text stringlengths 2 914 |
|---|
टीकाप्रसाद भट्ट |
नागदहकी ७६ वर्षीया मोतिमाया तामाङलाई मंसिरे कठ्यांग्रिदो जाडोको पर्वाह छैन । गाउँमा एक्लै बसोबास गर्दै आएकी यी वृद्धाको चासो यति मात्र छ, कोदो टिप्ने, नल काट्ने र बाँझो जमिन जोत्ने । |
कार्तिक ३०, २०७९ |
जलवायु संकटका कथा सुनाउन व्यस्त नेपाली युवा |
अब्दुल्लाह मियाँ |
राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट सहभागी युवा जलवायु अभियान्ता श्रेया केसी यतिबेला कोपभित्रका विभिन्न ‘साइड इभेन्ट्स’ मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या विश्वका अरु युवालाई सुनाउन व्यस्त छिन् । |
कार्तिक २९, २०७९ |
द्वन्द्वको घाउ : पीडितलाई मात्रै दुख्छ, नेतालाई दुख्दैन |
दुर्गालाल केसी |
कृष्णराज योगी टाउकामा गोली बोकेर हिँड्न थालेको १९ वर्ष भयो । सशस्त्र द्वन्द्वले दिएको यो डरलाग्दो घाउ बोकेर उनी कहिले बर्दिया घरमा त कहिले ससुराली दाङमा आउजाउ गर्छन् । २०६० असोज ४ गते बर्दियाको ढोडरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाइरहेका बेला तत्कालीन विद्रोही माओवादीले उनलाई नियन्त्रणमा लिए । एक सय मिटर ट... |
कार्तिक १४, २०७९ |
‘कसले जोगाइदेला ढुंगाखानी ?’ |
केदार शिवाकोटी |
जिल्लाको दुर्गम आलम्पूका ५० वर्षीय मकर थामी पुर्ख्यौली पेसा ढुङ्गाखानीबाट आफ्नो घर व्यवहार धानिरहेका छन् । बिगु गाउँपालिका- ६ आलम्पूको परिचय भनेको यहाँको ढुङ्गाखानी हो । यहाँ घरमा छाउने छानाका रुपमा निकालिने ढुङ्गाले जिल्लामात्रै होइन‚ बाहिर पनि ख्याति कमाएको छ । |
कार्तिक १३, २०७९ |
संगीत मेरो लागि ध्यानको माध्यम हो : दीपकप्रसाद दाहाल |
बुनु थारु |
५६ वर्षीय औषधि व्यवसायी दीपकप्रसाद दाहाल संगीतमा पनि रुची राख्छन् । नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका दाहाल संगीतलाई ध्यानको एक माध्यम मान्छन् । |
कार्तिक १०, २०७९ |
हराउँदै ‘सोरठी नाच’ |
डम्मर बुढा मगर |
बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो - ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । |
कार्तिक ८, २०७९ |
'महापुरुष' हरिवंशको मात्र कथा होइन |
रीना मोक्तान |
धेरैलाई थाहा नहुन सक्छ, निर्देशक प्रदीप भट्टराई 'मह जोडी'को स्कुलिङबाट हुर्केका हुन् । महकै टेलिश्रृंखलामा 'असिस्ट' गर्दै लेखन र निर्देशनमा प्रदीपले आफूलाई निखारे । पछिल्लो समय 'मह सञ्चार'को अभिन्न व्यक्ति नै बनेका छन्, प्रदीप । महको विरासतलाई जोगाइरहेको श्रेय उनलाई नै जाने गरेको छ । त्यसैले होला हरिवंश भन्ने गर्छन्,'म... |
कार्तिक ६, २०७९ |
अन्तर्राष्ट्रिय क्रिकेटर छोरी हुर्काउने आमाहरू |
पर्वत पोर्तेल |
मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ आफ्नो ठाउँको परिचय दिनुपर्दा गर्वसाथ भन्छन्– ‘६ जना अन्तर्राष्ट्रिय महिला क्रिकेटर जन्माउने वडा ।’ यति भनिसेकपछि उनी हिसाब गरेको शैलीमा थप्छन्, ‘अन्तर्राष्ट्रिय नेपाली क्रिकेट टिमको आधा हिस्सा त हाम्रै वडाले पो ओगट्ने रै’छ ।’ |
कार्तिक ५, २०७९ |
'लेखकलाई आर्थिक चाप छ, तैपनि उनीहरू फिल्ममा काम गरिरहेका छन्' [भिडियो] |
रीना मोक्तान |
जीवनको एउटा मोडमा अभिमन्यु निरवीलाई प्रेमिकाले भनेकी थिइन्,'बिहे गर्नुअघि थर चाहिँ परिवर्तन गर ल ! उनी, कथित ठूलो जातकी । प्रस्ताव स्वीकार्य भएन, अन्तरजातीय प्रेममा पूर्णविराम लाग्यो । अहिले आफूलाई बुझ्ने र विचार मिल्ने जीवनसाथीसँग खुसी छन्, अभिमन्यु । तर त्यही 'थर'को प्रसंग जोडेर अभिमन्यु फिल्म लेख्दैछन्, शीर्षक भने अ... |
आश्विन २९, २०७९ |
'निर्माताले पैसा दिएन हात जोड्नुपर्यो, कलाकारलाई हजुर भन्नुपर्यो, सबैलाई मिलाउन गाह्रो' [भिडियो] |
रीना मोक्तान |
फिल्मको कस्ट्युम भएन, उनै दौडनुपर्छ । सेटमा आवश्यक सामाग्री पुगेन ल्याउने जिम्मा उनकै । फिल्ममा प्रहरीको भ्यान देखाउनु पर्यो, भ्यान व्यवस्थापनमा खटिहाल्नुपर्छ । भनेको कुरा समयमै नहुँदा कलाकार उनैलाई भन्छन्, 'खोइ त मैले भनेको कुरा ?', समयमा कलाकार सेटमा नआइदिए निर्देशकले प्रश्न गर्छ,'खोइ त कलाकार ?' । फिल्मको खर्च बढ्द... |
आश्विन २५, २०७९ |
बेवारिस बडिमालिका : फूल, जडिबुटी र वन्यजन्तु लोप हुँदै |
वसन्तप्रताप सिंह |
बाजुराको बूढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ २७ वर्षअघि २०५२ सालमा पहिलोपटक बडिमालिका पुगेका थिए । त्यहाँको अलौकिक दृश्य देखेर उनी यसरी रोमाञ्चित भएका थिए कि त्यो सम्झना अझै उनको मनमा गाढा भएर बसेको छ । |
आश्विन २१, २०७९ |
बेइजिङको लामा टेम्पलमा नेपाली चिनो |
लक्ष्मी लम्साल |
गत अगस्ट मध्यतिर नेपाली दूतावासका कर्मचारी गोविन्द भट्टराई सपरिवार एउटा पर्यटकीय गन्तव्यतिर जाँदै थिए। नेपालबाट आएका आफ्ना परिवारका सदस्यहरूलाई लिएर निस्केका उनलाई तत्कालै फोन गरेर मैले केही फोटो र भिडियोका लागि अनुरोध गरेँ। |
आश्विन १९, २०७९ |
साहुखर्कका खीर बाजे |
डीआर पन्त |
४६ वर्षयता निरन्तर खीर बेचिरहेका खीर बाजे साहुखर्कको परिवर्तनको साक्षीमात्रै होइनन्; आफ्नै गाउँ ठाउँमा निरन्तर मेहनतले सफलता चुमेका प्रतिनिधि पात्र पनि हुन् । |
द्वन्द्वपीडितको वेदना : 'चाडपर्वमा आफन्तको सम्झनाले झनै सताउँछ' |
रुपा गहतराज |
चौध वर्षको उमेरमा विवाह गरेकी बैजनाथ गाउँपालिका ४ की ५६ वर्षीया पवित्रा सुनारका पति सशस्त्र द्वन्द्वको समयमा मारिए । त्यति बेला उनी चियानास्ताको होटल चलाउँथिन् । पति टाँगा चलाउँथे । |
