text
stringlengths
2
914
बौद्धिक अपांगता भएकी दोलखाकी अविवाहित २३ वर्षीया युवतीले गत वर्ष कात्तिकमा दोस्रोपटक बच्चा जन्माइन् । राष्ट्रिय अपांग महासंघ, वाग्मती प्रदेश अध्यक्ष अश्विन लम्सालका अनुसार उनले बलात्कारबाट गर्भ बसेर बच्चा जन्माएकी थिइन् । पहिलोपटक पनि बलात्कारबाटै गर्भ बसेर उनको मृत बच्चा जन्मिएको थियो । परिवारले छोरीलाई सुरक्षित राख्न...
जेष्ठ ३०, २०७८
‘हाम्री तलेजु–भवानीको गहना फर्काऊ’
श्‍वेता बानियाँ
अहिले सिकागोमा रातको साढे १० बजेको छ । नजिकै बेसबल खेल हेरेर म भर्खरै होटलमा फर्किएकी छु । म थाकेकी छु तर सुत्न पनि सकेकी छैन । जति सुत्ने यत्न गरे पनि तन्द्रामै म आफ्नो मनमुटु बिस्मित बनाउँदै सिकागोको आर्ट इन्स्टिच्युटतिरै पुगिरहेकी छु जहाँ मेरो देश, मेरो घरबाट चोरिएको एउटा सम्पदा प्रदर्शनीमा राखिएको छ ।
जेष्ठ २८, २०७८
वकिल सा’ब बने मुख्यमन्त्री
नारायण शर्मा
२०३९ सालमा तनहुँबाट नवलपरासी सदरमुकाम परासीमा बसाइँ सरेर आउँदा कृष्णचन्द्र नेपालीलाई राजनीतिकर्मी भन्दा पनि सबैले वकिल सा’ब भनेर चिन्थे । त्यतिबेला उनले परासीमा जनपक्षीय ‘ल फर्म’ खोलेर पञ्चायती व्यवस्थाविरोधी समूहका राजनीतिक र अन्य मुद्दा हेर्न थाले ।
जेष्ठ २५, २०७८
शुभकामना सन्देश प्रिय गायक दीप श्रेष्ठलाई
दिनेश सुब्बा
युवा हुँदै वृद्ध अवस्थाको परिकल्पनामा रुमलिँदै आफ्नै शब्द सङ्गीतमा जीवन्त आवाज दिई नेपाली सङ्गीतको बिहानी आकाशमा झुल्किएको सूर्यरुपी कलाकार दीप श्रेष्ठ प्रकारान्तरले ७० औं वर्ष उमेरतर्फ धकलिरहेको समयलाई हामीले नकार्न सक्दैनौं । दीप श्रेष्ठ त के आफ्नै उमेरको बहकाई सम्झँदा एउटा त्रास र निराशामा रुमलिन्छ यो मन ।
जेष्ठ २४, २०७८
कोरोना महामारीमा नेपालको हिमाल आरोहणमा सफलता
सुरज कुँवर
कोभिड महामारीको दोस्रो लहर अघिबाट थालिएको सगरमाथासहित १६ वटा हिमालको वसन्तकालीन आरोहण सिजन ८३ दिनमा लगभग सकिएको छ ।
जेष्ठ २१, २०७८
मानिस हामी रहौंला कहाँ, प्रकृति नरहे !
दीपक सापकोटा
मानिसको पहिलो र प्रमुख आश्रय नै प्रकृति हो । बाँच्नका खातिर हामीले जे–जति भोग–उपभोग गर्दै आएका छौं, ती सबै प्रकृतिकै देन हुन्— भोजनदेखि खनिजसम्म, उर्जादेखि इन्धनसम्म !
जेष्ठ १८, २०७८
उज्ज्वल दाइ, सरी फर लेट रेस्पोन्स !
ब्रबिम कुमार
'कता गायब ?' ठ्याक्कै २५६ दिन अघि ह्वाट्स्एपमा मेसेज आयो, उज्ज्वल थापाको । घरमा आमा र भाई कोरोना संक्रमणले थलिएर बसेका बेला म र श्रीमती हेरचाहमै व्यस्त थियौं । भलै हामी पनि लक्षणबिनाको संक्रमित थियौं ।
जेष्ठ १५, २०७८
फिल्म प्राविधिकका दु:ख– 'पोहोर लकडाउनदेखिकै भाडा तिरेका छैनौं, अब कसरी बाँच्ने ?'
