text
stringlengths
2
914
मकर श्रेष्ठ , तस्बिर : दीपक केसी
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको सिंहदरबारस्थित कार्यकक्ष । एक बालिका ‘आमा’ भन्दै भित्र छिरिन् । सरासर इन्दिराको कुर्सीतिर गइन् । अनि काखमा लुटुपुटु गर्न थालिन् । इन्दिराले पनि ती बालिकाको टाउको सुमसुम्याइन् । ती ३ वर्षीया बालिकाले तोते बोलीमा भनिन्, ‘आमा तपाईं ठूलो माननीय, म सानो माननीय ल ?’ उपसभामुखलाई सबैले...
जेष्ठ २६, २०८०
शिक्षा र समाज सुधार्ने हुटहुटी बोकेका हेडसर
रमेशकुमार पौडेल
पदमबहादुर प्रजा चेपाङलाई आफ्नो समुदायको हित शिक्षा बेगर हुँदैन भन्ने हेक्का राम्रोसँग छ । त्यसैले उनले भएभरको समय स्कुललाई दिने गर्दछन् । सात पालिका रहेको चितवनको एक मात्र गाउँपालिकाको हो इच्छाकामना गाउँपालिका । यो गाउँपालिकाको अधिकांश भूभाग पहाडले ओगटेको छ । यही गाउँपालिकाको वडा नम्बर २ मा पर्ने मायाटारको एउटा पहाडी थ...
जेष्ठ २५, २०८०
सन्तानले सम्पत्ति हडपेपछि बिचल्लीमा बाआमा
विद्या राई
जेठी छोरी–ज्वाइँ बाआमाको सबै सम्पत्ति आफ्नो नाममा पारेर उनीहरूको हेरचाह र औषधोपचार दायित्वबाट पन्छिएका छन् । अल्जाइमर रोगी कैलाली टीकापुरकी ७९ वर्षीया सुर्जा शाह र उनका बिरामी पति ८४ वर्षीय शेरबहादुर शाहको स्याहारसुसार र उपचारमा समस्या भएको छ ।
जेष्ठ २४, २०८०
युट्युबबाट सिकेर शृंगारमा अब्बल
सन्जु पौडेल
तिलोत्तमा नगरपालिका–६ रूपन्देहीकी गीताञ्जली कार्कीलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । आमा पशुपति कार्कीले ‘मेकअप’का साधन प्रयोग गर्दैनथिन् । जसका कारण घरमै मेकअप सिक्ने वातावरण थिएन ।
जेष्ठ २३, २०८०
सम्झनामा ‘रक एन्ड रोल क्विन’
हिमेश
हाम्रैतिर पनि खुबै सुनिने एउटा गीत हो, ‘ह्वाट्स लभ गट टु डु विथ इट’ । नसुनेको भए पनि सुन्नु । मिठो छ । टिना टर्नरको गीत हो, यो । ‘प्राइभेट डान्सर’ एल्बममा समावेश भएको ।
माइत पर्‍यो फिलिपिन्स
पर्वत पोर्तेल
मारिलाओ, फिलिपिन्सको बुलाकान प्रान्तको सबैभन्दा व्यवस्थित नगरपालिका हो । राजधानी मनिलादेखि झन्डै २२ किलोमिटर दूरीमा पर्ने यही सहरकी ‘हुने खाने’ घरानाकी छोरी हुन् मिन्सी अल्भारेज ।
जेष्ठ २२, २०८०
खुट्टाले होइन, आँटले सगरमाथा चढेका हरि
सुरज कुँवर
यस पटकको वसन्तकालीन हिमाल आरोहण लगभग सकिएको छ । दुई महिनाअघि सगरमाथासहित २८ वटा हिमालचुलीतर्फ पुगेका स्वदेशी र विदेशी पर्वतारोही, उनीहरूका गाइड, शेर्पा र सहयोगीहरू टेन्ट खोलेर फर्किरहेका छन् ।
फोटो फ्रेम बनाउन भ्याइनभ्याई
माधव अर्याल
भर्खर सरकारी सेवामा प्रवेश गरेका मोतीलाल राई फुर्सदमा बाँसका कलात्मक सामग्री बनाउँथे । जिल्ला अदालतमा सवारी चालकको जागिर मिलेपछि पाल्पामा डेरामा बस्न थाले । साँघुरो डेरामा उनले फुर्सदमा बाँस र त्यसको जराबाट सजावटका सामग्री बनाउने गर्थे । तर सामग्री कहाँ बिक्री गर्ने भन्ने चिन्ता थियो ।
जेष्ठ २१, २०८०
पहेँलो कछुवाको ‘रोमान्स’
गोविन्द पोखरेल
झापाको सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा वैशाखको पहिलो सातासँगै पहेँलो कछुवा वरिपरिका पोखरी नजिक देखा पर्छन् । कुनै स्थानमा कछुवाले कछुवालाई पछ्यारहेको देखिन्छ । विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका 'पहेँलो कछुवा' यहाँ आधा दर्जनजति छन् ।
सौन्दर्य प्रतियोगितामा पेसाकर्मी युवतीहरू
मधु शाही
हेटौंडाकी कृति बर्तौलाले सानैमा सुनेकी थिइन्, ‘गर्भवतीले दाँत ब्रस गर्नु हुँदैन’ भनेर । खासमा यो एक अन्धविश्वास थियो । गाउँघरमा जराजागेको यस्तो भ्रम अझै पछि छ र सुनिन्छ ।
जेष्ठ १९, २०८०
एक फ्रान्सेली अध्येता जसको नजरमा सबै नेपाली कवि हुन्
ददि सापकोटा
खासमा उनी भारतको उत्तराञ्चल जाने लक्ष्यसहित पहिलो पटक हिँडेका थिए । नयाँ चिज खोज्दै हिँड्ने विद्यार्थीकालमा थिए उनी । तर प्रशासनिक झमेलाले जान नसकेपछि नेपालतिर मोडिए । उनको त्यो मोड सधैंका लागि मोडियो । नेपालले उनलाई यस्तरी मोहित पार्‍यो उनले नेपाल र नेपाली भाषालाई नै कर्म बनाए । नेपाल पुगेपछि नेपाली जीवनशैलीले यसरी ता...
