text
stringlengths
2
914
नेपाल स्काउटमा निलम्बनमा परेका कार्यकारी निर्देशक रामप्रसाद भट्टराई शुक्रबारदेखि जिम्मेवारीमा फर्केका छन् । उनलाई पुस २६ गते प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले पदबाट निलम्बन गरेका थिए ।
जलवायु न्यायका लागि सगरमाथा संवाद : वनमन्त्री शाही
कान्तिपुर संवाददाता
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गर्न लागिएको बताएका छन् ।
रवि र छविविरुद्ध चितवन प्रहरीको अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिलको कार्यालयमा
रमेशकुमार पौडेल
साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
विपक्षी दल भन्छन् : सरकारले निरंकुशता लाद्न खोज्यो
कान्तिपुर संवाददाता
विपक्षी दलहरूले वर्तमान सरकारले निरंकुश शासन लाद्न खोजेको बताएका छन् । शुक्रबार संसद् भवनमा बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा प्रमुख प्रतिपक्षी दल माओवादीसहितका ७ दलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको बताएका हुन् ।
सात विपक्षी दलले भने : तत्काल हिउँदे अधिवेशन बोलाऊ
कान्तिपुर संवाददाता
संसद्‍मा रहेका विपक्षी सात दलले संघीय संसद्को नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाउँदै तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् ।
सरकारको औचित्य गुम्दै गएको छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको औचित्य गुम्दै गएको दाबी गरेका छन् । आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारको कामले झन् निराशा बढाएकाले यसले औचित्य गुमाउँदै गएको बताए ।
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान
रासस
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो ।
संसद् भवनमा विपक्षी दलहरूको बैठक सुरु, बैठकलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्ने
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताएका छन् । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।
प्रमुख सचेतकहरूको निष्कर्ष : संसद्लाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिन एकजुट भएर अघि बढ्ने
कान्तिपुर संवाददाता
संसद्का प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ ।
दुई अर्ब रुपैयाँबराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
रासस
गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण
रासस
सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिन नपर्ने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण गर्न दिग्दर्शनमाथि काठमाडौं उपत्यकाका पालिकासँग प्राधिकरणको छलफल
कान्तिपुर संवाददाता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका पालिकाहरूसँग विपद् जोखिम कम गर्न छलफल आयोजना गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन द्रुतमार्गको निरीक्षण
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत राष्ट्रपति पौडेलले जानकारी लिएका थिए ।
नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !
रासस
तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ ।
सुप्रिम सहकारी ठगी प्रकरण : सुरु मुद्दाको सक्कल फाइल अदालतमा फेला नपरेपछि मुद्दा दर्तामा ढिलाइ
घनश्याम गौतम
सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी रुपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल नै फेला नपरेपछि रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजीविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ भएको छ ।
मध्यपहाडी लोकमार्गको पङ्खुखोला पुल ८ वर्षदेखि अलपत्र
डम्बरसिं राई
मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्खुखोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र ९ निर्मलीडाडााको बीचमा निर्माण कम्पनीले ठेक्का लिएर काम नगरेपछि अलपत्र परेको हो ।
सामुदायिक भवनका नाममा कार्यकर्ता पोस्न अढाई अर्ब खर्च
अर्जुन शाह
सुदूरपश्चिम प्रदेश सरकारले नेता–कार्यकर्ता र निकटकालाई लक्षित गरी सामुदायिक भवन निर्माणका नाममा हालसम्म अढाई अर्बभन्दा बढी रकम खर्च गरेको छ । विभिन्न चरणमा सरकारमा रहेकाहरुले आफ्ना निकट तथा कार्यकर्ता लक्षित सामुदायिक भवनमा प्रदेशको बजेट खर्चिएका छन् ।
