text
stringlengths
2
914
तीन वर्षअघि भुजीखोलामा आएको बाढीले घर बगाएपछि ढोरपाटन नगरपालिका– ८ बोबाङका टेकबहादुर विक गोठ बारेर बसेका छन् । बल्लतल्ल ज्यान बचाएको उनको परिवारले अहिलेसम्म घर बनाउन सकेको छैन । भएको घर बग्यो, अर्को घडेरी नभएकाले गोठ बारेर बस्नुपरेको उनले गुनासो गरे ।
मंसिर २३, २०८०
चरा पछ्याउँदै हिमाल आरोही
मनोज पौडेल
सात पटक सगरमाथा चढे । तीन देशका ८ हजार मिटर अग्ला ६ हिमालको आरोहण गरे । मनास्लु, मकालु र धवलागिरि प्रथम हिमालदेखि युरोपका सबै अग्ला हिमाल चढिसके । पाकिस्तानको जीटु (गासरब्रम टु) र तिब्बतको सिसापाङको चुचुरोमा उभिए । तर, अहिले उनी आरोहीको विगत बोकेर वाइल्डलाइफ फोटोग्राफीको यात्रामा रमेका छन् । उनी हुन्, काठमाडौं महानगरपा...
मंसिर १८, २०८०
सकसमा ‘इन्डिया’ गठबन्धन
बुद्धिसागर मरासिनी
‘यो मोदीको ग्यारेन्टी हो,’ तेस्रो कार्यकाल ताकिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणका क्रममा निकै दोहोर्‍याउने वाक्य हो यो । २०२४ मेमा हुने लोकसभा चुनावको तयारीमा जुटिरहेका मोदीले आगामी कार्यकालमा भारतलाई विश्वका तीन ठूला अर्थतन्त्रमा ल्याउने ‘ग्यारेन्टी’ बारम्बार दोहोर्‍याउँदै आएका छन् ।
मंसिर १७, २०८०
सरकारको ध्यान करमा, गुणस्तरमा छैन अनुगमन
सीमा तामाङ
प्राकृतिक चक्र महिनावारीका लागि प्रयोग गरिने सेनिटरी प्याडमा समेत कर तिर्नु परिरहेको भन्दै ०७८ असोज ७ मा अभियन्ताहरूले काठमाडौं माइतीघरमा आन्दोलन थाले । उनीहरूले ‘रातो कर माफ गर’ भन्दै प्याडमा लगाइएको कर हटाउन माग राखे ।
मंसिर १६, २०८०
बर्मा : सम्झना–बिर्सना
पर्वत पोर्तेल , सन्जु पौडेल
सन् १९६४ ताका तत्कालीन राजा महेन्द्र राजकीय भ्रमणमा बर्मा (म्यानमार) पुगेका थिए । त्यो बेला महेन्द्रले बर्मेली नेपालीहरूलाई पुर्ख्यौली थलो फर्किन आह्वान गरेका थिए । उनको आह्वानपछि करिब दुई लाख नेपालीभाषी बर्मा छाडेर फर्किए । इतिहासको यो घटना अहिले पनि सम्झनामा ताजै छ, नेपाल फर्केका बर्मेलीहरूसँग ।
मंसिर १४, २०८०
सुरुङ निर्माणमा कामदार कति सुरक्षित ?
विमल खतिवडा
भारतको उत्तराखण्डस्थित एक निर्माणाधीन सुरुङमा फसेका मजदुरलाई उद्धार गर्न त्यहाँको सरकारलाई हम्मेहम्मे पर्‍यो । कात्तिक २६ मा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनको प्रयासपछि मंगलबार सकुशल निकालिएको छ । सुरुङको एक भाग भत्किएपछि निरन्तर खसेको भग्नावशेषका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको थियो ।
मंसिर १३, २०८०
भैरहवाको ६ दशकको औद्योगिक यात्रा
माधव ढुंगाना
पञ्चायतकालमा दरबारसँग निकट मैत्रीदेव पाठकले काठमाडौंबाट भैरहवा आएर उद्योग खोल्न ४० बिघा जमिन किने । तत्कालीन समाजमा उनको साहसबारे ठूलै हल्लाखल्ला भयो । पश्चिम तराईका नवलपरासी, रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रमा समेत ठूलो परिमाणमा लगाइने उखु खेती देखेरै उनले चिनी र मदिरा उद्योग खोल्ने आँट जुटाएका थिए ।
मंसिर १२, २०८०
तालतलैया मास्दै घरघडेरी र खेतीपाती
अर्जुन शाह
धनगढी उपमहानगरपालिका–६ को नजरिया ताल अतिक्रमण भएर खेतीपाती र पक्की घरहरू बनेका छन् । २०२१ सालको नापीनक्सा अनुसार ७० हजार ५ सय ९० वर्गमिटरमा फैलिएको उक्त तालको जमिनमा अहिले धनबहादुर घर्ती, नवीन थापामगर, चेतराज कुँवरलगायतका पाँचवटा त पक्की घर नै निर्माण भइसकेका छन् ।
मंसिर ९, २०८०
‘एम्बुस’ बन्दै ग्यारेजका हावा भर्ने ट्यांकी
शिव पुरी
रौतहटको गरुडा–९ गम्हरियाका १७ वर्षीय विधिकुमार साहलाई सानैदेखि सूचना प्रविधि (आईटी) इन्जिनियर बन्ने हुटहुटी थियो । गत वर्ष एसईई उत्तीर्ण गरेपछि उनी देबाहीगोनाहीस्थित धरहरी क्याम्पसमा त्यही विषय पढ्दै थिए । सामान्य परिवारका विधि पढाइ सकेर परिवारलाई गरिबीबाट उकास्ने सपना देख्दै थिए । तर, एउटा दुर्घटनाले उनको सारा सपना उड...
