text stringlengths 2 914 |
|---|
बजारबाट सामान किनेर ल्याएका प्लास्टिकका झोला गाउँघरमा आगो सल्काउन प्रयोग गर्ने गरिन्छ भने सहर बजारमा फोहोर संकलकले लिएर जान्छन् । धेरैले प्लास्टिकका झोलालाई फोहोरको रुपमा लिने गरेका छन् । तर, बनेपा–७ की निरु ताम्राकार बैदारले भने यसलाई आम्दानीको स्रोत बनाएकी छन् । |
वीरगन्जको विविध स्वाद |
भूषण यादव |
शिरमा राजस्थानी टोपी । सेतै फुलेका बाक्ला जुँगा । धपक्क बलेको अनुहारको ठूलो तस्बिर वीरगन्जको कैलाश होटलदेखि घडिअर्वातर्फ जाने सडकको बायाँतर्फको एकतले घरमा राखिएको छ । हँसिलो अनुहारको त्यो तस्बिर राखिएकै घरमा वीरगन्जको चर्चित ‘बब्लु टी’ सञ्चालनमा छ । |
चैत्र २१, २०७९ |
व्यवसायमा तन्नेरी नेतृत्व |
सन्जु पौडेल |
रुपन्देहीका केही तन्नेरीहरू आफ्नै पहलमा उद्योग र व्यवसाय विस्तारमा होमिएका छन् । उनीहरूको जोसले स्वदेशमै केही गर्ने सम्भावनालाई मलजल मात्रै गरिरहेको छैन, तन्नेरी पुस्ता नयाँ सोच र शैलीमा व्यवसायमा जम्न प्रयत्नशील छ भन्ने पनि देखाएको छ । |
चैत्र १७, २०७९ |
होमस्टे चलाउँदै तन्नेरी |
आश गुरुङ , सम्झना रसाइली , अगन्धर तिवारी |
होमस्टे सञ्चालन देशमै पहिलो पटक २०५४ सालमा स्याङ्जाको सिरुबारीबाट सुरु भएको हो । त्यसपछि त स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ग्रामीण भेगमा होमस्टे सञ्चालनको लहर नै चल्यो । |
चैत्र १३, २०७९ |
बाघ पछ्याउँदै क्यामराको ताँती |
मनोज पौडेल , कमल पन्थी |
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा बिहान ८ नबज्दै बर्दिया निकुञ्जभित्र प्रवेश गरिसक्छन् । स्थानीय प्रथप्रदर्शक लिएर ल्यान्डरोभर गाडीमा निस्कने उनी निकुञ्जभित्र बाघ देखा पर्ने ठाउँ आसपास निकै समय बिताउँछन् । दिनभर बाघ हेर्ने ठाउँमा बसेपछि साँझ उत्साहित हुँदै फर्कन्छन् । |
युवा नै ब्लड बैंक |
प्रशान्त माली |
बागबजारका परभस जः आचाजुलाई आफू नियमित रक्तदाता भएकामा गर्व छ । ३० वर्षका उनले हालसम्म ४७ पटक रक्तदान गरिसकेका छन् । ‘अन कल’ मा मात्रै २५ जनालाई फ्रेस ब्लड दिइसकेका छन् । १८ वर्ष लाग्दा रक्तदान गरेर जन्मदिन मनाएका उनले त्यसपछिका जन्मदिन यसैगरी मनाउँदै आएका छन् । रक्तदान गर्ने योग्य उमेर १८ देखि ६५ वर्षलाई मानिन्छ । उनले... |
चैत्र ११, २०७९ |
बन्चरेडाँडामा फेरि बल्झियो 'काठमाडौंको दुर्गन्ध' |
कृष्ण थापा |
