text stringlengths 2 914 |
|---|
साउन तेस्रो साता हुम्लाको सिमकोट गाउँपालिकाका चार बालकको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो । अवस्था गम्भीर देखिएपछि स्वास्थ्यकर्मीले जिल्ला बाहिर सुविधासम्पन्न अस्पताल लैजान सुझाए । तर अभिभावकले तत्कालै बाहिर लैजान सकेनन् । उपचार अभावमा सबैको ज्यान गयो । |
२३ वर्षदेखि ‘गाईजात्रा’ |
दुर्गालाल केसी |
गर्नु गर्यौ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटी दूधमा पानी हालेर राजु परियार र विष्णु माझीले गाएको यो गीतमा अभिनय गरेपछि कलाकार कमल गाउँलेलाई काठमाडौं ओहोरदोहोर गर्नेक्रममा चितवनको मुग्लिङमा उत्रिएर खाना खानसमेत सकस भयो । दूधमा पानी मिसाएर आफूहरूको बेइज्जत गरिदिएको भन्दै किसानले उनलाई गाली गर्न थाले । |
भाद्र ४, २०८० |
हारेर पनि जितेकी केर |
हिमेश |
महिला फुटबल पनि उत्तिकै उम्दा हुन्छ, यसमा पनि त्यत्तिकै रोमाञ्चकता र सनसनी हुन्छ भनेर प्रमाणित गर्दै महिला विश्वकप २०२३ आइतबार टुंगियो । यसले एउटा अर्को तथ्य पनि स्थापित गरेको छ र त्यो हो, महिला फुटबलसँग ठूला न ठूला नाम चलेका स्टार खेलाडी हुन सक्छन् । |
ह्विलचियरमै नृत्य |
ज्योती श्रेष्ठ |
‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो हिमाल चुली वनतिर पानी भर्ने पँधेरो’ पृष्ठभूमिमा गीत बजिरहेको थियो । छातीभन्दा तलको भाग नचल्ने बनेपा–६ का २९ वर्षीय सुदीप श्रेष्ठ ह्विलचियरमै बसेर नाचिरहेका थिए । प्रस्तुति हेर्दा उनमा शारीरिक रूपमा अपाङ्गता छ भन्ने लाग्दैनथ्यो । उभिएर नाच्न नसके पनि उनको प्रस्तुति मन नपराउने कोही थि... |
भाद्र २, २०८० |
तीन दशकदेखि बाँधमुनि बास |
शिव पुरी |
उमेरको उत्तरार्द्धमा पीडा र कष्टबाहेक उनले भोग्न बाँकी केही छैन । त्यसमा पनि अहिले वर्षाको समय छ । पानी पर्नासाथ वाग्मती उर्लिन्छ । अनि, उनको निद्रा खल्बलिन्छ । तीन दशकदेखि वाग्मती बाँधमुनिको झुपडीमा जीवन निर्वाह गरिरहेकी दुर्गा भगवती गाउँपालिका–५, बडहर्वाकी ८३ वर्षीया रामदुलारी ठाकुरले प्रत्येक वर्षामा भोगेको पीडा भनि... |
भाद्र १, २०८० |
सल्यानकी एक्ली अटो चालक |
विप्लव महर्जन |
शारदा नगरपालिका–१० पैयाखर्ककी मीना पुन १२ वर्षकी मात्र थिइन्, भारतको हिमाचल जाँदा । सानैदेखिको सपना त नर्स बन्ने थियो, तर घरको आर्थिक अवस्थाका कारण पढाइ बीचमै रोकियो । सानै उमेरमा बुबा गुमाएकी उनकी आमाले काम गर्न नसक्ने भएपछि २०५८ मा ५ कक्षा पढ्दै गर्दा पढाइ छाड्नुपर्यो । अनि कामका लागि दिदी–भिनाजुसँगै भारत पस्न बाध्य... |
चितवनमा केरा खेती : उत्पादन बढ्दो उत्साह घट्दो |
रमेशकुमार पौडेल |
रत्ननगर आसपासका किसान २०४५/४६ सालतिर रोवास्टा जातका केरा खेतीको असफलताबाट निराश भइसकेका थिए । धेरै फल्ने भए पनि सानो बोट भएकाले घरीसहित ढल्ने र जेनतेन पाकेका केरा पनि बिक्री नहुने समस्याले उनीहरू आजित थिए । |
