, निर्धक्क अनि अटल देखिन्छिन् । महिलाका मिहिन विषयदेखि नभनिएका, नसुनिएका र समाजमा वर्जित गरिएका मुद्दाहरूलाई मञ्चमा उभ्याउँदै खबर...
श्रावण १, २०८१
साँघुरो घेरामा बाँचेकी भागिरथा
दीपक सापकोटा
खगेन्द्र संग्रौला चिन्नेहरूलाई थाहा छ, उनको अर्को नाम पनि छ– कुन्साङ काका । दुवै नामले बरोबर चिनिएका संग्रौलालाई चाहिँ के लाग्दोरहेछ भने उनकी आमाको भएको एउटै नाम पनि चलन–चल्तीमा थिएन ।
असार ३१, २०८१
निजी जागिर छाड्दै, धमाधम लोक सेवा
प्रकृति दाहाल
बुबा निजामती कर्मचारी, आमा प्राथमिक शिक्षक । काभ्रेपलाञ्चोकका सुरज सुवेदीलाई सरकारी जागिरमा प्रवेश गर्नका लागि पारिवारिक दबाब छ । त्यही भएर उनले स्नातक सकिनासाथ लोक सेवाको तयारीमा जुटे । उनले लोक सेवा तयारी गर्न थालेको पनि ४ वर्ष पुगिसकेको छ ।
असार ३०, २०८१
विपद्मा महिलालाई झन् आपत
सन्जु पौडेल
अघिल्लो शनिबार गुल्मीको रुरु गाउँपालिका–३ थोर्गा ठाँटीमा पहिरोले एक घर भत्कायो । घरमा पहिरो गएका बेला ४३ वर्षीया रुपा टमाटा आँटीबाट भूइँ तलामा झर्दै थिइन् । गर्ल्यामगुर्लुम ढलेपछि रुपा घरभित्रै पुरिइन् । आत्तिएर आफूलाई च्यापेको ढुंगो हटाउने प्रयास गरिन् ।
डेढ दशकदेखि देश-विदेशका परिकार पस्किरहेको फुडमान्डु
सजना बराल
धेरैलाई याद नहुन सक्छ, नेपालमा फुड डेलिभरी कम्पनीका रूपमा ‘फुडमान्डु’ सुरु हुँदा भारतमा अहिले चल्तीमा रहेका जोम्याटो, स्विगी, फुडपान्डाजस्ता कम्पनी पनि भर्खर सुरु हुँदै वा सुरु हुने तयारीमा थिए । अहिले स्विगी र जोम्याटो भारतका सबैभन्दा चलेका खाद्य–प्रविधि (फुड–टेक) कम्पनी हुन् भने भारतको फुड डेलिभरी बजारको आकार करिब ६६...
असार २७, २०८१
आँसु लुकाउन हाँसो बेच्दै ‘दले दाइ’
सुजाता मुखिया
कमेडी च्याम्पियन’ प्रतियोगितामा भाग लिनका लागि सुमन कोइरालाले हुँदाछँदाको जागिर छाडे । त्यसबेला कमेडी च्याम्पियनको पहिलो सिजन चलिरहेको थियो । उनी त्यसमा सहभागी भए । तर, उत्कृष्ट १० बाट माथि जान सकेनन् । प्रतिस्पर्धाबाट बाहिरिए पनि उनीसँग एउटा मौका थियो, ‘वाइल्ड कार्ड’ । ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गर्नका लागि उनले जग...
असार २५, २०८१
९ वर्षकी बालख छोरीको बिहे रोक्ने रेवन्तकुमारी
दीपक सापकोटा
केवल खल्बलीहरू छन्, मीनाका मनमा । स्मरणको परिधिभित्र छन्– पिता टंकप्रसाद आचार्य (वि.सं. १९६९–२०४९) र आमा रेवन्तकुमारी (१९७३–२०५९) का जीवन–भोगाइका केही अंशहरू । तिनका भोगाइ उनलाई विदीर्ण लाग्छ । राणाकालको इतिहास खिचिएको त्यो समयको विक्षिप्त तस्बिर उनको मानसमा खिलझैं गढेको छ ।
असार २४, २०८१
उपसचिवमा एकैपटक ६ ठाउँमा नाम निकाल्न सफल
वसन्तप्रताप सिंह
बझाङ जिल्लाको नक्सामा खप्तडछान्ना गाउँपालिका–७ गडराय गाउँ सबैभन्दा दक्षिण कुनामा खुम्चिएको छ । बाजुरासँग जोडिएको गडरायको परिचय नक्सामा मात्रै होइन, विकास र पहुँचका हिसाबले पनि साँघुरो नै छ । जसले गडरायलाई चिन्छन्, उनीहरूको दिमागमा यो गाउँको तस्बिर विकट, अभाव, गरिबी, शिक्षा, स्वास्थ्यको असुविधा भएको रूपमा आउँछ । बझाङकै ...
