text
stringlengths
2
914
निकुञ्ज संरक्षणमा महिला अधिकारी
रमेशकुमार पौडेल
नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय र चार सेक्टर कार्यालय छन् । सेक्टर कार्यालयमध्ये एउटा माडी बगई सेक्टरको प्रमुख हुन् मधु नेपाली । चितवन निकुञ्ज कार्यालयमा अधिकृतस्तरका आठ जना संरक्षण अधिकृत कार्यरत रहँदा महिला दुई जना छन् । त्यसमध्येकी एक मधुले सेक्टर हाँकेकी छन् । ५० वर्ष नाघेको निकुञ्जमा...
असार ९, २०८१
बिसन्चोलाई ‘सन्चो’
प्रशान्त माली
खोकनाका जितराम महर्जन नाक बन्द हुँदा होस् वा रुघाखोकी लाग्दा हत्तपत्त एलोप्याथिक औषधि प्रयोग गर्दैनन् । उनको उपचारको पहिलो रोजाइ ‘सन्चो’ हुने गरेको छ । बजारमा विभिन्न निजी कम्पनीका सन्चो उपलब्ध छन् । उनी भने तीमध्ये पनि सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सन्चो नै रोज्छन् ।
असार ८, २०८१
सरकारी नीतिले संकटमा नेपालका औषधि उद्योग
स्वरूप आचार्य
अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव नेपालका औषधि उद्योगहरूमा पनि देखिन थालेको छ । नेपालमा दर्ता भएका १३२ मध्ये ८६ वटा औषधि उद्योग सञ्चालनमा रहेका थिए । सञ्चालनमा रहेकामध्ये करिब ९ वटा औषधि उद्योग भने विभिन्न कारणले उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
इको क्लबदेखि चराविज्ञसम्म
भवानी भट्ट
भोजराज श्रेष्ठ कक्षा चारमा अध्ययनरत थिए । ठीक त्यही बेला विद्यालयमा इको क्लब गठन भयो । त्यतिबेलासम्म उनलाई प्रकृति, वन्यजन्तु र चराबारे केही जानकारी थिएन । पछि भोजराजले चरा संरक्षणका लागि गुलेली नियन्त्रणमा लिने अभियान नै चलाए । जसका कारण उनी गाउँमा ‘गुलेली बाजे’ को नामले चर्चित छन् ।
असार ७, २०८१
चुरे चढ्दै ‘बाजेको पेडा’
पर्वत पोर्तेल
रुपेशकुमार साहको भव्य पेडा पसल थियो, सप्तरीको बरमझिया क्षेत्रमा । विगत डेढ दशकदेखि साह परिवारले पेडा पसल चलाएरै मनग्ये आम्दानी पनि गरेको थियो । कोभिड महामारीताका लामै समय पसल बन्द गर्दा धेरै घाटा ब्योहोर्नु पर्‍यो, जसरी अन्य व्यवसायीहरुले ब्योहोरे ।
एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी
सजना बराल
विश्व सूचना प्रविधिको क्षेत्रमा अहिले दुई विषय निकै चर्चामा छन्– पहिलो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र दोस्रो एनभिडिया । यी दुवै आपसमा सम्बन्धित पनि छन् । एआईको उछालले एनभिडियाको बजार अकासिएको छ । विश्वभर एआईको तरंग ल्याउन एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र ‘कुडा’ प्रोग्रामिङ ल्यांग्वेजजस्ता हार्डवेयर तथ...
असार ६, २०८१
काठमाडौंको मन जितेका दार्जिलिङका गायक
पर्वत पोर्तेल
मेची तरेर काठमाडौं खाल्डो उक्लिएको एउटा सामान्य ‘गिताङे’ ले सन् १९९० को दशकमा नेपालभर तहल्का मच्चायो । तीन दशकअघि नै इर्ष्यालाग्दो लोकप्रियता बटुलेका गायक हुन्, सुरेश कुमार । काठमाडौंबाट गुन्जिएका उनका दर्जनौं प्रेमिल गीतहरू पूर्वी सिमाना नाघेर उनी आएकै बाटो हुँदै जब दार्जिलिङ पुगे, तब दार्जिलिङले सोध्न थाल्यो को हो– स...