वर्षायाम सुरु हुनै लाग्दा नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेट ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दाहरू चिन्तित देखिएका छन् । लिचेट भरिएर लेदोयुक्त पानी कोल्पुखोलामा मिसिनसक्ने भन्दै स्थानीयहरूले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् । |
चैत्र १०, २०७९ |
गायनमा जमेका दाजुभाइ |
नारायण खड्का |
सामाजिक सञ्जालका कारण अहिले संगीतमा एकाएक सफल हुनु सामान्यजस्तो लागे पनि वर्षौंसम्म नेपालीको मनमुटुमा रहनु भने चानचुने कुरा होइन । त्यसमा पनि आफ्नै सहोदर दाजुभाइ भएपछि झेल्नुपर्ने आरोप त कति कति । |
चैत्र ८, २०७९ |
ज्यान जोखिममा राखेर दर्जन सन्तान |
मेनुका ढुंगाना |
कुल साक्षरता दर ६३.५ प्रतिशत सुदूरपश्चिमका ग्रामीण भेगमा अहिले पनि दर्जनौं सन्तान जन्माएका आमाहरू बग्रेल्ती भेटिन्छन् । ती आमाहरूको संघर्षपूर्ण प्रसूति यात्रा र त्यसक्रममा उनीहरूले भोगेको स्वास्थ्य जटिलताको कथा सुन्दा कस्तो भयावह समयबाट आमाहरू गुज्रिएका रहेछन् भन्ने थाहा हुन्छ । |
चैत्र ७, २०७९ |
इन्टेरियर डिजाइनमा सिर्जनात्मक क्षमता |
प्रकृति दाहाल |
कक्षा १२ सम्मको अध्ययन सकेपछि काठमाडौंकी सन्दीपा तामाङले इन्टेरियर डिजाइनिङ पढ्ने निर्णय लिइन् । त्यसमा उनका केही साथीहरूले पनि रुचि देखाए । |
चैत्र ६, २०७९ |
बसाइँ आएका ३४ परिवारलाई नगद ५ लाखसहित स्वागत |
चन्द्र कार्की |
छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आएका ३४ परिवारलाई ५ लाख रुपैयाँ नगद दिएर गाउँपालिकामा स्वागत गरेको छ । बसाइँ सरेर आएका परिवारलाई व्यवसायिक प्रस्तावनाका आधारमा गाउँपालिकाले नगदसहित स्वागत गरेको हो । |
चैत्र ५, २०७९ |
फैलिँदै ‘थ्रिफ्ट कल्चर’ |
बुनु थारु |
कक्षा १२ मा अध्ययनरत इच्छा लिम्बू र आज्ञा राई फुर्सद मिल्नेबित्तिकै माइतीघरमा रहेको ‘अफोर्डएबल थ्रिफ्ट स्टोर’ पुग्छन् । मन पर्ने लुगा सस्तोमा पाइने भएकाले पनि उनीहरू थ्रिफ्ट स्टोरमा बारम्बार गइरहन्छन् । पछिलो पटक इच्छाले आफूलाई सुहाउँदो लेहेंगा किनिन् । |
विद्यार्थीले बनाए काठमा बुट्टा भर्ने मेसिन |
अनिश भट्टराई |
अल्बर्ट आइन्सटाइनको दिमाग संग्रहालयमा राखिएको थाहा पाएपछि पोखराका अभिनाश अधिकारी (२०) अचम्ममा परे । यसले उनलाई अचम्मितमात्र नभई, जिज्ञासु पनि बनायो । अनि, आइन्सटाइनबारे पढ्न र खोज्न थाले । जन्मिएको ३ महिनामै औषधिको ओभरडोजका कारण उनको खुट्टा नचल्ने भएको थियो । |
चैत्र ४, २०७९ |
हम न रहब माटिके घरमे |
सन्तोष सिंह |
हम न रहब सैंया माटिके घरमे, पक्का पिठवाइ दा बलमुवा... (म बस्दिनँ प्रिय माटोको घरमा, पक्की घर बनाइदेऊ मायालु) |
