text
stringlengths
2
914
प्रकाश धौलाकोटी
१८ औँ निजामती सेवा दिवसको सन्दर्भमा मंगलबार सरकारले निजामती सेवा पुरस्कार प्राप्त गर्ने ४० जना कर्मचारीको सूची सार्वजनिक गर्‍यो । सूचीको अन्तिममा एउटा नाम छ– पूर्णप्रसाद अगस्तीे । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कार्यालय सहयोगी हुन् ।
भाद्र २२, २०७८
‘आफ्नो साथमा बुबा हुनुजस्तो ठूलो कुरा केही लाग्दैन’ [भिडियो]
बुनु थारु
पदमबहादुरको परिवारमा कलेजोको वंशाणुगत समस्या नै छ भने पनि हुन्छ । पोहोर साल उनका भाइ कलेजोको क्यान्सरबाट बिते । उनका बुबाले पनि कलेजोको समस्या कै कारण ज्यान गुमाएका थिए । त्यसैले अत्यधिक रक्सी सेवन गर्ने पदमलाई झन कलेजोको समस्याले नगाँज्ने सम्भावनै थिएन भने पनि हुन्छ ।
बुबासँगै काँधमा काँध
रीना मोक्तान
आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । बुबालाई सम्मान प्रकट गर्ने विशेष अवसर । यो अवसरमा हामी ती बुबाहरूबारे चर्चा गर्दै छौं जसले प्रतिभावान् कलाकार त जन्माए नै, तिनलाई फिल्म क्षेत्रमै कर्म पनि दिए । उनीहरू कहिले निर्माता, कहिले लेखक, कहिले निर्देशक त कहिले स्वयं कलाकार बनेर आफ्ना कलाकार सन्ततिहरूका साथ यस क्षेत्...
साथीजस्ता पाइलट बाबुछोरी [भिडियो]
बुनु थारु
बुबा आन्तरिक उडानमा । छोरी अन्तर्राष्ट्रिय उडानमा । पेसा एकै हो– पाइलट । तर, बाबुछोरीको भेट हुन ‘साइत’ नै जुर्नुपर्ने । ६४ वर्षीय विनोद पुरी समिट एयरमा कार्यरत छन् भने छोरी नेहा हिमालय एयरलाइन्समा । दुवैको उडान तालिका फरक पर्ने भएकाले विमानस्थल तिरै भेट्न पनि मुस्किल पर्छ । फेरि दुईटा टर्मिनल बीच आवतजावत पनि सजिलो छैन ...
भाद्र १८, २०७८
बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर...
रीना मोक्तान , तस्बिर : दिपेन्द्र रोक्का
सहकार्य र सहयात्राको ४१ औं वर्ष । यो जोडीले पञ्चायत, बहुदल र गणतन्त्र देख्यो । रंगमञ्चमा जन्मिएका यी दुईले एकअर्काका हात समाएर यात्रा सुरु गरे । उनीहरुको सहकार्य साथ, भरोसा र विश्वासबाट सुरु भयो । उदाहरण बने असल मितत्राको, अनि बलियो साथको । यी दुई परिवर्तनका वाहकमात्र बनेनन् हास्यव्यंग्यको नबिर्सने इतिहास बने । दर्शकको...
भाद्र १५, २०७८
त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]
गणेश राई , तस्बिर : अंगद ढकाल
विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसले हालै १०४ औं वार्षिकोत्सव मनायो । एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको यो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको...
भाद्र १३, २०७८
अन्जन गजुरेल : बलिउडमा देखाउँदै छन् कलाको जादु
रीना मोक्तान
चाँदीवाली स्टुडियोमा ‘लुडो’ फिल्मको सुटिङ हुँदै थियो । सुटिङकै क्रममा एकदिन स्टुडियो घुम्दै गर्दा निर्देशक अनुराग बासुको आँखा त्यहाँको पौडी पोखरी पर्‍यो । कला निर्देशकलाई बोलाएर फिल्मको प्रमुख पात्र पंकज त्रिपाठीको अड्डा त्यही बनाउन निर्देशन दिए । पौडीपोखरी फोहोर थियो । लेउले हरियो देखिन्थ्यो । कला निर्देशकले कश्यपको द...
भाद्र १०, २०७८
‘आमा, दिदी बहिनी हो...!’ क्रान्तिकारी आवाजको अन्त्य
रीना मोक्तान
प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक हुन्- जेबी टुहुरे । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिदैँ जनमत निर्माणका लागि आफ्नो आवाज दिए । माले भूमिगत हुँदा सांँस्कृतिक कार्यक्रममार्फत् पार्टीका एजेण्डा उनले आमजनता माझ पुर्‍याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । २...
ज्ञानको भण्डार ‘सरकारी बोरा’मा [भिडियो]
गणेश राई
२०७२ को भूकम्पले ढलेको छैटौं वर्षमा धरहरा बन्यो । रानीपोखरी र सँगै रहेको दरबार हाई स्कुल पनि बन्यो । काष्ठमण्डप निर्माणको अन्तिम चरणमा छ । सिंहदरबारको पुरानो भवन बन्यो, केशरमहल रेट्रोफिट भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू बनिरहेका छन् । तर, हरिहर भवन भत्केसँगै त्यहाँ रहेको राष्ट्रिय पुस्तकालका ऐतिहासिक तथा दुर्लभ प...
