text stringlengths 2 914 |
|---|
रीना मोक्तान |
'पिक्चर लक' भइसकेपछि मात्र साउन्ड डिजाइनर/मिक्सर उत्तम न्यौपाने कहाँ आइपुग्छन्, निर्देशक/निर्माता । त्यतिञ्जेल फिल्मको प्रदर्शन मिति नजिकिसकेको हुन्छ । विदेशतिर बिक्री हुन थालिसकेपछि त फिल्मकर्मीलाई फिल्म सकाउनै हतार । त्यसैले छोटो समयमै उत्तमले ध्वनिको काम सक्नुपर्छ । |
असार २२, २०७९ |
'फिल्मको अनुहार फेरियो, विषयवस्तु कमजोर' |
रीना मोक्तान |
'हामीकहाँ पुरी-तरकारी पाउँदैन ?' रेस्टुरेन्ट छिर्ने बित्तिकै दीपक रौनियार र आशा मगराती नमिठो वचनसँग ठोक्किए । 'तपाइँ इन्डियन होइन ?' फिल्मका लागि क्रु खोज्ने क्रममा धेरैपटक दीपकले यस्तो प्रश्नको सामना गरेका छन् । पहिलोपटक बोल्ने धेरैले सुरुमा दीपकसँग हिन्दी भाषामै बोलिदिन्छन् । |
असार १९, २०७९ |
मानेभन्ज्याङका अन्तिम मुखिया |
कुम्भराज राई |
कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षका भए । उनले बनाएका घरहरू गाउँभरि छन् । तर मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरका कमलसिंलाई गाउँमा अझै मुखिया भनेर चिन्छन् । उनी साबिक मानेभन्ज्याङ गाविस क्षेत्रका अन्तिम मुखिया हुन् । |
असार १७, २०७९ |
इसाराको सहारा |
दीपक परियार |
परिवारका १२ जनामध्ये बोल्न र सुन्न सक्ने भनेका १० वर्षीय अञ्जल उपाध्याय मात्रै हुन् । उनलाई पनि परिवारका अन्य सदस्यको प्रभावले सांकेतिक भाषा प्रयोगमा बानी परिसकेको छ । किनकि अरू ११ जना नै इसाराले कुरा गर्छन् । बुबा, आमा, ३ दाइ, ३ दिदी, एक बहिनी, माइला बुबा र कान्छा बुबामा सुस्तश्रवणको समस्या छ । |
असार १४, २०७९ |
सारंगी सिक्दै युवा |
हरिराम उप्रेती |
बाबुबाजेले बजाएको सारंगीको धुनमा रम्ने निरञ्जन गान्धारी उमेरले ३० वर्ष लाग्दै गर्दा अहिले आफैं सारंगी बजाउन सिक्दै छन् । पालुङटार नगरपालिका–५ मा निरञ्जन सारंगीको धुनसँगै राग सिक्न एक महिना व्यस्त बने । भन्छन्, ‘सानोमा बजाउन सिकिएन, अहिले रहर जाग्यो, अब फुर्सदको समयमा सिकेर पोख्त बन्छु ।’ |
दोहोरियो फिदिमवासीको पानी दुःख |
लक्ष्मी गौतम |
पाँचथरको फिदिम नगरपालिका–१ की पवित्रा काफ्लेको निद्रा नपुगेको महिना दिन भयो । साँझ अबेरसम्म पानीका लागि पालो कुर्नुपर्ने र बिहान ३ बजे पँधेरा नपुगे थाप्नै नपाइने बाध्यताले निदाउनसम्म नपाएको उनी गुनासो गर्छिन् । |
असार ७, २०७९ |
कर्णालीका हिरा |
रीना मोक्तान |
'तपाईंलाई विराटनगरमा सुशीला कोइराला नाटकघर खुल्यो भन्ने थाहा छ ?' हिरा बिजुलीले कुराकानीको सुरुमै प्रश्न गरे । प्रश्नको जवाफ फर्काउन नपाउँदै गम्भिर भावमा उनैले जवाफ दिए, 'हामीले पनि मुगुमा नाटकघर बनाउने लक्ष्य राखेका थियौं । सुशीला कोइराला नाटकघरसँगै देखेको हाम्रो सपना अझै पूरा भइसकेको छैन ।' |
जेष्ठ २६, २०७९ |
शिक्षण अस्पताल सजाउने माली |
बुनु थारु |