मिलेमतोमा सुरु गरिएको मुगु कर्णाली र किमाथांका अरुणको प्रक्रिया रद्द
कुलचन्द्र न्यौपाने , सीमा तामाङ
व्यावसायिक रूपमा आकर्षक मानिएका मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् आयोजनामा वित्तीय साझेदारीका लागि अघि बढाइएको प्रक्रिया रद्द भएको छ । निश्चित व्यक्ति तथा व्यापारिक घरानालाई अनुकूल हुने गरी हतारहतार कार्यविधि बनाएर विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) ले दुवै आयोजनाका लागि प्रस्ताव आह्वान गरको थियो ।
४२ औं पटक बडघर बने धीरेन्द्र
भवानी भट्ट
माघी मनाएर गाउँका सबै जना एक ठाउँ भेला भए र वर्षभरिका कामको समीक्षा गरे । समुदायका समस्या समाधान गरेर सबैलाई एकजुट बनाउन कसले के गर्ने भन्ने छलफल भयो । छलफल ‘खोजनी बोझनी’ (बडघर छान्ने) विषयमा प्रवेश गर्‍यो । सबैले एकैस्वरले फेरि ५६ वर्षीय धीरेन्द्र डगौंरालाई नै बडघर छानेर शुभकामना दिए ।
गाजामा युद्धविराम सम्झौता
बुद्धिसागर मरासिनी
गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएको छ । हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढीको ज्यान गएको छ ।
माघ ३, २०८१
‘इजरायल–हमास युद्धविराम सधैंका लागि भइदिए हुन्थ्यो’
कान्तिपुर संवाददाता
इजरायलमा कार्यरत नेपाली श्रमिकले इजरायल र प्यालेस्टिनी समूह हमासबीच बिहीबार बिहान भएको युद्धविरामको निरन्तरता चाहेको बताएका छन् । ‘हामी १६ महिनादेखि युद्धरत भूमिमा छौं । कतिखेर कहाँबाट कस्तो खालको आक्रमण हुन्छ भनेर हरेक दिन त्रासमा बसिराख्यौ,’ गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने, ‘अब शान्तिको सास फेर्न पाउने वातावरण बनेको छ । यसले निरन्तरता पाओस् ।’
डीडीसीले बुझायो महानगरमा ३२ वर्षदेखिको १ करोड २ लाख सम्पत्ति कर
कान्तिपुर संवाददाता
दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौं महानगरपालिकालाई ३२ वर्षदेखिको सम्पत्ति कर बुझाएको छ । महानगरको अनुसार डीडीसीले आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला गरेको हो ।
भीम रावलद्वारा ‘मातृभूमि जागरण अभियान, नेपाल’ पार्टी बनाउने प्रस्ताव
कान्तिपुर संवाददाता
नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् ।
जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बैठकमा उनले ऊर्जा र सिँचाइ क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले जनताको समस्यालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका थिए ।
शीतलहर सकिनै लाग्दा स्थानीय सरकार भन्छन् : न्यानो कपडा बाँड्ने तयारी छ
विनय आजाद
मिर्चैया नगरपालिका-७ तात्रीबारीकी २० वर्षीया प्रमिला सदा कठ्यांग्रिदो जाँडो सुरु भएयता चैनले सुत्न पाएकी छैनन् । कारण हो, उनी सुत्ने घर घरजस्तो छैन, गोठजस्तो छ । झुपडीमा टाट पनि छैन, चारैतिरबाट खर अड्याइएको छ । सुत्न खाट पनि छैन । त्यस झुपडीभित्र भुईंमा खर राखिएको छ । त्यसैमाथि एउटा तन्ना ओछ्याएर एउटा पातलो कम्बलको भरमा उनी ६ महिनाकी छोरी लिएर सुत्छिन् ।
अखिल (क्रान्तिकारी) काे अध्यक्षमा एक दर्जन आकांक्षी
कान्तिपुर संवाददाता
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेपछि अध्यक्ष पदका लागि एक दर्जन युवा आकांक्षी देखिएका छन् ।
बडूको संयोजकत्वमा कांग्रेस संसदीय दल अनुशासन समिति गठन
कान्तिपुर संवाददाता
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा संसदीय दल अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बडूको नेतृत्वमा अनुशासन समिति गठन गर्ने निर्णय लिएको हो ।
ऐन संशोधन गर्न कानुन समितिसँग वन मन्त्रालयको छलफल
कान्तिपुर संवाददाता
वन तथा वातावरण मन्त्रालयमा चार वटा ऐन संशोधनका लागि कानुन, न्याय तथा मानवअधिकार समितिसँग छलफल भएको छ ।
खानेपानीमन्त्रीको दाबी : ९८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा
कान्तिपुर संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
कान्तिपुर संवाददाता
काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका हुन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता