text
stringlengths
2
914
महेश केसी
चुनबाङको खुला आकाशमुनिको फराकिलो चौर । त्यही चौरको बीचमा भइरहेछ एउटा ऐतिहासिक जमघट । भूमिगत अवस्थामा रहेका नेकपा माओवादीको सैन्य दस्ता जनमुक्ति सेनाका सर्वोच्च कमान्डर तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू लहरै बसेका छन् । कपडाको सामान्य पर्दामा रातो ब्यानर टाँगेर एउटा विशेष सांस्कृतिक ...
फाल्गुन ९, २०८०
पुराण पुनर्लेखनमा दक्षिण भारतीय अभियन्ता
घनश्याम खड्का
सामाजिक न्यायबारे धेरैले धेरै तरिकाबाट व्याख्या गरेका छन् । र, कतिपयले यसको आदर्श मानक पनि स्थापना गरेका छन् । जस्तो कि, दक्षिण भारतकी लेखिका दु सरस्वतीको विचारमा सम्पत्तिमा वर्गभेद नहुनु र जातमा वर्णभेद नहुनु सामाजिक न्यायको प्राथमिक सर्त हो । फेरि, वर्णभेदभित्र चुपचाप हुर्किएको लैंगिक विभेदसमेत नहुनु सामाजिक न्यायका ...
फाल्गुन ८, २०८०
अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन्
दीपक सापकोटा
दलितको बेग्लै ढंगको जिन्दगी–कथा भन्ने टेलिसिरियल ‘दलन’ मा अनुपले अभिनय गरेका छन्, जुठेको भूमिकामा । कवि श्रवण मुकारुङले लेखेको ‘दलन’ को सिग्नेचर गीत ‘माथिमाथि अरूहरू, तल म छु छाया एक्लै’ सुन्दा अझै नराम्ररी झस्किन्छिन्, अनुपकी आमा पार्वती बराल (८०) ।
फाल्गुन ७, २०८०
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
काशीराम डाँगी
रोल्पाको घर्तीगाउँबाट तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको २३ वर्ष पुग्यो । रणसिंह दमाईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर मानवअधिकार उल्लंघन भएर पीडित भएको परिचय पत्र दिएको छ । पत्रमा उल्लेख छ– ‘मानवअधिकारको गम्भीर उल्लंघन भएको र सम्पत्ति लुटपाट र क्षति पुर्‍याइएको ।’
फाल्गुन ६, २०८०
हेटौंडा कपडा उद्योग : पाउला पुनर्जीवन ?
राजु चौधरी
वार्षिक सवा करोड मिटर कपडा उत्पादनको क्षमता बोकेको हेटौंडा कपडा उद्योग दुई दशकभन्दा बढी समयदेखि बन्द छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ साउन १६ मा स्थापना भएको यो उद्योग २०५६ फागुन १ देखि पूर्ण रूपमा बन्द भएको हो ।
फाल्गुन ५, २०८०
जाँतो बनाउने सीप लोप हुँदै
काशीराम डाँगी
रोल्पाको जेलबाङ, गाम, जंकोट र होमा गाउँमा बनाइने चाँखी अर्थात् जाँतो निकै प्रसिद्ध छन् । स्थानीयले कडा मिहिनेत गर्दै ढुंगा कुँदेर जाँतो तयार पार्छन् । यो चलन निकै पुरानो हो । यद्यपि, अहिले पनि गाउँमा यही चलन पछ्याइएको छ । हातले कुँदेको जाँतो लोकप्रिय मानिन्छ । यी गाउँहरूमा जाँतो बनाउने पुर्खादेखिको सीप अहिले हराउने क्र...