आश्विन १८, २०७९ |
४५ वर्षदेखि निरन्तर सार्वजनिक बहस |
प्रकाश बराल |
जनआन्दोलन २०६२ को लहर चल्दा सडकबाटै उनी नागरिक समाजको संयोजक बने । सबै राजनीतिक दलका नेता र कार्यकर्ताले अधिवक्ता काजी गाउँले श्रेष्ठलाई नागरिक समाजको अगुवा मान्न तयार भए । |
आश्विन १५, २०७९ |
‘कथा वाचनमा पार्श्वसंगीतको भूमिका ठूलो हुन्छ’ [भिडियो] |
रीना मोक्तान |
'मैले खोजेको यस्तै गीत हो,' निर्देशक छेतेन गुरुङले 'हर युग होस्' को डमी सुन्नेबित्तिकै दिएको प्रतिक्रिया संगीतकार एलिस कार्कीले बिर्सेका छैनन् । बिर्सुन् पनि कसरी? आफूले संगीत भरेको गीतले निर्देशकको आँखा रसाएको साक्षी जो बन्न पाएका थिए । |
आश्विन १४, २०७९ |
बटौली जब बुटवल बन्यो |
घनश्याम गौतम |
सीताराम गौतम बुटवलको कायाकल्प सम्झेरै मात्रै पनि अचम्म मान्छन् । उतिबेलाको बटौली भनिने सानो गाउँमा १९९६ सालमा जन्मेका सीतारामको जीवनकालमै बटौली फेरिएर बुटवलभित्र समाहित भयो । पहाडबाट आउने घिउ, अदुवा, बेसार, जडीबुटी, तरुल, सखरखण्ड, कोदो, मकैसहित गाँजा र चरेसको खरिदबिक्री हुने बटौलीको दुई चोक हेर्दाहेर्दै व्यस्त सहरभित्र... |
आश्विन १३, २०७९ |
मदिरासँग चित्रको नाता |
सजना बराल |
मदिराको बोतलमा चित्रकला बनाउने चलन हामीकहाँ त्यति छैन । यसलाई कतिपय कलाकारले त्यति सकारात्मक दृष्टिले हेर्दैनन् पनि । अशुद्ध झैं मान्छन् । तर, हालै कलाकार छिरिङ शेर्पाले नेपाली ब्रान्ड ८८४८ भोड्काको नयाँ उत्पादनका लागि ‘माउन्टेन स्पिरिट’ थिममा चित्र बनाए । राय भोड्काका ३० हजार बोतलमा त्यो चित्र छापिएर आएको छ । कलाकार श... |
आश्विन ९, २०७९ |
‘बिरामीलाई समय दिँदा आफ्नो स्वास्थ्यको ख्याल गरेको रहेनछु’ |
बुनु थारु |
डा. अनन्त श्रेष्ठलाई बिरामीको सेवामा लागिरहँदा आफू अस्वस्थ्य हुँदै गएको पत्तै भएन । ३५ वर्षको उमेरमा उनले नियमित रगत परीक्षण गर्दा कोलोस्ट्रल एकदमै उच्च र तौल पनि बढेको देखियो । तौल थियो ८० केजी । उनी एकछिन दौँडिदा पनि स्याँ-स्याँ हुने र छोरासित राम्ररी फुटबल पनि खेल्न सक्दैनथे । |
आश्विन ८, २०७९ |
'फिल्म सम्पादन पनि कला हो' [भिडियो] |
रीना मोक्तान |
'च्यालेन्ज' भन्ने फिल्ममा पहिलो पटक दीर्घ खड्काले सम्पादनको जिम्मा पाएका थिए । एक वर्ष लगाएर खुबै मिहेनतले फिल्मको काँटछाँट गरे । सम्पादनमा हात बसाउन गज्जबको अभ्यास भयो । तर, सबै काँटछाँटपछि फिल्म प्रदर्शनको टुङ्गो लागेन । त्यसैबीच फिल्मका निर्देशक श्याम भट्टराई विदेश लागे, अभिनेता पनि विदेशिए । डेब्यू फिल्म नै डब्बा !... |
धरान : लाहुरेको सहर |
प्रदीप मेन्याङ्बो |
