text
stringlengths
2
914
प्रदीपको गजल गर्जन
रमेशकुमार पौडेल
डाक्टर साब, म चामल बेचेर जँचाउन आएको हुँ बिन्ती मलाई खाली पेटमा खाने दबाइ दिनोस् ।
असार १८, २०८०
हिमाल चुचुरा हुँदै कमेडी स्टेजसम्म
अनिश तिवारी
‘हजारौं माइलको यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ,’ चिनियाँ दार्शनिक लाओ त्सुको भनाइ हो यो । यिनै महान्वाणी पहिलो पटक आफूले पढ्ने विद्यालयको भित्तामा देखेकी थिइन् काठमाडौं महानगरपालिका–१६ वनस्थलीकी शैली बस्नेतले ।
टाइटानिक हेर्न जाँदा टाइटन बन्यो रहस्य
घनश्याम खड्का
इतिहासको विशाल गर्तमा बेलाबखत यस्ता अनौठा क्षण आइपुग्छन्, जसलाई जति पर्गेल्न खोज्यो ती उति बढी रहस्य र विस्मयकारी लाग्छन् । जहाँ जीवनको नियति भाग्यसँग गाँसिएको देखिन्छ, त्यहाँ घटनाहरूबीचको सम्बन्धमा संयोग र रहस्य बराबरी हुन आइपुग्छ । जस्तो कि, एक सय एघार वर्षअघि दुर्घटनामा परेको टाइटानिक पानीजहाज र भर्खरै उस्तै नियति भ...
असार १७, २०८०
सुशान्तको बजेको ‘सारंगी’
बुद्धिसागर मरासिनी
मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन, तिम्रैतिर हेर भन के गरुँ म ? मुस्कानले तिम्रो मेरो मन सारंगीझैं, आज बज्न थाल्यो भन के गरूँ म के गरूँ ??
पढाइसँगै व्यावसायिक पशुपालन
ज्योती श्रेष्ठ
बिहानको ४ नबज्दै, गाई गोठमा पुग्छन्, बेथानचोक–२, चोरन्डेका २७ वर्षीय दीपक तिमल्सिना । गाई–भैंसीलाई कुँडोपानी खुवाएर, उनी गाई–भैंसी दूध दुहुन बस्छन् । ५ बजेसम्म बस्तुभाउको कामधन्दा सकेर कलेज जाने तयारी थाल्छन् । दीपक, बनेपामा रहेको काभ्रे क्याम्पसमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गर्दै छन् । पढ्नका लागि बिहानको ६...
असार १६, २०८०
घाम–पानी छेक्ने ‘छत्री’
हरिराम उप्रेती
गोठका गोरुलाई अघि लगाउँदै काँधमा हलोजुवा भिरेका सिरानचोक गाउँपालिका–४ छोप्राकका धननारायण कुमालले छत्रीले टाउको ढाके । मध्य असारको सिमसिमे पानीमा छत्रीको ओतले भुसुन्डे फाँट झरेका कुमाललाई उघ्रिएको मौसमसँगैको घामको ताप छेक्न पनि छत्री नै चाहियो ।
आदर्श स्कुलको शैक्षिक शतक
विनोद भण्डारी
आदर्श स्कुलमा ३ कक्षामा भर्ना हुँदा विश्वराज पाण्डे १० वर्षका थिए । २००३ सालको स्कुलको अवस्था सम्झिँदा ८६ वर्षीय पाण्डेलाई अहिले पनि उही दृश्यको याद आउँछ– बाँसको टाटीले घेरेको भित्ता अनि फुसको छाना । धूलोले छपक्कै छोपिएको कक्षाकोठा अनि जोडले हावा चल्दा त्यही धूलो उडेर हुने कुहिरीमण्डल । यो त्यही स्कुल हो, जहाँ पढेका चा...
