text stringlengths 2 914 |
|---|
आज सुप्रिम सहकारी ठगीको थप अभियोजन जिल्ला अदालतमा दर्ता, हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमादेखि इजरायल र हमासबीच युद्धविरामको सहमतिलगायतका समाचार चर्चामा रहे । |
ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : ट्राफिक प्रहरी प्रमुख घिमिरे |
कान्तिपुर संवाददाता |
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बतामएका छन् । |
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । |
सुप्रिम सहकारी ठगी प्रकरण : रकम अपचलनको थप अभियोजन जिल्ला अदालतमा दर्ता |
घनश्याम गौतम |
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ । पूरक अभियोजन समय अभावका कारण शुक्रबार दर्ता हुने भएको हो । |
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रुप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे । |
लन्डन-काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह |
कान्तिपुर संवाददाता |
बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समिति अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् । |
सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् । |
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । |
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : अध्यक्ष दाहाल |
रासस |
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन् । |
मन्त्रीहरूलाई कांग्रेसको निर्देशन : ‘पाँच दिन मन्त्रालयको काम गर्नू, दुई दिन जनताका गुनासो सुन्नू’ |
कान्तिपुर संवाददाता |
संसदीय दल केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीबाट मन्त्री बनेकाहरूलाई ५ दिन मन्त्रालयको काम गर्न बाँकी २ दिन जनताको गुनासो सुन्न निर्देशन दिएको छ । |
गृहमन्त्री लेखक भन्छन् : कांग्रेस-एमालेबीच कुनै समस्या र अप्ठ्यारा छैनन् |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । |
नेविसंघले रजिस्ट्रार र रेक्टरलाई बर्खास्त गर्न धम्की दिएपछि कार्यालय आएनन् त्रिविका उपकूलपति |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राध्यापक केशरजंग बराललाई कार्यालय आउन अवरोध गरेको छ । आफ्ना मान्छेलाई त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा प्रमुख नियुक्त नगरिएपछि नेविसंघले त्रिविका उपकूलपति, रजिस्ट्रार र रेक्टरको विरोध गरेको हो । |
सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविसँग ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै |
घनश्याम गौतम |
इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । |
बेलायतका पूर्वविदेशमन्त्रीसँग कांग्रेस नेता कोइरालाको भेटघाट |
कान्तिपुर संवाददाता |
बेलायत भ्रमणमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् । |
न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु |
कान्तिपुर संवाददाता |
न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्कामाथि संसदीय सुनुवाइ प्रारम्भ गरेको हो । |
लेखक एवं पत्रकार श्रीधर खनालको निधन |
कान्तिपुर संवाददाता |
लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ ।‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेखेका उनी २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय थिए । |
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । |
आजको मौसम : देशभर आंशिक बदली |
कान्तिपुर संवाददाता |
पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । |
सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी |
गंगा बीसी |
सरकारबाहिर रहेका राजनीतिक दलहरूले संसद्को हिउँदे अधिवेशन सरकारले तत्काल नबोलाए सडक संघर्ष गर्ने उद्घोष गरेका छन् । उनीहरूले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध पनि गरेका छन् । |
साइबेरियासम्मबाट आए ३४ प्रजातिका पानीचरा |
रमेशकुमार पौडेल |
सदरमुकाम भरतपुरदेखि २० किमि पश्चिममा छ दिव्यनगर । भरतपुर–मेघौली सडकदेखि केही तल धानखेती हुने फाँट छ । यही फाँटमा चिसो छल्न साइबेरियादेखि उडेर हजारौं पानीचरा आइपुग्छन् । केही पानीचरा सगरमाथाभन्दा पनि माथिबाट उडेर आउँदै यहाँ रोकिन्छन् । |
माघ २, २०८१ |
ओली–दाहाल : सत्तामा हुँदा अनुदार, प्रतिपक्षमा पुगेपछि उदार |
गंगा बीसी |
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमा एउटा समानता देखिन्छ, त्यो हो– सत्ता वा शक्तिमा भएका बेला अनुदार बन्ने र प्रतिपक्षमा रहँदा उदार शैलीमा प्रस्तुत हुने । स्वार्थअनुकूल अपनाउने यस्तो कार्यशैलीका कारण दुवै नेता अहिले आलोचित हुँदै गएका छन् । |
लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् । |
समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने |
कान्तिपुर संवाददाता |
समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ । |
धरौटीमा रिहा भएपछि रवि लामिछानेले भने : यो देशमा न्याय मरेको छैन |
कान्तिपुर संवाददाता |
रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज रवि लामिछाने धरौटीमा रिहा, गोर्खा मिडियामा लगानी गर्न भनी लामिछानेले निवेदन दिएको देखिएको अदालतको भनाइ, सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने तयारीमा विपक्षी दलहरूदेखि गाजामा आक्रमण हुँदा २४ जनाको मृत्युसम्मका खबर चर्चामा रहे । |
रवि लामिछाने धरौटीमा रिहा |
कान्तिपुर संवाददाता |
सहकारी ठगी लगायतका मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । |
सरकार कसैको पार्टी जोड्ने र फुटाउने काममा लाग्दैन : प्रधानमन्त्री ओली |
ऋषिराम पौड्याल |
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कसैको पार्टी फुटाउने र जोड्ने काममा नलाग्ने बताएका छन् । |
राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । |
गोर्खा मिडियामा लगानी गर्न भनी लामिछानेले निवेदन दिएको देखियो : अदालत |
कान्तिपुर संवाददाता |
गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयर खरिद गर्न निवेदन दिएको देखिएको जिल्ला अदालत काठमाडौंको आदेशमा उल्लेख छ । |
काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ? |
कान्तिपुर संवाददाता |
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको पनि होइन ।’ |
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन् । |
त्रिपाठीमाथि हातपात गर्ने कार्यमा रास्वपाका कुनै सदस्यको संलग्नता भेटिए कारबाही हुन्छ : झा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने कार्यमा आफ्नो दलका कुनै सदस्यको संलग्नता भेटिए कारबाही गर्ने जनाएको छ । |
रवि लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश |
कान्तिपुर संवाददाता |
काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ । |
अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.