मंसिर ६, २०८०
कागती र खुर्सानीका माला बेचेर ४ जनाको परिवार चलाउँदै दृष्टिविहीन
विनोद भण्डारी
छयालीस वर्षिय चिरञ्जीवी शर्मा जन्मजात दुवै आँखा देख्दैनन् । तर पनि उनले आफूसहित चार जनाको परिवारको गुजरा आरामले चलाएका छन् ।
मंसिर ४, २०८०
पर्यटक आकर्षित गर्न उल्टो घरको डिजाइन, दैनिक सरदर ७० हजार कमाइ
विनोद भण्डारी
उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षे...
मंसिर २, २०८०
कारगिलमा घट्दै रोजगारी
भवानी भट्ट
पिठ्युँमा बम, गोला, बारुद र सेनाको रासन । भीर पाखामा हिँड्नुपर्ने । हिँड्दा पनि तोकिएको रुटभन्दा दायाँबायाँ गए एम्बुस वा माइनमा परेर ज्यानै जाने खतरा । उच्च हिमाली भेगमा त झन् हिउँ छिचोल्दै हिँड्नुपर्ने । कहाँबाट बम गोला झर्ने हो भन्ने अर्कै त्रास । सुन्दै पनि आङ जिरिङ्ग हुने ।
मंसिर १, २०८०
हात्ती पाल्नेका कथा
पर्वत पोर्तेल
वि.सं.२०२१ मा जब पूर्व–पश्चिम महेन्द्र राजमार्गको रेखांकन सुरु भयो, झापामा झल्याकझुलुक सवारीसाधनका रूपमा गाडी देखिन थाले । २०२० सालअघिसम्म झापामा सवारीका प्रमुख साधन हात्ती–घोडा मात्रै थिए । अहिले जसरी महँगा गाडी सम्पन्नताको मापक बनेका छन्, त्यसबेला हात्ती–घोडाका मालिकहरू समाजमा धनी कहलिन्थे । त्यसबेला हात्ती सान र सौक...
कार्तिक २८, २०८०
तिहारलाई मादल बनाउन भ्याइनभ्याइ
हरिराम उप्रेती
दसैं सकिए लगत्तै गोरखा नगरपालिका ११ बाह्रकिलोका दधिराम परियारको हात खाली छैन । देउसी भैलाको लागि मादलको माग बढेपछि घारको रंगरोगन, छाला काट्ने, मोहोर्ने, खरी लगाउनेलगायतका काममा दधिरामका परिवार नै खटिएका छन् । पुर्ख्यौली पेसा अंगालेका दधिराम मादल बनाउन माहिर छन् ।
कार्तिक २६, २०८०
नाच जगेर्नाको हुटहुटी
प्रशान्त माली
ललितपुर थेच्वका रोशन माली र हिरोज माली हस्तकलाकर्मी हुन् । नवदुर्गा नाच लोप हुनबाट बचाउन दुवै जना अहिले गुठीमा सक्रिय छन् । कुमारी र ब्रह्मायणी देवता बनाइएका व्यक्तिको सहयोगीको भूमिका निर्वाह गर्न गएको वर्षदेखि आफूहरू सक्रिय भएको १९ वर्षीय यी युवाले बताए ।
कार्तिक २४, २०८०
हराउँदै पाल्पाली करुवा
माधव अर्याल
चितवनबाट तानसेन घुम्न आएकी ३५ वर्षीया प्रिया अधिकारीले टुँडिखेलमा राखिएको १४ फिट अग्लो र ४ सय केजी तौलको करुवाको सामुन्नेमा फोटो खिचिन् । सँगै गएका साथीहरूले पालैपालो फोटो खिचेपछि उनीहरूले जिज्ञासा राखे, ‘साँच्चै पाल्पाली करुवा बनाउने उद्योग कता छ ?’
कार्तिक २३, २०८०
सहारा बनेका साहसी छोरीहरू
सन्जु पौडेल , तृप्ति शाही , रूपा गहतराज , पर्वत पोर्तेल
छोरीमात्रै हुने अभिभावकलाई बुढेसकालमा कसले पाल्छ भन्दै त्रास देखाउने क्रम नेपाली समाजमा आजपर्यन्त छ । तर, समाजमा कैयन् यस्ता पौरखी छोरीहरू पनि छन्, जो बुढेसकालमा बाआमाको साथी बनेका छन् । रूपन्देही, सुर्खेत, बाँके र झापास्थित कान्तिपुर संवाददाताले केही प्रतिनिधि बाआमा भेटेका छन्, जसले बुढ्यौली जीवनमा छोरीको माया र साथ प...