असार १४, २०८०
काखमा हुर्किएर कोखमा आक्रमण
जगदीश्वर पाण्डे
गत शनिबार रुसमा निजी सुरक्षाकर्मीहरू सम्मिलित वाग्नर समूहले देशभित्र गरेको विद्रोहलाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘जानाजान विश्वासघात र आतंकवादको बाटो हिँड्ने, देशद्रोह गर्ने र ब्ल्याकमेल गर्नेहरूले अनिवार्य अकल्पनीय सजाय भोग्ने छन् ।’
असार १३, २०८०
नयाँ काम‚ नयाँ पहिचान
सीमा तामाङ
उमेरले २७ वर्ष पुगेकी अनुष्का श्रेष्ठको परिचय समयसँगै फेरिइरहेको छ । बैंकरबाट सुन्दरी प्रतियोगिताकी विजेता बनेर चर्चामा आएकी श्रेष्ठले पछिल्लो समय भने उद्यमीका रूपमा पाइला चालिरहेकी छन् ।
असार १२, २०८०
र्‍यापर एमिनेम विवाद र चर्चा सँगै
हिमेश
जति लोकप्रिय, उत्तिकै विवादास्पद पनि छ ‘ह्वाइट अमेरिका’ गीत । यसको सुरुमै भनिएको छ, ‘अमेरिकालाई हामी माया गर्छौं तर यो देशको नागरिक हुन पाएकामा कति खुसी छन् ?’ गीतको यति अंशले धेरै थोक भन्दैन त ? त्यसैले पनि यो लोकप्रिय भएको छ अनि विवादास्पद पनि ।
असार ११, २०८०
मन जित्दै नेपाली फेसन ब्रान्ड
सीमा तामाङ
डकुमेन्ट्री फिल्म निर्माणमा रमाइरहेकी रेवती गुरुङलाई करिब सात वर्षअघि फिनल्यान्ड जाने मौका जुर्‍यो । एकमहिने कोर्सका लागि फिनल्यान्ड पुगेकी उनले त्यहाँ बाल मृत्युदर कम गर्ने सरकारी प्रयासबारे थाहा पाइन् । फिनल्यान्डमा बच्चा जन्मिसकेपछि सरकारले ‘फिनिस बेबीबक्स’ वितरण गर्छ ।
असार ६, २०८०
साहसी सिर्जना
महेश केसी
रुकुम पश्चिमकी ‘सिर्जना सिज्जु’ लाई नचिन्ने नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता सायदै होलान् । यात्रामा रमाउने र अनुभूति बाँड्नमै उनको खुसी अडिएको छ । ‘जुनसुकै नयाँ ठाउँमा पुगे पनि मलाई चिन्ने कोही न कोही भेटिनुहुन्छ,’ उनी भन्छिन् ।
जर्जर जिन्दगी बिताउँदै ‘जुगेडी संघर्षका योद्धा’
रमेशकुमार पौडेल
गोपाल भनेर चिनिने उनको नागरिकताको नाम हो गोफले प्रजा । प्रजा अर्थात् चेपाङ समुदायको बसोबास क्षेत्र चितवनको पहाडी गाउँ मायाटारमा छ उनको घर । भरतपुरभन्दा केही चिसो भएकाले खडेरी परे पनि मायाटारमा मकै ओइलाएका छैनन् । हालैको एक दिन मकैबारीको आलीमा टुक्रुक्क बसेर गोपाल घुँडामा टाउको राखेर निदाइरहेका थिए ।
खोर्लागाउँकी ‘कटुवाल बज्यै’
हरिराम उप्रेती
मेलापातमा व्यस्त रहेका गाउँलेका कानमा एकाएक भीरमौरीको मह काढ्ने सूचना आइपुग्यो । काम थाती राखेर जेठ दोस्रो साता गाउँलेहरू मौरीको गोला भएको निम्रुङ खोलामा भेला भए । उनीहरूलाई सूचना दिएकी थिइन्, ७० वर्षीया शिरमाया गुरुङले । यारपोट डाँडाबाट कराएको नसुन्ने र वृद्धवृद्धाका लागि उनले घरदैलो गर्दै सूचना छाडेकी थिइन् ।
