text stringlengths 2 914 |
|---|
तीन वर्षअघि भुजीखोलामा आएको बाढीले घर बगाएपछि ढोरपाटन नगरपालिका– ८ बोबाङका टेकबहादुर विक गोठ बारेर बसेका छन् । बल्लतल्ल ज्यान बचाएको उनको परिवारले अहिलेसम्म घर बनाउन सकेको छैन । भएको घर बग्यो, अर्को घडेरी नभएकाले गोठ बारेर बस्नुपरेको उनले गुनासो गरे । |
मंसिर २३, २०८० |
चरा पछ्याउँदै हिमाल आरोही |
मनोज पौडेल |
सात पटक सगरमाथा चढे । तीन देशका ८ हजार मिटर अग्ला ६ हिमालको आरोहण गरे । मनास्लु, मकालु र धवलागिरि प्रथम हिमालदेखि युरोपका सबै अग्ला हिमाल चढिसके । पाकिस्तानको जीटु (गासरब्रम टु) र तिब्बतको सिसापाङको चुचुरोमा उभिए । तर, अहिले उनी आरोहीको विगत बोकेर वाइल्डलाइफ फोटोग्राफीको यात्रामा रमेका छन् । उनी हुन्, काठमाडौं महानगरपा... |
मंसिर १८, २०८० |
सकसमा ‘इन्डिया’ गठबन्धन |
बुद्धिसागर मरासिनी |
‘यो मोदीको ग्यारेन्टी हो,’ तेस्रो कार्यकाल ताकिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणका क्रममा निकै दोहोर्याउने वाक्य हो यो । २०२४ मेमा हुने लोकसभा चुनावको तयारीमा जुटिरहेका मोदीले आगामी कार्यकालमा भारतलाई विश्वका तीन ठूला अर्थतन्त्रमा ल्याउने ‘ग्यारेन्टी’ बारम्बार दोहोर्याउँदै आएका छन् । |
मंसिर १७, २०८० |
सरकारको ध्यान करमा, गुणस्तरमा छैन अनुगमन |
सीमा तामाङ |
प्राकृतिक चक्र महिनावारीका लागि प्रयोग गरिने सेनिटरी प्याडमा समेत कर तिर्नु परिरहेको भन्दै ०७८ असोज ७ मा अभियन्ताहरूले काठमाडौं माइतीघरमा आन्दोलन थाले । उनीहरूले ‘रातो कर माफ गर’ भन्दै प्याडमा लगाइएको कर हटाउन माग राखे । |
मंसिर १६, २०८० |
बर्मा : सम्झना–बिर्सना |
पर्वत पोर्तेल , सन्जु पौडेल |
सन् १९६४ ताका तत्कालीन राजा महेन्द्र राजकीय भ्रमणमा बर्मा (म्यानमार) पुगेका थिए । त्यो बेला महेन्द्रले बर्मेली नेपालीहरूलाई पुर्ख्यौली थलो फर्किन आह्वान गरेका थिए । उनको आह्वानपछि करिब दुई लाख नेपालीभाषी बर्मा छाडेर फर्किए । इतिहासको यो घटना अहिले पनि सम्झनामा ताजै छ, नेपाल फर्केका बर्मेलीहरूसँग । |
मंसिर १४, २०८० |
सुरुङ निर्माणमा कामदार कति सुरक्षित ? |
विमल खतिवडा |
भारतको उत्तराखण्डस्थित एक निर्माणाधीन सुरुङमा फसेका मजदुरलाई उद्धार गर्न त्यहाँको सरकारलाई हम्मेहम्मे पर्यो । कात्तिक २६ मा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनको प्रयासपछि मंगलबार सकुशल निकालिएको छ । सुरुङको एक भाग भत्किएपछि निरन्तर खसेको भग्नावशेषका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको थियो । |
मंसिर १३, २०८० |
भैरहवाको ६ दशकको औद्योगिक यात्रा |
माधव ढुंगाना |
पञ्चायतकालमा दरबारसँग निकट मैत्रीदेव पाठकले काठमाडौंबाट भैरहवा आएर उद्योग खोल्न ४० बिघा जमिन किने । तत्कालीन समाजमा उनको साहसबारे ठूलै हल्लाखल्ला भयो । पश्चिम तराईका नवलपरासी, रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रमा समेत ठूलो परिमाणमा लगाइने उखु खेती देखेरै उनले चिनी र मदिरा उद्योग खोल्ने आँट जुटाएका थिए । |
मंसिर १२, २०८० |
तालतलैया मास्दै घरघडेरी र खेतीपाती |
अर्जुन शाह |
धनगढी उपमहानगरपालिका–६ को नजरिया ताल अतिक्रमण भएर खेतीपाती र पक्की घरहरू बनेका छन् । २०२१ सालको नापीनक्सा अनुसार ७० हजार ५ सय ९० वर्गमिटरमा फैलिएको उक्त तालको जमिनमा अहिले धनबहादुर घर्ती, नवीन थापामगर, चेतराज कुँवरलगायतका पाँचवटा त पक्की घर नै निर्माण भइसकेका छन् । |