श्रावण ३२, २०८० |
स्विफ्टले ल्याएको आर्थिक परकम्प |
सजना बराल |
अमेरिकी गायिका टेलर स्विफ्टसम्बन्धी हालैको एउटा रोचक प्रसंग तपाईंलाई कत्तिको थाहा छ ? गएको जुलाईमा अमेरिकाको सियाटलमा आयोजित कन्सर्टमा नाच्दै रमाइलो गर्ने क्रममा स्विफ्टका प्रशंसकहरूले २.३ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएका थिए । |
भू–राजनीतिको बदलिँदो एजेन्डा |
जगदीश्वर पाण्डे |
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य भइरहेको छ । दाहाल असोज पहिलो साता उत्तरी छिमेकी देश जाने तय भएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा ऊर्जा सम्झौता, अन्तरदेशीय प्रसारण लाइन, विद्युत् आयोजना र कृषि उपज प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गर्ने तयार... |
श्रावण ३१, २०८० |
लाखेजात्रा फुटबलमा ‘ब्रेक’ |
आनन्द गौतम |
जब साउन/भदौ लाग्छ, ताप्लेजुङमा मात्र होइन, वरपरका जिल्लामा लाखेजात्रा फुटबल प्रतियोगिताको चर्चा सुरु भइहाल्छ । खेलप्रेमी र स्थानीयबीच प्रतियोगितासम्बन्धी ज्वरो ह्वात्तै बढ्छ । नहोस् पनि किन ? धान, कोदो, मास, मस्यामलगायतका बर्खायामका बाली लगाएका गाउँका युवादेखि वृद्धवृद्धासम्म प्रतियोगिता हेर्न सदरमुकाममा केन्द्रित हुन ... |
श्रावण ३०, २०८० |
किराको जीवनचक्र अनुसन्धानमा प्रयन |
गोविन्द पोखरेल |
स्थलीय खाद्य चक्रमा उत्पादक (बिरुवा) र उपभोक्ता (जीव) हरूको विविधता छन् । जीव र किराले बिरुवा खान्छन् । बिरुवाले उनीहरूबाट जोगिएर हुर्किनुपर्छ । त्यसैले वातावरणीय अनुकूलनका लागि बिरुवाहरूका विभिन्न किसिमका प्रतिरोधात्मक क्षमता हुन्छन् । |
श्रावण २९, २०८० |
भक्तपुरमा जमेको ‘आलुचा’ |
सीमा तामाङ |
भक्तपुर घुम्न जाँदा छुटाउनै नमिल्ने ठाउँ बनेको छ, आलुचा । जहाँ टोर्नेडो फ्राइजलगायत आलुका परिकार पाइन्छ । आलुकै परिकार मात्रै पाइने ‘आलुचा’ ७ वर्षअघि तीन युवाले सुरु गरेका हुन् । आलुका परिकारहरू नेपाली र विदेशी स्वादको सम्मिश्रणमा बनेको सञ्चालकहरू बताउँछन् । |
पूर्णिमाको पूर्णता |
घनश्याम खड्का |
मनोविद्हरू भन्छन्– बाँच्ने उपक्रममा जीवनको यस्तो बिन्दुमा हामी आइपुग्छौं, जहाँ एक गहिरो रित्तोपनले हृदयलाई अत्याउँछ । यस्तो बेलामा मन पर्ने कुनै काममा हात हालिएन भने आनन्दभन्दा चिन्ताको पल्ला भारी हुन्छ र जीवनमा रहरलाग्दा कुनै कुरा बाँकी रहन्नन् । यसको विपरीत, मनले खाएको कुनै काम गर्न पाइयो भने तनावहरू हराउँछन् र जीवन ... |
झोलामा महिला शिल्प |
पर्वत पोर्तेल |
बुद्धशान्ति–३ बुधबारेकी तारा अधिकारीले २०७० मा उद्योग थाल्दा साथमा पुगनपुग १० हजार रुपैयाँ मात्रै थियो । त्यही रकमको आडमा उनले भाडामा मेसिन ल्याइन् । अनि सुरु गरिन् सिलाइ–बुनाइको काम । तालिमहरू पनि सञ्चालन गर्न थालिन् । ‘पहिला सिलाइ तथा कटिङसँगै गुडिया बनाउँथें,’ अधिकारीले भनिन्, ‘समय बित्दै जाँदा उद्योग पनि बढ्दै गयो,... |