चैत्र ३, २०७९ |
गोरुबजारको फुसको छाप्रो, जहाँबाट रामसहाय राजनीतिमा लागे, चम्पादेवी गाईगोठतिर |
लक्ष्मी साह |
काठमाडौंमा उपराष्ट्रपति निर्वाचनका लागि मतगणना भइरहँदा नवनिर्वाचित उपराष्ट्रपतिपत्नी चम्पादेवी कलैया ५ गोरुबजारस्थित आफ्नै घरगोठमा व्यस्त थिइन् । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचन हुँदै गर्दा भने उनी गाईबस्तुलाई घाँस खुवाउँदै र घरायसी काम गर्दै थिइन् । |
बादशाह वात्स्यायन |
दीपक परियार |
पञ्चायतको जगजगी थियो । राष्ट्रवादी विद्यार्थी मण्डलले पञ्चायतविरोधीलाई देखिसहँदैनथ्यो । त्यतिबेला कांग्रेसको मुखपत्र ‘राष्ट्रपुकार’ साप्ताहिकमा कार्टुन बनाउँथे, दुर्गा बराल । पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षक थिए उनी । |
चैत्र २, २०७९ |
नेपाल चिनाउने फिल्मकर्मी |
रीना मोक्तान |
व्यावसायिक फिल्म क्षेत्रले निर्मातालाई कसरी व्याख्या गर्छ ? पैसा लगानी गर्ने लगानीकर्ताका रूपमा । कुनै बेला निर्माताको परिचयभित्र ‘मुर्गा’ शब्द निकै चल्थ्यो । तर, के निर्माताको अर्थ पैसा लगानी गर्ने मात्र हुन्छ त ? अथवा मुर्गा बनेर पैसा डुबाइरहनु नै वास्तविक परिचय हो ? |
चैत्र १, २०७९ |
‘पेट लभर्स’ |
बुनु थारु |
ललितपुर पाटनकी २७ वर्षीया प्रभा श्रेष्ठले घरको मूल ढोकामै लेखेकी छन्, ‘इफ यु आर नट डग लभर, यु आर नट वेलकम टु आवर हाउस’ अर्थात् यदि तपाईं कुकुरलाई प्रेम गर्नु हुन्न भने हाम्रो घरमा स्वागत छैन । |
समाज फेर्न जुटेका अभियन्ता |
रूपा गहतराज |
नेपालगन्ज उपमहानगरपालिका–३, एक्लैनीकी साहिदा बानो अभियन्ता हुन् । मुस्लिम समुदायकी बानो परिवारबाट विद्रोह गरेर सामाजिक अभियानमा जोडिएपछि अंश पाउनै आफन्तसँग संघर्ष गर्नुपर्यो । |
फाल्गुन २९, २०७९ |
'कोसेली घर'मा मासदेखि गिठ्ठाभ्याकुरसम्म |
सम्झना रसाइली |
मासदेखि गिठ्ठाभ्याकुरसम्म सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउने लक्ष्यका साथ कोसेली घर सञ्चालनमा ल्याइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज तथा उद्यमीहरुको उत्पादित वस्तु सुपथ मूल्य र सहज रुपमा बिक्रीका लागि व्यास नगरपालिका–२ दमौलीमा व्यास कोसेली घर सञ्चालनमा ल्याइएको हो । |
ट्याटु मोह |
सुजाता मुखिया |
सरसर्ती हेर्दा युवा लहड जस्तो लाग्छ, ट्याटु । रहरै–रहरमा युवायुवतीले आफ्ना पाखुरा, गर्दन वा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने गर्छन् । तर, यस्ता ट्याटुको पछाडि निकै रोचक किस्सा र मर्म जोडिएका छन् । |