असार २३, २०८१
४९ वर्षदेखि भोटो सिलाइरहेको आड नेपाल
प्रकृति दाहाल
छोराछोरीलाई सहज रूपमा उच्च शिक्षा पढाउन र घरखर्च चलाउन सकिने अवस्था हुँदो हो त इन्दिरा सापकोटा घर–व्यवहारमै रुमल्लिन्थिन् होला । त्यतिबेला उनका श्रीमान्को मासिक आम्दानी ५ सय थियो । दिनहुँ बाँसबारी छालाजुत्ता कारखानामा काम गरेर उनले त्यति रकम पारिश्रमिक पाउँथे । त्यसबाहेक अन्य आयस्रोत केही थिएन ।
असार २२, २०८१
करेन्ट लागेर मधेशमा मात्र ५ वर्षमा ४४९ को मृत्यु
शिव पुरी
रौतहटको गरुडा–३, मलाही टोलकी ३० वर्षीया मनीषा सहनीलाई २०८० चैत २१ गतेको घटना सम्झिन पनि मन लाग्दैन । मकवानपुरको राक्सीराङ गाउँपालिका–९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा पढाउने उनका ४० वर्षीय पति मनोज त्यस दिन छुट्टीमा घर आएका थिए । तरकारी खेतीमा पानी लगाउन मोटर चलाउने क्रममा उनलाई करेन्ट लाग्यो । घटनाका बेला मनीषा ...
स्वास्थ्य सेवा सुधार्न खटेका खरेल
बुद्धिसागर मरासिनी
गुल्मीको आँपचौरका रामु खरेल त्यतिबेला मात्र सात वर्षका थिए । कुरा २०५३ सालको हो, गाउँमा चिठी बाँड्दै आएका हुलाकीले कराउँदै भने, ‘खरेल तिम्रा बुबालाई डीभी पर्‍यो । अब तिमीहरू पनि अमेरिका जान पाउँछौं ।’ त्यतिबेला डीभी त परै जाओस्, अमेरिका पनि सुनेका थिएनन् खरेलले । त्यसैले उनलाई हुलाकीका कुरामा चासो हुने कुरै भएन ।
असार २१, २०८१
‘मंगल यात्रा’ को आशा जगाउने ‘स्टारसिप’
स्वरूप आचार्य
अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना नयाँ रकेटको सफल परीक्षण गर्‍यो । उक्त रकेटको पछिल्लो भाग सफलतापूर्वक मेक्सिकोको खाडीमा अवतरण गर्‍यो भने माथिल्लो भाग पनि पृथ्वीको वायुमण्डलबाट बाहिर पुगेर बिनाठूलो नोक्सानी फर्किएर हिन्द महासागरमा खस्यो ।
असार २०, २०८१
पप सम्राट्को दोस्रो ‘इनिङ’
रीना मोक्तान
त्यतिबेला पपलाई गफ भनिन्थ्यो । पश्चिमा वाद्यवादन मिसिएको गीत, कि आधुनिक हुन्थ्यो कि त अत्याधुनिक । आलोचना गर्नेको लहर उस्तै, पप गाउनेलाई झुर गायन भन्दै गालीसमेत गरिन्थ्यो । ओमविक्रम विष्टलाई भने पश्चिमा वाद्यवादन असाध्यै मनपर्ने, ‘एक्सपेरिमेन्ट’ र ‘एक्सपेरियन्स’ गर्न उतिकै रुचि । पश्चिमा वाद्यवादन मिसाउँदै विष्टले गरेक...
