text
stringlengths
2
914
कान्तिपुर संवाददाता
सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य अभिनय रहेको फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गते रिलिज हुँदै छ ।
फाल्गुन ३, २०७९
‘अनरेकर्डेड’ खिमबहादुर
अनिश भट्टराई
पोखरा–१६ बाटुलेचौर पछाडिको पाखो तल काली खोला बगिरहेको छ । खोलाको दाहिनेपट्टि खिमबहादुर गन्धर्व (८८) को बह बग्छ । माथि उत्तिस घारी छ । सालका रूखका झोंकामा उनी आफ्ना स्वर मिसाउँछन् । आफैंले लेखेको तर रेकर्ड नभएको गीत सुनाउँछन्– ‘गन्धर्व दाइ दुःखको भारीमा, जीवन बित्यो उत्तिसै घारीमा...।’
फाल्गुन २, २०७९
माया दर्शाउन उपहार
बुनु थारु
दुई वर्षयता प्रेम सम्बन्धमा छिन्, टीना शाही । भ्यालेन्टाइन सप्ताहका सातै दिन उनका लागि विशेष दिन हुन् । उनी आफ्नो गच्छेले भ्याएअनुसारको गिफ्ट किनेर प्रेमीलाई दिने गर्छिन् । यो पालि उनले कम्बो गिफ्ट मगाएकी छन्, जसमा विभिन्न गिफ्ट एकै बक्समा छन् । २३ वर्षीया टीना भन्छिन्, ‘उसलाई मनपर्ने चीजहरू मात्र समेटेर गिफ्ट तयार पार...
प्रेमिल बन्यो पोखरा
अनिश भट्टराई
झिलिमिली सडक, संगीतका सुमधुर धुन । उत्साहजनक भीड । कोही गुलाब बेच्न त कोही हातमा गुलाब लिएर मन्द मुस्कानसाथ हिँडिरहेका जोडी । अस्ताउँदो घामले फेवातालमा बिछ्याएको पहेंलो च्यादरलाई पृष्ठभूमिमा पारी अँगालिएर फोटो खिचिरहेका प्रेमीप्रेमिका ।
माघ २६, २०७९
ध्यानमग्न तन्नेरी
मधु शाही
हातमा स्मार्ट फोन लिएर पब्जी खेलेरै दिनरात बिताउँथे, गुल्मीका सुमन भण्डारी । उनको साथी भनेकै मोबाइल थियो । पब्जीबिनाको दिन उनी सोच्न पनि सक्दैन थिए । दिनरात मोबाइलमा झुन्डिने सुमनलाई थाहा थियो, आफू डिजिटल लतमा फस्दै छु भन्ने । बानी हटाउन भने सकेका थिएनन् । कोरोनाको महामारीसँगै सुमनको जीवनले रूप फेर्‍यो ।
माघ २४, २०७९
बबइमा पानी छ, छेउकै खेतमा हुँदैन सिञ्चाइ
विप्लव महर्जन
कालिमाटी गाउँपालिका ७ काप्रेचौरको घुइयाबारीका ५५ वर्षीय भोलाप्रसाद बुढाको घर नजिकैबाट बबइ नदी बगिरहेको छ । बबइ नदीको ५० मिटर दूरीमा उनको २ बिघा खेत छ । खेत नजिकै भएर नदी बगिरहे पनि उनले अहिलेसम्म खेतमा सिञ्चाइ गर्न भने पाएका छैनन् ।
माघ २३, २०७९
उत्तरी गोरखामा 'मकैको बिहे'
हरिराम उप्रेती
मकै छर्ने मौसम सुरु भएसँगै धार्चे गाउँपालिका–४ लाप्राकमा 'मकैको बिहे' गरिएको छ । सोमबार धार्चे गाउँपालिका–४ लाप्राकमा धुमधामसाथ 'मकैको बिहे' गरिएको हो ।
माया मौलिक पहिरनको
प्रशान्त माली
ललितपुर ठेचोकी ६३ वर्षीया कान्छी महर्जन र ५५ वर्षीया रामदेवी महर्जनले हुर्केदेखि नै तानमा बुनेको कपडा लगाउँदै आएका छन् । उनीहरूले आयातित कपडा कहिल्यै लगाएनन् । १६ वर्षको उमेरमा तान चलाउन सिकेका दुवैले बिहेपछि श्रीमान्को घरमा पनि त्यसैलाई निरन्तरता दिए । अहिले तानबाट बुनेकै कपडा लगाउँछन् ।
माघ १६, २०७९
पुरुष ‘क्याबिन क्रु’
सीमा तामाङ
स्नातकसम्मको अध्ययन पूरा गरेपछि विदेश जान तम्तयार भइसकेका थिए काठमाडौंका नवीनराज केसी । परदेशमा भासिइहाल्न उनलाई खासै मन थिएन, तर पारिवारिक तथा आर्थिक कारणले भने दबाबमा परेका थिए उनी । देशभित्र टिकिरहन उनलाई चाहिएको थियो कुनै बहाना । चाहे त्यो रोजगारी होस् वा कुनै व्यवसाय ।
माघ ११, २०७९
रहनसहन बदल्दै राउटे
तृप्ति शाही
दशकअघिसम्म पनि राउटे जाति ‘पैसा छुँदा पाप लाग्ने’ ठान्थे । जंगलका फिरन्ता जातिका रूपमा चिनिएका उनीहरू सामूहिक बस्ती बनाएर बस्थे । आफैंले बनाएका काठका भाँडाकुँडाबाट काम चलाउँथे । खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य साटासाट गर्थे । अहिले राउटे समुदायमा यस्तो चलन हराउन थालेको छ । पैसाको मूल्य बुझ्न थालेपछि उनीहरूको जीवन...
