text
stringlengths
2
914
आश्विन २९, २०८०
किनारा लगाइए ‘क्रान्ति’ गुन्जाउनेहरू [भिडियो]
गंगा बीसी
कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन कसले भन्छ योद्धाहरूको जित हुँदैन एक दुई हार हुन सक्छ तर मुटु स्पात बन्छ वीरहरूको मुटुभित्र संसार फेर्ने साहस हुन्छ... ठीक १८ वर्षअघि २०६२ असोजमा माओवादीको चर्चित चुनवाङ बैठकमा रुकुम पूर्वका सांसद पूर्ण घर्तीको रचनामा मोहित श्रेष्ठले आफैं संगीत भरेर गाएको यो गीतले निकै चर्चा कमायो ।
लोकको फुटबल साधना
सन्जु पौडेल
पहिलो पटकको भलाकुसारीले मात्र उनीसँग घुलमिल हुन गाह्रै हुन्छ । हक्की स्वभाव र ‘बोल्ड भ्वाइस’ भएका उनी झ्याम्मिन थालेपछि भने मित्रता गाढा बन्छ । संगत लम्बिएपछि उनको जीवनबाट धेरै कुरा सिक्ने अवसर मिल्छ । उनको सौख पनि त्यस्तै छ ।
आश्विन २८, २०८०
लयमा फर्कंदै पोखराको प्याराग्लाइडिङ
दीपक परियार
कास्कीको सराङकोट डाँडाबाट रंगीचंगी प्याराग्लाइडिङ उडेर फेवाताल किनारमा झर्दै गरेको दृश्य पछिल्लो समय देखिँदैन । यसको कारण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।
आश्विन २६, २०८०
नालापानीमा गोर्खा वीरताको गाथा
राजेश मिश्र
विजेता फौजले शत्रु सेनाको प्रशंसा र सम्मान गरेको विरलै पाइन्छ । तर, बहादुरीका कारण गोर्खा योद्धाले आफ्नो शत्रुबाट पनि सम्मान पाएका छन् । भारतमा लामो समय शासन गरेको अंग्रेज गोर्खासँगको लडाइँपछि गोर्खा सेनाको बहादुरीप्रति नतमस्तक भएका थिए ।
साहित्यमा जीवन खोज्ने नवराज
नारायण खड्का
जीवनशैली सामान्य नै भइरहेको भए उनी कुनै विश्वविद्यालयमा अंग्रेजी विषय अध्यापन गराइरहेका हुन्थे । वा, लोक सेवा पास गरेर कतै सरकारी जागिरमा हुन्थे । उनले म आफू कवि नै हुँला र यसरी कवितामा जीवन खोज्दै देश–विदेश घुमौंला भन्ने सोचेका पनि थिएनन् ।
आश्विन २५, २०८०
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा फेरिँदै भालुवाङ
वीरेन्द्र केसी
लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकाको ठूलो व्यापारिक बजार हो भालुवाङ । प्रदेश राजधानीको प्रवेशद्वारको रूपमा यसको परिचय फेरिँदै गएको छ । पश्चिम नेपालकै एक प्रमुख व्यापारिक बजारको रूपरेखा पनि समयअनुसार फेरिँदै गएको छ ।
संसद् अभ्यासमा शिक्षा र स्वास्थ्यका मुद्दा
कान्तिपुर संवाददाता
रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । दायाँबायाँ उभिएका छन् मर्यादापालकहरू । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा र खचाखच अभिभावक थिए ।
शाक्य राजधानी तिलौराकोटको सम्पदा यात्रा
मनोज पौडेल
तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणामा सन् १९८८ मा श्रीलंकाका प्रधानमन्त्री रणसिंगे प्रेमदासा बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आए । लुम्बिनी घुमिसकेपछि उनले राजकुमार सिद्धार्थ गौतम हुर्केबढेको राजप्रासाद कता छ ? भनेर जिज्ञासा राखे । उनले पथप्रदर्शन गरिरहेका भिक्षु मैत्री महास्थवीरसित सिद्धार्थको दरबार नपुगे आफ्नो यात्रा अ...
