text
stringlengths
2
914
२०२० फेब्रुअरीको अन्तिम सातादेखि कुवेतमा हरेक दिन कोरोनाको संक्रमण बढ्दै थियो । लेबर क्याम्पमा एकाएक हल्ला फैलियो– अब कुवेत कोरोनाले सखापै हुन्छ । सयौंको संख्यामा कामदारहरू एकै ठाँउमा भएकाले संक्रमणदर पनि बढिरहेको खबर आइरहेको थियो । ती खबरले त्यहाँ रहेका कामदारमा चिन्ता र त्रास थपिँदै थियो ।
आश्विन २५, २०७८
दसैंमा सुनिन छाड्यो चचहुइ...
मनोज पौडेल
दसैं लागे पनि कपिलवस्तु नगरपालिका–२, सागरटोलकी १० वर्षे काशवी शर्माले चचहुइ-चचहुइ भन्दै पिङमा अझै मच्चिन पाएकी छैनन् । टोलको चन्द्रघण्ट रुद्र मन्दिरअघि सधैं राखिने लिंगे पिङ यसपटक राखिएको छैन । ‘पिङ नराख्दा खल्लो महसुस भयो,’ उनले भनिन्, ‘दसैं आएजस्तै लागेन ।’
चोयामा सीप देखाउँदै, आम्दानी गर्दै
अगन्धर तिवारी
अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ बाट ४ वर्षअघि कुमारबहादुर विक कामको खोजीमा घर छोडे । गाउँमा रहँदा घरायासी सीप सिकेका थिए । तर कतै काम लागेन । अरू सीप थिएन । डोको, डालो, भकारी, नाम्लो बुन्ने सीप काम नलागेपछि उनलाई अर्काको निम्नस्तरको काम गर्न मनले मानेन ।
गोठको बासबाट मन्त्री
लक्ष्मी साह
पाँच धुर घडेरीमा पिलर ठडिएको डेढ दशक बित्यो तर घर बनेन । जगमा घाँस उम्रिएको छ । छतमा चढ्ने भर्‍याङ त्यतिकै अधुरो छ । घरको छत नै ढलान नभएपछि भर्‍याङको अर्थ नै भएन । घडेरीमा पिलर ठडिनुअघि त्यहाँ फुसको सानो छाप्रो थियो । त्यही छाप्रोमा परिवारसहित खाँदिएर बस्थे– तीन दिनअघि वन तथा वातावरणमन्त्री बनेका रामसहायप्रसाद यादव । श...
सधैं सवाल सोध्ने सुवाल
जयसिंह महरा
संसदीय प्रणालीमा सरकार बहुमतको र संसद्लाई प्रतिपक्षको भनिन्छ । नेपालमा अहिले बहुमतमा रहेको पाँचदलीय गठबन्धनले सरकार सञ्चालन गरिरहेको छ । संसद्को ठूलो दल एमाले प्रतिपक्षको बेञ्चमा छ ।
वर्ष ७२, कक्षा २
पर्वत पोर्तेल
उनको निर्णय गाउँलेलाई अनौठो त लागेकै हो । उनलाई भने जानीबुझी गरेकाले अप्ठेरो लागेको छैन । इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षका भए । यो उमेरमा उनी स्कुल भर्ना भएका छन् । महिना दिनअघि स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् ।
आश्विन २४, २०७८
अपांगता भएकालाई भौतिक संरचनाकै अल्झन
विद्या राई
स्पाइनल कर्ड इन्जुरी भएका नवराज कार्कीलाई काठमाडौंमा कतै जान ट्याक्सी चढ्नैपर्छ । सुनसरीको प्रकाशपुर घर भई हाल जोरपाटी बस्ने उनी २०५५ सालमा एक जलविद्युत् आयोजनामा काम गर्ने क्रममा दुर्घटनामा परेदेखि ह्विलचियर प्रयोग गर्छन् । ह्विलचियर देखेपछि उनलाई सार्वजनिक सवारीसाधनले चढाउन मान्दैनन् ।
‘चाडबाड नआएकै जाती’
दीपक परियार
फोनको प्रतीक्षामा बसेकी नीरु कार्कीले एकाबिहानै रेडियोमा श्रीमान् बितेको खबर सुनिन् । २०५८ असार २२ मा माओवादीले थापेको एम्बुसमा परी प्रहरीमा कार्यरत श्रीमान् सन्तबहादुरले ज्यान गुमाए । बुबा बितेको दुई महिनापछि जन्मिएका डिलबहादुर र १७ वर्षको उमेरमा पति गुमाएकी नीरुलाई चाडबाडले छुँदैन ।
आश्विन २३, २०७८
‘भवानी सर’ मोराहाङको अध्यक्षदेखि राज्यमन्त्रीसम्म
प्रकाश धौलाकोटी
देश कोरोनाले थलिएको थियो । कोरोनाकै कारण संसद् ठप्प भयो । संसदीय समितिका बैठक र राजनीतिक भेटघाट सबै बन्द भए । बन्दाबन्दीले काठमाडौं त सुनसान बन्यो तर महामारीले जनताको मनमा कोलाहल मच्चाएको थियो । तेह्रथुमबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ बन्दाबन्दीकै बीच गाउँ पुगे ।
आश्विन २२, २०७८
‘खर्च पुग्दैन, कसरी घर जाने ?’