फाल्गुन ३, २०८०
सामाजिक कुरीतिविरुद्ध जुम्लामा देउडा प्रतियोगिता
डीबी बुढा
जुम्ला गुठिचौर ४ की रामछाया पाण्डे गाउँ टोलहरुमा बालविवाह विरुद्धको देउडा भाका पस्किरहेकी छिन् । उनीसँग ४ जना महिलाहरुको टिम नै छ । त्यो टिमले बालविवाह लगायतको सामाजिक कुरीतिविरुद्धको सन्देश फैलाइरहेको छ । मेला पर्वहरुमा,विवाह,भोजहरुमा वा कुनै पनि सुखद कार्यहरुमा गाइने देउडा भाकाहरु उनीहरुले सन्देशमुलक बनाइरहेका छन् ।
सुकुटेमा ‘एडभेन्चर क्रेज’
अनिश तिवारी
वरिपरि जंगल र लोभलाग्दा पहाड । ठ्याक्कैबीचमा कञ्चन सुनकोसी नदी । कठ्यांग्रिँदो चिसोबीच पनि साहसिक ‘र्‍याफ्टिङका लागि संसारकै दस उत्कृष्टमा गनिने भोटेकोसी र सुनकोसीको सुकुटे क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घटेका छैनन् । कारण हो- यहाँ चर्चित साहसिक खेल बन्जी, र्‍याफ्टिङ, क्यानोनीङ, जंगल सफारीसहित बगरको रमाइलो बास ।
फाल्गुन २, २०८०
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता
घनश्याम खड्का
अचेल उनका हातमा पहिलेझैं बल छैन, त्यसै त्यसै काँप्छन् । न शरीरमा त्यो स्फूर्ति छ । कतिसम्म भने लेखिका अमृता लम्सालका सुन्दर कपालसमेत ठुटै हुने गरी काटिएका छन् । एक वर्षदेखि स्तन क्यान्सरसँग चुपचाप लडिरहेकी अमृताको सामाजिक जीवनमा भने त्यसले कुनै असर पार्न सकेको छैन । यो असह्य वेदना र घातक बिमारीका बाबजुद अमृताले लेखपढ ग...
फाल्गुन १, २०८०
आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी
दीपक सापकोटा
काठमाडौं, घट्टेकुलोको घाम नछिर्ने एक घरको कम्पाउन्ड पार गरी मेनुका पौडेल पिच सडकमा आइपुगिन् । हातमा रातो रङको सानो ह्याण्ड–ब्याग बोकेकी, कालो चश्मा र गुलाबी रङको ज्याकेट लगाएकी उनी यो विरानो सडकमा पनि बेफिक्री हिँडिरहेकी थिइन् । भनिन्, ‘काठमान्डुमा त कस्तो जाडो, हगि !’
पातमा आकृति
डीबी बुढा
पहिलो पटक पातमा आकृति कोर्ने प्रयास गर्दा जुम्ला चन्दननाथ नगरपालिका–२ का विराज भण्डारीको मनमा अन्योलता थियो । ‘पातमा पनि आकृति कसरी बनाउन सकिएला ?’ भन्ने लाग्थ्यो उनलाई । तर करिब एक सातामा नै उनले पातमा सुन्दर आकृति बनाउन थाले ।
माघ २९, २०८०
सिमानाले छेक्यो माइती गाउँ
आनन्द गौतम
फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका तेम्बा र पटेन शेर्पा दम्पत्तीको ४७ सय मिटर उचाईको सिजेंमाताल छेउमा गोठ छ । चौरी र याक पालेर बसेका उनीहरुले ताल घुम्न आउनेकालागि बस्ने खाने प्रबन्धपनि मिलाउँछन् । तीन सन्तानलाई सहर पढ्न पठाएर एकान्तस्थलमा बसेका उनीहरुको गोठबाट नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङ नजिकै छ ।
माघ २८, २०८०
चाउचाउ चिनाउने 'रारा'
दीपक परियार
जहाँ पुग्दैन अन्न, त्यहाँ पुग्छ चाउचाउ । अरू बेला पनि यत्रतत्र सर्वत्र पाइने चाउचाउ विपद्का बेला राहतस्वरूप पुग्ने पहिलो खान्की बनेको छ । हिमालदेखि तराईसम्म, धनीको भान्सादेखि गरिबको झुपडीसम्म पाइने चाउचाउ नेपालमा चिनाएको भने ‘रारा’ ले हो । गण्डकी नुडल्सको सिन्के छाउछाउदेखि रारा चाउचाउसम्मको यात्रा कम्ता उतारचढावपूर्ण छ...