असार ४, २०८१
छोरीलाई बाटो देखाउने निरक्षर रणकुमारी
दीपक सापकोटा
आफू हुर्के–बढेको गाउँको जंगल, गोरेटोमा समयको कथा ढुकेर बसेकी आमा सम्झिँदा रामकुमारीलाई यस्तो लाग्छ– आमा एक विशाल बटवृक्ष हुन्, जसको छहारीमा सन्तानले सुखभोग गरे । सर्लक्कै फेरिएको कालजमानाको साक्षी बसेकी छन्– रणकुमारी झाँक्रीमगर (८३) । बेग्लै संसारबाट अर्को संसारमा प्रविष्ट भएझैं लाग्छ उनलाई । १९ नातिनातिना, दर्जन पनाति...
असार २, २०८१
७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म
सीमा तामाङ
चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।
जेष्ठ ३१, २०८१
‘ए आमा ! जाम भन्यो मलाई, पल्टने लाहुरेले’
विमल खतिवडा
जब कुनै गीत दर्शक–श्रोताले अत्यधिक रुचाउँछन्, तब त्यो गीतका गायक–गायिका चर्चाको शिखरमा पुग्छन् । गीतको भिडियोमा देखापर्ने मोडलको अनुहार सबैले चिन्छन् । तर, शब्द–शब्द जोडेर त्यसलाई गीतको रूप दिने गीतकार भने सधैंजसो ओझेलमै पर्छन् । एउटा गीत हिट हुन जति गायक–गायिकाको भूमिका हुन्छ, गीतकारको त्योभन्दा कम हुँदैन । तर, तिनै ग...
जेष्ठ २९, २०८१
सिलौटोमा पीडा पिनिरहेकी आमा
दीपक सापकोटा
आमाले आँसुसँगै जीवनका दुःखहरू पिँधेको सिलौटो जोगाइराखेका छन्– राजु परियारले । उनलाई बोध छ– त्यो मेरी आमाले केवल मसला र नुन–खुर्सानी होइन, आफ्नो कर्म र दुःख पिँधेको सिलौटो हो । मध्य जेठको सहरी गर्मीमा राजु गाउँ र आमा हिँडिआएका बाटाहरू सम्झना गर्छन्, ‘जीवनबाट सबै कुरा हराओस् तर त्यो सिलौटो नहराओस् । किनभने त्यो ढुंगो मात...
जेष्ठ २८, २०८१
जालन्धर छाडेर ‘जलारी’
प्रकाश बराल
बिहान घाँसदाउराको जोहो गरेर दिउँसो तरकारी बारीको काम भ्याउँछन् । घाम छिप्पिदै जाँदा आफैले बुनेको जाल बोकेर माछा मार्न बडिगाड खोलातिर कुद्ने उनी राति ९ बज्दा घर आइपुग्छन् । जालमा सधैं माछा पर्दैनन् । तरकारी खेती उनको मौषमी आम्दानीको स्रोत हो ।
गाविस सचिवदेखि सहसचिवसम्म
लक्ष्मी गौतम
स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दासम्म मेखबहादुर मंग्रातीले निजामती सेवामा प्रवेश गर्छु भन्ने सोचेकै थिएनन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा जन्मेका उनलाई शिक्षण पेसा औधी मन पर्थ्यो । बाआमाको इच्छा पनि छोरो शिक्षक बनोस् भन्ने थियो । औपचारिक अध्ययन सकेपछि गाउँकै स्कुलमा पढाउँछु भन्ने सोचमा थिए उनी ।
जेष्ठ २७, २०८१
ट्रेकिङ गाइड हुँदै वाइल्डलाइफ फोटोग्राफर
मनोज पौडेल
भरिया हुँदै ट्रेकिङ गाइड बनेका प्रताप गुरुङ अहिले मुलुककै उत्कृष्ट वाइल्डलाइफ फोटोग्राफरमा गनिन्छन् । धादिङको नीलकण्ठ नगरपालिका–११, ग्याम्रुङ घर भएका उनी अहिले काठमाडौंको सोह्रखुट्टे नजिकै नयाँबजारमा बस्छन् । उनका आँखा जति तेजिला छन्, कान पनि उस्तै चनाखा छन् । सुँघ्ने शक्ति पनि अद्भुत छ । परपरसम्मका गतिविधि आँखा र कानल...