सीमा तामाङ
सहरलाई दसैंको रौनकले छोपिसक्यो । हातमा नयाँ झोला र अनुहारमा उत्साह बोकेर कुदिरहेका यात्रुको लर्को सडकमा तन्किँदै गइरहेको छ । कालिकास्थानस्थित वरको बोट छेवैको सडक पेटीमा मकै पोलेर बेच्ने अम्बिकादेवी नेपालीलाई भने दसैंको यो रौनकले छोएको सम्म छैन ।
आश्विन २१, २०७८
‘नबिक्ने मूर्ति किन बनाउनु ?’
सुशीला तामा‌ङ
पूजाहरूका भगवान्का मूर्ति बनाउनु, सकिएपछि लगेर खोलानालामा सेलाउनु तराईको चलन हो । माटोका मूर्ति फेरि माटोमै मिसाउन्जेल मान्छेका संस्कार–संस्कृतिको एउटा चक्रमात्रै पूरा हुँदैन, मूर्ति बनाउनेले फेरि अब कसको पूजा नजिक छ भनेर पात्रो हेर्छ । माटो र सजावटका सामान जोहो गर्छ । अनि फेरि बनाउँछ नयाँ मूर्ति । यस्ता माटोका मूर्तिह...
गुञ्जिन्छ अब बयको धुन
दामोदर न्यौपाने
बाँसको बाँसुरी त धेरैले देखेकै छौं । बजाएका पनि छौं । तर काठको पनि बाँसुरी हुन्छ भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ । विशेष नेवारी समुदायमा मात्र प्रचलित काठको बाँसुरीको धुन अचेल विरलै सुनिन्छ । चाबहिलका रुपेश शाक्य भने लोप हुनै लागेको यो बाँसुरीलाई ब्युँताउने अभियानमा छन् । ललितकला क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध...
आश्विन २०, २०७८
अफगान शरणार्थीका चित्रकलामा महिलाका पीडा र संघर्ष
कान्तिपुर संवाददाता
अफगानिस्तानका एक शरणार्थी मुराद शरीफी एक कबाब प्यालेसमा काम गर्छन् र घरबारविहीनका लागि बुडापेस्टमा बनाइएको सेल्टरमा बस्छन् । उनको सानो कोठा दर्जनौँ तस्बिरले ढाकिएका छन् । ती दर्जनौँ तस्बिरमा प्राय एक अँध्यारो विश्वको रंगीन चित्र कोरिएका छन् । जहाँ अफगान महिलाहरु लामो बुर्का पहिरिएर साथै दुश्मन पुरुषहरुबाट घेरिएको अवस्थ...
फिल्मको पर्दामा विद्रोही रुपचन्द्र विष्ट
रीना मोक्तान
देशका प्राय सबै क्षेत्रमा बेठिक भइहँदा 'समाजमा सही काम गरेका प्रेरणा छैनन् त ?' भन्ने प्रश्नले विकास ढकाल र अमित किशोर सुवेदीलाई एक बनायो । मौलिक काम गर्न रुचाउने दुईले केही विषयहरुमा प्रारम्भिक अनुसन्धान गरे । ती विषयको सूची तयार पारे । त्यही सूचीको पहिलो प्राथमिकता बन्यो, रुपचन्द्र विष्ट ।
आश्विन १८, २०७८
जसलाई चाडपर्वले छुँदैन
विद्या राई , सीमा तामाङ , सुशीला तामा‌ङ
नयाँ लुगामा चिटिक्क सजिएर मामाघर जान पाइने । टीका र दक्षिणा थाप्ने, मिठाई किनेर खाने, बेलुन उडाएर रमाइलो गर्न पाइने । बाल्यकालमा रामेछापकी निर्मलालाई दसै रौनक विशेष लाग्थ्यो । एक दिन हिँडेर पुगिने मामाघर जाने अवसर दसैमा मात्रै जुर्थ्यो । मावली हजुरआमा र मामा–माइजूले खुबै माया गर्थे । उनलाई पनि मामाघर प्यारो लाग्थ्यो । ...
