text
stringlengths
2
914
जर्मनीका प्रसिद्ध पल्मोनोलोजिस्ट (श्वासप्रश्वास रोग विशेषज्ञ) डा. आर्ने ड्रिउज कतिपटक नेपाल आए ? उनैलाई हेक्का छैन । सन् १९९२ सेप्टेम्बर ७ मा नेपालमा पहिलो पटक पाइला टेकेपछि हरेक वर्षजस्तो उनी सहयोगका हात फैलाउँदै त्रिभुवन विमानस्थल ओर्लन्छन्, हुर्रिंदै गोरखाको आँपपीपल पुग्छन्, छेउछाउका गाउँघर घुम्छन् ।
चैत्र ८, २०८०
सधैं एकान्तमा नवीन के
स्वरूप आचार्य
मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।
चैत्र ६, २०८०
झुपडीदेखि ग्वालियर दरबारसम्म
दीपक सापकोटा
एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे ।
चैत्र ५, २०८०
अन्य समूहबाट ३३ वर्षको उमेरमै परराष्ट्रको सहसचिव
घनश्याम खड्का
संस्कृतमा एउटा श्लोक छ– विद्या धनम् सर्व धनम् प्रधानम् । अर्थात्, धनहरूमा विद्या प्रमुख छ । किनभने, यसले निर्धोलाई पनि बल दिन्छ, पछि परेकालाई अघि लैजान्छ अनि बोल्न नसक्नेलाई वाणी दिन्छ । आफूले बिताएका दिनहरू र तय गरेका घुमाउरा बाटोहरूका बारेमा गफिँदा अग्लो कदका कृष्णप्रसाद ढकालका दुई जिज्ञासु आँखा विद्याधनको यही शक्तिल...
चैत्र ४, २०८०
नेपालमा केवलकार चिनाउने मनकामना
विमल खतिवडा
गोरखाका लक्ष्मणबाबु श्रेष्ठ पैदल हिँडेर थकाइ मार्न चौतारोमा बस्दा वरिपरिका डाँडा नियाल्न बिर्संदैनथे । किनभने, ती डाँडाकाँडाले उनलाई औधि लोभ्याउँथ्यो । एक दिन यसरी नै नियाल्दै गर्दा बादल एक डाँडाबाट अर्को डाँडातर्फ सरिरहेको देखे । त्यसपछि उनलाई लाग्यो, बादलजसरी हिँड्न सके कति सहज हुन्थ्यो होला ।
पहाड उक्लेका संघारी
मोहन शाही
२०५३ सालतिरको कुरा हो, १५ वर्षीय प्रदेशीराम चौधरीका जुंगा रेखी मात्रै बसेका थिए । गाउँका संघारी (साथी) हरू ज्याला मजदुरी गर्न धमाधम पहाड उक्लने क्रम बढ्दो थियो । कैलालीको घोडाघोडी नगरपालिका–१० लठैयाको समथर भूमिमा बाल्यकाल बिताएका प्रदेशीरामलाई पनि पहाड चढ्ने रहर जाग्यो ।
चैत्र ३, २०८०
भारतीय कुस्तीमा रमाइरहेका पाल्पाका देवा
माधव अर्याल
युट्युबमा देवा थापा भनेर सर्च गरियो भने भारतका अनेकन सहरमा भएका कुस्ती प्रतियोगितामा भीमकाय कुस्तीवाजसँग भिडिरहेका होचो कदका देवबहादुर कँवर मगर (देवा थापा) लाई देख्न सकिन्छ । निस्दी गाउँपालिका–७, ज्यामिरेको रोल्लाबास गाउँमा बस्ने देवाका बाबु चन्द्रबहादुर भने छोराको यो प्रसिद्धिबारे थोरै मात्र जानकार छन् । इन्टरनेटको पह...