रीना मोक्तान
१५ महिना भयो, जीवनकुमार पोख्रेलले घरबेटीलाई भाडा तिर्न सकेका छैनन् । पोहोर लकडाउनमा फिल्मको काम सबै ठप्प भयो । काम बन्द भएपछि दैनिक ज्याला रोकियो । सुटिङमा कलाकारको खुम्चिएको कपडामा आइरन लगाइदिने, टाँक फुस्किए त्यो सिलाइदिने 'ड्रेसम्यान' हुन् जीवन । त्यही काम बन्द भएपछि हातमुख जोड्न धौधौ पर्‍यो । उनको अवस्थालाई १६ वर्ष...
जेष्ठ १४, २०७८
महामारीमा ‘चुपचाप’ काम गरिरहेको एउटा अस्पताल
स्वरूप आचार्य , तस्बिर : अंगद ढकाल
आईसीयू भनेर छुट्ट्याइएको एउटा कोठामा वयोवृद्ध बिरामी भेन्टिलेटरको सहारामा आफ्नो जीवनको डोरी समात्न संघर्ष गरिरहेका छन् । गाढा गुलाबी रंगको गाउन लगाएका एक चिकित्सक उनलाई दिइएको अक्सिजन र औषधिहरूको मात्रा मिलाउँदै छन् ।
जेष्ठ ६, २०७८
एक जोडीको पानीफोटो कथा
गणेश राई
दशरथ राई यतिखेर (२०७८ जेठ) हुम्ला जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी छन् । उनले भर्खरै फेसबुकको भित्तामा ९ वर्षअघिको एउटा फोटो पुनःरावृत्ति भएर आएको छ । पुनःस्मरणमा देखिएको फोटो भित्तामा पोस्टाउँदै दशरथले भनेका छन्– ‘भेषभूषामा दम्पती ।’
वैशाख २५, २०७८
लुम्बिनीमा कोभिडको कहर : अस्पतालमा छटपटिँदै बिरामी, अक्सिजन खोज्दै आफन्त
अमृता अनमोल
उनी बोल्न सक्दिनथिन् । शरीर लत्रेको थियो । ज्वरोले अचेत थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । ७९ वर्षे कुमारी थापाको शरीरमा अक्सिजन लेवल घटेर ५५ देखि ६० थियो । स्वास्थयकर्मीहरुले एक घण्टाभित्र अक्सिजन दिन नपाए बचाउन नसकिने बताएका थिए ।
वैशाख २३, २०७८
अर्काइभबाट : मखमली प्रेम
राजकुमार बानियाँ
सदाबहार गायक भन्ने ‘टाइटल’ सोह्रैआना सुहाउँछ, प्रेमध्वज प्रधान, ८१, लाई । साढे ६ दशकदेखिको चिरपरिचित आवाज अहिले पनि नयाँ एल्बमको तयारीमा छ । आठवटै गीतको कम्पोज आफैँले गरेका उनलाई ‘जीवन फूल हो कि भूल ?’को मिक्सिङ र मास्टर्सले व्यस्त बनाएको छ ।
वैशाख १२, २०७८
टिप्पणी : सरकार सीमा व्यवस्थापनमा चुक्दा अवस्था फेरि जटिलतातिर
स्वरूप आचार्य
नेपाल सरकारले एक वर्षअघि कोरोना भाइरसको पहिलो लहरले देशलाई जकडेको बेलाको सिकाईलाई बेवास्ता गर्दा दोस्रो लहर झन् भयावह हुने स्थितितिर उन्मुख छ । त्यतिबेला सीमा नाकाबाट प्रवेश गर्ने अधिकांशको यथोचित अभिलेखीकरण र परीक्षण नगरेकै कारण भाइरस समाजमा फैलिएको तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।