असार १८, २०८१
आठ आरोही जन्माउने किमजुङ
घनश्याम खड्का
उनलाई के लाग्छ भने– जीवन आफैंमा एक आरोह हो र बाँच्नु भनेको दुर्जेय हिमालहरू चढ्नु बराबरको दुस्कर काम हो । हो, चुचुरामा पुग्दाको आनन्द पनि छ चढ्नुमा, जसरी चढ्दाको दुःख छ आरोहणमा । कैयौं पटक सगरमाथा चढेका आठ आरोहीहरूकी आमा किमजुङ शेर्पालाई के लाग्छ भने, जीवन धान्दाको सास्ती मात्रै छैन बाँच्नुमा, यसलाई भोग गर्नुको आनन्द प...
असार १७, २०८१
ब्याट नं. ३८ का अब्बल अधिकृत
प्रकृति दाहाल
नेपाल सरकारको अधिकृत ‘ब्याट–३८’ (बेसिक एडमिनिष्ट्रेसन ट्रेनिङ) का कान्छा राजस्व अधिकृत हुन् विक्रम पन्थी । २०८० फागुन २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति दिएसँगै यतिबेला उनी ६ महिने तालिमको अन्तिम संघारमा छन् । देशभरका साथीभाइको संगत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को सिकाइ मो...
असार १६, २०८१
दैनिक जीवनको एक हिस्सा ‘हाम्रो पात्रो’
सजना बराल
केही समययता नेपालमा सूचना प्रविधि क्षेत्रले आशालाग्दो प्रगति गरेका विवरण सार्वजनिक भएका छन् । विशेष गरी सूचना प्रविधि सेवा निर्यातमा नेपाली जनशक्तिले विभिन्न देशका माग पूरा गरेर लाखौं डलर भित्र्याइरहेको अध्ययनले देखाएका छन् । तथापि, स्थानीय रूपमा उल्लेख्य मात्रामा प्रयोग हुने ‘आईटी प्रोडक्ट’ भने कमै बनेका छन् ।
असार १३, २०८१
२३ वर्षदेखि रंगमञ्च बनाइरहेका नायक
रीना मोक्तान
मञ्चमा एउटा भव्य कोठा देखिन्छ । दर्शकदीर्घाबाट सिधा देखिने भित्तातिर, बन्दुक, घडी, जरायोको सिंह, आँखीझ्याल झुन्ड्याइएका छन् । एकतिरको छेउमा रक्सीको बोतलले भरिएको र्‍याक, त्यसकै नजिक झुन्डिएको छ, एउटा तस्बिर । कोठाभित्र सोफा पनि छन् । झट्ट हेर्दा भरिभराउ देखिने यो कोठा अपूरो देखिन्छ ।
असार १२, २०८१
लेकको ‘पाहुना घर’
लक्ष्मी गौतम
व्यवहार बुझ्न थालेपछि फिदिम–२ की तृष्णा राईलाई लाग्थ्यो, ‘अग्लो अनि एकान्त स्थलमा अलिकति जमिन र सानो घर होस् । सहरबजारको भीड, कोलाहल र प्रदूषणभन्दा टाढा रहने त्यो स्थानलाई आफ्नै संसार बनाएर रमाउन सकूँ ।’
असार ११, २०८१
छोरासँगै संन्यासी भएकी सुमित्रादेवी
दीपक सापकोटा
बाल्यकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य रजनीश र जीवनको उत्तरार्द्धमा ओशो आफ्ना चेलाहरूका नजरमा एक गुरु र ‘भगवान्’ हुन् । लोकप्रिय दार्शनिक ओशो (सन् १९३१–१९९०) गएको शताब्दीका विवादास्पद गुरु थिए । उनको उपस्थिति धेरैका लागि ‘खतरनाक’ थियो । जस्तो २१ पश्चिमी देशले ओशोलाई प्रवेश–निषेध गरेका थिए । भनिन्छ ‘धर्...
देउडाका शब्द बुन्ने राजेन्द्र
अर्जुन शाह
साठीको दशकमा मुर्झाएको देउडा संगीत ७० को दशकदेखि पुनर्जीवित भयो । त्यसयता विस्तारै चर्चामा आएको देउडा पछिल्ला वर्षहरूमा त सुदूरपश्चिम र कर्णालीको साहित्यिक तथा सांगीतिक धमनी नै भएको छ । यस क्षेत्रका हरेक जनजनको हृदयमा घन्किरहेका देउडाले माया, प्रेम, सद्भाव र भाइचारासँगै लोभलाग्दो संस्कृति नै जगेर्ना गरिरहेको छ । यिनै द...
असार १०, २०८१