चैत्र १, २०८०
हिउँ चितुवा संरक्षणमा पेन्जोक्ला
आनन्द गौतम
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्साकी पेन्जोक्ला शेर्पा हिउँ चितुवाका आनीबानीबारे राम्रो जानकार छिन् । संखुवासभाको गुफापोखरीबाट विवाह गरेर घुन्सा आएकी हुन् उनी । पेन्जोक्लाले हिउँ चितुवाको आवाज मात्र सुनेकी छैनन्, हिउँ चितुवाले आफ्ना पशुचौपाया खाइदिएपछि बगेका किसानका आँसु देखेकी छन् ।
फाल्गुन २९, २०८०
मलेसियामा शतक प्रहारपछि उनको सम्मानमा घुँडा टेकिन्
पर्वत पोर्तेल
अहिलेसम्मै छोरी रुविनाले खेलेको क्रिकेट हेर्ने साहस जुटाउनै सकेकी छैनन् आमा मुना क्षेत्रीले । सायद छोरी लडेको, घाइते भएको दृश्यले पीडाबोध हुन्छ उनलाई । त्यसैले छोरीको खेल–उपलब्धिबारे अक्सर बेखबर रहन्छिन्, आमा मुना ।
फाल्गुन २८, २०८०
कानुन र परराष्ट्रमा नाम निस्केर पनि छाडिन्, मानवअधिकार अधिकृतमा टपर भइन्
घनश्याम खड्का
हामीले तय गरेको यात्रा र समातेको बाटोले अक्सर एक नयाँ परिचय दिन्छ जीवनलाई । जस्तो कि, पूजा न्यौपानेसँग अब जोडिने परिचय हुनेछ, मानवअधिकार अधिकृत । राष्ट्रिय मानवअधिकार आयोगका लागि चाहिने अधिकृत तहको लोक सेवा आयोगको परीक्षामा फागुन ८ मा टप घोषित गरिएकी न्यौपानेको अबको दैनन्दिनको काम हुनेछ, संविधानमा उल्लेख गरिएका मौलिक ह...
फाल्गुन २७, २०८०
४० देशका नागरिकको आँखामा तिलगंगाको लेन्स
स्वरूप आचार्य
गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको थकान थियो । डा. रुइतमा अहिले वार्षिक साढे चार लाख लेन्स उत्पादन गर्ने ल्याब्रोटरीलाई मुनाफा वितरण नगर्ने तर आर्थिक रूपमा दिगो उद्योग बनाउने हुटहुटी जागेको छ । नवीन जीवनलाई संसारमा ल्याउँदा एउटा आमामा...
फाल्गुन २५, २०८०
मस्तिष्क शल्यक्रियामा महिलाको सिंगो टिम
सुजाता मुखिया , सन्जु पौडेल , तृप्ति शाही
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अपरेसन थिएटरमा मस्तिष्कमा रहेको ट्युमर निकाल्नका लागि शल्यक्रिया गर्ने सुरसार हुँदै थियो । जटिल शल्यक्रियामा परिपक्व शल्य चिकित्सक, एनेस्थेसिस्ट र नर्ससहितको समूह खटिन्छ । अरू बेलाझै त्यस दिन पनि सो समूहको नेतृत्व प्रा.डा. राजीव झाले गर्नुपर्ने थियो । तर, उनले डा. नम्रता खड्कालाई ...
फाल्गुन २३, २०८०
तीन महिनामै घेरिए अर्जेन्टिनाका ‘पपुलिस्ट’ राष्ट्रपति
बुद्धिसागर मरासिनी
सक्रिय राजनीतिमा प्रवेश गरेको छोटो समयमै देशको उच्च पदमा निर्वाचित हुन सफल व्यक्ति हुन्– हाभियर मिलेई । २०१८ को अक्टोबरमा राजनीतिमा सक्रिय भएका उनी पाँच वर्षेमै अर्जेन्टिनाको राष्ट्रपति निर्वाचित हुन सफल भएका थिए । उनका चुनावी एजेन्डा र प्रस्ट बोल्ने शैलीले नै उनलाई त्यो सफलता दिलाएको जनविश्वास थियो ।
फाल्गुन २२, २०८०
सँगै ग्यास दुर्घटनामा परेकी आमा सपनामा सोध्छिन् - ‘सन्चै छौ नि !’
