text stringlengths 2 914 |
|---|
माघ १३, २०८० |
सराय संरक्षणमा पल्लीकोटका युवा |
सन्जु पौडेल |
गुल्मीको छत्रकोट–२, पल्लीकोटका २१ वर्षीय विशाल मगर सराय नाच्ने भनेपछि हुरुक्क हुन्छन् । १३ वर्ष पुगेका थिए उनी, गाउँमा सराय नाचेको पहिलो पटक देखेपछि उनलाई सिक्ने रहर पलायो । अनि ओखडा बसेर (१० देखि १५ दिनसम्म तालिम) सराय नाच्न सिकेको उनले बताए । सुरुमा डर लागे पनि दाइहरू नाचेको हेरेर नक्कल गरेपछि त सिकाउने भएको उनले बता... |
माघ ११, २०८० |
फर्कि आउलान् ट्रम्प ? |
बुद्धिसागर मरासिनी |
अमेरिकी इतिहासमा राष्ट्रपतिमा निर्वाचितभन्दा बढी चर्चामा आउने पराजित उम्मेदवार कुनै हुन् भने त्यो व्यक्ति निश्चय नै डोनाल्ड ट्रम्प हुन् । हुन पनि गएको चार वर्षमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भन्दा बढी चर्चा र चासो ट्रम्पको रह्यो । |
माघ ९, २०८० |
थोरै गुरु धेरै साथी |
दीपक सापकोटा |
अपहरणमा परेकी एक छोरी कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? वृद्ध आमालाई कसरी सुनाउन सक्लिन्, आफू अपहरणमा परेको खबर ? ‘खतरा’ हरूबाट घेरिएको खबर ? आँसुले भिजेका आँखा लिएर बन्दुकहरूबीच निरीह टोलाइरहेको खबर ? आफूमाथि कठोरतम केरकार भइरहेको खबर ? ‘हामी दुश्मनलाई छाड्दैनौं’ भनिरहेका माओवादी सरदारहरूका खबर ? |
माघ ७, २०८० |
आयात प्रतिस्थापन गर्न रेडबुल उत्पादन नेपालमै |
राजु चौधरी |
फाटफुट आयात त पहिले पनि हुन्थ्यो, तर नेपालमा रेडबुलको संस्थागत आयात तथा बिक्री २०१० मा सुरु भएको हो । जीबी मार्केटिङले आधिकारिक रूपमा आयात र बिक्री सुरु गरेको पहिलो वर्ष नै ४/५ लाख कार्टुन आयात भएको थियो भने २०१५ मा आइपुग्दा बिक्री दोब्बर भएको थियो । अझ, २०१८ मा लगभग २४ लाख कार्टुन आयात भएको जीबी मार्केटिङको भनाइ छ । |
माघ ६, २०८० |
कुरीति तोड्दै धामी वडाध्यक्ष |
मेनुका ढुंगाना |
वडामा आउने बाहिरी आगन्तुकलाई झट्ट लाग्न सक्छ, टाउकोमा सेतो पगरी बाँधेर रातो ठाडो टीका लगाएर वडाध्यक्षको कुर्सीमा को धामी बसिरहेको छ ? यस्तो प्रश्न नसोझियोस् पनि किन, तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्ष ३२ वर्षीय पदम बीसी स्थानीय बन्डाली देवताका मूल धामीसमेत हुन् । धामी भएर के भो र ∕ तन्नेरी वडाध्यक्ष बीसी परम्पराका रू... |
माघ ५, २०८० |
यू-१९ विश्वकपमा नेपाल : पालो शतकको |
विनोद पाण्डे |
आईसीसी यू–१९ विश्वकप क्रिकेट यात्रामा नेपालका प्रमुख ब्याटर हुन्, कप्तान देव खनाल र अर्जुन कुमाल । दक्षिण अफ्रिकामा शुक्रबारबाट हुने युवा विश्वकपको ‘ग्रुप अफ डेथ’ सरह मानिएको समूहबाट उम्कने नेपालको आशामा यी दुई प्रतिभावान ब्याटरमाथि ठूलो जिम्मेवारी छ । |
माघ ४, २०८० |
३४ वर्षीय प्रधानमन्त्रीको काँधमा फ्रान्सेली सपना |
घनश्याम खड्का |
एउटा फ्रान्सेली उखान छ– अम्लेट बनाउने हो भने अन्डा फोर्नै पर्छ । यथास्थितिवादको विरोधी भनेर चिनिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशको प्रसिद्ध उखानलाई हालै चरितार्थ गरिदिएका छन्– एक युवा नेतालाई हालै प्रधानमन्त्रीमा नियुक्त गरेर । भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मा... |
माघ ३, २०८० |
तानमा आत्मनिर्भर बन्ने प्रयास |
पर्वत पोर्तेल |
मेचीनगर–४ बाहुनडाँगीकी ५० वर्षीया मञ्जु सुनार सन् २००५ मा पहिलो पटक खाडी उडिन् । घरको दयनीय आर्थिक अवस्थाले काखे बच्चा श्रीमान्लाई जिम्मा लगाएर उनी बिरानो देश कुवेत पुगिन् । घरेलु कामदारको रुपमा कुवेतजान सरकारले रोक लगाएको थियो । तर, उनलाई सरकारी तगारोले छेकेन । |