१७ वर्षीय कीर्तिमानी आरोही
भानुभक्त निरौला
संखुवासभाको मकालु गाउँपालिका–१ वालुङमा जन्मिएका हुन् निमा रिन्जी शेर्पा । कलिलै उमेरका उनी पछिल्लो समय चर्चामा छन् । कारण, केही दिनअघि उनले १० घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्सो हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन् ।
जेष्ठ १७, २०८०
'सौन्दर्य केही होइन, तपाईंलाई जोगाउने कामले हो'
रीना मोक्तान
पशुपति राई 'खरीको घेरो'मा प्रमुख भूमिकामा देखिँदा विपिन कार्की ढोके बनेर छेवैमा उभिरहन्थे । नाटकमा विपिनको भूमिका थोरै । पशुपतिले गुरुकुलमा त्यस्ता थुप्रै नाटक गरिन्, जहाँ विपिन स-साना भूमिकामा देखिन्थे । दशकपछि स्टेजको त्यो दृश्य ठूलो पर्दामा आइपुग्दा ठ्याक्कै उल्टियो । अहिले विपिन लिडमा देखिन्छन्, पशुपति सहायक ।
जेष्ठ १६, २०८०
विदेसिएका युवासँग जोडिन ‘स्मार्ट चौतारी’
टीकाप्रसाद भट्ट
खाँडादेवी गाउँपालिका–३ भिरपानीको छापगाउँका बासिन्दा अलिकति फुर्सद भयो कि गाउँमा सञ्चार उपकरण सुविधा भएको स्मार्ट चौतारीमा भेला हुन्छन् । जहाँ गाउँलेहरू विदेसिएकाहरूसँग सुखदुःखका कुरा साटछन् । यसले गाउँ र विदेसिएका युवालाई जोडिदिएको छ ।
जेष्ठ १५, २०८०
प्रगतिपथमा प्रगति
महेश केसी
पहाडी जिल्ला रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ मा पर्छ जिपु गाउँ । यही गाउँमा जन्मिएकी प्रगति नाथलाई सानै उमेरदेखि भलिबलमा निकै रुचि थियो । तर खेलसँग जोडिने मौका भने मिलिरहेको थिएन ।
जेष्ठ १३, २०८०
जीवन बदल्दै कर्णाली करिडोर
अर्जुन शाह , वसन्तप्रताप सिंह
दसैं मुखैमा आएकाले चामलको जोहो गर्नु थियो । गाउँघरमा चामल पाउने कुरै थिएन । चार दिन हिँडेर बाजुराको कोल्टी पुग्नुको विकल्प थिएन । हुम्लाको अदानचुली–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरू बुढा चामल ल्याउन भेडा–च्याङ्ग्राको बथान लिएर कोल्टी हिँडे ।
जेष्ठ १२, २०८०
सगरमाथामा साइपालकी चेली
वसन्तप्रताप सिंह
मनास्लु हिमालको क्याम्प ३ बाट गत सेप्टेम्बरमा फर्किएकी थिइन्, संगीता रोकाया । शिखर चुम्ने सपनासहित त्यहाँ पुगेकी साइपाल गाउँपालिका–४, धुलीकी उनलाई मौसमले साथ दिएन ।
जेष्ठ ११, २०८०
हाटबजारमा ज्ञान भण्डार
राजेश मिश्र
हाटबजार भन्नेबित्तिकै त्यस्ता साप्ताहिक बजार बुझिन्छ, जहाँ सागसब्जी, खाद्यान्न, लत्ताकपडा, शृंगार सामग्रीलगायतका पसल राखिएको हुन्छ । तर, दिल्लीमा एउटा यस्तो ‘हाटबजार’ छ, जहाँ केवल पुस्तक पाइन्छ । अनेक थरीका पुस्तक । दिल्लीको दरियागन्जमा हरेक आइतबार पुस्तकको हाटबजार लाग्छ । पुस्तकप्रेमीहरूका तीर्थस्थल नै बन्न पुगेको छ उ...