कार्तिक २२, २०८०
विरासत फर्काउँदै रंगेली
विनोद भण्डारी
दशकअघिसम्म झुरुप्प बस्तीमा पुराना जस्ताले छाएका टहरा थिए । साँघुरो गल्लीमा असरल्ल परेका कच्ची सडक । दशकअगाडि त्यहाँ पुग्ने जोकोहीलाई यसबेला पुग्दा पत्याउनै मुस्किल पर्छ । कुरो हो, मोरङको पुरानो सदरमुकाम रंगेली बजारको ।
कार्तिक २१, २०८०
अस्ट्रेलियामा जमेका अनिल
विमल खतिवडा
देशमा माओवादीको सशस्त्र द्वन्द्व सकिएर भर्खर शान्ति पुनःस्थापना भएको थियो । चितवन खैरहनीका ३७ वर्षीय अनिल पोखरेल देश छाड्ने चटारोमा थिए । खासमा प्लस टु तह सकेर चिकित्साशास्त्र अध्ययनको छात्रवृत्तिको परीक्षा दिएका थिए उनले । पहिलो प्रयासमा नाम निस्किएन । दोस्रो पटक परीक्षा दिन तयारी गरिरहेकै बेला सँगैका साथीहरू एकपछि अर...
कार्तिक २०, २०८०
रोकियो ‘पुतली बाजे’को उडान
दीपक परियार
नेपालमा रहेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको छ । पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो । जन्मले बेलायती नागरिक उनी नेपाली नागरिक भएर यहींको भूमिमा अस्ताएका छन् ।
कार्तिक ५, २०८०
घोडा दौडकी एक्ली श्रृष्टी
डीबी बुढा
जुम्ला तातोपानी ३ लिताकोटकी १४ वर्षीया श्रृष्टी कार्की पहिलो पटक घोडादौडमा सहभागी हुँदा प्रतिस्पर्धी र दर्शक छक्क परे । छक्क पर्नुको कारण थियो, घोडा दौडमा महिलाको सहभागिता । हालसम्म भएका घोडा दौडमा महिलाको सहभागिता हुँदै हुँदैन थियो ।
कार्तिक ३, २०८०
आत्मनिर्भर बन्ने हुटहुटीले बनायो उद्यमी
सन्जु पौडेल
तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रूपन्देहीमा सफल उद्यमी बनाएको छ । तालिममा सहभागी भएपछि लुगा सिलाउने हाते मेसिन सहयोग पाएकी थिइन् ।
कार्तिक २, २०८०
फेरिएको ‘च्यांग्रा ट्रेल’
घनश्याम खड्का , केदार शिवाकोटी
नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट ...
कार्तिक १, २०८०
जमिनका लागि साढे सात दशकको द्वन्द्व
जगदीश्वर पाण्डे
गत असोज २० (अक्टोबर ७) मा प्यालेस्टाइनको गाजा क्षेत्रबाट एक इस्लामिक समूह हमासले आकाश, जमिन र जल सबैतिरबाट इजरायलमा आक्रमण गर्‍यो । हरेक वर्ष जसो हुँदै आएको हमास र इजरायलबीच हुने यस्ता द्वन्द्वका समाचार विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण हुँदै आएको थियो ।
आश्विन ३०, २०८०
दिल्लीका ट्याटु मास्टर
राजेश मिश्र
दिल्लीस्थित गुडगाँव सहरको फंकी मंकी भारतमा सबैभन्दा पहिलो व्यावसायिक ट्याटु स्टुडियो मानिन्छ । त्यही स्टुडियोका वरिष्ठ ट्याटु कलाकार हुन् राजु पाण्डे । पछिल्लो समय त राजुलाई ट्याटु खोप्न भ्याइनभ्याई छ । एक त पुरानो स्टुडियो त्यसमाथि पाण्डेको निखारिएको कला । स्टुडियामा उनैलाई खोज्ने ग्राहकको चाप निकै देखिन्छ ।
मार्सीमा मरुवाको मार
डीबी बुढा
तातोपानी–४ श्रीनगरकी झुपु गिरीको १२ मुरी खेतको काली मार्सी डाँठदेखि पात सबै सुकेका छन् । बालामा दाना छैनन् । यतिबेला पहेँलपुर हुने लाम्रा जिउलो पराल सुकाए जस्तो देखिएको छ । नेक ब्लास्ट (घाँटी मरुवा) संक्रमण फैलिएपछि जिउलोभरिका धानका बोट सुकेका हुन् । अन्य ठाउँमा किसान धान भित्र्याउने चटारोमा रहेका बेला यहाँ भने बोटमै आ...