असार ५, २०८०
पुरातत्त्व खोजका सारथि
सन्जु पौडेल
कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका पालिकापिच्छे बुद्धस्थल छन् । तर, ती सबै स्थलको पुरातात्त्विक महत्त्व प्रस्ट हुने गरी उत्खनन भने गरिएको छैन । तर खुसीकै कुरा हो, पछिल्ला केही वर्षयता कपिलवस्तु र रूपन्देहीका पुरातात्त्विक स्थलमा भने उत्खनन चलिरहेको छ ।
असार ४, २०८०
बिनाखर्च ७७ जिल्ला घुम्दै किशोर
कुम्भराज राई
हाते गिम्बलमा मोबाइल, पिठ्युँमा झोला । झोलामा नेपालको झन्डा । कालो टिसर्ट र नीलो जिन्समा ओखलढुंगा–सोलुखुम्बु सडकमा हिँडिरहेका भेटिए सुशील कवर योगी । रुकुम पश्चिम चौरजहारी नगरपालिका–९ कोटजहारीका योगी १८ वर्षका भए । पछिल्लो समय परिवारसँगै चितवनको भरतपुर महानगर–११ नीलगिरिटोल बस्ने योगीले १२ कक्षाको परीक्षा दिइसके । नतिजा ...
असार ३, २०८०
फैलँदै हिमताल
घनश्याम खड्का
कालीगण्डकी नदीमा मिसिन आउने मिस्त्री खोलाको उद्गमस्थल हो अन्नपूर्ण हिमताल । ८ हजार ९१ मिटरको शिखर अन्नपूर्ण प्रथमबाट हिउँ पग्लिएर आउने पानीले बनेको हिमतालको आकार बर्सेनि फैलिँदै छ । हिमनदी भने पछि सर्दै छ ।
असार २, २०८०
हार्नेको पनि बन्छ इतिहास !
देवेन्द्र भट्टराई
झन्डै एक दशक लामो जेलयात्रापछि सन् १९९९ डिसेम्बर १७ मा चेम्गाङबाट बाहिरिँदै गर्दा भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले धेरै कुरा सम्झिएका थिएनन् । बरु त्यही जेलको भित्तामा आफूले लेखेको गीता मन्त्र सम्झिएका थिए– गीता गङ्गा च गायत्री...।
जेष्ठ ३२, २०८०
५२ वर्षदेखि आमैको चिया
शिव पुरी
पूर्व–पश्चिम राजमार्गको यात्रामा निस्केका चियाका पारखीलाई तलतल लाग्न सक्छ । चन्द्रनिगाहपुर चोकभन्दा केही पश्चिम इलाका प्रहरी कार्यालयको आडैमा रोक्किनुस् । ८५ वर्षीया नरकुमारी गुरुङको चुलोमा भकभक उम्लिरहेको चियामा थप स्वाद भर्न तल्लीन भेटिन्छिन् । मधेशको गर्मी चढ्दो छ । एकैछिन बाहिर उभियो भने तरतरी पसिनाले भिजाइहाल्छ ।
जेष्ठ ३१, २०८०
खैराङवासीकी एकमात्र सहारा ‘डाक्टर्नी’
प्रताप विष्ट
५२ वर्षीया अकमाया थिङलाई फुर्सद कमै मिल्छ । उनको क्वाटरमा बास पनि विरलै हुने गर्छ । दिनरात खटेर थिङले गाउँका दर्जनौं बालबालिका र महिलाको ज्यान जोगाइएकी छन् ।
पूर्वखेलाडीको पौरख : जंगलभित्रै स्याउ बगैंचा बनाउने भरत
डीबी बुढा