फाल्गुन २६, २०७९ |
फेसन दुनियाँमा आयुषीका पाइला |
सन्जु पौडेल |
रूपन्देहीको सिद्धार्थनगर–७, आभा रोडमा पुगेपछि फेसन पारखी जो कोहीको नजर जडान बुटिकतिर सोझिन्छ । २७ वर्षीया आयुषी अग्रवालले यो बुटिकलाई धेरैको नजरमाझ पुर्याएकी मात्रै छैनन्, उद्यमशीलताको बाटोमा हिँड्ने आँट गरे सफल भइन्छ भन्ने सन्देश पनि दिएकी छन् । |
फाल्गुन २५, २०७९ |
६४ वर्षपछि पुनर्मिलन |
रमेशचन्द्र अधिकारी |
पिठ्यूँमा झोला भिरेका वृद्ध आँगनको डिलमा पुग्दा घरभेटीले कुनै बटुवा बाटो भुलेर पुगेको मात्र अनुमान गरे । सोधीखोजीका क्रममा आफू सोही घरको सदस्य भएको बताएपछि परिवारका सबै अचम्मित भए । फर्की आउलान् भन्ने त परै जाओस्, आफन्तजनले माया मारिसकेका थिए । |
फाल्गुन २४, २०७९ |
उकालो उक्लँदै किशोरीहरू |
अनिश तिवारी |
घर छेउबाटै बग्ने मेलम्चीको बगरसँगै साइनो जोड्दै हुर्किइन् मेलम्ची–११ बाहुनेपाटीकी २३ वर्षीया कृतिका माझी । उनलाई लाग्थ्यो– ‘माझीका लागि बगर नै जिन्दगी हो ।’ माझी पृष्ठभूमि भएकाले उनले सानैदेखि सिकेका कुरा पनि दुइटा मात्रै थिए– माछा मारेर बेच्ने र खेतीपाती । |
केयरगिभर : पहिलो पुस्ता |
पर्वत पोर्तेल |
सन् २००२ मा पहिलो पटक इजरायल उड्ने बेला झापा बिर्तामोडकी झुमा उप्रेती ३३ वर्षकी थिइन् । पोखराकी संगीता सापकोटा र काठमाडौंकी कल्पना गुरुङसँग केयरगिभरमा इजरायल पुग्ने झुमा पहिलो पुस्ताकी नेपाली कामदार महिला हुन् । ‘बकाइदा अन्तर्वार्ता पास गरेर इजरायल गएकी थिएँ,’ झुमाले २१ वर्षअघिको यात्रा सम्झना गरिन्, ‘इजरायलमा साढे ८ व... |
फाल्गुन १९, २०७९ |
पम्प ट्र्याकमा किशोरकिशोरी |
लिला श्रेष्ठ |
साइकलप्रेमी एञ्जिला महर्जन कजेलबाट घर फर्किनेबित्तिकै साइकल लिएर कुपण्डोलस्थित वाग्मती नदी किनारको ‘पम्प ट्र्याक’ पुग्छिन् । ललितपुर महानगरपालिकाले साइकल राइडरलाई प्रोत्साहित गर्नका लागि ‘साइकल लेन’ छुट्याइदिएपछि उत्साहित भएकी एञ्जिला ‘पम्प ट्र्याक’ खुलेपछि त झन् खुसीले दंग परेको बताउँछिन् । |
फाल्गुन १८, २०७९ |
गोपाल योञ्जनका तीन नातिनी |
रीना मोक्तान |
धेरैलाई लाग्न सक्छ, गोपाल योञ्जनकी नातिनी हुन्, त्यसैले आफ्ना हजुरबुबाका गीत गाउँदै पुनः बजारमा ल्याउने छुट छ नवश्रीलाई । तर, वास्तविकता भने फरक छ । खासमा सजिलै हजुरबुबाका गीत गाउन र रेकर्डिङ गर्ने सहुलियत छैन उनलाई । गोपाल योञ्जन राष्ट्रको सम्पत्ति हुन् भन्ने उनले बुझेकी छन् । |
फाल्गुन १६, २०७९ |
विद्रोही सुरक्षा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.