जेष्ठ २५, २०८१
जनावरको अंग प्रत्यारोपणले जगाएको आस
स्वरूप आचार्य
हामीले भगवान् शिवले गणेशको टाउको काटेपछि हात्तीको टाउको जोडेर फेरि जीवित बनाएको कथा त पढेकै छौं । ‘जेनोट्रान्सप्लान्टेसन’ भनेको यही नै हो । कुनै जनावरको अंग मान्छेमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ । विभिन्न कारण काम गर्न छोडेको मानव अंगको विकल्पमा कुनै जनावरबाट निकालिएको अंगले काम गर्छ कि भनेर अध्ययन...
जेष्ठ २४, २०८१
कर्मा पछ्याउँदै कुन्दन
रीना मोक्तान
भाइ कुन्दनलाई सानै हुँदादेखि हात समाउँदै गुरुकुल डुलाउँथे, कर्मा । कति नाटकका संवाद कुन्दनलाई कण्ठै हुने । नाटक चलिरहँदा संवाद दोहोर्‍याएरै हल्ला गरिदिन्थे, भाइलाई चुप गराउनै मुस्किल हुन्थ्यो कर्मालाई । कर्माले कुन्दनलाई आफ्नो डेब्यु फिल्म ‘सानो संसार’मा पनि यसरी नै डोर्‍याएका हुन् ।
जेष्ठ २२, २०८१
हाक्पारे–पालाम गाइरहने आमा
दीपक सापकोटा
याक्थुङ लिम्बू समुदायको शास्त्र ‘मुन्धुम’ मा काव्यिक शैलीका आख्यान छन् । ती आख्यानलाई गायनमार्फत अभिव्यक्त गर्ने प्रचलनलाई लिम्बुवानमा ‘हाक्पारे’ भनिन्छ । त्यही ‘हाक्पारे’ लगायत लिम्बुवानका अन्य रैथाने गीत–संगीतलाई झुमा लिम्बूले आफ्नो गायकीमार्फत परिचित गराइरहेकी छन् ।
जेष्ठ २१, २०८१
खुलातर्फ प्रथम हुने दृष्टिविहीन सावित्री
विमल खतिवडा
प्रस्ट बोली । खरो स्वभाव । पढाइमा तीक्ष्ण । धादिङ थाक्रे गाउँपालिका–१० पौडेलथोककी सावित्री पौडेल जन्मजात दृष्टिविहीन हुन् । तर केही समययता भने उनी अध्यापनमा खटिरहेकी छन् । ३२ वर्षीया पौडेलले शिक्षक बन्नका लागि भने जीवनमा निकै संघर्ष गर्नुपर्‍यो, निकै कष्ट व्यहोर्नुपर्‍यो ।
जेष्ठ २०, २०८१
२० करोडलाई मनोरञ्जन दिँदै यार्साको लुडो
सजना बराल
सूचना प्रविधि क्षेत्रमा ‘अंक’ को ठूलो महत्त्व हुन्छ । अंकहरूले कम्प्युटरको गणितीय क्षमता र तार्किक प्रक्रियाका लागि आधार प्रदान गर्छन् र त्यसले नै प्रविधि अघि बढाउँछ । कम्प्युटरले ‘बाइनरी कोड’मा आधारित भएर कार्य गर्छन् । बाइनरी संख्या भनेको ० र १ को प्रणाली हो । यिनै दुई अंकले समग्र कम्प्युटर प्रणाली चलेको छ । खासमा कम...
जेष्ठ १९, २०८१
रुसी सेनामा भर्ती भएका नेपालीबारे सरकार बेखबर
होम कार्की , जगदीश्वर पाण्डे
रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ । सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जनाको मृत्यु भएको तथा ५ जना युक्रेनी सेनाको कब्जामा रहेको पत्ता लगाए पनि थप विषयमा कुनै पनि जानकारी पाएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्न...