जेष्ठ १०, २०८०
‘साम्बा, ओ साम्बा’
हिमेश
लिग जितेपछि खुसियाली त मनाउनु नै पर्‍यो । त्यसैले सावित्रा भण्डारी मंगलबार केरल पुगिन् पूरा टिमसँगै । आइतबार मात्र हो गोकुलम केरलले इन्डियन्स वुमेन्स लिग (आईडब्लूएल) जितेको ।
जेष्ठ ९, २०८०
पब्जीका ‘पेनकिलर’
सजना बराल
करिब दुई वर्ष भयो, सञ्जन गौतमले युट्युब र पब्जीबाट बिरलै छुट्टी लिएका छन् । हरेक रात ९/१० बजेदेखि बिहानसम्म युट्युबमा लाइभ आएर उनी कोठामा एक्लै खासखुस वा कहिलेकाहीं त चिच्याइरहेका हुन्छन् ।
जेष्ठ ८, २०८०
देउरालीमा ‘गाउँको घर’
सन्जु पौडेल
कलकल बग्ने खोला । घाम छाताले छेल्दै पाखामा बस्तुभाउ चराइरहेका स्थानीय । चराचुरुंगीको चिरबिर, झ्याउँकिरीको गुञ्जन । लट्ठ पार्ने पाखापारि झिलीमिली घर देखिन्छ । सिद्धार्थ राजमार्गबाट तिनाउ–६ स्थित डुम्रे चोकबाट ३ किलोमिटर दक्षिण देउरालीमा छ यो घर । त्यसको नाम राखिएको छ गाउँको घर (इको फार्म हाउस) ।
जेष्ठ ७, २०८०
बुढामगरको विश्व कीर्तिमान
कान्तिपुर संवाददाता
दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।
जेष्ठ ६, २०८०
अन्धविश्वासी भर, ज्यानलाई अभर
वसन्तप्रताप सिंह
उनलाई खोकी लागिरहेको थियो । ज्वरो पनि आएपछि साइपाल–२ धलौनकी १५ वर्षीया रोशनी विक वैशाख दोस्रो साता धलौन स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकी इन्चार्ज रवीन्द्र बोहराले सिटामोल र खोकीको औषधि दिएर पठाए । वैशाख १६ मा उनी चैनपुरबाट फर्किंदै गरेका एक आफन्तको झोला लिन पाँच घण्टा हिँडेर तलकोट गाउँपालिकाको सुनपानी (जहाँसम्म...
जेष्ठ ५, २०८०
पूर्वका सफल उद्यमी
विनोद भण्डारी
भर्खरै २९ वर्ष पुगेकी युक्ति गोल्छाले पाँच वर्षदेखि हुलास वायर उद्योग सञ्चालन गर्दै आएकी छन् । उत्कृष्ट निकासीकर्ता उद्योगीका रूपमा सरकारबाट पुरस्कृत भइसकेकी गोल्छाको कम्पनीमा करिब चार अर्ब रुपैयाँको लगानी छ ।
अक्करे भीरमा महको सिकार
हरिराम उप्रेती
छङ्गाछुर भीरमा डोरीको सहायताले झुन्डिरहेका छोरा सूर्यबहादुर गुरुङलाई अक्करमा रहेको मौरीको गोलासम्म पुर्‍याउन डम्बरबहादुर निम्रुङखोला किनारमा बसेर चिच्याइरहेका थिए । जब सूर्यबहादुरले आफूलाई सन्तुलनमा राख्दै भीरमौरीको मह काढ्न थाले, डम्बरले हल्का सन्तोषको श्वास फेरे ।
जेष्ठ ४, २०८०
ध्वंसपछि फेरिएको सन्धिखर्क
वीरेन्द्र केसी
जहाँ सरकारी अड्डाहरू एकै ठाउँ हुन्छन्, स्थानीयवासीलाई सेवा लिन सहज हुन्छ । यही अवधारणाले अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई दुई पटक ऐतिहासिक नोक्सानी भयो । ९ हेक्टर क्षेत्रफलको एकै ठाउँमा रहेका सरकारी कार्यालयहरू विद्रोहीको निसानामा परे । २०५९ र २०६१ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमण गरेको थियो, जसमा सबैज...
जेष्ठ १, २०८०
हल्काराको यात्रा
अनिश भट्टराई