आश्विन २४, २०८०
विदेशी भूमिबाट नेपाल भ्रमणको निम्तो
विनोद भण्डारी
विराटनगरकी मधु लखोटिया (सारडा) दशकयता बहराइनको बुदैया सहरमा बस्छिन् । ‘आर्ट फर अटिजम’मार्फत समाजसेवामा सक्रिय रहँदै आएकी ४५ वर्षीया मधु त्यहाँ मधुवनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिँदै आएकी छन् । त्योसँगै उनले लामो समयदेखि बहराइनका नागरिकलाई नेपाल घुम्नका लागि निम्तोसमेत दिँदै आएकी छन् ।
आश्विन २३, २०८०
गिद्ध ‘गोठाला’
मनोज पौडेल
जीउडाल आकर्षक लाग्दैन । सुन्दर पन्छीमा गणना हुँदैन । चुच्चो ठुण, नाङ्गो र लामो गर्धन । कतिपयलाई गिद्ध हिंस्रक लाग्न सक्छ । तर, ३८ वर्षे कृष्णप्रसाद भुसाल गिद्ध भनेपछि हुरुक्क हुन्छन् । आकाशमा गिद्ध उडेको देख्नासाथ उनको ध्यान पुगिहाल्छ । फुरुङ्ग पर्छन् । आनन्दित हुन्छन् । उनी गिद्धको हाउभाउ पढ्न थाल्छन् । यस पन्छीको खुस...
आश्विन २२, २०८०
माछापालनको सुपरजोन सियारी
सन्जु पौडेल
सियारी गाउँपालिका–५, दुर्गापुरका अवकाशप्राप्त शिक्षक प्रेमकुमार पोखरेललाई बर्माबाट नेपाल फर्केको हिजैजस्तो लाग्छ । उनी आउँदाको कुनै दुर्गम र परित्यक्त बस्तीजस्तो सियारी गाउँ पछिल्ला चार दशकमा हेर्दाहेर्दै माछा गाउँमा परिणत भएको छ ।
वन्यजन्तु उद्धारमा रचना
दीपक केसी
चितवनको सौराहास्थित जैविक विविधता केन्द्रकी प्रमुख हुन रचना शाह । नेपालको जैविक विविधता अध्ययन तथा अनुसन्धानमा अग्रणी मानिएको केन्द्र स्थापना भएको चार दशकमा प्रमुख हुने उनी पहिलो महिला पनि हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको यो कार्यालयले वन्यजन्तुको उद्धार एवं व्यवस्थापनसहित अनुसन्धान गर्छ । त्यसका साथै केन्द्रले क...
