text
stringlengths
2
914
‘हटस्पट’ मा आशाको किरण
भूषण यादव
मुलुकको आयात–निर्यातको मुख्य नाका वीरगन्ज कोरोना महामारीको पनि हटस्पट बन्यो । वैशाख र जेठमा सुरु भएको पहिलो लहरको संक्रमणले कसैको ज्यान नलिए पनि साउन पहिलो सातादेखि फैलिएको दोस्रो संक्रमणबाट पर्सामा ५३ जनाले ज्यान गुमाए ।
कर्णालीका भरोसा
कलेन्द्र सेजुवाल
डा. डम्बर खड्कालाई उनका सहकर्मी र परिवारका सदस्यले बारम्बार आग्रह गर्थे– कोरोना परीक्षण गराउनुस् । उनी भने सधैं टारिरहन्थे । हेर्दाहेर्दै सहकर्मी चिकित्सकलगायतका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थाले । एक जना वरिष्ठ चिकित्सकको त ज्यानै गयो ।
जसले भोक मेटाए
जनकराज सापकोटा
कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला रत्नपार्कमा दिनदिनै सयौंलाई खाना खुवाउने दिन हन्ड्रेड्स ग्रुपका बब्लु गुप्तालाई एउटै चिन्ता हुन्थ्यो– भोलि कसरी खाद्यान्न जोहो गर्ने ? पुरानो परिचय नभए पनि एकदिन डिल्लीबजारका किराना पसले किशोर महर्जनले उनलाई ६० हजार रुपैयाँको खाद्यान्न उधारो पत्याए ।
शव ओसार्न खटिँदा...
जगदीश्वर पाण्डे
संक्रमण विश्वभर फैलिँदै थियो । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा विश्व स्वास्थ्य संगठन नै अलमलमा थियो । संक्रमणले ज्यान जाने क्रम बढ्दै थियो । यसको चपेटाबाट नेपाल अछुतो रहेन ।
नाकामा ‘मोटेग्याङ’
चाँदनी कठायत
एउटै घरमा बस्ने परिवारका सदस्यहरू नै नजिक हुन डराइरहेका बेला भारतबाट आएका व्यक्तिसँग नजिक हुने कसको हिम्मत ? चैत ११ देखि सरकारले घोषणा गरेको लकडाउनका कारण उनीहरू भोकभोकै पैदल हिँडेर गृहप्रदेश त पुग्थे, तर सुब्बाकुना नाकामा झन् बिजोगको सामना गर्नुपर्थ्यो । भारत र देशका विभिन्न ठाउँबाट आएका नागरिकको भोकप्याससँग स्थानीयदे...
अरू पछि हटेका बेला...
दीपक परियार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा कोरोना संक्रमणबाट मृत्यु भएका ५८ वर्षीय पुरुषको शवले १८ घण्टादेखि सद्गत पर्खिरहेको थियो । शव उठाउन एम्बुलेन्स तयार थिए न व्यवस्थापन गर्ने ठाउँकै टुंगो थियो । जेठ २५ मा पोखरामा कोरोनाबाट ज्यान गुमाएका पहिलो व्यक्तिको शव बोक्न कोही एम्बुलेन्स चालक तयार भएनन् । यही अन्...
‘नयाँ’ नरैनापुर
ठाकुरसिंह थारू
क्वारेन्टाइनमा रहेका बाँके नरैनापुर गाउँपालिका–५ का ६ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष कृष्णचन्द्र मौर्य आत्तिए । संक्रमितलाई कहाँ राख्ने ? कसरी व्यवस्थापन गर्ने ? अब वडा नै ‘हटस्पट’ बन्ने त होइन भन्ने चिन्ता र त्रास थपियो । ती संक्रमितलाई जेनतेन नेपालगन्जको आइसोलेसनमा बस्ने व्यवस्थापन मिलाए तर कन्ट्...