श्रावण २८, २०८० |
बन्जी ‘क्रेज’ |
अनिश तिवारी |
वरिपरि जंगल, अग्ला डाँडाको काखमै तिब्बत छोएर उर्लंदो भोटेकोशी नदी । त्यहीमाथि केही शेर्पा समुदायका दुई बस्ती जोड्ने झोलुंगे पुल । आइतबारे नामले चिनिने त्यही पुलबाट ‘बन्जी’ गर्दा चितवनको खैरेनी–३ गवाइका २७ वर्षीय रामकुमार थापा रोमाञ्चित भए । |
श्रावण २७, २०८० |
आयोजना अधुरै खेतीयोग्य जमिन बाँझै |
चित्रांग थापा , कमल पन्थी , भवानी भट्ट , रूपा गहतराज |
पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सिँचाइ सुविधा पुर्याउन निर्माण भइरहेका राष्ट्रिय गौरवका चार आयोजना साढे तीन दशक बितिसक्दासमेत पूरा हुन सकेका छैनन् । |
श्रावण २६, २०८० |
केही नयाँ‚ केही फरक पिटबुल |
हिमेश |
केही दिन भयो, सीबीसीमा एउटा नयाँ कार्यक्रम सुरु भएको । यो रियालिटी सोको नाम हो, ‘सुपरफ्यान’ । यसमा सहभागी हुनेमा खासै केही विशेष गुण चाहिन्न । यसमा सहभागी हुनेलाई न त ढंगले गाउन आवश्यक छ, न त नृत्य गर्न नै । |
श्रावण २५, २०८० |
कुपोषण निवारणका सारथि |
विप्लव महर्जन |
बाग्चौर नगरपालिकाको ठिनबाङका नीरज केसी सानैदेखि पढाइमा अब्बल थिए । स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे । पढाइमा राम्रो भएकाले भविष्यमा डाक्टर बन्ने चाहना थियो । २०४४ सालमा जन्मिएका उनले २०६० मा एसएलसी प्रथम श्रेणीमा पास गरे । बाबु धनीराम केसी स्वास्थ्यकर्मी थिए । बाबु र उनका केही शिक्षकले डाक्टर बन्नुपर्ने बताएपछि वि... |
श्रावण २४, २०८० |
सुलभको सैलुन संघर्ष |
रमेशकुमार पौडेल |
केही दिनयता चितवनको भरतपुरकी स्मारिका अधिकारी कपाल काट्ने र शृंगारसम्बन्धी तालिममा व्यस्त छिन् । अधिकारीको टोलीमा ब्युटीपार्लर सिकिरहेका ३० मध्ये ६ जना महिला छन् । |
श्रावण २३, २०८० |
बाढी पसेपछिको जलमग्न बस्ती |
तस्बिर : सन्जोग मानन्धर |
सोमबार रातिदेखि मंगलबार बिहानसम्मको निरन्तरको भारी वर्षापछि काठमाडौं उपत्यकाका खोला वरिपरिका बस्तीहरु डुबानमा परेका छन् । आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाको वाग्मती नदी नजिकको टेकुका बस्तीहरु जलमग्न भएका छन् । सर्वसाधारणहरु यतिबेला आफ्ना सरसामानहरु व्यवस्थापनमा जुटेका छन् । घरभित्र पसेको पानी उबाउनेदेखि ढल ... |
देश–विदेशमा डाक्टरी सेवा |
ज्योती श्रेष्ठ |
काभ्रेको बनेपास्थित शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालको मेडिकल डिरेक्टर हुन्, डा. एन्जिला बस्नेत । ३० वर्ष नपुग्दै मेडिकल डिरेक्टर बनेकी एन्जिलाले हाल अस्पतालको मेडिकलसँगै प्रशासनिक क्षेत्रको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन् । |
श्रावण २२, २०८० |
पोखराका सामुदायिक विद्यालयमा ९५ प्रतिशतसम्म विद्यार्थी दलित समुदायबाट |
दीपक परियार |
