text stringlengths 2 914 |
|---|
श्रावण १७, २०८० |
दाह्रीभाइको मड्का चिया |
ज्योति कटुवाल |
घना जंगलको छेउमा सानो बस्ती । छेउमै छ प्रसिद्ध काँक्रेविहार मन्दिर । त्यसको आडैमा छ दाह्रीभाइको चिया पसल । ठूलो बोर्डमा ‘चिया गफमै देश बनाउने कि देशमा चिया खाने’ स्लोगन लेखिएको छ । |
श्रावण १६, २०८० |
पहिले बजार, अहिले गाउँ |
नवीन पौडेल |
गाउँ बदलिएर सहर भएको त हामीले सुनेका मात्रै होइन देखेकै छौं । तर, एक समय सहरझैं बनेका ठाउँ समयक्रममा चहलपहल शून्य भएको भने कमै सुनेका छौं । नारायणी नदी किनारको छेवैछेउ गैंडाकोटदेखि त्रिवेणीसम्मको झन्डै ६० किलोमिटर क्षेत्रमा विसं. २००० पछि क्रमशः सुरु भएको बस्ती विकासको ८० वर्षे यात्रा नियाल्दा कसरी यहाँका पाँच ठूला गाउ... |
श्रावण १४, २०८० |
दौडमा रमाउने पुष्पा |
विप्लव महर्जन |
शारदा नगरपालिका–१४ माल्नेटाकी २७ वर्षीया पुष्पा भण्डारी विद्यालय पढ्दा सधैं प्रथम हुन्थिन् । २०६८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको चाहना थियो– डाक्टर बन्ने । तर घरको आर्थिक अवस्था कमजोर भएकाले त्यो सपना पूरा हुन पाएन । जसका कारण उनको यात्रा मोडियो एथलेटिक्सतर्फ । यही वर्ष उनै पुष्पाले बंगलादेशमा भएको दक्षिण एसियाली खे... |
श्रावण १३, २०८० |
फर्काइँदै साइकल चिनारी |
रमेशकुमार पौडेल |
एक समय कहावतजस्तै थियो, साइकल चलाउन नजान्नेलाई चितवनवासीले बुहारीका रूपमा भित्र्याउँदैनन् । कहावतमाथि बहसका अनेक कोण हुन सक्लान् तर चितवनवासीका निम्ति जनजीवनकै एउटा अंगजस्तै मानिन्थ्यो साइकल । घाँसपात, दाउरा बोक्नेदेखि दूध तथा अन्य कृषि उपज बजारमा लैजाने दैनन्दिनको यात्रामा समेत साइकल अनिवार्य थियो । बाहिरी जिल्लाबाट च... |
श्रावण १२, २०८० |
फ्युजनले चम्केका चक्र |
बुद्धिसागर मरासिनी |
कोरिया सपना देखेर कैलालीका चक्र बम काठमाडौं पसेको एक दशकअघि हो । एउटा गीत रेकर्ड गराउने सपना पालेर बसेका थिए वर्षौंदेखि मनमा । २०६९ मा काठमाडौं आएपछि बिदेसिनुअघि मनको रहर मेट्ने सोच पलायो । अनि, घरपरिवारलाई थाहै नदिई रेकर्ड गराए पहिलो गीत ‘मालाखेती हाट लागेको’ । |
श्रावण ११, २०८० |
मिनी चिडियाखाना : वन्यजन्तुलाई धराप |
गोविन्द पोखरेल |
हेर्दा, कुखुरालाई बस्नका लागि बाँसमा जाली बुनेर बनाइएको सानो खोरजस्तै देखिन्छ । खोरभित्र ठूलो सिकारी चरा चिलको एक प्रजाति थुनिएको छ । पूर्वी नेपालको मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको ‘मिनी चिडियाघर’मा राखिएको यो चिल दुई वर्षअघि वन समूहलाई संरक्षणका लागि हस्तान्तरण गरिएको... |
श्रावण ९, २०८० |
चमक गुमाएको तौलिहवा |
मनोज पौडेल |