यदि तपाई महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ भने मुख्य गेटबाट १ मिनेटको दूरीमा रहेको फूलैफूलले ढाकेको बगैंचा पक्कै पनि याद गर्नुभएको छ होला । बगैंचाको बीचमा एउटा सेतो रंगको सालिक देखिन्छ । हरियो पर्खालले घेरिएको मनमोहक फूल बगैंचा वरपर मानिसहरू बसिरहेका भेटिन्छन् । |
जेष्ठ २५, २०७९ |
त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागको विजोग [भिडियो] |
गोविन्द पोखरेल |
त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी छात्रा सुजता शर्माले यस वर्ष स्नातकोत्तर अध्ययन पूरा गर्दै छिन् । चोथौ सेमेस्टरकी छात्रा शर्माको स्नातकोत्तर अध्ययन कक्षाकोठामा नभएर, सेमिनार हलमा धाउँदै बित्न लागेको छ । |
जेष्ठ २१, २०७९ |
अनि स्वस्तिमालाई 'पुष्पा' भनेर बोलाइयो |
रीना मोक्तान |
'महिला चरित्र चित्रण बहुआयामिक किन देखिँदैन ? प्रमुख भूमिकामै देखिएकी अभिनेत्रीको अभिनय एउटै पर्दामा देखिएका अभिनेताको भन्दा फरक नदेखिनुको कारण के हो ? स्वर परिवर्तन गरेर विपिन कार्की 'भस्मे डन' बने, सौगात मल्ल 'हाकु काले' । के महिला कलाकार अभिनयमा विविधता देखाउन नसक्ने हुन् त ?' |
जेष्ठ १७, २०७९ |
साइकलमा ‘ग्रेट हिमालय ट्रेल’ |
सुशीला तामाङ |
ग्रेट हिमालयन ट्रेल अर्थात् पाकिस्तान, भारत, नेपाल, भुटान र चीनको तिब्बत जोड्ने हिमाली बाटो । हाइ अल्टिट्युडको यात्रा पछ्याउनेहरूका लागि यो साहसिक पदमार्ग मात्र हो । यो कुनै सडक वा गोरेटो रहेको सजिलो रुट होइन । नेपालमा पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली शृंखलाहरू समेटिएको ‘ग्रेट हिमालय ट्रेल’ साइकलमा छिचोल्न निस्किएका ... |
जेष्ठ १६, २०७९ |
'नातिनीले हजुरआमा भनेर बोलाउँछे झैं लाउँछ' |
दीपक परियार |
‘सम्झनाहरु सँगै लिएर मर्ने लक्ष्य छ, सपनाहरू होइन...(द गोल इज टु डाई विथ मेमोरिज, नट ड्रिम्स...) । एक वर्षअघि गोसाइँकुण्ड पुग्दाको फोटो फेसबुकमा राखेर यी हरफ लेखेकी एयर होस्टेस किस्मी थापा आइतबार मुस्ताङमा अस्ताइन् । थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परिवारको एक भरोसा ढल्यो । |
निको भएर फेरि हिमाल चढ्न मन छ |
स्वरूप आचार्य |
विश्वले मे २९ तारिखका दिन (आइतबार) ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइरहँदा एकजना शेर्पा भने आफ्नो अनिश्चित भविष्यलाई आत्मसात गर्दै काठमाडौंको बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) को हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को बेडमा पल्टिरहेका थिए । |
जेष्ठ १५, २०७९ |
कान्छीमायाको भान्सा |
सरिता श्रेष्ठ |
कोरोना संक्रमणको पहिलो लहरका बेला जतासुकै त्रास थियो । नीलकण्ठ–१२ सांकोसकी कान्छीमाया भण्डारी पनि डरै–डरमा थिइन् । ट्रेकिङ गाइडको काम गर्ने उनका २९ वर्षीय छोरा प्रकाश कामविहीन भएपछि घरै आएका थिए । बेरोजगार भएर घर बस्नुपर्दाको छटपटीले उनी दिक्क मान्थे । तीन वर्षअघि भएको बाबुको मृत्युको शोक आमाको अनुहारमा देखिन्थ्यो । |
