text stringlengths 2 914 |
|---|
सामाजिक सञ्जालका सेलिब्रिटी डाक्टर |
बुनु थारु |
पछिल्लो समय सामाजिक सञ्जाल जीवनको महत्त्वपूर्ण पाटो भइसकेको छ । त्यसमा पनि कोरोना महामारीले यसको प्रयोगलाई अझ बढवा दिएको अध्ययनहरुले पनि देखाएका छन् । युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्रामसँगै पछिल्लो समय टिकटक निकै लोकप्रिय बनिरहेको छ । |
माघ २५, २०७८ |
ओ दाइचा छिगु ख्वा तस्कं बाला... [भिडियो] |
रीना मोक्तान |
पाटन, कृष्ण मन्दिर पछाडिको लस्सी पसल । रोजाइमा पर्ने ठाउँ, चिया पिउने अड्डा त्यही । एक साँझ चिया पिउँदै बियोन्डले गीतार बजाएर गीत गुन्गुनायो । वर्षा छेउमै थिइन् । बिज्रेशले मनपर्ने लाइन टिपे । घर फर्केर कम्प्युटरमा संगीत भर्दै गर्दा अचानक बियोन्डले भन्यो, ‘गीतको कोरसमा नेवारी शब्द हाल्दिउँ न ! |
माघ २४, २०७८ |
३५ वर्षदेखि चरा पछ्याउँदै |
मनोज पौडेल |
उनी हतपती दूरबिन छाड्दैनन् । चराका चिरबिराहट सुन्नेबित्तिकै उनका कान ठाडा हुन्छन् । आँखा डुलाउन थाल्छन् । आफूसँग रहेको दूरबिन चरातिर सोझ्याउँछन् । चराको नामनामेसी टिप्न ढिलो गर्दैनन् । उनी हुन्, चितवन रत्ननगर–६ स्थित सौराहाका ५८ वर्षे चराविद् टीकाराम गिरी । |
माघ २३, २०७८ |
लता मंगेशकरसँग गीत गाउँदा जुनी नै सफल : रामकृष्ण ढकाल |
रीना मोक्तान |
'रामकृष्ण जी तपाईंले जुन गीत गाएर पठाउनु भएको थियो । त्यस्तो त म गाउन सक्दिन होला, तर मेरो उत्कृष्ट दिनेछु,' फोनमा लता मंगेशकर बोलिन् । त्यतिबेला गायक रामकृण ढकाल गाडी चलाइरहेका थिए । मंगेशकरको कुराले उनी खर्ल्याङ–खुर्लुङ भए । हत्तनपत्त जवाफ फर्काइ हाले, 'हजुरसँग गीत गाउन पाउनु मेरो सौभाग्य हो । मेरो त जन्म नै सफल भएको... |
जसको आवाज नै पहिचान बन्यो |
कान्तिपुर संवाददाता |
'मेरी आवाज ही पेहेचान है' अर्थात मेरो आवाज नै मेरो पहिचान हो । गुल्जारको शब्दमा आरडी वरमनले भरेको लयसँगै कोइली स्वरकी धनी लता मंगेशकरले भुपिन्दर सिंहसँग किनारा फिल्ममा हेमा मालिनीका लागि गाएको उक्त गीत गाउनुअघि नै उनले आफ्नो स्वरको पहिचान बनाइसकेकी थिइन् । |
माघ २२, २०७८ |
हेलिकप्टर उडाउने अनुमति माग्दामाग्दै उपचार नपाएर मृत्यु |
केदार शिवाकोटी |
गाउँमा स्वास्थ्यकर्मी छैनन् । भएको एक स्वास्थ्य इकाई पनि बन्द छ । हिमपातपछि स्वास्थ्यकर्मीहरू पनि तलतिर झरिसकेका छन् । यतिसम्म कि स्वास्थ्य संस्थामा सिटामोल समेत पाइँदैन । कसैलाई लडेर चोटपटक लाग्यो भने पनि गाउँमा उपचार सम्भव छैन । |
माघ १३, २०७८ |
सांसद बनेपछि सहिदपत्नी गुरुङले भनिन्- अब त्यस्ता दिन नदोहोरिऊन् |
कलेन्द्र सेजुवाल |