जेष्ठ १७, २०८१
‘घर कता हो बैनीको ?’
विमल खतिवडा
गाउँमा धान रोप्ने चटारो चल्दै थियो, २०६४ सालको असारमा । तर रोल्पा ह्वामा (अहिले परिवार लिवाङमा बस्छन्) की शान्तिश्री परियारको मनमा भने कहिले काठमाडौं पुगिएला भन्ने हुटहुटी थियो । आमा दिलसरालाई गायिका बन्न काठमाडौं जान्छु भनेकी थिइन् शान्तिले । तर आमाले ‘छोरी मान्छे । उमेर सानै छ । विरानो सहरमा किन जाने ?’ भन्दै अनुमति ...
जेष्ठ १५, २०८१
ऊर्जा र हिम्मतकी बिम्ब
दीपक सापकोटा
सन्तान र आमाको सम्बन्ध केवल सरल रेखामा हिँड्दैन, अनेक भाव र उतारचढावबाट गुज्रिन्छ । तिनका सम्बन्धका यात्राहरू बहुआयामिक हुन्छन् । यिनै सम्बन्धका आँखीझ्यालबाट हेर्दा आमालाई कहिले कोमल, कहिले कठोर भएकी देखेका छन्– आख्यानकार सुबिन भट्टराईले । अनेक हन्डर, ठक्कर र संघर्षले आमालाई जति नै बलियो बनाए पनि छोराछोरीका सवालमा ती क...
जेष्ठ १४, २०८१
पहिलो महिला टपर सहसचिव
विद्या राई
नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा नाम निकालेकी कृष्णकुमारी श्रेष्ठ देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी छन् । उनलाई जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि नियुक्ति पाउन भने बाँकी नै छ । शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले मारेको यो छलाङ धेरैका लागि अनुकरणीय छ । सफलत...
जेष्ठ १३, २०८१
२०२६ सालदेखि डीडीसीको दूध
राजु चौधरी
कुनै बेला अधिकांश किसानले उत्पादन गर्ने दूध आफैं उपभोग गरेर सकिन्थ्यो । बचेखुचेको ऐंचोपैंचोमा चल्ती गरिन्थ्यो । खासमा उनीहरूले दूध वा दुग्धपदार्थ बिक्री गरेर त्यसबाट आयआर्जन गर्ने सोचेका पनि थिएनन् । दूध उत्पादन भइरहेको थियो त, अनौपचारिक रूपमा मात्रै । एकातिर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गरेर कसरी प्रतिफलमुखी बनाउ...
जेष्ठ १२, २०८१
‘शालिग्राम दूत’ रचना
सन्जु पौडेल
पाल्पा, गुल्मी र स्याङ्जाको त्रिवेणी रुरुक्षेत्र धाम (रिडी) हुँदै बग्ने कालीगण्डकी । गण्डकीको लहरसँगै बगरमा शालिग्राम खोजिरहेकी भेटिन्छन्, बुटवलकी रचना पन्त । अधिकांश समय रुरुक्षेत्र पुगेर शालिग्राम र त्यसको महत्त्वबारे सामाजिक सञ्जालमा लेखिरहन्छिन् । शालिग्रामका माध्यमबाट रुरुक्षेत्र धामको प्रचार/प्रवर्द्धनका लागि कार...
जेष्ठ १०, २०८१
एक्लो दाबेदार दयाहाङ
रीना मोक्तान
नेपाली फिल्मको कुरा गर्दा वर्ष २०८०, दयाहाङमय रह्यो । अघिल्लो नयाँ वर्षको सुरुवात नै दया अभिनीत ‘बिहेपास’बाट भयो । वैशाखमै दयाको अर्को फिल्म प्रदर्शनमा आयो, ‘जारी’ । जेठमा अर्को फिल्म चल्यो, ‘नीरफूल’, भदौतिर ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आयो । कात्तिकमा ‘दिमाग खराब’, माघमा ‘दयारानी’, फागुनमा ‘रंगेली’ अनि चैतमा ‘डिग्री माइला...