यसरी तंग्रियो भुल्के
डिल्लीराम खतिवडा
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा कोही जमाती (मुस्लिम धर्म प्रचारक) रोटी पकाउँदै थिए, कोही रोटी खाँदै थिए । एक्कासि प्रहरी टोलीले मस्जिद घेरा हाल्यो । रोटी पकाउने र खाने क्रम रोकियो । प्रहरी र स्वास्थ्यका कर्मचारीले जमातीलाई मस्जिदबाट निकालेर एम्बुलेन्समा हाले र लगे ।
जसले बदले अस्पतालको अनुहार
वसन्तप्रताप सिंह
सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा दिन भनेर खोलिएको जिल्ला अस्पताल सिमखेतमा आउने बिरामीको संख्यान्यून हुन्थ्यो । अस्पताल प्रांगणसँगै जोडिएका निजी मेडिकलहरूमा भने मानिसको घुँइचो लागेको हुन्थ्यो । बिरामीको चाप थाम्न निजी मेडिकललाई भ्याइनभ्याई थियो ।
आविष्कार अभियन्ता
देवेन्द्र भट्टराई
कोभिड–१९ को संक्रमणले बाहिरी विश्वझैं नेपाली समाज पनि एकैसाथ आक्रान्त बनिरहेका बेला सधैंभरि योजना र सपनाको भर लिएर हिँड्ने म्याग्देली महावीर पुन कता होलान् ?
फाल्गुन ६, २०७७
'एउटै कुरा भनिरहँदा र धेरै बोल्दा थकान हुन्छ'
बोधकुमारी केसी थापा
गुल्मीकी ४८ वर्षीया बोधकुमारी केसी थापा सिनियर अनमी हुन् । लामो सयम गुल्मीस्थित सिमिचौर स्वास्थ्यचौकीमा काम गरेकी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को टोल फ्रि नम्बर १११५ मा काम गर्छिन् । चैत १३ बाट सञ्चालनमा आएको यस नम्बरले कोरोनासम्बन्धी सूचना जनमानसमा पुर्‍याउने काम गर्दछ ।
फाल्गुन २, २०७७
ऊ प्रेमी, म प्रेमिका !
रीना मोक्तान
अक्सर एकअर्काको हात समातेरै हिँड्न रुचाउँछन्, उनीहरु । उमेर समान । शारीरिक बनोटले दुवै पुरुष । बाटोमा दुईलाई देख्नेबित्तिकै मानिसहरुको आँखा अप्ठ्यारो, असहज, अमिल्दो भावमा उनीहरूतिरै अडिन्छ । आँखाबाट ओझेल नहुञ्जेल दुवैलाई हेरिहन्छन् । पछाडि खासखुस गर्छन्, 'केटा हुन् कि केटी ? केटा-केटा भएर के यसरी हिँडेको !'
‘फ्रन्टलाइनर’ जोडीको अस्पतालभित्र हुर्किएको प्रेम
बुनु थारु
कोरोना कहरले कैयौँ जोडीलाई अलग बनायो । तर कसैलाई अझ निकट हुने र नजिकबाट बुझ्ने माध्यम पनि बन्यो महामारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत एक जोडीलाई जस्तै । उनीहरू हुन्, ३३ वर्षीय डा. किजन महर्जन र २७ वर्षीया ल्याब टेक्निसियन लिजा तामाङ ।
माघ ३०, २०७७
‘निर्मला हामी नै, भागरथी पनि हामी नै’
बुनु थारु
अँह ! हम आब सीता नै बनबौ, अति सहनशील आ कोमल माता जानकी नै बनबौ, रे राम ! कान खोइल क सुइन, तोहर पुरुषवादी अहंकारके बोझके चल्ते, हम आब धरतीके भितर नै धसबौ ।
माघ २६, २०७७
फुड ब्लगर भन्छन्- ‘हामीले मौलिक तथा नयाँ परिकारलाई चिनाइरहेका छौं’
बुनु थारु
१७ जनवरीमा २ लाख फलोअर्स पुगेकोमा ‘नेपाल डट फुड’ले सेलिब्रेसन मनायो । आफूलाई नेपालको पहिलो फुड ब्लगरको रुपमा चिनाउने काठमाडौंका २५ वर्षीय सिद्धार्थ घिमिरेले एक बालआश्रममा केक काट्दै खुसीयाली मनाए । उनको इन्स्टाग्राम पेजमा अहिले २ लाख १० हजार फलोअर्स पुगिसकेका छन् ।
माघ १९, २०७७
घिमिरे युवराज भन्छन् : 'नागरिकलाई नसुन्नु भनेको कलालाई पनि नसुन्नु हो, हामी अब लड्न तयार छौं'
रीना मोक्तान
कोरोना महामारीले करिब १० महिना नाटकघर बन्द भए । लकडाउनबीच सरकारले विभिन्न क्षेत्रहरु खोल्ने/नखोल्ने निर्णय गर्यों । यातायात, कार्यालय, फिल्म हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, जिमखानालगायतका लामै सूची तयार भयो । सूचीमा रंगमञ्च कतै अटाएन । नाट्यकर्मीहरुले आफ्नो क्षेत्रलाई केही शीर्षक (प्रदर्शन, सम्मेलन, भेला)मै राखेर ...
माघ १३, २०७७
जनकपुरका युवा जसले मैथिली विकिपिडियाको सुरुवात गरे
बुनु थारु
जनवरी १५ मा विकिपिडियाले स्थापनाको २० वर्ष मनायो । सो अवसरमा विकिमिडिया फाउन्डेशनले विकिपिडियामा बढी खटिने सक्रिय स्वयंसेवकहरुलाई विशेष सम्मान प्रकट गर्‍यो । विकिपिडियामा विभिन्न लेख, रचना तथा सम्पादन गरेर योगदान दिने विभिन्न देशका १८ स्वयंसेवकमध्ये नेपालका २१ वर्षीय तुलसी भगत पनि पर्न सफल भए । ती योगदानकर्तामध्ये जनकप...
पुस २०, २०७७
नेपालमा कहिले आउला कोरोना खोप ? [टिप्पणी]
स्वरूप आचार्य
भारतले दुईवटा कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै नेपालमा पनि छिट्टै खोप उपलब्ध हुनसक्ने आशा पलाएको छ । तर, त्यो आशा वास्तविकतामा परिणत हुनका लागि निकै समय लाग्ने देखिन्छ ।
पुस १७, २०७७
चिया गफबाट सुरु भएको संकटाको ‘अम्ब्रेला स्ट्रिट’
दिपेन्द्र रोक्का
केही समययता काठमाडौंको तबाहालस्थित संकटा मन्दिर वरपरको स्वरुप फेरिएको छ । कारण हो सडकमाथि राखिएका रंगीचंगी ४ सय वटा छाताहरु । संकटा मन्दिर क्षेत्र वरपरका सडक अहिले ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेका छन् । सामाजिक सञ्जाल पनि यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले भरिएका छन् । यस क्षेत्रको स्वरूप परिवर्तन हुनमा...
एक सपनाको अवसान
मीनबहादुर भाम
लाट्भियास्थित रिगा सहरको एउटा अस्पतालमा कोभिड–१९ का कारण ११ डिसेम्बरमा किम कि–दुकको निधन भयो । उनी दक्षिण कोरियाका एक विलक्षण फिल्ममेकर थिए । तर, उनका सिनेमा दक्षिण कोरियामा मात्र नभई विश्व सिनेमामै बडो विशिष्ट स्थान बनाउन सफल थिए, छन् । उनका सिनेमा परम्परागत ढंगभन्दा बिल्कुलै पृथक् र अनौठा हुन्छन् । कविताको बडो करिब म...
पुस १३, २०७७
कथा नेपालको पहिलो बन्जी मास्टरको
दिपेन्द्र रोक्का
हामी कसैले भोटेकोसीमा बन्जी जम्प अथवा स्विङ गरेका छौं भने एउटा अनुहार दिमागमा आइहाल्छ । जम्परलाई सुरक्षा सामग्री लगाइदिनदेखिफाल हान्ने र माथि तान्ने प्रक्रियासम्म सघाउन १९ वर्षदेखि खटिइरहेको त्यो अनुहार हो, बन्जी मास्टर प्रकाश प्रधानको । उनी नेपालका प्रथम बन्जी मास्टर पनि हुन् । बन्जी मास्टरको जिम्मेवारी जम्परहरूलाई सु...