पञ्चायतकालको सुरुवातमै प्रशासनिक एवं व्यापारिक केन्द्र बनेको थियो तौलिहवा । दाङ, रूपन्देही, अर्घाखाँची, पाल्पालगायत जिल्लाको व्यापारिक र सरकारी केन्द्र रहेको तौलिहवामा त्यस्तो चमकधमक हराएको धेरै भयो । ६२ वर्षीय स्थानीय सुरेशप्रसाद शर्मा विकासमा पछाडि पर्दा तौलिहवाले चमक गुमाउनु परेको सुनाउँछन् । |
कृष्ण मुसुक्कै, दुःख भुसुक्कै |
वसन्तप्रताप सिंह |
त्यतिबेला उनी ६ वर्षका मात्र थिए । जतिबेला आमालाई पछ्याउँदै उनले पढ्ने प्रौढ कक्षामा पुग्थे । कृष्ण विकलाई प्रौढ कक्षाका सहभागीले गीत गाउन लगाउँथे । सानैदेखि हँसिला र फरासिला स्वभावका उनी धक फुकाएर गाइदिन्थे । सुन्नेहरू उनको मिठो स्वरको प्रशंसा गर्थे । |
श्रावण ८, २०८० |
द्रुतमार्गको काम ६ वर्षमा २५ प्रतिशत मात्र |
विमल खतिवडा |
फास्ट ट्य्राक बनेपछि निजगढ–काठमाडौं एक घण्टामा आउजाउ गर्न सकिन्छ भन्ने सुन्दै आएको तीन दशक भयो । ७२.५ किलोमिटरको काठमाडौं–तराई द्रुतमार्ग सम्भाव्यता अध्ययनबाट अघि बढेर निर्माण सुरु भएकै ६ वर्ष पुगेको छ । अहिलेसम्म भौतिक प्रगति भने २५.५४ प्रतिशत मात्रै छ । |
श्रावण ६, २०८० |
नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक |
डीबी बुढा |
सात छोरी र एक छोरामध्ये पाँचौं सन्तानका रूपमा जन्मेकी पातारासी गाउँपालिका–२ की २४ वर्षीया सुनमाया बुढाको बाल्यकाल अभावमै बित्यो । आमाको दूधसमेत पर्याप्त खान नपाएकी उनी कुपोषणको सिकार भइन् । जसोतसो घरेलु उपचारले बाँचिन् । १६ वर्षमा एसएलसी पास गरेपछि भने परिवारले उनको विवाहको तयारी गर्यो । |
श्रावण ५, २०८० |
पैतृक सम्पत्ति खोज्दै छोरी : कानुनमा छ, व्यवहारमा छैन |
मधु शाही |
उनी घरी अदालतको तल्लो तला र घरी माथिल्लो तला गरिरहिन्, हातमा फाइल बोकेर । यत्तिकैमा अधिकारकर्मी रसना ढकाल भेटिन् । ‘दिदी म ठ्याक्कै हजुरलाई नै सम्झिरहेकी थिएँ,’ हातको फाइल खोल्दै उनले मनको गाँठो फुकाइन्, ‘हेर्नु न, म माथि हिंसा भयो ।’ हिंसा भन्नेबित्तिकै अधिकारकर्मी रसनाले प्रश्न गरिन्, ‘कसले श्रीमान्ले ?’ युवतीले ‘होइ... |
श्रावण ३, २०८० |
बोटेको ‘बिन्तीबाटी’ |
रमेशकुमार पौडेल |
बिन्तीबाटी सबै जाति के, आघु बडुहु हामी बोटे जाति के, आउन सखा माछो मारे है, छाक टारेके गाह्रो होखिक हम्रै त सोह्रना चिनौटा ल्य ल्य आयस है ।’ बोटे समुदायको परम्परागत पेसा खोला–नदीमा माछा मार्ने र डुंगा चलाउने हो । समयक्रमसँगै माछा कम हुँदै गए, डुंगा तर्ने युग पनि सकियो । तर पुर्खाहरू बस्दै आएको नदी र खोलाका किनार छाडेर अ... |
श्रावण १, २०८० |
हिमाली बस्तीलाई जडीबुटीको भर |
कृष्णप्रसाद गौतम |