माघ ८, २०७९
सकिराको ‘बदला’
हिमेश
जति बेलासम्म सँगै थिए, मिडियाका लागि उनीहरू जत्तिको आदर्श जोडी कुनै थिएनन् । प्रेम सम्बन्ध र नखरा हेरिनसक्नु थियो । कुरा सकिरा, अर्थात् ‘क्विन अफ ल्याटिन म्युजिक’ र स्पेनी फुटबल खेलाडी जेरार्ड पिकेको हो । पिके आफ्नो पुस्ताका सबैभन्दा राम्रा ‘सेन्टर–ब्याक’ मानिन्छन् ।
माघ २, २०७९
रेडपाण्डा खोज्दै विदेशी टोली जुम्लामा
डीबी बुढा
गत मंसिर पहिलो साता फ्रान्सेली नागरिक हेलन अलारी नेतृत्वको टोली रेडपाण्डा अनुसन्धानका लागि जुम्ला पुगेर फर्कियो । अलारी नेतृत्वको तीन जनाको टोलीले रेडपाण्डाको बासस्थान हुनसक्ने जंगलमा पुगेर अनुसन्धान गरेको थियो ।
माघ १, २०७९
किशोरले बनाए ‘इ–स्कुटर’
आश गुरुङ
मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा अध्ययन गर्ने अविनाश गुरुङ १७ वर्ष पुगे । मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशल...
‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’
बुनु थारु
मगराके हाँठ जिनी डिहस बाबा डिन डिन छिटुवा बेचटी डिन जाइ सोलराके हाँठ जिनी डिहस बाबा डिन डिन कुकरा भुक्टी डिन जाइ
पुस ३०, २०७९
इन्द्रजितको मीठो तिर्सना
पर्वत पोर्तेल
के भन्ने हाम्रो समय, दस मोहर महिनाको कमाइ हाम्रो जुगको पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो...
पुस २९, २०७९
राउटे समुदायमा मदिरामुक्त अभियान
ज्योती कटुवाल
अत्यधिक मदिरा सेवनका कारण ३१ वर्षीय कपिल शाहीको मृत्यु भयो । गत हप्ता ४० वर्षीय नारायण शाहीको पनि अधिक मदिरा सेवन गरेकै कारण आगोमा परेर पूरै शरीर जल्यो ।
सिंहदरबारमा आमा कर्मचारी
मधु शाही
कार्यालय जानुअघि सरकारी कर्मचारीको पहिरन लगाएर घरबाट निस्कनुअघि अञ्जली रम्तेल एउटा ठूलो झोला बोक्छिन् । बच्चाका डाइपर, लुगा, खानेकुरा र अन्यका लागि आवश्यक सामग्रीसहितको झोला कार्यालय जान उनका लागि सेतो सर्ट र नीलो रङको पोसाक जस्तै अत्यावश्यक भइसकेको छ । कारण, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारस्थित गृह मन्त्रालयम...
पुस २३, २०७९
बौरिएको बारपाक
जनकराज सापकोटा , हरिराम उप्रेती
पहाडका बीचमा उत्तरतिर लमतन्न फराकिलो फाँट । काला ढुंगाका छानाहरू भएका परम्परागत शैलीका गुजुमुज्ज घर । ढुंगाका छपनीहरूको स–साना गोरेटो । अनि गुरुङ र घलेहरूको परम्परागत संस्कृतिको झल्को । गोरखाको बारपाक भन्नेबित्तिकै धेरैको सम्झनामा यस्तै चित्र आउँथ्यो । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर बारपाकको त्यस्तो चित्र अब सम्झन...