वैशाख ११, २०७८
सहिद परिवारको गुनासै गुनासो
शिव पुरी
रौतहटको गुजरा नगरपालिका–६ स्थित खतबैया टोलकी ७० वर्षीय सहिद पत्नी सकिला खातुनको राजनीतिक दलहरुप्रति गुनासै–गुनासा छन् । सात दसक कटेकी खातुनसँग यतिबेला गुनासो पोख्नुबाहेक विकल्प छैन ।
‘छोराको बलिदानी नगुमोस्’
मोहन बुढाऐर
उनको विवाह भएको वर्षदिन पुग्दैथियो । भोलिपल्ट दुलहीलाई साथ लगाएर ससुराली जाने तर्खरमा थिए होरीलाल । तर अघिल्लै दिन बिहान उनी सेनाको गोली लागेर ढले । माघ २६ गते बिहानै शौच गर्न आफ्नै खेतमा गएका थिए उनी ।
चैत्र ३१, २०७७
आँगनका भट्टीमा जो भुट्छन् भुजा
सन्जु पौडेल
उनले थाहा पाएदेखि घरमा नियम फेरिएको छैन । रूपन्देहीको सिद्धार्थनगर–१३ मालटोलका ७० वर्षीय बचन भुज सबेरै उठ्छन् । आँगनमा माटाको भट्टीचुलो छ । लिपपोत गर्छन् । त्यसलाई पूजा गर्छन् र आगो बालेर हाँडी तताउन थाल्छन् । तातिरहेको हाँडीमा कान्छी बुहारी कलवाती भुजले भुजा भुट्न थाल्छिन् ।
चैत्र ९, २०७७
नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने
रीना मोक्तान
हलभित्र फिल्म चलिरहेको थियो । अगाडिको पंक्तिमा थिए रानीका धाई, सुसारे, राजाका अर्दली । अर्को पंक्तिमा अटाएका थिए राजारानीका निजी कर्मचारी । बीचको आरामदायी सोफामा राजारानी, राजपरिवार । पछाडिका पंक्तिमा एडीसी(अंगरक्षक) ।
चैत्र ७, २०७७
स्याउली पलाइछ, नरोऊ न नीरमाया सुख कल्लाइ छ...
देवेन्द्र भट्टराई
चितवनको शिवनगर छँदा गाई गोठालो जाने हूलहुद्दामा पुष्पकमल र अमर सँगैजसो हुन्थे । त्यही गौचरन छेउमा फुटबल खेल्दा पनि यी दुई एउटै मैदानमा उफ्रन्थे । पढाइमा तल्लो–माथ्लो कक्षा भए पनि यी दुवै शिवनगर स्कुलमै पढ्थे । दुवैको जन्म साल एकै थियो— २०११ ।
चैत्र १, २०७७
‘नेताले ठूल्ठूला घर ठड्याए, हामी सधैं सडकछाप’
सीमा तामाङ , सुशीला तामा‌ङ
ठमेल सञ्चयकोष भवनबाट उत्तरतर्फको छेउमा उनी यात्रु पर्खिरहेका थिए । ‘तपाईंहरू कहाँसम्म पुग्नुपर्ने हो ?’ हामीलाई देख्नेबित्तिकै निकै उत्साहका साथ उनले सोधे । हामी यात्रु नभएको बताएपछि नुवाकोट त्रिशूलीका रिक्साचालक रामबहादुर तामाङ निराश भए । ‘१५ दिनदेखि एक रुपैयाँ पनि कमाइ भएको छैन । साह्रै अप्ठ्यारो भएको छ,’ उनले भावुक ...