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–३ का ४४ वर्षीय छेवाङ गुरुङको ६ जनाको परिवार छ । परिवारका सदस्यहरू जेठ–असारमा यार्चागुम्बु, भदौ–असोजमा कटुकी र कात्तिकमा भोल्ते, गुच्ची च्याउ, वनलसुनलगायत जडीबुटी संकलन गर्छन् । त्यसैले जीवन निर्वाह भएको छ । कात्तिकपछि हिमपात सुरु हुन्छ । बर्सेनि कात्तिकदेखि चैत अन्तिम सातासम्म पूरै गाउ... |
असार ३१, २०८० |
खाजा खुवाउने बस |
पर्वत पोर्तेल |
बिर्तामोडका राजकुमार गुरुङ बस हाँकेर बिहान सधैं पूर्वतिर लाग्छन् । बसभित्र यात्री हैन, सिंगो रेस्टुरेन्ट छ । त्यही रेस्टुरेन्ट बोकेर बिहान ८ नबज्दै चारआली जंगल पुगिसक्छन् । ठूलो बस पूर्व फर्काएर पार्किङ गर्छन् । |
असार ३०, २०८० |
मणिपुर अशान्तिको अन्तर्य |
पर्वत पोर्तेल |
भारतको उत्तरपूर्वी सुन्दर पहाडी राज्य मणिपुर दुई महिनादेखि अशान्त छ । मणिपुर उच्च अदालतले अप्रिल १९ मा रैथाने मणिपुरी (मैतेई) समुदायलाई अनुसूचित जाति (सेडुअल कास्ट) को दर्जाका लागि केन्द्रीय जनजाति मामिला मन्त्रालयमा सिफारिस गरेको थियो । लगत्तै मेको ३ बाट भड्किएको हिंसाले मणिपुर अशान्त भएको हो । |
असार २९, २०८० |
नाइट क्लब चलाउँदै सुप्रिया |
बुद्धिसागर मरासिनी |
काम र आरामपछि मानिसहरूले के खोज्लान् ? दुई मत छैन, मनोरञ्जन । तर हरेक मानिसले मनोरञ्जन लिने तौरतरिका भने उनीहरूको स्वभावअनुसार फरक–फरक हुन्छ । धनीदेखि गरिब अनि गाउँदेखि सहर मनोरञ्जन गर्ने स्थान पनि अलग–अलग । |
असार २७, २०८० |
साइकलमा सरर |
प्रशान्त माली |
काठमाडौं बुढानीलकण्ठकी अधिवक्ता कविता रेग्मी दैनिक करिब दस किमि साइकल कुदाएर कमलादीस्थित कार्यालय पुग्छिन् । उनले निरन्तर साइकल चढ्न थालेको पति तीन वर्ष नाघिसक्यो । अझ बिदाको दिनमा त साथीभाइ जम्मा भएर ‘साइक्लिङ कल्चर’ प्रवर्द्धन गर्न कहिले शिवपुरी, गोकर्ण त कहिले गोदावरी, नागार्जुन, चोभार, स्वयम्भूसम्म पुग्छिन् । ‘सुरु... |
पाँच धुरको सपनामा तराई झर्दै पहाड |
डीआर पन्त |
मलेसियाको रोजगारीबाट फर्केर छोरा मुकुन्दले कैलालीको अत्तरियामा घरघडेरी जोडे । छोराले सपरिवार बसेर आफैंकहाँ आउन सल्लाह दिइरहँदा उतै रमाएपछि एक वर्षअघि १२ किला बाख्रा, हलगोरु, दुई/दुई दुहुना गाईभैंसी बेचेर डडेलधुरा पिल्कोटका दत्तीबहादुर पाल पनि तराई ओर्लिए । पिल्कोटमा उनको २२ रोपनी जग्गा थियो । |
असार २६, २०८० |
जागिर छाडेर मूर्तिमा व्यस्त |
विप्लव महर्जन |
बाग्चौर नगरपालिका–९ कोटमौलाका टापेन्द्र डीसीलाई बाल्यकालदेखि नै चित्रकलामा रुचि थियो । विद्यालय समयमा शिक्षकले पढारहेकै बेला कक्षाकोठामा उनले सिसाकलमले कापीमा इच्छाअनुसारका चित्र कोर्थे । |
असार २५, २०८० |
गाउँ रोजेका डाक्टर |
प्रकाश बराल |
सुरुको पढाइ त उनको संस्कृत हो । संस्कृत मावि बेलबगरको पढाइमा उनी अब्बल थिए । २०६० को एसएलसीपछि उनी मेडिकल क्षेत्रको पढाइमा जान चाहन्थे । संस्कृत पढे पनि अंग्रेजी भाषा राम्रो थियो । |