आफ्नै आँखाअघि गोली हानी श्रीमान्को हत्या गरिएको दृश्यले दुर्गाकुमारी गुरुङलाई अहिले पनि पीडा दिने गर्छ । तत्कालीन नेकपा (माओवादी) विद्रोहीले २०५८ पुस २७ गते साँझ सुर्खेत वीरेन्द्रनगर-१ स्थित निवासमा उनका श्रीमान् यज्ञबहादुर गुरुङको हत्या गरेका थिए । |
माघ १२, २०७८ |
को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमल्सिना ? |
कान्तिपुर संवाददाता |
सोमबार ६७ औं जन्मोत्सव मनाएकी मकवानपुरकी गोमादेवी तिमल्सिना पुरानो मजदुर नेता हुन् । पिता दुर्गादत्त भट्टराईको प्रेरणाले राजनीतिमा आएकी तिमल्सिना लामो समय हेटौंडा कपडा कारखानाका मजदुरको रुपमा जिम्मेवारी निर्वाह गरेकी हुन् । |
पुस ३०, २०७८ |
भाक्कावाली आमाका दु:ख |
पर्वत पाेर्तेल |
सहर मस्त निन्द्रामा हुन्छ । उमेरले ६३ वसन्त पार गर्न लागेकी बिरला राजवंशी बिहान ४ बजे देखि नै ताहुरमाहुर गर्न थाल्छिन् । पानीमा मुछेर फुर्र पारेको चामलको पिठो ढाकीमा राखेपछि सफा कपडाले छोप्छिन् । टाउकामा ढाकी राखेपछि एक हातमा भाक्का पकाउने हलुंगेको भाडो र अर्कोमा दाउराको बिटो च्याप्छिन् र लाग्छिन् काँकडभिट्टातिर । |
पुस २५, २०७८ |
‘खोइ कहाँ लेखिएको छ नेपाली भाषाको व्याकरण ?’ |
देवेन्द्र भट्टराई |
दुई दशकभन्दा लामो समय प्राध्यापनमा बिताउँदा संस्कृत व्याकरण विषयका गुरु नीलमणि ढुङ्गानाले पाठ्यक्रम, बुझाइ र व्याख्यामा रहेका समस्याहरू टिपोट गर्दै गए । छविलाल सुरीको ‘सुन्दर चरित’ संस्कृत नाटकमा रहेको क्लिष्टता होस् अथवा रंगनाथ पौडेलको ‘नीतिसार’ पुस्तकमा रहेको टीका-अभाव‚ यी सबै कठिनाइलाई टिपोटमा उतार्दै र कतै व्याख्या... |
पुस १३, २०७८ |
हजुरआमाको कथाले पुर्यायो टोरोन्टो फिल्म फेस्टिभल |
रीना मोक्तान |
साथीको बुवा भर्खरै विदेशबाट गाउँ फर्किएका थिए । एकदिन विद्यालयमा साथीले हचुवामै भनिदियो, 'हाम्रो बुवाले तेरो घरको ममी, काकी र हजुरआमालाई लुगा ल्याइदिनुभएको छ ।' त्यतिबेला सानै थिए राजन कठेत, साथीको कुरा झट्टै पत्याए । घर फर्केर हजुरआमालाई त्यो कुरा सुनाइहाले । हजुरआमा पनि राजनले भनेको कुरा साँचो पो हो कि भन्ने बुझ्न छि... |
पुस २, २०७८ |
आफ्नै कथा भन्ने हुटहुटीले जन्मिएका निर्देशक |
रीना मोक्तान |
पाँच वर्षकी छोरी राधाले बोल्न र सुन्न सक्ने आशामा आमा यशोधा उनलाई नजिकैको धामीकहाँ लैजान्छिन् । धामीले नबोल्ने बालबालिकाका लागि काठमाडौंमा ठूलो मन्दिर रहेकाले यशोधालाई उतै जान सल्लाह दिन्छन् । उनले आफ्नो श्रीमानलाई सँगै काठमाडौं जान अनुरोध गर्छिन् तर, उनी मान्दैनन् । |
हात्तीसँग भिडेका ‘सिक्किमे साइँला’ |
पर्वत पाेर्तेल |