माघ २५, २०८०
दुर्गमको अस्पताल सुधार्न कस्सिएकी समिता
अर्जुन शाह
जिल्ला अस्पताल बाजुरामा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट छिन् डा. समिता पुन । गत भदौ २६ गते यहाँ हाजिर भएकी उनी अहिले अस्पतालको अवस्था सुधार्न कस्सिएर लागेकी छन् । बाजुरामा कार्यरत एकमात्र स्थायी दरबन्दीकी डाक्टर पनि हुन् उनी ।
सुदूरको सौन्दर्य चिनाइरहेका युवक
मेनुका ढुंगाना
एक दशकअघि एसएलसी पास गरेपछि दार्चुलाको महाकाली नगरपालिका–३ का हिमालय भट्ट हेल्थ असिस्टेन्ट (एचए) पढ्न महेन्द्रनगर पुगे । एचएको पढाइ सकेर २०७४ मा उनी लोक सेवाको तयारीका लागि काठमाडौं हिँडे । हिउँद याममा साथीहरूले दोलखाको कालिञ्चोकमा हिउँ खेल्न जाने तयारी गरेका थिए ।
माघ २३, २०८०
‘बाबै ! गीत त गाउँमै छ’
दीपक सापकोटा
जाँदाखेरि आकाशैमा, आउँदा बाकसैमा... परदेशीको हुँदैन भर, हे बरै फर्किने आस मात्रै के रैछ र जिन्दगी भन्नु, हे बरै एक मुट्ठी सास मात्रै
माघ २२, २०८०
चण्डोलमा दुलाहा, डोलीमा दुलही
भवानी भट्ट
थारु समुदायमा विहेको दिन बेहुला (दुलाहा) बोक्न प्रयोग हुने चण्डोल गाउँभरि थिएन । भीमदत्त नगरपालिका–१४ का लालाराम राना छोरा ज्ञानेन्द्रको विहेका लागि चण्डोल बनाउन एक वर्षदेखि जुटेका थिए ।
विदेशको सीपमा 'गाउँले स्वाद'
डीबी बुढा
रोजगारीको सिलसिलामा १० वर्ष विदेश धाएका जुम्ला गुठीचौर–३ का चित्रबहादुर बुढा अहिले गाउँमै नमुनाको उद्यम गरिरहेका छन् । उनले गाउँदेखि झन्डै एक घण्टा पैदलदूरीमा पर्ने सानो गुठीचौरमा ‘सुर एन्ड सुपुन्न अर्गानिक होटल’ खोलेर स्थानीय उत्पादनको स्वाद चखाइरहेका छन् ।
अनलाइन सुरक्षाबारे चेतना जगाउँदै विद्यार्थी
विद्या राई
बुटवलकी कृष्मा पन्थ सामाजिक कार्य विषय लिएर स्नातक दोस्रो वर्षमा पढ्दै छन् । पढाइका अलावा उनी कक्षा ६ देखि ९ सम्म पढ्ने विद्यार्थीको आत्मीय र सहयोगी साथी पनि बनेकी छन् । फुर्सद मिलाएर उनी १२ देखि १६ वर्ष उमेर समूहका त्यस्ता विद्यार्थीलाई अनलाइन सुरक्षाबारे जनचेतना जगाउन काठमाडौं उपत्यकाका स्कुलहरूमा पनि पुग्छिन् ।
माघ २१, २०८०
हात्तीछाप र गोल्डस्टारको अविचलित यात्रा
सीमा तामाङ
हात्ती बलियो कि हात्तीछाप चप्पल ? एक समय थियो, मान्छेहरू रेडियो सुनिरहन्थे । र, यो विज्ञापन उनीहरूलाई कण्ठस्थजस्तै थियो । यो विज्ञापन नसुन्ने र हात्तीछाप चप्पल प्रयोग नगर्ने कमै थिए । लाग्छ, एउटा पुस्ता यही विज्ञापन सुनेरै हुर्कियो । तर, अहिले समय फेरिएको छ ।
माघ २०, २०८०
मेलम्चीले बगाउन नसकेको ‘ट्राउट सपना’
विमल खतिवडा
२०७८ असार १ गते । हेलम्बु गाउँपालिका–२ किउलमा रहेको रिसोर्टसहितको ट्राउट फार्म बाढीले बगायो । बजार पठाउने तयारीमा रहेका १८ टन रेन्बो ट्राउट माछा हेर्दाहेर्दै बाढीमा बगे । त्यो साँझ माछा मात्र बगेनन्, छिनभरमै रिसोर्ट भएको ठाउँ बगर बन्यो । यो ठाउँमा अहिले न माछा फार्म छ, न रिसोर्ट नै ।
माघ १८, २०८०
त्रिवेणीका बासिन्दालाई केन्द्र आउनै सकस
नवीन पौडेल
विनय त्रिवेणी गाउँपालिका–६, त्रिवेणीकी विष्णु शर्मा गाउँपालिकाको केन्द्र आउन ४० किलोमिटर टाढा रहेको दुम्कीबास आउनु पर्छ । त्यो पनि, लुम्बिनी प्रदेशको बर्दघाट, दाउन्ने डाँडा छिचोल्दै । सामान्य कामका लागि पनि एक दिन खर्चिएर केन्द्र आउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । अझ यहाँबाट सदरमुकाम कावासोती पुग्न ८० किलोमिटर पार ...