असार २४, २०८० |
लोकगीतमा जमेका बलाराम |
महेश केसी |
‘आज मुटु दुखेनस् किन छोडिस् क्या हो मायालाई सम्झिन...’ हिमालय लोकस्टार सिजन–२ का विजेता बलाराम विश्वकर्माको गीत हो यो । रुकुम पश्चिमका बलारामले यहाँसम्म आइपुग्न जीवनमा निकै संघर्ष गरेका छन् । सानीभेरी गाउँपालिका–३ गोलडाँडामा जन्मेका उनका लागि लोकसंगीत नै विदेश नजाने बहाना बन्यो । ‘गाउँबाट जापान जान भनेर काठमाडौं पसेको ... |
असार २१, २०८० |
डान्स थेरापी |
सन्जु पौडेल |
हरेक बिहान ४ बजे निद्रा खुल्छ । त्यसपछि उनका हातखुट्टा कुनै न कुनै तालमा नाच्न थाल्छन् । ‘फ्रेस’ भएर डेराबाट एक किलोमिटर दूरीको सिद्धार्थनगर–७, नारायणपथस्थित रुद्रदेवी कलाकेन्द्र पुग्छन् । केन्द्रका दुईवटा खुला हल सफा गर्छन् । भगवान्को मूर्तिमा बत्ती बालेपछि धुन बजाएर बिहानी कक्षाका प्रशिक्षार्थीलाई स्वागत गर्छन् । |
एक्लै छन् बा-आमा |
मधु शाही |
घडीको कुन सुई कता पुगेको छ, सजिलै देखिँदैन । ८४ वर्षीया पुष्पा (नाम परिवर्तन) चिम्सा आँखा मिच्दै खुइलिएको पुरानै घडी नियाल्छिन् । उनलाई समयभन्दा घडीसँग जोडिएको प्रेमिल सम्झना महत्त्वपूर्ण छ । श्रीमान्ले जवानीमा दिएको घडीसँग अतीतका कति स्मरण समेटिएका छन् ! |
असार २०, २०८० |
दलनबाट उठ्दै दलित एकल महिला |
तृप्ति शाही |
जुम्लाको तातोपानी गाउँ । २०५१ सालको कुरा हो, तारा नेपालीको घरमा पाहुना आए । १३ वर्षकी तारालाई के थाहा, घरमा उनकै बिहेको कुरा चलिरहेको छ । तिला गाउँबाट उनको हात माग्न आएका केटा पक्षसँग उनका बाआमाले बिहे पक्का गरेपछि उनलाई भनियो– ‘अब श्रीमान्को घर गरेर खानुपर्छ ।’ अर्काको घर जानुपर्छ भन्ने सम्झेर तारा निकै आत्तिइन्, रुन ... |
असार १९, २०८० |
हिमालमा रमाएका याङडुङ |
आश गुरुङ |
याङडुङ गुरुङका दाह्रीजुँगा सेतै फुलेका छन् । कपाल भने काटेका छन् । पहाड र तराईमा गर्मी भइरहँदा मनाङको पिसाङमा भने उनी कालो भुवादार ज्याकेट लगाएर बसेका छन् । उमेरले ७९ वर्षका उनी याकको सुकुटी मज्जैले कोपर्छन् । गत कात्तिकमा जम्मा गरेको सुकुटी देखाउँदै उनले भने, ‘जति धेरै राख्यो, उति धेरै चाम्रो । पाहुनाले त चपाउनै सक्दै... |
चरम गरिबीले अँध्यारो मैनटोल |
सुनिता बराल |
उनी २७ वर्षकी भइन, ५ सन्तान छन् । महोत्तरीको सोनमा गाउँपालिका–७ स्थित मैनटोलकी जैकलदेवी सदाको १४ वर्षको उमेरमा विवाह भएको हो । उनलाई सधैं एउटै पिरलो हुन्छ, लालाबालालाई कसरी पेटभरि खुवाउने ? ३ वर्षकी कान्छी छोरी दूध खान खोज्छिन् । तर पर्याप्त पोषण नपाएकी जैकलको दूध आउँदैन । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.