दीपक सापकोटा
त्यो दिन चिसो आकाशमा तातो सुर्जेको तेज मधुरो भएको थियो । पशुपतिनाथ आर्यघाटछेवैको ‘किरियापुत्री सेवा केन्द्र राजराजेश्वरी’ को ११३ नम्बर घरमा उदास बसिरहेका चन्द्र भण्डारीको मन पनि चिसै थियो । चन्द्र–मुहार साँच्चै नै उदास देखिन्थ्यो । कसरी खुसी हुन सक्छन् उनी, जबकि आमा जलेर बितेकी छन् ? चन्द्र जिन्दगीको अकाट्य सत्य हेर्न ...
घाइते कुकुरका प्रिय दाजुबहिनी
पर्वत पोर्तेल
कोभिड महामारी सुरु हुनुअघि विराटनगरका शाहिल र एलिना प्रसाईं भारतको दिल्लीमा पढ्दै थिए । विराटनगरमै १२ कक्षा सकेपछि उच्च शिक्षाका लागि दिल्ली गएका शाहिलले करिब ७ वर्ष अनि एलिनाले साढे ५ वर्ष दिल्लीमा बिताए । दाजु शाहिल बीबीए गर्दै थिए । बहिनी एलिना इन्फरमेसन टेक्नोलोजी एन्ड ह्युमेन रिसोर्स (आईटीएचआर) पढ्दै थिइन् ।
फाल्गुन २१, २०८०
जो स्टाफ नर्समा मधेशी, महिला र खुला तीनै समूहमा टपर भइन्
घनश्याम खड्का
मिहिनेत गर्नेलाई भाग्यले साथ दिन्छ भन्ने आहान छ । तर, धनुषाको छिरेश्वरनाथकी २७ वर्षीया विभा महासेठले भर्खरै अनुभव गरेकी छन्– मिहिनेतले नै भाग्य बनाउँदो रहेछ । लोक सेवा आयोगले लिएको जनरल नर्सिङ समूह, पाँचौं तह (स्टाफ नर्स) को परीक्षामा खुला, मधेशी र महिला तीनै समूहमा टपर घोषित विभालाई भाग्यमानी भन्दै बधाई दिनेहरूको फोन ...
फाल्गुन २०, २०८०
‘किलिन्डरले बीस रुप्पेको टिकट काट्दछ...’
विमल खतिवडा
साझा बसमा जो पनि चढ्दछ किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ... कलाकार हरिवंश आचार्यले ०५५ सालतिर चलचित्र ‘फिलिम’ का लागि आफैंले रचेर गाएको गीत हो, यो । उनलाई यो गीत त्यसै फुरेको होइन, गीतसँग उनको बाल्यकाल जोडिएको छ । सानो छँदा काठमाडौं उपत्यकामा सार्वजनिक बसका रूपमा साझा मात्र चल्थ्यो । त्यो बेला गैरीधारा बस्ने उनलाई घण...
फाल्गुन १९, २०८०
८६ देशका युवा जोड्ने दिवाकर
बुद्धिसागर मरासिनी
करिब डेढ दशकअघि राम्रै अंक ल्याएर एसएलसी पास गरेका धादिङका दिवाकार अर्याल हेल्थ एसिस्टेन्ट (एचए) पढ्न चाहन्थे । तर परिवारको आर्थिक अवस्था भने उनले सोचअनुकूल नभएकाले उनले इच्छाअनुसारको पढाइ गर्न पाएनन् । पैसाकै कारण आफ्नो इच्छा मार्न परेपछि क्याम्पस पढ्न भनेर काठमाडौं छिरे ।
फाल्गुन १८, २०८०
राजनीति अझै पनि सत्तासँग नजिक, जनतासँग टाढा
कुलचन्द्र न्यौपाने
चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । मिटरब्याजी र लघुवित्तका पीडितहरू राजधानीको सडकमा आन्दोलनरत छन् । आर्थिक शिथिलता, युवाको विदेश पलायन चिन्ताजनक छ ।
फाल्गुन १७, २०८०
सम्पदा संरक्षणमा नेपालदेखि कम्बोडियासम्म
मनोज पौडेल
पाटन दरबार स्क्वायरको आसपासमा बाल्यकाल बिताएकाले एनी जोशीलाई कला, सम्पदा र परम्पराबारे गहिरो चासो थियो । सन् २००९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक सकेपछि बिस्तारै उनको ध्यान ‘हेरिटेज आर्किटेक्ट’ तर्फ मोडियो ।
फाल्गुन १६, २०८०
लालसागरमा हुथी अवरोध
सजना बराल
विश्वको सबैभन्दा ठूलो मानवीय संकटले घेरिएको र अरब क्षेत्रकै अति गरिब देश मानिने यमन फेरि एकपल्ट विश्वव्यापी चर्चा र बहुपक्षीय क्षेत्रीय द्वन्द्वको केन्द्रमा छ । करिब पाँच महिनायता यमनको विद्रोही समूह हुथीले रेड सी (लाल सागर) भएर जाने कार्गो जहाजहरूमाथि लगातार आक्रमण गरेसँगै यसले विश्वव्यापी आपूर्ति शृंखला र अर्थतन्त्रम...
फाल्गुन १५, २०८०
‘बुबा डरको बिम्ब, आमा मायाको’
दीपक सापकोटा
बाहिर शीत बर्सिरहेको हुन्थ्यो । आँगनमा बाक्लो तुसारो जमेको हुन्थ्यो । जलकण मिसिएको चिसो हावा झ्यालका कापभित्र पस्थे । भित्र अन्धकार रातको ठिहीमा आमाको स्वर चिसो स्याँठझैं सुसाइरहन्थ्यो । त्यो काँपिरहेको आमाको आवाजले चन्द्रकान्त राउत (सीके राउत) लाई कल्पनाको सुदूर–लोकमा विचरण गराउँथ्यो ।
संगीतका भक्तको अवसान
रीना मोक्तान
भजन शिरोमणिले प्रख्यात भक्तराज आचार्यले सोमबार बेलुका ४ बजेतिर सास फेर्न असहज मानेको कान्छा छोरा स्वरूपराजले थाहा पाइहाले । ‘बुबा गाह्रो भो ?’ स्वरूपले सोध्दा भक्तराज छोरालाई हेरिमात्र रहे । गत दसैंमा घरमा नै लडेपछि भक्तराजलाई श्वासप्रश्वासमा बेलाबेला समस्या पर्दै आएको थियो ।
फाल्गुन १४, २०८०
लोकसेवा टपर भन्छन्– ‘असली परीक्षा आउनै बाँकी छ’
घनश्याम खड्का
कुनै खास तिथिमितिहरू यस्ता हुन्छन्, जसले जीवनको बाटो बदल्छन् । अर्बिन रानाभाटका लागि फागुनको पहिलो दिन यस्तै एउटा नबिर्सने मिति बनेर आयो, जसका कारण उनी हिँड्ने बाटो र अघि बढ्ने दिशा नै बदलिएको छ ।
फाल्गुन १३, २०८०
जाभामा भेटौंला !
सुरज कुँवर
सिद्धार्थ वनस्थलीको एसएलसी, शंकरदेव क्याम्पसको प्रमाणपत्र तहपछि ०५६ सालमा जब गगन प्रधान अस्ट्रेलियाबाट होटल म्यानेजमेन्टमा स्नातक सकेर काठमाडौं फर्किए, त्यतिबेला काठमाडौंका गल्ली–गल्लीमा चिया पसलको एकछत्र राज थियो । त्यसताका काम गर्दागर्दै दिमाग ‘ह्यांग’ भइहाले मानिसहरू तातो पेयपदार्थका नाममा ५/१० रुपैयाँमा सिसाको गिला...
फाल्गुन ११, २०८०
युद्धका दुई वर्ष : जित्न नसकेको रुस, हार्न नचाहेको युक्रेन
बुद्धिसागर मरासिनी
लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचनहरू आउँछन्, जान्छन् । चुनावमार्फत निश्चित समयका लागि नेतृत्व चयन हुन्छ । मतदाताको मनसँगै मत जित्नेले देशको नेतृत्व लिन्छन् भने पराजितका लागि अर्को चुनाव पर्खिनुको विकल्प हुँदैन । तर भ्लोदिमिर जेलेन्स्की राष्ट्रपतिमा विजयी भएको २०१९ मार्च ३१ को युक्रेनको चुनाव भने यस अर्थमा केही फरक छ ...
फाल्गुन १०, २०८०
जनवादी कलाकार : सम्झिन चाहन्नन् युद्धका दिन