मंसिर ९, २०८० |
‘एम्बुस’ बन्दै ग्यारेजका हावा भर्ने ट्यांकी |
शिव पुरी |
रौतहटको गरुडा–९ गम्हरियाका १७ वर्षीय विधिकुमार साहलाई सानैदेखि सूचना प्रविधि (आईटी) इन्जिनियर बन्ने हुटहुटी थियो । गत वर्ष एसईई उत्तीर्ण गरेपछि उनी देबाहीगोनाहीस्थित धरहरी क्याम्पसमा त्यही विषय पढ्दै थिए । सामान्य परिवारका विधि पढाइ सकेर परिवारलाई गरिबीबाट उकास्ने सपना देख्दै थिए । तर, एउटा दुर्घटनाले उनको सारा सपना उड... |
मंसिर ६, २०८० |
कागती र खुर्सानीका माला बेचेर ४ जनाको परिवार चलाउँदै दृष्टिविहीन |
विनोद भण्डारी |
छयालीस वर्षिय चिरञ्जीवी शर्मा जन्मजात दुवै आँखा देख्दैनन् । तर पनि उनले आफूसहित चार जनाको परिवारको गुजरा आरामले चलाएका छन् । |
मंसिर ४, २०८० |
पर्यटक आकर्षित गर्न उल्टो घरको डिजाइन, दैनिक सरदर ७० हजार कमाइ |
विनोद भण्डारी |
उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षे... |
मंसिर २, २०८० |
कारगिलमा घट्दै रोजगारी |
भवानी भट्ट |
पिठ्युँमा बम, गोला, बारुद र सेनाको रासन । भीर पाखामा हिँड्नुपर्ने । हिँड्दा पनि तोकिएको रुटभन्दा दायाँबायाँ गए एम्बुस वा माइनमा परेर ज्यानै जाने खतरा । उच्च हिमाली भेगमा त झन् हिउँ छिचोल्दै हिँड्नुपर्ने । कहाँबाट बम गोला झर्ने हो भन्ने अर्कै त्रास । सुन्दै पनि आङ जिरिङ्ग हुने । |
मंसिर १, २०८० |
हात्ती पाल्नेका कथा |
पर्वत पोर्तेल |
वि.सं.२०२१ मा जब पूर्व–पश्चिम महेन्द्र राजमार्गको रेखांकन सुरु भयो, झापामा झल्याकझुलुक सवारीसाधनका रूपमा गाडी देखिन थाले । २०२० सालअघिसम्म झापामा सवारीका प्रमुख साधन हात्ती–घोडा मात्रै थिए । अहिले जसरी महँगा गाडी सम्पन्नताको मापक बनेका छन्, त्यसबेला हात्ती–घोडाका मालिकहरू समाजमा धनी कहलिन्थे । त्यसबेला हात्ती सान र सौक... |
कार्तिक २८, २०८० |
तिहारलाई मादल बनाउन भ्याइनभ्याइ |
हरिराम उप्रेती |
दसैं सकिए लगत्तै गोरखा नगरपालिका ११ बाह्रकिलोका दधिराम परियारको हात खाली छैन । देउसी भैलाको लागि मादलको माग बढेपछि घारको रंगरोगन, छाला काट्ने, मोहोर्ने, खरी लगाउनेलगायतका काममा दधिरामका परिवार नै खटिएका छन् । पुर्ख्यौली पेसा अंगालेका दधिराम मादल बनाउन माहिर छन् । |
कार्तिक २६, २०८० |
नाच जगेर्नाको हुटहुटी |
प्रशान्त माली |
ललितपुर थेच्वका रोशन माली र हिरोज माली हस्तकलाकर्मी हुन् । नवदुर्गा नाच लोप हुनबाट बचाउन दुवै जना अहिले गुठीमा सक्रिय छन् । कुमारी र ब्रह्मायणी देवता बनाइएका व्यक्तिको सहयोगीको भूमिका निर्वाह गर्न गएको वर्षदेखि आफूहरू सक्रिय भएको १९ वर्षीय यी युवाले बताए । |
कार्तिक २४, २०८० |
हराउँदै पाल्पाली करुवा |
माधव अर्याल |
चितवनबाट तानसेन घुम्न आएकी ३५ वर्षीया प्रिया अधिकारीले टुँडिखेलमा राखिएको १४ फिट अग्लो र ४ सय केजी तौलको करुवाको सामुन्नेमा फोटो खिचिन् । सँगै गएका साथीहरूले पालैपालो फोटो खिचेपछि उनीहरूले जिज्ञासा राखे, ‘साँच्चै पाल्पाली करुवा बनाउने उद्योग कता छ ?’ |
कार्तिक २३, २०८० |
सहारा बनेका साहसी छोरीहरू |
सन्जु पौडेल , तृप्ति शाही , रूपा गहतराज , पर्वत पोर्तेल |
छोरीमात्रै हुने अभिभावकलाई बुढेसकालमा कसले पाल्छ भन्दै त्रास देखाउने क्रम नेपाली समाजमा आजपर्यन्त छ । तर, समाजमा कैयन् यस्ता पौरखी छोरीहरू पनि छन्, जो बुढेसकालमा बाआमाको साथी बनेका छन् । रूपन्देही, सुर्खेत, बाँके र झापास्थित कान्तिपुर संवाददाताले केही प्रतिनिधि बाआमा भेटेका छन्, जसले बुढ्यौली जीवनमा छोरीको माया र साथ प... |