माघ २, २०८० |
सामुदायिक कुकुरको स्याहारमा सक्रिय प्रतिभा |
शंकर आचार्य |
प्रतिभा कोइराला अर्थात् सामुदायिक कुकुरको हेरचाह गर्ने आमा । सर्वसाधारणले बोलीचालीको भाषामा उनलाई ‘भुस्याहा कुकुर’ की आमा भनेर पनि बोलाउँछन् । झट्ट सुन्दा उनको नामसँग जोडिएर आउने यो परिचयले उनलाई गाली गरेजस्तो लाग्छ । तर, स्वयं ४० वर्षीया प्रतिभालाई भने कसैले कुकुरकी आमा भन्दा खुसी नै मिल्छ । ‘अझ गर्वले छाती चौडा भएर आ... |
पुस २९, २०८० |
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन |
ज्योती श्रेष्ठ |
छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ । |
थारू बस्ती छिर्यो माघी |
सन्जु पौडेल , भवानी भट्ट |
पश्चिम नेपालका थारू समुदाय नयाँ वर्षका रूपमा मनाउने मुख्य चाड माघीको तयारीमा जुटेका छन् । सांस्कृतिक गतिविधिसँगै माघीमा तयार पारिने परिकारका कारण यो पर्व अन्य समुदायका लागि पनि विशेष बन्दै गएको छ । पश्चिम तराईका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा माघी उल्लासका साथ मनाइन्छ । |
पुस २८, २०८० |
मर्यादित महिनावारी अभियानमा गायिका |
तृप्ति शाही |
कर्णाली र सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ । त्यसैले, महिनावारी भएका नारीलाई घरभन्दा केही पर बनाइएका झुपडी (छाउघर) मा बस्न लगाइन्छ । महिनावारीमा महिलालाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गै बस्नुपर्ने परम्परा नै छ । लामो समयदेख... |
पुस २७, २०८० |
आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा |
वसन्तप्रताप सिंह |
सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ । |
शेख हसिना : लोकतन्त्रदेखि अधिनायकवादसम्म |
बुद्धिसागर मरासिनी |
पाकिस्तानबाट स्वतन्त्र भएको चार वर्षपछि सन् १९७५ अगस्ट १५ मा बंगलादेशका दोस्रो दर्जाका अधिकारीहरूले सैनिक ‘कू’ गरे । त्यसको उद्देश्य प्रस्ट थियो, शेख मुजिबुर रहमान नेतृत्वको धर्मनिरपेक्ष सरकार विस्थापित गरी खोण्डकर मुस्ताख अहमदको नेतृत्वमा इस्लामिक सरकार गठन गर्ने । |
पुस २६, २०८० |
कथावाचक आमा |
दीपक सापकोटा |
कुनै छोराले आमाको कोठामा सीसीटीभी किन जडान गर्छ ? आमाको जासुसी गर्नुपर्ने त्यस्तो के खण्ड आइलागेको हो ? आमाबाट त्यस्तो ‘खतरा’ के छ ? सुप्रसिद्ध आख्यानकार नयनराज पाण्डे हुन्, ती जडानकर्ता पुत्र । सीसीटीभीको धर्मबमोजिम, उनले गरेको त आमाको जासुसी नै हो । तर, प्रेमपूर्ण जासुसी । र, एउटा कर्तव्यपरायण छोराले आफ्नै जिम्मेवारी... |
पुस २५, २०८० |
जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् |
घनश्याम खड्का |
अचेल एउटा भिडियो भाइरल छ, जसमा न्युजिल्यान्डकी २१ वर्षे सांसद हाना–रविती माइपी–क्लार्क प्रतिनिधिसभामा अनौठो लबज निकालेर चिच्याउँछिन् । त्यहाँको सात सय वर्ष पुरानो इतिहास बोकेको र पछि आप्रवासी गोराबाट विस्थापनमा परेको माओरी समुदायकी सांसद हानाले खासमा आक्रोशले अर्थहीन तरिकासँग चिच्याएजस्तो लाग्ने त्यो भाषणमा उनको पुस्ता... |
पुस २४, २०८० |
भारी बोक्ने भरियाको यही हो जिन्दगानी... |
महेश केसी |
‘सुकेर जाँदैन रोकेर रोकिँदैन, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी ।' |
पुस २३, २०८० |
अटिजम : स्याहारसँगै थेरापीको खाँचो |
विद्या राई |
पुसको चिसो बिहानी, आकाश धुम्मिएको थियो । कालो रंगको स्कुटर क्लिनिकको गेट नजिकै रोकियो । काठमाडौं बस्ने सुप्रभा र उनका श्रीमान् दिवस छोरालाई थेरापी गराउन लोकन्थली पुगेका थिए । छोरालाई डोर्याउँदै सुप्रभा र दिवस एकतला माथि रहेको क्लिनिकमा उक्लिए । थेरापी गराउने लाइनमा बसे । यो क्लिनिकमा अटिजमको समस्या भएका बालबालिकाहरूला... |
पुस २२, २०८० |
पानी चरा गन्न खटिए साढे तीन सय जना |
मनोज पौडेल |
फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ । |
मेड इन नेपाल : फेरि आउला गोरखकाली ? |
हरिराम उप्रेती |
उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर, ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर, आयो गोरखकाली ।। गोरखकाली रबर उद्योगका कर्मचारी गोरखा नगरपालिका–१३ का तुलबहादुर दराईलाई तिनताक रेडियो नेपालबाट बज्ने माथिको विज्ञापन बज्दा औधि खुसी लाग्थ्यो । |
पुस २१, २०८० |
२५ वर्षमा ‘पाते ढिँडो’ |
रमेशकुमार पौडेल |
पछिल्लो समय नेपालीहरूका भान्सामा निकै कम पाक्ने खाना हो, ढिँडो । अझ भनौं, पछिल्लो पुस्ताका कतिपयलाई राम्ररी ढिँडो बनाउन पनि आउँदैन । त्यसैले पनि हो होटल तथा रेस्टुरेन्टमा यो परिकारको माग बढ्दै गएको छ । सामान्यदेखि स्तरीय होटल रेस्टुरेन्टमा ग्राहकको मन जित्ने स्वदेशी परिकारका बनेको छ ढिँडो । |
पुस १९, २०८० |
शुक्लाफाँटामा तालिम लिँदै शेषचन्द्र |
भवानी भट्ट |
अढाइ वर्षको भाले हात्ती शेषचन्द्र गजको घाँटीमा बाँधेकाे मोटो डोरी (अग्रन) लाई ठूलो खम्बामा अड्काइएकाे छ । चार दिनदेखि शेषचन्द्र गजलाई बस्न समेत दिइएको छैन । घाँस तथा अन्य आहारा पनि बाँधेकै अवस्थामा दिइन्छ । |
जो सधैं सपनामा आइरहन्छिन् |
घनश्याम खड्का |
सपनामा बारम्बार कोही आइरहन्छ भने त्यसको संकेत के हो ? यसबारे मनोविज्ञानले विभिन्न अर्थमा भिन्नभिन्न विश्लेषणहरू गर्छ, जो समय र सन्दर्भले फरक पर्न जान्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको भने यसमा स्पष्ट मत छ– सपनामा बारम्बार आउने मान्छे संसारकै सबभन्दा मायालु हो । हुन पनि हो, कोही सधैं सँगै भए पनि जिन्दगीभर सपनामा ... |
पुस १७, २०८० |
महिनावारीमा झन् गह्रौं भारी |
दीपेन्द्र बडुवाल , मनोज पौडेल , मेनुका ढुंगाना |
बर्दियाको उत्तरी सिमाना सुर्खेतको वराहताल–१ तेलपानीकी ४१ वर्षीया कृष्णा थापालाई यस्ता बिदा र बहसले छुँदैन । गत मंसिर २१ गते उनी महिनावारी (छाउ) भएको दुई दिन पुगेको थियो । छाउ भएका बेला पकाएको परिवारका सदस्यले नखाने भएकाले उनले भान्सामा पस्नु नपरे पनि उनले आराम भने पाइनन् । |
सन् २०२४ : ठूलो चुनावी वर्ष |
बुद्धिसागर मरासिनी |
विश्वमा प्रचलनमा रहेका राजनीतिक प्रणालीमा सबैभन्दा उत्तम कुन होला ? दुईमत छैन, लोकतन्त्र । जनताले आफ्नो शासक आफैं छान्न पाउने भएकाले नै यसलाई उत्तम ठानिएको हो । विधिको शासन, प्रेस स्वतन्त्रता, मानवअधिकारको प्रत्याभूति, आवधिक निर्वाचन र बालिग मताधिकार यसका प्रमुख विशेषता हुन् । |
पुस १५, २०८० |
नेपाली फिल्मको अन्तर्राष्ट्रिय उडान |
रीना मोक्तान |
विश्व बजारमा उपस्थिति एवं पहुँचका हिसाबले सन् २०२३ नेपाली फिल्मका लागि सफल वर्ष रह्यो । संख्यात्मक र गुणस्तर दुवै हिसाबले अन्तर्राष्ट्रिय बजारमा यस किसिमको सहभागिताले फिल्म क्षेत्रकै लागि नयाँ ऊर्जा थपिएको फिल्मकर्मी र समीक्षकहरूको बुझाइ छ । |
पुस १४, २०८० |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.