फाल्गुन २९, २०७७
सोलो राइडर सभ्या भन्छिन् : हामी पनि पावरफुल छौँ
बुनु थारु
माउन्टेन ड्युले ‘सोलो एडभेन्चर टुर’को अडिसन लिइरहेको थियो । पोखराकी सभ्या केसीले बुटवल जानका लागि घरमा कुरा राखिन् । ‘बाटोमा जंगली जनावरले आक्रमण गर्ला, केटी मान्छेलाई कसैले रोक्न सक्छ’ भन्दै आमाले उनलाई रोक्न चाहन्थिन् । तर सभ्याको जिद्दी र इच्छासामु आमाको केही लागेन । अन्तत: मम्मीलाई फकाइ छाडिन् ।
फाल्गुन २४, २०७७
पहिलो महिला प्याराग्लाइडर त्रिशा भन्छिन् : आँट्नु नै ठूलो कुरा हो
रीना मोक्तान
पहिलो प्याराग्लाइडिङ पछि त्रिशा श्रेष्ठ दोस्रोपटक आकाशमा उड्दिनन् भन्ने पक्का थियो । पहिलो उडानमै झन्डै बेहोस् भएकी उनले दोस्रोपटक उड्ने सोचुन् पनि कसरी ! प्रेमी राजेश बोम्जनसँगै आकाशमा उड्दै गर्दा उनलाई कैयौंपटक बान्ता भयो । ल्यान्डिङसम्म त शिथिल शरीरमा ठीकसँग उभिन पनि सकेकी थिइनन् । प्याराग्लाइडिङले बिरामी बनाइदिएको ...
ककपिटमा महिला
रीना मोक्तान
काठमाडौंबाट उडेको केही बेरमा विमान भैरहवामा अवतरित भयो । क्याप्टेन यशोधरा थापा र को–पाइलट प्रीति गिरी ककपिटबाट निस्कने सुरसार गर्दै थिए । अचानक यात्रुहरूले भनेको कुरा उनीहरूको कानमा ठोक्कियो– ‘लौ आज त विमानमा सबै क्रु महिला नै पो रहेछन् ।’
फाल्गुन २२, २०७७
रैथाने परिकारमा यसरी रमाए सन्तोष साह
बुनु थारु
शनिबार बिहान ९:४५ तिर क्षेत्रपाटीमा अवस्थित पुरानो ग्वारमरी पसलमा मानिसहरुको भिड देखिन्थ्यो । नेवारी परिकार ग्वारमरी विशेषगरी बिहानको नास्तामा खाने गरिन्छ । ग्वारमरी खानेभन्दा पनि पकाउने मानिसमा धेरैको आँखा गइरहेको थियो । आकर्षणका केन्द्रबिन्दु थिए, मास्टर सेफ प्रोफेसनल यूके २०२० का उपविजेता सेफ सन्तोष साह ।
फाल्गुन १५, २०७७
बूढीगण्डकी : मृगतृष्णा बनेको परियोजना
रमेश भुसाल
सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट गुज्रिइरहेको छ । अहिले नेपाल सरकार चिनियाँ ठेकेदारलाई निर्माण कहिले सुरु हुन्छ भनेर सोध्न सक्ने अवस्थामा पनि छैन।
फाल्गुन १४, २०७७
म्युजिक कम्पनीबाट ठगिँदै स्रष्टा : करोडौंको सिर्जना तस्करी
रीना मोक्तान
२०५६ मा रेकर्ड भएको 'बसमा छैन मेरो मन' बोलको गीत विभिन्न अकाउन्टबाट युट्युबभरि अपलोड गरेको देखेपछि संगीतकार राजन इशानलाई आफ्नै च्यानल खोल्न मन लाग्यो । एक वर्षअघि युट्युब खोलेर उनले यो गीत अपलोड गरे । गीत अपलोड गरेको केही क्षणमै 'एप्पल म्युजिक'ले प्रतिलिपि अधिकार दाबी गर्‍यो ।
फाल्गुन ८, २०७७
राजनराज सिवाकोटी भन्छन्, '१२ वर्षपछि चर्चामा आउँदा फूलबुट्टे सारी बिर्सिसकेको थिएँ'
रीना मोक्तान
गीत रचनाका लागि राजनराज सिवाकोटीलाई सधैं प्रकृति र शान्त ठाउँ मनपर्ने । तीनताका उनी नयाँ सिर्जना कोर्न दोलखा नै पुग्ने गर्थे । 'कस्तो खालको गीत लेख्ने' यात्राभरि उनको दिमाग घुमिरहन्थ्यो । आफू हुर्केको गाउँमा उत्रने बित्तिकै पूराना घरहरु देख्थे । घरको कौसीमा कतै युवा कतै युवती । कोही कपाल फिजारेर बसिरहेका । यी दृश्य निय...
फाल्गुन ७, २०७७