आश्विन २१, २०८०
द्वन्द्वमा भरिभराउ मुसीकोट, संघीयतापछि सुनसान
महेश केसी
दशकअघिसम्म डेरा पाउनसमेत मुस्किल हुने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटका अधिकांश घर अहिले रित्ता छन् । २०३० मा साविक रुकुम जिल्ला सदरमुकाम सरेसँगै सुरु भएको मुसीकोटको चहलपहल सशस्त्र द्वन्द्व सकिएको दशकसम्म पनि कायमै थियो ।
सात दशकमा पनि उस्तै सक्रिय
मधु शाही
मह जस्तै गुलियो मुस्कान छर्दै मदनकृष्ण श्रेष्ठले दर्शकदीर्घामा आसीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतिर हेरे । ‘अचेल केपी बाले हँसाउनुहुन्छ, उखानटुक्का फ्याँकेर,’ मदनले मञ्चबाट कुरा थप्दै गए, ‘हुन त उहाँ मभन्दा एक वर्षले जेठो हुनुहुन्छ । जोक्स मिठा छन् ।’
आश्विन १९, २०८०
अर्गानिक कर्णालीमा विषादीको बिगबिगी
कृष्णप्रसाद गौतम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ का किसान पदमबहादुर खत्रीले करिब १५ रोपनी जग्गामा १७ वर्षदेखि व्यावसायिक खेती गर्दै आइरहेका छन् ।
स्काइवाक भित्र्याउने आकर्षण
सीमा तामाङ
करिब सात वर्षअघि दक्षिणपश्चिम चीनको छोङछिङको पर्यटकलाई लक्षित गरी १ सय २० मिटर अग्लो ‘स्काइवाक’ सञ्चालनमा आयो ।
आश्विन १८, २०८०
शैलुङमा ‘स्टे विथ चौंरी’
केदार शिवाकोटी
दर्जनौं थुम्का, जता हेर्‍यो त्यतै हिमाल । चारैतिर बाक्ला जंगलले घेरिएको महाभारत पर्वतको अग्लो टाकुरा । अनि बौद्ध र हिन्दुहरूको धार्मिक स्थल हो शैलुङ । दोलखा र रामेछापको संगमस्थल शैलुङ सडक यातायातबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिन्छ ।
आखिर न्याय कहिले ?
शिव पुरी
चन्द्रपुर–९, चेतनगरकी ४० वर्षीया रेणुकाकुमारी तिमल्सिनाले जीवनसाथी गुमाएको १८ वर्ष भयो । २०६२ चैत १५ गते राति घर नजिकै आँखैअगाडि गोली लागेर श्रीमान्ले छटपटाएर प्राण त्यागेको दृश्य उनको मानसपटलबाट हटिसकेको छैन । त्यो कहालीलाग्दो घटनाले उनलाई बारम्बार सताइरहन्छ ।
आश्विन १५, २०८०
भारतको हरित क्रान्तिका अभियन्ता : स्वामिनाथनको नेपाल साइनो
मणि दाहाल
भारतले यसपटक गहुँ तथा चामलको निर्यातमा प्रतिबन्ध लगायो । नेपालसहित विश्वभर खाद्यान्नको भाउ अकासियो । देशभित्र मूल्यमाथि नियन्त्रण पाउन खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको असर विश्वभर देखिएको हो । भारत यसरी खाद्यान्न निर्यातक मात्रै नभएर आत्मनिर्भर देश बनेको भने धेरै भएको छैन ।
आश्विन १४, २०८०
मुलुककै उत्कृष्ट तीन सामुदायिक विद्यालय
राजकुमार कार्की , विप्लव महर्जन
देशभरका २७ हजार सामुदायिक विद्यालयमध्ये सिन्धुलीका दुई र सल्यानको एउटा विद्यालय माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर पुरस्कृत भएका छन् । विषयगत शिक्षक, भौतिक पूर्वाधार, शैक्षिक सामग्रीलगायतको अभावका बीच दुर्गम क्षेत्रका विद्यालय १२ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।
आश्विन १३, २०८०
पुरानालाई बिर्सिएको नयाँ सहर
पर्वत पोर्तेल
बिर्तामोड पहाडी मूलका मान्छेको प्रभाव रहेको पूर्वी तराईको एक चलायमान सहर हो । इतिहासविद्हरूका अनुसार बिर्तामोडको बिर्ता कुलीनहरूको भए पनि औलो उन्मूलन हुनुअघि यस भेगमा राजवंशी, धिमाल, मुस्लिम र सन्थालहरू मात्रै थिए । यद्यपि, आमरूपमा बिर्तामोडको इतिहास सम्झनेले बस्नेत, गिरी, पोखरेलजस्ता केही परिवारको पौरख मात्र सम्झने गर...
