text
stringlengths
2
914
अमृता अनमोल
बाबुराम श्रेष्ठ पाल्पाको रामपुरमा जन्मे । इटालीमा १८ र जर्मनीमा २ वर्ष गरी २० वर्ष वैदेशिक रोजगारीमा बिताए । आफ्नो परिवारलाई चाहिने धन–सम्पत्ति जोडे । तर यत्तिमा उनको मन थामिएन । उनले ३ वर्षदेखि व्यावसायिक कालिज पालन सुरु गरेका छन् ।
मंसिर २, २०७८
घरघरमा धारा जोडियो तर आएन पानी
विप्लव महर्जन
शारदा नगरपालिका ६ मधमकाँडाकी ४५ वर्षीया जयकली बुढाथोकीले टाकुरा मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी आउने आशामा ६ महिनाअघि नै घरमा धारा जडान गरेकी थिइन् ।
कार्तिक २९, २०७८
निकुञ्‍जभित्रै मानव बस्ती बस्यो तर विस्तार भएन वन्यजन्तुको बासस्थान
भवानी भट्ट
पाँच दशकअघि शिकार आरक्षका रुपमा स्थापना हुँदा शुक्लाफाँटाको क्षेत्रफल १ सय ५० वर्ग किलोमिटर थियो । विभिन्न समयमा शिकार आरक्षबाट वन्यजन्तु आरक्ष हुँदै राष्ट्रिय निकुञ्ज हुँदासम्म यसको क्षेत्रफल पनि विस्तार गरेर ३ सय ५ वर्ग किलोमिटर पुर्‍याइयो ।
'ड्रिम प्रोजेक्ट' जसलाई निर्देशकले पर्दामा हेर्नै पाएनन्
रीना मोक्तान
शिवपुरीमा 'मेरी मामू'को स्क्रिप्टको अन्तिम ड्राफ्ट तयार हुँदै थियो । त्यतिबेलै छेतेन गुरुङले आफ्नो 'ड्रिम प्रोजेक्ट'बारे निर्माता सन्तोष सेनलाई सुनाएका थिए । 'छिरिङ डोल्मा'को प्रेमकथा, एउटा युगको कथा । छुट्टै राज्य, हिमालको कथा । प्रेमिकाको नाम कुँद्दै हिँड्ने प्रेमीको प्रेम ।
कार्तिक २७, २०७८
सज्जनराज वैद्य : युवाले मनपराउने स्वर, पछ्याउने धुन
रीना मोक्तान
त्यतिबेला उनी न्युयोर्कको ब्रुक्लिनमा बस्थे । एकदिन गीतार बजाउँदै गर्दा शब्दहरु फुर्‍यो, 'चिठ्ठीभित्र राखेर पठाउँदैछु मेरो माया म तिमीलाई नै… ।' रोमान्टिक गीत लेख्ने मुडमा थिए सज्जनराज वैद्य । 'हवाइजहाज' बोलको गीतले युवा दर्शकको मन/मस्तिष्क हुँडलिसकेको थियो । च्याट र ह्वाटस्यापमा माया आदनप्रदान गर्ने समयमा चिठ्ठीको जमा...
कार्तिक २२, २०७८
स्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष
हिमेश
नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको प...
कार्तिक २१, २०७८
जनकपुरमा छठको धुमधाम तयारी
श्यामसुन्दर शशि
सोमबार नहाय खायसँगै सुरु हुने चारदिने छैठ महापर्व अर्थात् छठ पर्वको तयारी लगभग पूरा भएको छ । छैठ पूजा हुने पवित्र नदी तथा तलाउका घाटहरूलाई आकर्षक रुपमा सजाइँदैछ । विशेषगरी पोखरी नभएका उत्तरी धनुषाका गाउँहरूका ईनार सफा सुग्घर पारिँदैछ ।
ग्लास्गोमा व्यस्त काशीराम
अब्दुल्लाह मियाँ
ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरुको २६ औं सम्मेलन (कोप २६) सुरु भएको साता बितिसकेको छ । सम्मेलन अझै एक साता चल्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई सम्बोधन गरेर फर्किसकेका छन् । सम्मेलनमा अहिले वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव सहभागी छन् ।
दीपावलीपछि तराई-मधेसमा छठको चटारो
शंकर आचार्य
दीपावली सकिए लगत्तै तराई-मधेसमा छठ पर्वको चटारो सुरु भएको छ । छठ पर्व तराईमा धुमधामका साथ मनाइन्छ । भोजपुरा संस्कृतिको गढ वीरगन्जमा यो पर्वको उत्साह र उमंग झनै बढी हुने गरेको छ । यो पर्वका मूख्य विधिहरू सोमबारबाट सुरु हुँदैछ ।
कार्तिक २०, २०७८
सप्तरंगी टीकाको अर्थ के हो ?