पुस १६, २०७९
पूर्वी पहाडमा जोधाहा वाहन
रमेशचन्द्र अधिकारी
उनी घुम्ती र साँघुरा मोडहरूसँग परिचित छन् । पूर्वका पहाडी जिल्लाहरूका कुनाकाप्चा चहारेका महालक्ष्मी नगरको जितपुरका ३९ वर्षीय भूपाल पौडेलले ल्यान्डरोभर गाडीको स्टेरिङ समाएको डेढ दशक भयो । भीरपहरा, उकालीओराली, लेकबेंसीमा ल्यान्डरोभरभरि यात्रु हालेर कुदाउनु उनको दिनचर्या हो ।
पुस १४, २०७९
अमूल्य सुनाखरी अध्ययन भएन, तस्करी रोकिएन
गोविन्द पोखरेल
गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरू सुनाखरी (अर्किड) प्रजातिबारे चिन्तित देखिन्थे । वनस्पति जगतमा सुनाखरी फूल फुल्नेमा पर्छ । अवैध संकलन तथा व्यापारले यो प्रजातिको वनस्पतिको अस्तित्व नै जोखिममा परेको उनीहरूको भनाइ थियो ।
पुस ११, २०७९
अर्केस्ट्रा धुनलाई पछ्याउँदै
सुशीला तामा‌ङ
चक्रपथ महाराजगन्ज चोकबाट केही दूरीभित्र पसेपछि स्वरसम्राट नारायणगोपाल निवास छ । त्यहाँ पसे सुनिन्छ हार्मोनियम, गायनसँगै धेरै वटा भ्वाइलिन एकसाथ बज्दाको मीठो धुन । त्यही धुनलाई नेतृत्व गरिरहेका हुन्छन् ६२ वर्षीय संगीतकार राजकुमार श्रेष्ठ । सिक्न आउनेहरूसँगै भ्वाइलिनको लयमा अर्केस्ट्राका लागि धुन खोज्नु त उनको दैनिकी नै ...
पुस ७, २०७९
पुनर्जीवन पर्खंदै पुस्तकालय
घनश्याम खड्का
गुजमुज्ज घरहरूले घेरिएको बस्ती । बस्तीका बीचैबीच ‘एल’ आकारको एउटा पुरानो घर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको यो घर ‘अन्नपूर्ण पुस्तकालय’ हो । २०२४ मा स्थानीय हरिलाल सुवेदीले आमा भद्रकलाको नाममा धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरी संकलित नगद र धान बिक्रीबाट प्राप्त रकमले पुस्तक खरिद ल्याएर पुस्तकालय स्थापना गर...
पुस २, २०७९
उदण्ड 'यमगज' : हात्तीसारका ८ ढोइको उठीबास, अझै अशान्त
शंकर आचार्य
पर्सा र आसपासका क्षेत्रमा 'यमगज' नामले चिनिने जिद्धी, उग्र र छुद्र प्रवृत्तिको जंगली हात्तीले पर्सा राष्ट्रिय निकुन्जका ८ वटा पोथी हात्तीको उठीबास गराएको छ ।
मंसिर २९, २०७९
खोमेनीको ताज कति सुरक्षित ?
बुद्धिसागर मरासिनी
‘महिला, जीवन र स्वतन्त्रता ।’ इरानी महिलाहरूले शताब्दीभन्दा लामो समयदेखि समानताका लागि उठाइरहेको यो आवाज अढाई महिनायता भने निकै बुलन्द बनेको छ । कारण, हिजाबसम्बन्धी कानुन पूर्ण रूपमा पालना नगरेको आरोपमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको रहस्यमय मृत्यु ।
मंसिर २५, २०७९
जुम्लामा लोप हुँदै मौलिक माटोका छानाहरू
डीबी बुढा
गाउँमाथि घना जंगल । तल चुखेनी खोला । जंगल र खोलाको बीचमा गडीगाउँ । पातारासी १ मा रहेको गडीगाउँमा माटोको छाना भएका घरहरू निकै आकर्षक र अनौठो देखिन्छन् । टाढाबाट हेर्दा मौरीको घार जस्ता देखिने यो गाउँ नजिकै पुग्दा परम्परागत सीप र शैली झल्कन्छ ।
मंसिर २२, २०७९
विशेष क्षमता भएका बालबालिकालाई सिकाउने ‘चाइल्ड सेन्टर’
बुनु थारु
मूल गेटबाट भित्र छिर्नेबित्तिकै भुइँमा क, ख, ग..गरी नेपाली वर्णमाला लेखिएका छन् । छेउमै छ फिल्मको टिकट टाँसिएको बुथ । ठाउँ–ठाउँमा विभिन्न खेलकुदका सामग्री देखिन्छन् । कक्षाकोठामा उज्यालो खालका रंग लगाइएका छन् भने सबै कोठाहरू अपांगमैत्री देखिन्छन् ।
मंसिर १२, २०७९
युवाहरू नफर्किँदा गाउँमा वृद्धवृद्धालाई गाह्रो