वैशाख १८, २०७९ |
जसले मरेपछि आफैंलाई राख्ने चिहान बनाए |
लक्ष्मी गौतम |
फालेलुङ गाउँपालिका-८ याङनामका ८४ वर्षीय मनप्रसाद कुरुम्वाङ श्रीमती बुधरानीसँग घरनजिकैको चिहानमा पुग्छन् । झट्ट परबाट हेर्दा यो चिहान मन्दिरजस्तो देखिन्छ । काठको दलिन र काठकै बिम हालेर उठाइएको यसको माथिल्लो भाग जस्ता पाताको छानाले यो मन्दिरजस्तै देखिएको हो । जसभित्र दुईवटा पक्की चिहान छन् । |
वैशाख १२, २०७९ |
'त्यो क्षण सम्झिँदा अहिले पनि तर्सिन्छु' |
कान्तिपुर संवाददाता |
भक्तपुरमा एउटा कार्यक्रममा निर्णायक हुने निम्तो थियो, नाजिर हुसेनलाई । प्रदर्शनको अन्तिम संघारमा थियो 'होस्टेल रिटर्न्स' । बल्लबल्ल मिडियामा छाउन थालेका थिए उनी । फिल्मको प्रचारका लागि कतै बोलाइहाले, आफ्नो अनुहार देखाउन पुगिहाल्थे । स्टेजको खोजिमा हुन्थे सधैं । |
मतदाता रिझाउन संगीत |
सुशीला तामाङ |
स्थानीय चुनाव नजिकिँदै गर्दा दल विशेषका गीत संगीतहरू गुन्जिन थालेका छन् । पार्टी निकट सांस्कृतिक समूहहरू चुनावी प्रचारका गीतसंगीतका साथै सर्ट फिल्म सार्वजनिक गर्ने चटारोमा छन् । त्यस्ता गीतसंगीतको प्रमुख उद्देश्य चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउनु र मतदाताको मत जित्नु रहेको प्रस्ट छ । गीतसंगीतलाई बढीभन्दा बढी मतद... |
वैशाख ७, २०७९ |
असली पेडा र पान |
अवधेशकुमार झा |
पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईंको ध्यान सप्तरीको बरमझियामा लहरै खुलेका पेडा पसलमा पर्छ । यहाँका ठुल्ठूला होर्डिङ बोर्डले जोकसैको ध्यान तानिहाल्छन् । यो राजमार्ग भएर ओहोरदोहोर गर्नेहरूले यात्राको सुरुवातमै पेडा खाने योजना बनाएका हुन्छन् पनि । |
देश देशावरमा मिथिला चित्रकला |
श्यामसुन्दर शशि |
संस्कृतका आदिकवि वाल्मीकिद्वारा लिखित वाल्मीकि रामायणको सुन्दरकाण्डमा लेखिएको छ, ‘यदि वाचं प्रदास्यामि, द्विजातिरिव संस्कृतम् रावणं मन्यमाना मां सीता भीता भविष्यति । अवश्यमेव वक्तव्यं मानुषं वाक्यमर्थवत् मया सान्त्वयितं शक्या नान्यथेयमनिन्दिता ।।’ |
वीरगन्ज : व्यापारको द्वार |
भूषण यादव |
१९८० सालमा नेपाल–बेलायत सरकारबीच एउटा सन्धि भएको थियो– जसले नेपालमा भारतको बाटो भई आउने समुद्रपारका मालवस्तुमा करमुक्त आयात इजाजत दिएको थियो । साथै यही बेलादेखि विदेशी मुद्राको सहुलियत प्राप्त क्षेत्रमा अन्य बजार अड्डासहित वीरगन्ज बजार अड्डाले आयात–निर्यात हुने वस्तुहरूमा केन्द्रले तोकेबमोजिम बजार महसुल असुल गर्न थालेक... |
जाग्दै जनकपुर |
अजित तिवारी |