पुस ९, २०७७
ओली–थापा सहकार्य कसरी भयो सम्भव ?
बबिता शर्मा
पुस ९ : नेकपा विभाजन भएको तेस्रो दिन रामबहादुर थापा प्रष्टरुपमा खुले र केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भए । त्यहाँ उनले भने, ‘नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन् । जनता दुखित भएका छन् । प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको...
टिप्पणी : फेरि परीक्षामा देउवा
कुलचन्द्र न्यौपाने
संसद विघटन गर्ने असंवैधानिक कदमका कारण प्रधानमन्त्री केपी ओली यतिबेला ओलोचित भइरहेका छन् । संसदमा सरकारको विकल्प हुँदासम्म विघटन गर्न नपाईने संवैधानिक प्रावधानलाई उनले चुनौतीमात्रै दिएनन्, संविधान नै 'च्यात्ने' चेष्टा गरे ।
पुस ८, २०७७
०१७ साल भाग-३ !
जनकराज सापकोटा
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाजस्ता घटनाक्रमको विकास हुनुभन्दा चार दिनअघि कवि अर्जुन पराजुलीले धर्के कापीमा सफा अक्षरमा लेखिएको कविता फेसबुकमा पोस्ट गरे ।
पुस ३, २०७७
साढे ९ लाख नपाएपछि उपतलाल चौधरीले छोडे उखु खेती
रीना मोक्तान
दुई वर्षअगाडि उपतलाल चौधरी काठमाडौं आएका थिए । त्यतिबेला उनले अन्नपूर्ण चिनी मिल मालिकलाई भेटेर उखुको बक्यौता रकम मागे । एकाउन्टेनसँग पनि कुरा राखे । मिल मालिकले पैसा खातामै पठाइदिने आश्वासन दिएपछि घर फर्केका थिए उनी । तर, तोकेको समयसम्म पनि उनको खातामा पैसा चढेन । 'भोलि दिन्छु, पर्सि दिन्छु मात्र भने तर अहिलेसम्म पैसा...
मंसिर २९, २०७७
मेकअप दुनियाँमा ऐश्वर्नाको फरक काम
रीना मोक्तान
विज्ञान विषयमा ‘प्रोजेक्ट’ बनाउन सानैदेखि माहिर थिइन् ऐश्वर्ना मुडभरी । स्कुल–कलेज पढ्दा विज्ञानका प्रदर्शनीमा सधैं टप हुन्थिन् । उनले युनिभर्सल कलेजमा जीवविज्ञान पढिन् । ज्वालामुखी विस्फोट, स्पाइडर रोबर्ट, वाटर फाउन्टेनलगायत सामग्री आफैंले बनाएर प्रदर्शनीमा देखाउँथिन् ।
मंसिर २६, २०७७
ढुंगामा लेखिएको मान्छेको कथा
विकास बस्नेत
६ अगस्ट १९४५ का दिन एकाबिहानै टिनियान टापुको रनवेबाट अमेरिकी वायु सेनाको खरानी रङको बमवर्षक विमान उड्यो । तर, विमानले बम वा अन्य कुनै पनि प्रकारको हतियार भने बोकेको थिएन । केवल १२ जना निहत्था मानिस बोकेर उडेको त्यस विमानले दिएको एक संकेत नै करिब एक घण्टा पछाडि लाखभन्दा बढी सर्वसाधारणको मृत्युको कारण बन्यो ।
मंसिर २५, २०७७
मियाहारा जसले खुम्बुमा पर्यटन क्रान्ति गरे
विराट अनुपम
लोकसेवा तयारी कक्षा र विभिन्न हाजिरीजवाफ कार्यक्रममा प्रायः सोधिने प्रश्न होः विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? प्रश्नको उत्तर होः होटल एभरेस्ट भ्यू, नेपाल ।
मंसिर २३, २०७७