जुम्ला चन्दननाथ ५ का पूर्वफुटबलर भरत बुढ्थापा जुम्लामै पहिलो पटक एन्फा भित्र्याएर युवाहरूलाई फुटबलमा प्रेरित गर्ने अगुवाको रुपमा चिनिन्छन् । तर पछिल्लो समय उनले १६ हजार २ सय ४० बर्गमिटर क्षेत्रफलको जंगलभित्र स्याउ फलाउँदै नयाँ परिचय दिएका छन् ।
‘भीर मौरीलाई भीरकै पीर’
दीपक परियार , डम्बरसिं राई
खोलैखोला, भीरैभीर, उकाली र तीरैतीर । ढुंगा र बुटा समाउँदै उक्लनु । मौरी भीरमुनि माथिबाट ढुंगा खसिरहनु । भुनभुनाउँदै भीर मौरी घुम्नु । डोरीको भर्‍याङ, बाँसका भाटा, चोयाको कोक्रो प्रयोग गरेर छंगाछुर भीरमा मह काढ्न सिकारीलाई जति आँट चाहिन्छ, झन्डै त्यति नै चाहिन्छ काढेको हेर्न ।
जेष्ठ ३०, २०८०
माझपाटनका एक्ला गोठाला
डीबी बुढा
माझपाटनमा ५ वटा कुकुरअघिपछि लगाएर एक्लै भेडा चराइरहेका भेटिन्छन् पातारासी–७ पटमाराका पूर्णबहादुर बुढा । माझपाटनमा खर्क बनाएर भेडा राख्दै आएका उनी ५ घरका भेडी गोठाला हुन् । गाउँका अन्य गोठाला आसपासका दोखाना, खालीपाटन, बलिभीर, डाँडाखर्क,झ्याइडाँडालगायतका पाटनमा गए पनि माझपाटनमा भने उनी एक्लो हुन् । जेठ १३ मा पाटन उक्लिएक...
लोकगीत युवामाझ पुर्‍याउने पशुपति
बुद्धिसागर मरासिनी
गीतसंगीतमा रमाउनु एउटा कुरा हो, कमाउनु अर्कै । रमाउनका लागि दर्शक–श्रोता भए भइहाल्यो । कमाउनका लागि भने चाहिन्छ, मिहिनेत, त्याग र निरन्तरता । अनि कमाउन सकिने पनि मुख्य दुई चीज छन्, दर्शक–श्रोताको माया र पैसा ।
जेष्ठ २९, २०८०
गाउँमा ज्ञान छर्दै स्वयंसेवी शिक्षक
सुदीप कैनी
विद्यालयदेखि उच्च शिक्षासम्म भारतमा पढेकी झापा भद्रपुरकी मनिका सिंह सिन्धुपाल्चोकको हिमाली भेगको कक्षाकोठामा रमाइरहेकी छन् । मानविकीमा स्नातकोत्तर उनलाई नेपालको शिक्षा प्रणालीबारे जान्ने उत्सुकताले एक वर्षअघि भोताङ देवी माध्यमिक विद्यालय पाँचपोखरी गाउँपालिकासम्म डोर्‍यायो । शिक्षकको जागिरका लागि होइन । स्वयंसेवी शिक्षण...
जेष्ठ २८, २०८०
मौरीघार उद्योगबाट फेरियो जीवन
विप्लव महर्जन
शारदा नगरपालिका १० नयाँगाउँका ४६ वर्षीय बालु कवर कक्षा ३ मा पढ्दै गर्दा बाबुको निधन भएपछि आर्थिक अभावमा बिचैमा पढाइ छाडी १३ वर्षको उमेरमा २०४६ सालमा कमाउन भारतको कालापहाडतिर गए ।
अनि ७० वर्षीया वीरमाया चेपाङले जितिन् ‘प्रथम पुरस्कार’
रमेशकुमार पौडेल
वीरमाया चेपाङको हातमा ‘प्रथम’ भएको प्रमाणपत्र र पुरस्कार स्वरुप १५ हजार रुपैयाँ नगद राखेको खाम थियो । उनी खुसी हुने नै भइन् । ७० वर्षकी वीरमायाले जीवनमा पहिलो पटक यसरी पुरस्कार पाएकी थिइन् ।
जेष्ठ २७, २०८०
असहायका ‘इनी आमा’