आश्विन १२, २०८०
फेवाताल फैलाउने बाटो
दीपक परियार
फेवाताल वरिपरि ६५ मिटरभित्रका संरचना हटाउने सम्बन्धमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सधैं एउटै जवाफ हुन्थ्यो, ‘सर्वोच्चको फैसलाको पूर्णपाठ पर्खिऔं ।’ फेवाताल संरक्षणको सन्दर्भमा सबैलाई छर्लङ्ग हुने गरी सर्वोच्चको पूर्णपाठ आएको छ । ताल किनारबाट ६५ मिटरसम्मलाई मध्यवर्ती क्षेत्र मानेर अनधिकृत संरचना हटाउने गाँठो...
आश्विन ११, २०८०
मौलिक पहिरन मोह
मधु शाही
भक्तपुर ठिमीकी रोशनी चक्रधरले हाकुपटासी सानैदेखि लगाउने गरेकी हुन् । नेवार समुदायकी भएकाले पनि हाकुपटासी अनिवार्य भयो । तर, उनलाई अन्य समुदायको परिहनप्रति पनि उस्तै उत्सुकता थियो । सांस्कृतिक पहिरन औधी मन पराउने रोशनी अन्य समुदायका संस्कृतिको पनि उत्तिकै सम्मान गर्छिन् ।
आश्विन ९, २०८०
ढोरपाटन विकासबाट परै
प्रकाश बराल
नेपालको एकमात्रै सिकार आरक्ष हो ढोरपाटन । सरकारले २०३९ सालमा बागलुङ, रुकुम र म्याग्दीको १३ सय २५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर सिकार आरक्ष घोषणा गरेको थियो । यहाँ बर्सेनि युरोप, अमेरिकालगायत विभिन्न मुलुकबाट सिकार खेल्न आउँछन् । हरेक वर्ष दुई करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरिरहेको यो आरक्षबाट स्थानीयले भने कुन...
‘दि रेड सुटकेस’ मा श्रमिकको मूल्य
जनकराज सापकोटा
फिल्म पढ्नका लागि सन् २००८ मा जर्मनी पुगेका थिए– फिडेल देवकोटा । तर, त्यो विषय जर्मन भाषामा मात्रै पढ्नुपर्ने भएपछि भने उनी विषय फेर्न बाध्य भए । अनि रोजे ‘भिज्युअल एन्थ्रोपोलोजी’ । बर्लिनस्थित फ्रे युनिभर्सिटीबाट स्नातकोत्तर र विद्यावारिधि सकेपछि भने उनी सोही विश्वविद्यालयमा पढाउन थाले । त्यही बीचमा २०१४ मा ‘धेका अन्त...
आश्विन ८, २०८०
लुम्बिनीमा थाई स्वाद
मनोज पौडेल
भैरहवाकी लक्ष्मी चौधरीले विश्व प्रसिद्ध थाई मसरुम सुप ‘तोमयम’ को स्वाद लुम्बिनीमै पाएपछि स्वादले खाइन् । सुपबारे थोरै सुनेकी उनले लुम्बिनीमै पाउँदा धित मार्ने गरी पिएको बताइन् । उनी जस्तै लुम्बिनी घुम्न आएका चेकोस्लाभियाका क्रिस्टियानोले पनि लुम्बिनीमा थाई अचार ‘सोमताम’ खान पाउन खाएर मक्ख परे । ‘घुम्न आएको थिएँ,’ उनले ...
आश्विन ६, २०८०
बिरानो बन्दै माडी
रमेशकुमार पौडेल
चितवनको भरतपुर महानगरपालिका–११ जिल्लामै घना आवादी भएको वडा हो । २०७८ सालको जनगणनाअनुसार ९ दशमलव ११ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो वडाको जनसंख्या ३५ हजार ६ सय ९२ छ । जबकि, यो वडाभन्दा क्षेत्रफलका हिसाबले २० गुणा ठूलो अर्थात् २१८ दशमलव २ वर्ग किलोमिटर क्षेत्रफल भएको माडी नगरपालिकाको जनसंख्या ३८ हजार २ सय ९५ छ ।
आश्विन ५, २०८०