सन् १९७७ मा एमए पढ्दाताका मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा र राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ भारतको मद्रास (चेन्नई) स्थित एक विश्वविद्यालयको अन्तर्क्रियामा सहभागी भए । अन्तर्क्रियामा भारतका थुप्रै ठाउँबाट विद्यार्थी र प्राध्यापक आएका थिए । |
आरक्षण कानुनमा अगाडि |
सन्तोष सिंह |
मधेस प्रदेशले प्रहरी र निजामती सेवामा आरक्षणलाई प्राथमिकता दिँदै कानुन बनाएको छ । संघीय कानुनको व्यवस्थाभन्दा फरक तरिकाले जनसंख्यालाई मुख्य आधार बनाएर जात/समुदाय, वर्ग र लिंगको समानुपातिक प्रतिनिधित्व हुने प्रावधान कानुनमा राखिएको छ । |
चैत्र २७, २०७८ |
हिमाल फोरेर बनाइएको सुरुङ, जहाँ नेपाली पनि लाभान्वित छन् [तस्बिरहरू] |
राजेश मिश्र |
हिमाचलको मनाली–लेह लद्दाख राजमार्गमा निर्माण गरिएको ‘अटल टनेल’ मनाली घुम्न आउने पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ । भारत सरकारले १० हजार फिटको उचाइमा हिमाललाई छेडेर ९ किलोमिटर सुरुङसहितको राजमार्ग बनाएको छ । |
चैत्र १५, २०७८ |
अभिनयबाट सपनाको उडान भर्दै लुनिभा |
रीना मोक्तान |
अभिनय कि एभियसन ? दुईमा एक रोज्नु थियो । उनले रोजिन् अभिनय । ७० हजार तलब माया मारेर 'होस्टेल' सिरियलमा अभिनय गरिन् । पारिश्रमिक पाइन् ३० हजार । एभियसन रोजेकी भए आज लुनिभा तुलाधर आकाशमा उडान भर्दै गरेकी हुन्थिन् । अहिले भने उनी अभिनयबाट सपनाको उडान भर्दैछिन् । |
चैत्र ९, २०७८ |
जो ‘आँखा’ का कथा फ्रेममा कैद गरेर विश्व प्रेस फोटो विजेता बने |
देवेन्द्र भट्टराई |
योपटक आँखाका डाक्टर डा. सन्दूक रुइतसँगै दोरम्बा पहाडको पाखाभित्तामा एकजना विदेशी फोटोग्राफर अघिपछि गरिरहेका थिए । दोरम्बा बजार छेवैको काकलिङ विद्यालयमा राखिएको आँखा शिविरमा कहिले बिरामीहरुका माझ र कहिले डा. रुइतकै छेउछाउमा दौडधुप गरिरहेका यी विदेशीको परिचय त्यसबेला थाहा भयो, जब उनको ‘भिजिटिङ कार्ड’ हात पर्यो । |
चैत्र ४, २०७८ |
दहालका चुपचाप चार वर्ष |
जयसिंह महरा |
चार वर्षअघि पहिलोपटक सांसद बनेर राष्ट्रिय सभामा प्रवेश गर्दै गर्दा शशिकला दहाललाई लागेको थियो- जनताका आवाज र निर्वाचनमा जनतासामू गरेका प्रतिबद्धता संसद्मा बसेर पूरा गर्न भूमिका खेल्न सक्छु । तर संसद्मा प्रवेश गरेको १० दिनमै उनलाई उपाध्यक्ष पदको अवसर आयो । अन्य सांसद भन्दा फरक र ठूलो पद पाए पनि उनको आफै बोलेर सांसदको भ... |
चैत्र २, २०७८ |
टपर टीकाराम |
गोविन्द पोखरेल |
प्रा डा. नारायणप्रसाद अधिकारीले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गराएको २६ वर्ष भयो । यो बीचमा उनले १५० भन्दा बढी विद्यार्थीहरुलाई शोध गराए । उनले शोध गराएका अधिकांश धेरै विद्यार्थी पढाइमा अब्बल हुँदै स्वर्ण पदकसमेत पाएका थिए । सन् २०१४ देखि विभागमा सेमेस्टर प्रणाली लागू भएपछि पहिलो पटक ... |
७ सय वर्षअघि अरनिकोले बनाएको स्तम्भ, जसले चीन-नेपाल मित्रता झल्काउँछ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.