सत्ताको निसानामा इमरान
उत्तम अर्याल
दक्षिण एसियाली देशहरू विशेष गरी पाकिस्तान र भारतमा रगतमै बग्छ क्रिकेट । यो क्षेत्रमा क्रिकेटलाई धर्मसरह बनाउने श्रेय इमरान खानलाई पनि जान्छ । औसत टोली रहेको पाकिस्तानलाई खानले आफ्नो कप्तानीमा सन् १९९२ को एकदिवसीय विश्वकप जिताएपछि दक्षिण एसियामा क्रिकेटको लहर झनै बढेको थियो ।
माघ १७, २०८०
मलेसिया गएका थापाको खोजीमा १२ वर्षदेखि भौंतारिइरहेको परिवार
केदार शिवाकोटी
१६ वर्ष उमेर टेकेकी सिता थापालाई प्रत्यक्ष रुपमा आफ्नो बुबाको अनुहार कस्तो छ पत्तो छैन । कालिञ्चोक गाउँपालिका–६ लेप्टुङकी उनी २ वर्षकी छँदा आमाको काखमा राखेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । चाडवाड होस या विद्यालयमा अभिभावक दिवस सबैका अभिभावक देख्दा उनी भने आफ्नो बुबा सम्झेर भक्कानिन्छिन् ।
माघ १६, २०८०
आमाहरू सौतेनी हुँदैनन्
दीपक परियार
बूढापाका भन्छन्, ‘आमा देखेपछि भोक हराउँछ ।’ भोक लागेको थाहा हुने बेला कवि तीर्थ श्रेष्ठले आमा देखेनन् । तीन वर्षमै आमा गुमाएका उनले मातृप्रेमको भोक आमाका कविता लेखेर मेट्छन् ।
माघ १५, २०८०
चरा चिन्ने सौख
भवानी भट्ट
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सुबन चौधरी पढाइले कृषि प्राविधिक हुन् । १८ महिने कृषि जेटिएको कोर्स पूरा गरेर तीनवर्षे डिप्लोमा गरिरहेका छन् । अध्ययन कृषिमा भए पनि उनको सौख भने फरक छ । उनलाई चरा हेर्न, पहिचान गर्ने, अरूलाई चिनाउने र तिनको फोटो खिच्ने बढी रुचि छ । यही रुचिले उनलाई नेचर गाइड पनि बनायो ।
माघ १४, २०८०
न्यानो दिँदै सोनामदेखि केटीएम सिटीसम्म
सुरज कुँवर
काठमाडौंको ठमेल संसारका धेरै मुलुकका विदेशी मुद्रा कारोबार हुने प्रसिद्ध पर्यटकीय गन्तव्य हो । स्वदेशी हुन् वा विदेशी– धेरैजसोका आँखा दरबारमार्गबाट ठमेल पस्दै गर्दा स्वप्न बगैंचापछि लहरै देखिने विदेशी क्लोथिङ तथा उच्च हिमाली भेगमा प्रयोग हुने आउटडोर माउन्टेन गियरमा आधारित विदेशी कपडाका ब्रान्ड ‘दी नर्थ फेस’, ‘माउन्टेन ...