कार्तिक २२, २०८० |
विरासत फर्काउँदै रंगेली |
विनोद भण्डारी |
दशकअघिसम्म झुरुप्प बस्तीमा पुराना जस्ताले छाएका टहरा थिए । साँघुरो गल्लीमा असरल्ल परेका कच्ची सडक । दशकअगाडि त्यहाँ पुग्ने जोकोहीलाई यसबेला पुग्दा पत्याउनै मुस्किल पर्छ । कुरो हो, मोरङको पुरानो सदरमुकाम रंगेली बजारको । |
कार्तिक २१, २०८० |
अस्ट्रेलियामा जमेका अनिल |
विमल खतिवडा |
देशमा माओवादीको सशस्त्र द्वन्द्व सकिएर भर्खर शान्ति पुनःस्थापना भएको थियो । चितवन खैरहनीका ३७ वर्षीय अनिल पोखरेल देश छाड्ने चटारोमा थिए । खासमा प्लस टु तह सकेर चिकित्साशास्त्र अध्ययनको छात्रवृत्तिको परीक्षा दिएका थिए उनले । पहिलो प्रयासमा नाम निस्किएन । दोस्रो पटक परीक्षा दिन तयारी गरिरहेकै बेला सँगैका साथीहरू एकपछि अर... |
कार्तिक २०, २०८० |
रोकियो ‘पुतली बाजे’को उडान |
दीपक परियार |
नेपालमा रहेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको छ । पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो । जन्मले बेलायती नागरिक उनी नेपाली नागरिक भएर यहींको भूमिमा अस्ताएका छन् । |
कार्तिक ५, २०८० |
घोडा दौडकी एक्ली श्रृष्टी |
डीबी बुढा |
जुम्ला तातोपानी ३ लिताकोटकी १४ वर्षीया श्रृष्टी कार्की पहिलो पटक घोडादौडमा सहभागी हुँदा प्रतिस्पर्धी र दर्शक छक्क परे । छक्क पर्नुको कारण थियो, घोडा दौडमा महिलाको सहभागिता । हालसम्म भएका घोडा दौडमा महिलाको सहभागिता हुँदै हुँदैन थियो । |
कार्तिक ३, २०८० |
आत्मनिर्भर बन्ने हुटहुटीले बनायो उद्यमी |
सन्जु पौडेल |
तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रूपन्देहीमा सफल उद्यमी बनाएको छ । तालिममा सहभागी भएपछि लुगा सिलाउने हाते मेसिन सहयोग पाएकी थिइन् । |
कार्तिक २, २०८० |
फेरिएको ‘च्यांग्रा ट्रेल’ |
घनश्याम खड्का , केदार शिवाकोटी |
नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट ... |
कार्तिक १, २०८० |
जमिनका लागि साढे सात दशकको द्वन्द्व |
जगदीश्वर पाण्डे |
गत असोज २० (अक्टोबर ७) मा प्यालेस्टाइनको गाजा क्षेत्रबाट एक इस्लामिक समूह हमासले आकाश, जमिन र जल सबैतिरबाट इजरायलमा आक्रमण गर्यो । हरेक वर्ष जसो हुँदै आएको हमास र इजरायलबीच हुने यस्ता द्वन्द्वका समाचार विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण हुँदै आएको थियो । |
आश्विन ३०, २०८० |
दिल्लीका ट्याटु मास्टर |
राजेश मिश्र |
दिल्लीस्थित गुडगाँव सहरको फंकी मंकी भारतमा सबैभन्दा पहिलो व्यावसायिक ट्याटु स्टुडियो मानिन्छ । त्यही स्टुडियोका वरिष्ठ ट्याटु कलाकार हुन् राजु पाण्डे । पछिल्लो समय त राजुलाई ट्याटु खोप्न भ्याइनभ्याई छ । एक त पुरानो स्टुडियो त्यसमाथि पाण्डेको निखारिएको कला । स्टुडियामा उनैलाई खोज्ने ग्राहकको चाप निकै देखिन्छ । |
मार्सीमा मरुवाको मार |
डीबी बुढा |
तातोपानी–४ श्रीनगरकी झुपु गिरीको १२ मुरी खेतको काली मार्सी डाँठदेखि पात सबै सुकेका छन् । बालामा दाना छैनन् । यतिबेला पहेँलपुर हुने लाम्रा जिउलो पराल सुकाए जस्तो देखिएको छ । नेक ब्लास्ट (घाँटी मरुवा) संक्रमण फैलिएपछि जिउलोभरिका धानका बोट सुकेका हुन् । अन्य ठाउँमा किसान धान भित्र्याउने चटारोमा रहेका बेला यहाँ भने बोटमै आ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.