भाद्र ७, २०७८
‘मह’ अघिको ‘हाडापाल’ जोडी : ‘जसलाई नयाँ पुस्ताले चिन्दैन’ [भिडियो]
रीना मोक्तान
एकदिन दुई गरिब साथीले पैसा कमाउने जुक्ति निकाल्छन् । मागेर जिन्दगी नचलेपछि एकजनाले प्रस्ताव राख्छ, ‘बाटोमा बसौं । गाडी आउनासाथ खुट्टा अल्झाइदिउँ अनि गाडीले खुट्टा कुल्चिन्छ । ड्राइभरलाई तपाईंले समात्ने अनि पैसा झार्ने ।’ आइडिया त राम्रो ! तर गाडीको पाङ्ग्रामा कसले खुट्टा राख्ने ? दुईबीच घनघोर छलफल चल्छ । आइडिया काम लाग...
भाद्र ४, २०७८
जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्‍यो
सुरज कुँवर
बिहीबार । रातको १० बज्दै थियो । कालीमाटी प्रहरीका डिएसपी अपिल बोहोराको टोली प्रहरी भ्यान साइरन बजाउँदै टेकुतिर हुइँकिदै थियो । भ्यानको अघिअघि दौडिरहेको थियो एउटा राँगो ।
भाद्र ३, २०७८
बीपीविरुद्ध सर्वोच्चले गरेको त्यो फैसला...
गोविन्द पोखरेल , तस्बिर : अंगद ढकाल
२०१७ सालमा नवौं शाह वंशीय राजा महेन्द्रले जननिर्वाचित सरकारलाई हटाएर निरंकुश व्यवस्था लागु गरे । राजा महेन्द्रको उक्त कदमविरुद्ध नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गर्‍यो ।
श्रावण ३२, २०७८
कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]
रीना मोक्तान , तस्बिर : दिपेन्द्र रोक्का
सिसा या माटोको भाँडा देख्ने बित्तिकै निरन श्रेष्ठको हात चलमलाई हाल्थ्यो । सानो लठ्ठीले ट्वाङटुङ हान्थे, भाँडोको आवाज सुन्न । एकदिन आफ्नो कपडा पसल छेउको दोकानबाट चिया मगाएर पिउँदै थिए ।
श्रावण २९, २०७८
सर्पका साथीहरू
गोविन्द पोखरेल
सर्प भन्ने बित्तिकै हामी सबैमा एक प्रकारको डर पैदा हुन्छ। सर्पले डस्ने बित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने आम बुझाइका कारण हामीमा त्रास पैदा भएको हो । त्यसैले त गाउँघरतिर मानिसहरु सर्प देख्‍ने बित्तिकै मारिहाल्छन् । अझ भनौं, देख्‍ने बित्तिकै सर्पको टाउकोमा हान्छन् । सर्प हाम्रो लागि शत्रु नभएर मित्र पनि हो ।
श्रावण २६, २०७८
गजुरेलको बहुरुपी अवतार : पुटिनदेखि बोरिससम्म [भिडियो]
रीना मोक्तान
गाईजात्रामा हास्य कलाकार मनोज गजुरेलबाट अपेक्षा गरिन्छ, बहुरुपी अवतार । देश-विदेशका प्रसिद्ध पात्रहरुको नक्कल गर्दै दर्शक हँसाउने गजुरेल यो पटक चार अवतारमा देखिँदैछन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल ...
जसले सहरियाको स्वाद फेरे
सुरज कुँवर
तीसको दशकअघि आम नेपालीको खाजा भुटेको मकै, चिउरा, भटमास, रोटी, दही–मोही हुन्थ्यो । त्यो पनि अहिले जस्तो घरबाहिर गएर होइन अधिकांशले घरमै बनाएर खाजा खान्थे । त्यो समय रेष्टुरेन्ट, क्याफे, बेकरी लगायतका पश्चिमा 'इटरी–हाउस' धेरैका लागि अनौठा थिए ।
बेचबिखनको जोखिममा महिला
विद्या राई
सिन्धुलीकी २६ वर्षकी माइलीले बालकैदेखि घरमा दु:ख मात्रै भोगिन् । भोक मेट्न नुनमा भात मोलेर खानुपर्ने अवस्था । पाखोबारीको कमाइले तीन महिना पनि खान नपुग्ने । बाँकी ९/१० महिना खान अर्को गाउँका जमिनदारहरुको मेलापात चहार्नुपर्ने ।स्कुलको ड्रेस, कापी–कलम किन्न साहुको भारी बोक्नुपर्ने ।
श्रावण २०, २०७८
जो रेनकोटभित्र बाफिएर संक्रमितको उपचारमा खटिए
भूषण यादव
कोरोना महामारीको पहिलो लहर आउँदा वीरगन्जमा गर्मी उकालो लाग्दै थियो । वीरगन्ज कोरोनाको हटस्पट नै बनेको थियो । नारायणी अस्पतालको परिसरमा पुग्दा एक चिकित्सक रेनकोट लगाएर कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका हुन्थे ।
श्रावण १६, २०७८
महामारीका फ्रन्टलाइनर योद्धाहरू
बुनु थारु
सरकार आफैंले घोषणा गरेको कोभिड जोखिम भत्तासमेत नपाएर निराश बनेका फ्रन्टलाइनरहरू बारबरा फाउन्डेसनबाट सम्मानित भएपछि हर्षित छन् । महामारीमा उनीहरू दिनरात नभनी शव व्यवस्थापनदेखि स्वाब संकलनमा खटिएका थिए ।
श्रावण १३, २०७८
बेलायतबाट फर्किएर ‘माली’ बनेको ठिटो
बुनु थारु , तस्बिर : दिपेन्द्र रोक्का
बेलायतबाट अकाउन्टेन्सी पढेर फर्किंदा विराज खड्कामा केही नयाँ गर्छु भन्ने हुटहुटी थियो । तर, के गर्ने मेसो पाइरहेका थिएनन् । फर्किएकै वर्ष सन् २०१२ मा नयाँ व्यवसायका लागि विभिन्न क्षेत्रमा हात हाले । तर, उनलाई सन्तुष्टि मिलिरहेको थिएन । कहिले झोला ब्यान्ड प्रोजेक्ट त कहिले कर्पोरेट गिफ्टस बनाउने काम । उनकै शब्दमा ती काम...