आश्विन १७, २०७८
दिल्लीमा नेपाली चौतारो
राजेश मिश्र
चिया पसलमा बिहानैबाट जमघट हुनु अनौठो होइन । तर दिल्लीको सोमबजारमा एक पसल अगाडि बिहानैदेखि अबेरसम्म नेपालीको जमघट देखिन्छ । यो कुनै खास दिन मात्रै होइन, सधैंभरि उस्तै हो । व्यक्तिहरू भने फेरिइरहन्छन्, दोहरिन्छन् ।
संसद्‍मा सरवत : मनको कुरा मनमै रह्यो
जयसिंह महरा
संसद् बोल्ने र छलफल गर्ने थलो हो । तर, प्रतिनिधिसभामा कांग्रेस सांसद सरवत खानमले बोलेको खासै सुनिँदैन । उनले बोल्न नचाहेकी पनि होइनन् । भन्छिन्, ‘ठूलाले बढ्ता बोल्नुहुन्छ त सानोको पालो आइपुग्दैन ।’
आश्विन १६, २०७८
चाडबाडको चहलपहल: दसैंमा ‘भाइरल’ कपडाको माग बढी
नुमा थाम्सुहाङ
दसैं नजिकिएसँगै कपडा पसलहरुमा भीड बढेको छ । तन्नेरीदेखि वृद्धसम्म आफ्ना रोजाईका लुगा छान्नमा व्यस्त देखिन्छन् । यसमा पनि सामाजिक सञ्जालः इन्स्टाग्राम, टिकटक लगायतमा लगाइएका लुगा देखेर किन्न खोज्न आउने ग्राहकहरु बढी रहेको कपडा व्यवसायीहरु सुनाउँछन् ।
आश्विन १५, २०७८
राउटेमाथि बढ्दै लगानी, घट्दै जनसंख्या
गणेश राई , ज्योति कटुवाल
भदौ तेस्रो साता जनजाति प्रतिष्ठानले सुर्खेतको बोटेचौरमा बसिरहेका राउटे समुदायलाई १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा वितरण गर्‍यो । राहत वितरणमा स्थानीय जनप्रतिनिधिदेखि प्रहरी प्रशासनको उपस्थिति थियो । प्रतिष्ठान पुग्नुअघि भदौ १३ गते राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना नेतृत्वको टोलील...
बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै
विद्या राई , वसन्तप्रताप सिंह , राजबहादुर शाही , शिव पुरी
बझाङको बित्थडचिर गाउँपालिका देउलेकका ६ वर्षीय प्रेम महरको ज्यान दुब्लो थियो, हातखुट्टा लुला थिए । उनलाई बेला–बेला झाडापखाला लाग्थ्यो । खान हतपत मनै गर्दैन थिए । चिसो लागेको भनेर उनकी आमाले जडीबुटी खुवाउँथिन् । पछिल्लो पटकको झाडापखाला जडीबुटीले निको नपारेपछि प्रेमलाई गत जेठ २२ मा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा भर्न...
आश्विन १३, २०७८
१२ गैंडा मरेका होइनन्, मारिएको खुलासा
रमेशकुमार पौडेल
गैंडा मारेका घटनाका आरोपित धमाधम पक्राउ पर्न थालेपछि दुई वर्षको अवधिमा १२ गैंडा चोरी सिकारीले मारेको थप तथ्य खुलेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न मितिमा पक्राउ परेका आठ जनाबारे नयाँ तथ्य अगाडि ल्याएको हो ।
शान्त महन्थ
अजित तिवारी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मंगलबार बिहान १० मिनेट ‘एक्सरसाइज’ गर्ने भन्दै कुराए । त्यतिबेलासम्म उनलाई भेट्न जनकपुरको सिटी स्टार होटलमा नेता/कार्यकर्ताको घुइँचो लागिसकेको थियो । सबै जना उनी बसेको कोठाको ढोका खुल्ने प्रतीक्षामा थिए ।
आश्विन १२, २०७८
चीनको तियानन्मेन स्क्वायर र पुष्प गुच्छाको भाव
लक्ष्मी लम्साल
चीनले हरेक वर्ष राष्ट्रिय दिवस मनाउँछ । त्यस सिलसिलामा तियानन्मेन स्क्वायरमा राखिने पुष्पगुच्छाको निकै ठूलो भावार्थ र सौन्दर्य झल्काइरहेको हुन्छ। यस कुराले चीनभित्र मात्रै होइन, विदेशमा पनि उत्तिकै चासो बढाएको छ । चीनमा राष्ट्रिय दिवस नजिकिँदै गर्दा स्क्वायरको मध्यभागमा अवस्थित फूलको गुच्छाको भावार्थमा धेरैको ध्यान खिच...