पोखराबाट उत्तरपश्चिमतर्फ तीन घण्टा बसको यात्रा र एक घण्टा पैदल हिँडेपछि पुगिन्छ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० फुलिवाङ । छेउछाउका गुरुङ बस्ती रित्तिइसक्दा फुलिवाङका ५५ घर दलितले गाउँ कुरेर बसेका छन् । स्थानीय रामश्री विकका एक नाति र एक नातिनी नजिकैको जनसेवा आधारभूत विद्यालयमा पढ्छन् । |
फिल्म मेकिङमा जमेका अनिल |
महेश केसी |
रुकुमपूर्वको पुथा उत्तरगंगा–११ तकसेराका अनिल बुढाले कक्षा ५ सम्म गाउँमै अध्ययन गरे । कक्षा ६ पढ्न दाइसँगै दाङ झरे । ‘त्यसबेला गाउँमा धापा (रोधी) बस्ने चलन थियो,’ उनले भने, ‘रातभरि साथीभाइसँग धापामा रमाउने अनि दिनभरि घुम्ने भएपछि पढाइ चौपट भयो, त्यसैले दाङ झरियो ।’ गाउँमा उनको अर्को काम दाइ पुस्ताले लेखेको प्रेमपत्र ओसा... |
श्रावण २१, २०८० |
प्रविधिले कृषिमा आकर्षण |
माधव अर्याल |
दाङको लमही नगरपालिका–७, फचकपुरकी रुविया चौधरी व्यावसायिक किसान हुन् । ३५ वर्षीया चौधरीले तरकारी खेती गर्न लागेको ६ वर्ष भयो । यति मात्र होइन, उनले मकैको बीउ पनि उत्पादन गर्छिन् । |
श्रावण २०, २०८० |
पुनर्जागरणको पर्खाइमा कला मन्दिर |
रमेशकुमार पौडेल |
एक समय यस्तो थियो, नारायणी कला मन्दिरमा कुनै नाटक वा प्रहसन चल्दा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । ४० को दशकमा कला मन्दिरमा गीति नाटक ‘मालती मंगले’ १७ दिनसम्म १९ शो मञ्चन भएको थियो । मह जोडीको प्रहसन ‘विज्ञापन’ नौ दिनसम्म चल्दा पनि भीड उत्तिकै थियो । ०६२ सालमा नाटककार पुष्प आचार्यको नाटक ‘मैना’ कला मन्दिरमा ६ महिनासम्... |
श्रावण १९, २०८० |
कर्णालीमा विशेषज्ञ अभाव, उपकरण अलपत्र |
तृप्ति शाही |
कोरोना महामारी फैलिएका बेला कर्णाली प्रदेश सरकारले सल्यान जिल्ला अस्पतालमा ६ वटा भेन्टिलेटर मेसिन जडान गर्यो । अस्पतालमा सघन उपचार विशेषज्ञ तथा एनेस्थेसियोलोजिस्ट नभएका कारण झन्डै ४ करोड रुपैयाँमा खरिद भएका ती भेन्टिलेटर त्यत्तिकै थन्किएका छन् । यो अस्पतालमा हाडजोर्नी शल्यक्रिया गर्ने मेसिन पनि छन् । तर, विशेषज्ञ नभएक... |
नयाँ पुस्ताको प्रविधि छलाङ |
विनोद भण्डारी |
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट पोस्ट ग्य्राजुएसन सकेपछि नेपाल फर्केर आधुनिक उद्योग सञ्चालन गर्ने योजनामा थिइन्, एकता गोल्छा । तर देश फर्कनेबित्तिकै योजनाअनुसार काम सुरु गरिहाल्ने मौका मिलेन । फलस्वरूप, बुबा राजकुमार गोल्छाले सञ्चालन गरेको अरिहन्त पोलीप्याक उद्योगको व्यवस्थापन हेर्न थालिन् । |
श्रावण १८, २०८० |
च्याम्पियन बडिबिल्डर |
पर्वत पोर्तेल |
मोरङको उर्लाबारीका ललित धिमालको सानैदेखिको सपना थियो बडिबिल्डर बन्ने । स्कुले जीवनदेखि नै जिम गरेर बनेको सुगठित ज्यान देखाएर हिँड्ने हुटहुटी थियो उनमा । चाहना, रुचि र झुकावले ललितलाई बडिबिल्डर मात्रै बनाएन,अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा च्याम्पियनको ताज नै पहिर्यायो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.