श्रावण १२, २०७८
भुवन चन्द र मलाई अवार्ड दिन्छु भनेर झुक्याए : वसुन्धरा भुसाल
रीना मोक्तान
चोभारमा अभिनेत्री भुवन चन्द 'आमा' फिल्मको गीतमा सट दिँदै थिइन् । भुवनसँगै क्यामेराअघि अभिनेता शिव शंकर लिप्सिङ गर्दै थिए, 'गरौंला हामी सिर्जना अर्को प्रितीको जगतमा । सुन्दर मिठो भावना नयाँ भरेर दिलैमा ।'
श्रावण ७, २०७८
मिर्गौला प्रत्यारोपणको पर्खाइमा पल्पसा
रीना मोक्तान
३०५ नम्बर क्याबिन कता हो ? त्रिवि शिक्षण अस्पतालको नेफ्रो वार्ड रहेको भवनको भुइँ तल्लामा गार्डलाई प्रश्न गर्दा उल्टै उनले प्रतिप्रश्न गरे, 'बिरामीको समस्या ?' 'मिर्गौला', जवाफ पूरा दिन नपाउँदै गार्डले झट्ट भने, 'चम्सुरी हो ?'
असार ३०, २०७८
फितलो ‘आर्थिक कूटनीति’
जगदीश्वर पाण्डे
भलै नेपालको कूटनीतिक सम्बन्धमा विस २०५० को दशकमा आएर मात्र आर्थिक कूटनीतिले प्रवेश पाए पनि त्यसको धेरै अघिदेखि नेपालले आर्थिक कूटनीतिलाई सफल रुपमा सञ्चालन गरेको इतिहास छ । नेपालको कूटनीति सम्बन्ध व्यापारबाट नै अघि बढेको भन्ने गरिन्छ । १० औंदेखि १८ औं शताब्दीसम्म चलेको मल्ल कालमा नेपाल र तिब्बतबीच व्यापारिक रुटमार्फत सा...
असार १६, २०७८
वन्यजन्तु व्यापार सुरु गर्ने नेपालको योजना, चिनियाँ कम्पनीहरुको दौडधुप
रमेश भुसाल
अप्रिल २०२१ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग का प्रवक्ता हरिभद्र आचार्यसँग काठमाडौंस्थित उनको कार्यालयमा कुराकानी गर्न बसेलगत्तै उनलाई फोन आयो । मैले पनि फोन सुनोस् भनेर उनले आफ्नो मोबाइल स्पिकरमोडमा राखिदिए । “म वन्यजन्तु पालन इजाजतपत्रका लागि आवेदन दिन चाहन्छु र कस्तूरी मृगलाई बीउजनावरका रुपमा लिन चाह...
असार ८, २०७८
कोभिड नियन्त्रणमा सरकारी अलमल : समन्वय अभाव र अस्थायी संरचना प्रमुख अवरोध
जगदीश्वर पाण्डे
कोभिड महामारीका बीच सरकारले २०२० सालको संक्रामक रोग ऐन र २०२८ सालको स्थानीय प्रशासन ऐनद्वारा काम चलाइरह्यो । नयाँ परिवेशमा नयाँ कानुनको आवश्यकता स्वीकार्न बाध्य भएपछि बल्ल आफ्नै नेतृत्वमा हुने गरि प्रधानमन्त्री ओलीले जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’ जारी गर्ने निर्णय गरे तर त्यसको प...
असार ५, २०७८
कालो बादल मडारिन थालेपछि...
रासस
हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुंगाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्‍याउने भन्ने ।
असार ३, २०७८
अपांगता भएका बलात्कृत महिलाको सुरक्षाको चिन्ता
विद्या राई