आश्विन २, २०७८
भुजा भुट्ने गाउँ
जितेन्द्र साह
खाजादेखि चटपटे र सख्खरको लड्डु बनाउनसम्म भुजा अनिवार्य हुन्छ । ठाउँअनुसार मुरई, मुढी वा मुरमुरा पनि भनिने भुजाको तराई–मधेसमा सामाजिक, पारम्परिक एवं सांस्कृतिक महत्त्व पनि छ ।
आश्विन १, २०७८
जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस [भिडियो]
गणेश राई , तस्बिर : दिपेन्द्र रोक्का
अमृत साइन्स क्याम्पस (अस्कल) देशको पहिलो विज्ञान विषय अध्ययन गराउने क्याम्पस हो । विज्ञान विषयमात्र पढाइने यो देशको एउटा मात्रै क्याम्पस पनि हो । यो क्याम्पस २०१३ साल असोज १ गते स्थापना भएको हो । हाल क्याम्पस स्थापना भएको ६५ औं वर्ष पुगेको छ ।
भाद्र २८, २०७८
मिस्टर सुप्रान्यासनलका थर्ड रनरअप डा‍क्टर सन्तोष भन्छन्– ‘राजनीतिमा आउँछु’ [भिडियो]
बुनु थारु
दुई वर्ष अगाडिको कुरा हो, पेसाले चिकित्सक ३० वर्षीय डा. सन्तोष उपाध्याय रात्रिबसमा अछामबाट काठमाडौं आउँदै थिए । समय कटाउन मोबाइलमा समाचार हेर्दै गर्दा उनको आँखा एउटा सूचनामा गएर अडियो । सौन्दर्य प्रतियोगिता । पेशाले चिकित्सक सन्तोषको रुचि मोडलिङ र सामाजिक कार्यमा पनि थियो ।
भाद्र २६, २०७८
राजाराम पौड्याल सेप्टेम्बर ११ यसरी सम्झन्छन् : केही हन्डर र केही रमाइलो
कान्तिपुर संवाददाता
२० वर्षअगाडि आतंककारी संगठन अलकायदाले अमेरिकाको ट्विनटावरमा आक्रमण गर्दा झन्डै ३ हजार निर्दोषको ज्यान गएको थियो । १० मिलियन डलर बराबरको भौतिक क्षति भएको थियो । उक्त दिन नेपाली हास्यकलाकार राजाराम पौड्याल अमेरिका जाँदै थिए । आक्रमणपछि उनले भोगेका केही हन्डर र केही रमाइला कथा :
भाद्र २३, २०७८
जब मुक्तिसेनाका योद्धा याक्थुम्बाले बडाहाकिमलाई आत्मसमर्पण गराए
जगत नेपाल
क्रान्तिको बेला थियो । कमान्डर ‘बेकर’ रघुपति जुटमिलस्थित हेडक्वार्टरबाट देशभर खटिएका मुक्तिसेनालाई वायरलेस रेडियोमार्फत निर्देशन दिन व्यस्त थिए । हेडक्वार्टरतिरै लम्किँदै थिए, क्रान्तिका योद्धा तारिणीप्रसाद कोइराला । मोर्चाबाट फर्किएका उनलाई गोलीगट्ठा जुटाउने चटारो थियाे । त्यसका लागि भेट्नु थियो बेकरलाई । अर्थात् बीपी...
निजामती सेवा पुरस्कारबाट पुरस्कृत कार्यालय सहयोगी भन्छन्, ‘तलब थोरै हुँदा खाजै नखाने बानी लाग्यो’ [भिडियाे]