ब्रिटिस गोर्खा रेजिमेन्टमा ३८ वर्ष राइफल बोकेर विभिन्न युद्धमा परेर पनि बाँचेका झप्तमान पारघरी खजुम लिम्बू धरानका एक्ला गोर्खा मेजर हुन् । ८७ वर्ष पुगेका उनी ०१० सालमा भर्ती भएका थिए । त्यस बेला धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भइसकेको थिएन । |
आश्विन ५, २०७९ |
सेवामा पुरुष नर्स |
बुनु थारु |
नर्स भन्नेबित्तिकै दिमागमा झट्ट तस्बिर बनिहाल्छ– महिला स्वास्थ्यकर्मीको । तर, नेपालमा समेत पुरुष नर्सको इतिहास लामो छ । उत्पादन भने निराशाजनक । ३६ वर्षअघि २०४३ सालमै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा पुरुष नर्सिङ पढाइ सुरु भएको हो । २०४६ पछि भने पुरुषका लागि नर्सिङ अध्ययन बन्द भयो । |
आश्विन २, २०७९ |
भूकम्पले बनायो साइकलप्रेमी |
बुनु थारु |
२०७२ सालको भूकम्पको प्रकोप । पराकम्प छिनछिनमा गइरहने । यस्तो समयमा पाटन अस्पतालमा काम गर्ने डा. पवन शर्मालाई गाडीमा जाने आँट आएन । साइकल सहज अनि सुरक्षित ठानेर उनी घरमा भएको चढेर अस्पताल हिँडे । बाटोमा पराकम्प आइरहँदा साइकल लडाएर भुइँमा थ्याच्च बसेको उनी सम्झन्छन् । त्यसबेला बाध्यताले साइकल रोजेका उनको आज साइकल प्रिय स... |
आश्विन १, २०७९ |
'प्राविधिक क्षेत्रमा महिलालाई पत्याइँदैन' [भिडियो] |
रीना मोक्तान |
महिला पनि सिनेमाटोग्राफर ? ९ वर्षअघि सबनम मुखियाले फिल्म खिच्दा छायांकन हेर्न आउनेहरू अचम्म मान्दै प्रश्न गर्थे । क्रेन चढेर सट खिचिरहेकी सबनमलाई देखेर उनीहरू दंग पर्थे । त्यतिबेला प्राविधिक क्षेत्रमा महिलाहरूको सहभागिता निकै कम । महिलाहरूलाई प्राविधिक रुपमा कमैले पत्याउँथे । महिलाले पनि फिल्म खिच्न सक्छ र ? भन्ने समयम... |
भाद्र २९, २०७९ |
‘पुनर्जन्म’ पाएका शान्तनु भन्छन्– ‘जीवन सुन्दर रहेछ’ |
बुनु थारु |
शान्तनु शर्मा आफूलाई भाग्यमानी ठान्छन् । भाग्यले साथ नदिँदो हो भने उनी अहिले आफ्नो कथा भन्न सक्ने थिएनन् । फेब्रुअरी २०, २०१६ यो दिन उनी चाहेर पनि भुल्न सक्दैनन् । तर, त्यो दिनलाई वास्ता गर्न भने छाडेका छन् । राति करिब साढे ८ बजेको समय थियो । परिवारका सदस्यहरु किचेनमा खाना खाइरहेका थिए । उनले घरको साढे ३ तलाबाट हाम फाल... |
भाद्र २६, २०७९ |
'बिरामी निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन' |
बुनु थारु |
यही साउनमा ६० लागे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम । अहिले पनि उत्तिकै सक्रिय र फिट छन् । जोश र जाँगरमा कुनै परिवर्तन आएको छैन । इमर्जेन्सीबाहेक दैनिक २ देखि ४ वटा शल्यक्रिया गर्दै आइरहेका छन् । सरकारी सेवामा २७ वर्ष बिताएका उनले यही वर्ष अवकासप्राप्त गरे र हाल फुलटाइम चिकित्सा पेसामा आबद्ध छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.