१५ वर्षअघिको कुरा हो, जतिबेला हात्तीको ठूलो झुन्ड मेची तरेर आउँथ्यो । अनि यो देहाती गाउँमा वितण्डा मच्चाउँथ्यो । हात्ती आतंकको पीडा अहिले पनि उही छ । कुनै बेला आमडाँगीका कमल राई हात्तीसँग भिडेका थिए । |
पुस १, २०७८ |
बेचबिखनविरुद्धका पहरेदार |
सन्जु पौडेल |
मुलुककै ठूलोमध्येको बेलहिया–सुनौली नाकामा दैनिक ६ हजार नागरिक ओहोरदोहोर गर्छन् । तीमध्ये केही किनमेल गर्न जान्छन् र फर्कन्छन् । केही रोजगारका लागि सीमा पार गर्छन् । त्यही भीडमा भारतमा राम्रो जागिरको प्रलोभन र माया देखाएर विवाह गर्न भनेर नाका कटाउने पनि भेटिन्छन् । |
मंसिर २९, २०७८ |
कथावाचक साइग्रेस पोख्रेल : साधरण व्यक्तिलाई असाधरण माया |
रीना मोक्तान |
कलेजको पहिलो भेटमै साइग्रेसको ध्यान आफूतिर तान्छिन् वीरगन्जकी अनन्या । विस्तारै अनन्या र साइग्रेसको मित्रता प्रगाढ हुन्छ । त्यही मित्रताबीच कहिले प्रेमको टुसा पलाउन थाल्यो ? उनी दुईलाई पत्तो छैन । कलेजको दैनिक भेट, नोकियाको मोबाइलमार्फत सन्देश आदनप्रदान । औपचारिक प्रेम प्रस्ताव आवश्यक भएन, एकअर्कालाई मन पराउन । |
मंसिर २७, २०७८ |
खेत नजिकै भेरी नदी, खेती गर्न आकासे पानीको भर |
विप्लव महर्जन |
बन्गाड कुपिण्डे नगरपालिका १ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माको घर र खेत नजिकैबाट भेरी नदी बगिरहेको छ । भेरीको करिब ५० मिटर दूरीमा उनको १० रोपनी खेत छ । |
मंसिर २५, २०७८ |
अनि भक्तबहादुरले पाए नागरिकता |
रमेशकुमार पौडेल |
२०३३ मा जन्मेका भक्तबहादुर चेपाङ ४५ वर्ष पुगे । कानुनले १६ वर्ष पुगे नेपाली नागरिकताको प्रमाणपत्र लिन मिल्छ । भक्तबहादुर भने अझैसम्म नागरिकताविहीन थिए । पटकपटक हैरानी र झन्झट बेहोरेकै कारण उनी नागरिकता नबनाउने निष्कर्षमा पुगिसकेका थिए । तर छोराछोरीको जन्मदर्ता बनाउनुपर्ने भएपछि उनी करैले भरतपुर आउन बाध्य भए । |
मंसिर २०, २०७८ |
कलाकार कसको ? |
सुशीला तामाङ |
‘देश भन्नु ढुंगा र माटोको भूगोल मात्र होइन । साहित्य, संगीत तथा कला कुनै पनि देशको मुहार हो । साहित्य, कलाबिना देशको केही अर्थ नै छैन,’ गत बुधबार संगीत प्रवीण नरराज ढकालको १०१ औं जन्मजयन्तीका अवसरमा अर्का संगीत प्रवीण मोहनप्रसाद जोशी बोले । राज्यले सर्जकहरूप्रति गरेको बेवास्तालाई उनले इंगित गर्दा समारोहमा सहभागी धेरैजस... |
मंसिर १९, २०७८ |
सन्तान च्यापेर इँटाभट्टामा |
सीमा तामाङ |
बुङमतीस्थित नेवाः इँटाभट्टा परिसरमा बिहीबार मध्यान्हतिर सुकाउन राखिएको इँटा ओल्टाइपल्टाइ गर्ने, सुकेकालाई चाङ लगाउने र माटो सुकाउने चटारो थियो । यिनैमध्येमा थिइन् सिन्धुली मरिणकी २६ वर्षीया हिरामाया वाइबा । इँटा सुकाइरहेकी उनको ढाडमा भने १५ महिने छोरी सुतिरहेकी थिइन् । अर्की ६ वर्षकी छोरी नजिकै माटोमा खेलिरहेकी थिइन् । |