बुनु थारु
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन ‘भाइटीका’ पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी मिष्ठान्न भोजन गराउने र कोसेलीहरू दिने चलन छ ।
कार्तिक १९, २०७८
तिहार आउँछ, रुवाएर जान्छ
विद्या राई , सुशीला तामा‌ङ
‘झिलिमिली तिहार रमाइलो लाग्छ, देउसी खेल्दै आउनेहरू सुनेर दाजुले भट्याएको याद आउँछ,’ दमककी ४२ वर्षीया कमला रणपहेलीले सुनाइन् । बाल्यकालको तिहार रौनक आखिर सम्झनामै सिमित भयो । भुजेलकी छोरी कमलाको छिमेकी दलित युवासँग प्रेम सम्बन्ध थियो । ती युवासँग भागी विवाह गरेपछि कमलाको न माइती–मावली रहे, न चाडवाडको खुसीयाली नै ।
कार्तिक १८, २०७८
गाई तिहारकै दिन बुटवलमा सुरु भयो छाडा गाईको संरक्षण
अमृता अनमोल
हिन्दु धर्माबलम्बीहरूले गाईलाई लक्ष्मीका रुपमा पूजा गर्ने चलन छ । ३३ कोटी देवताको बास हुने विश्वाससहित गाईलाई आमा अर्थात् गौमाता भनिन्छ । हिन्दु विश्वास अनुसार गाई दानलाई सबैभन्दा ठूलो दान र हत्यालाई महापाप मान्ने गरिन्छ ।
महाकविका ड्राइभर
देवेन्द्र भट्टराई
‘राणासाहेब’ का घरमा आठपहरिया काम गरेका ९४ वर्षीय हरिबहादुर देउजासँग उहिलेको कुरा त्यति धेरै सम्झनामा छैन । बबरमहलका ‘राणासाहेब’ हरूलाई ट्युसन पढाउन मैतीदेवीदेखि एक जना ‘माडसाप’ लाई गाडीमा राखेर ल्याउने–लैजाने गरेको भने बिर्सिएका छैनन् ।
कार्तिक १७, २०७८
नागरिकतामा अंक मेटिँदा १३ वर्षपछि वृद्धभत्ता
रमेशकुमार पौडेल
सिंहराम चेपाङ मंगलबार औधी खुसी देखिन्थे । हातमा पहिलोपटक १२ हजार रुपैयाँ समाउन पाउँदा उनी गद्‍गद्‍ छन् । दुःखको कुरा यति हो कि, १२ हजार नगद लिन उनले १३ वर्षसम्म पर्खनुपर्‍यो ।दुःखभन्दा पनि यसबीचमा अनेक झन्झटले उनलाई पिरल्यो ।
कार्तिक १५, २०७८
मौरीघार बेचेरै वार्षिक २० लाख
विप्लव महर्जन
कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरका ३० वर्षीय बालकुमार कवर एक दसकअघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाँउमा भौँतारिन बाध्य थिए । घरको आर्थिक अवस्था कमजोर भएका उनले कमाएको न्यूनतम ज्यालाले ६ जनाको परिवार पाल्न हम्मे हुन्थ्यो ।
कार्तिक १४, २०७८
विज्ञ भन्छन्- 'स्वास्थ्य र पर्यावरणका लागि घातक'
जितेन्द्र साह
भारतसँगको खुला सीमा नाकाबाट हल्का परिमाणको बारुदको रुपमा भित्रिने असुरक्षित पटकाले महत्वपूर्ण पर्व तिहार र छठलाई जोखिमपूर्ण बनाउँदै गएको छ ।पटका पड्काउने वा बाल्ने क्रममा निस्कने खतरनाक रसायनहरूले ध्वनी एवं वायू प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै मानव स्वास्थ्यमा पनि दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसा...
कार्तिक १०, २०७८
घरमा अन्‍न छ न खेतमा धान
मोहन बुडाऐर , गणेश चौधरी
अधियाँमा खेती गरेर गुजारा चलाएका टीकापुर–८ बनगाउका चुन्का चौधरी कर्णाली पुलमा भेटिन्छन् । खेत जाँदैनन् । निद्रा पर्न छाडेको छ । उनले करिब ५ बिघामा अधियाँ र ठेक्कामा खेती लाएका थिए, घरभित्र डेहरी (माटोको भकारी) मा धान थियो । बाढीले न खेतको धान सग्लो राख्यो न त डेहरीको ।
कार्तिक ६, २०७८
गीतले सम्झाइदिएको मरौटी
रासस
‘रमरम मरौटी तिम्रो रुपै करौँती...’
कार्तिक ४, २०७८
यसरी तयार भयो 'कालो केशमा रेलिमई...'
रीना मोक्तान
गितार बजाउँदै गीत गाउनु दिनेश ढकालको रुची हो । आफू कुनै दिन गायककै रुपमा चिनिनसक्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन । तर गायकको रुपमा चिनिने रहर नभएको भने चाहिँ होइन । लकडाउनमा समय कटाउने मेलोको रुपमा आफूले लेखेको गीत 'कालो केशमा रेलिमई, बाँधेको रिबन...' युट्युव र टिकटकमा भाइरल भएपछि भने उनी दंगदास छन् ।
कार्तिक ३, २०७८
गाडीमाथि पहिरो खसेपछि...
विप्लव भट्टराई
रातको ९ बजेर ४५ मिनेट गएको थियो । आरीघोप्टे वर्षा भइरहेको थियो । यति नै बेला झापाको विर्तामोडबाट विजय न्यौपाने र चालक डिल्ली चौहान मे १ ज २८२१ नम्बरको बोलेरो जिप लिएर पाँचथरको च्याङथापुतर्फ हुइकिँदै थिए ।
आश्विन ३०, २०७८
काम खोज्दै भारतका लेकतिर
भवानी भट्ट
कैलाली भजनीका ६० वर्षीय परना चौधरी अहिलेसम्म पहाड उक्लेका थिएनन् । कान कम सुन्ने उनी गाउँघरमै खेतीपाती र ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँथे । यसपालाभने रोपाइँ सकेर कामको खोजीमा सिमला पुगे । तीन महिना सिमलामा बिताएर दसैं टीकाको अघिल्लो दिन बिहीवार उनी घर फर्के ।
१७ वर्षदेखि भेडा गोठमै अन्तरेको दसैं
आनन्द गौतम
आर्थिक उपार्जन गर्न परदेशिएका र नोकरी गरिरहेका कतिपयले दसैं मान्न पाइरहेका हुँदैनन् । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फावाखोलाका गोपाल विष्टल(अन्तरे) आफ्नो गृह जिल्लामा भएरपनि विगत १७ वर्षदेखि दसैं मनाउन पाएका छैनन् । घरमा आमाबुवा भएपनि उनले आफ्ना अभिभावकको हातबाट टीका लगाउन नपाएको १७ वर्ष भयो ।
बाघे माउसुली
विशालप्रसाद न्यौपाने
साँझपख सीएफएल बत्तीको अगाडी चक्कर लगाउन आउँदा निसाचर पुतली र किरा-फट्याङ्ग्राहरु खाइरहेको हुन्छ ।
सगरमाथाका मानव पुल
लक्ष्मी लम्साल
‘कमरेड वाङ फूचौ, पार्टी र देशले दिएको जिम्मेवारी पूरा गर्न नसकेकाले यो कार्यभार तिमीहरू तीनजनालाई सुम्पिन्छु। मेरो सिलिन्डरमा अलिकति अक्सिजन बाँकी होला। तिमीहरू तीनजना फर्किँदा प्रयोग गर्न काम लाग्ला।’
आश्विन २८, २०७८
लमजुङमा लोपोन्मुख नगराको रौनक
आश गुरुङ
दसैंको घटस्थापना सुरु भएदेखि गाउँघरमा एउटा बाजा बज्ने गर्छ । दमाह जस्तै देखिने यो बाजालाई ‘नगरा’भनिन्छ । यो नेपाली बाजा हो ।
रोटे पिङ संरक्षणमा युवा पुस्ता
हरिराम उप्रेती
शहिद लखन गाउँपालिका–८ छापथोककी सुनमायाँ श्रेष्ठलाई गाउँमा पिङको आवाज ठोक्किएपछि बल्ल दसैं भित्रिएको महसुस हुन्छ । ७५ वर्षीय श्रेष्ठ सानैदेखि पिङको सौखिन छिन् । भन्छिन्,‘सानैदेखि रोटेपिङमा मच्चिने बानी परेको छ । यतिका उमेर भएपनि पिङ राखेपछि खेलुँ–खेलुँ लागिहाल्छ ।’
हराएको बाटो
ध्रुव सिम्खडा
पहिलो बास—मदानपुर, नुवाकोट । २०४७ साल पुस महिना । काठमाडौं ठण्डीले कठ्याङ्ग्रिएको थियो । स्कुल, कलेजमा मीनपचासको alदा सुरू हुँदै थियो । मैले घरतिर लाग्ने सोच बनाएँ ।
आश्विन २६, २०७८
तेलको कुवादेखि तेलकै कुवासम्म
होम कार्की