फिरन्ते संगीतकारको नेपाल मोह |
दीपक परियार |
हिमालय पर्वतको बयान सुनेका अस्ट्रियन संगीतकार फ्रिजी ग्राइफ पहिलोपल्ट सन् २०१४ मा नेपाल आएका थिए । काठमाडौं ओर्लिंदा उनीसँगै थिइन्, श्रीमती क्रिस्टिना जेरोस । नेपाल घुमेर फर्किएको यो जोडीलाई ०७२ को भूकम्पले पुनः फर्कायो । त्यतिबेला दुई जना मात्रै आएनन्, अस्ट्रियन मनकारीको सहयोग पनि सँगै ल्याए । |
मंसिर १८, २०७८ |
लन्डनमा १६ वर्षदेखि बस कुदाउँदै नेपाली मूलका मेयर |
नवीन पोखरेल |
झट्ट हेर्दा विकास, विलासिता र बिन्दास मात्र देखिने लन्डनको कथा वास्तविक जीवनमा अलिक फरक छ । चाहे राजनीतिज्ञ हुन्, चाहे सर्वसाधारण, यहाँ काम नगरी बस्ने विरलै भेटिन्छन् । |
खर्च टार्न बेचिएकी ९ वर्षीया अफगान बालिकाको उद्धार |
कान्तिपुर संवाददाता |
हिउँले ढाकिएको हिमालको बाटो हुँदै गाडी गुडिरहेको छ । किशोरी आमा कारको पछाडिपट्टिको सिटमा आफ्ना ६ सन्तानलाई लिएर बसिरहेकी छन् । |
मंसिर १०, २०७८ |
जसको रगतमा हार छैन |
सुरज कुँवर |
विश्वविख्यात विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा अर्को खुसी साट्न लन्डनबाट नेपाल ओर्लिएका छन् । |
मंसिर ८, २०७८ |
रारा निकुञ्ज मध्यवर्तीबासीका पीडा- ‘खानकै दु:ख हुने भो’ |
विद्या राई |
मुर्मा गाउँकी वेल्मती रोकायाको परिवारको जीविका कृषि कर्मले चलेको हो । बारीमा सिमी, फापर, गहुँ, जौ फल्थे । भेडा, गाईबस्तु, घोडा पाल्थे । भेडाको मलले फापर मज्जाले सप्रिन्थ्यो । खेती सिजनमा पानी पर्थ्यो । वर्षभरि रोटी र सिमीको दाल खान पुग्थ्यो । भेडाको ऊन कातेर लत्ताकपडा बनाउँथे । भान्सामा नभई नहुने नुन, तेलबाहेक अरू खाने... |
मंसिर ५, २०७८ |
भारतका कोठीमा नेपाली महिलाका नारकीय दिन |
जनकराज सापकोटा |
गत वैशाख १७ गते २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो । |
मंसिर ४, २०७८ |
कृषि क्रान्ति खोज्दै ७ वर्षे यात्रा |
रमेशचन्द्र अधिकारी |
धेरैले यात्रालाई सोखका रूपमा लिने गर्छन् । तर, त्यस्ता यात्राले ठोस उद्देश्य लिन सके सार्थक बन्ने उदाहरणीय पात्र बनेका छन्, ४७ वर्षीय जीवनकुमार राई । जसले ७ वर्ष ७ महिना १९ दिनसम्म मुलुकका सबै जिल्लाका कुनाकाप्चा यात्रा गरेर जनजीवन केलाए । यस अवधिमा १ लाख २५ हजार ६ सय किलोमिटरको दूरी त उनले आफ्नो यात्रामा छिचोलेका छन् ... |
विदेशमा सिकेर कालिज पालन |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.