text stringlengths 2 914 |
|---|
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो । |
इतिहासबाट पाठ सिकेर भूकम्पप्रतिरोधी संरचना बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी संरचना बनाउन आवश्यक रहेको बताएका छन्। |
आशिका तामाङ प्रहरी नियन्त्रणमा |
कान्तिपुर संवाददाता |
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो काठमाडौंको गौशालाबाट तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए । |
विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने छ : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताएका छन् । |
रवि लामिछानेको मुद्दामा आजै आदेश आउने [अपडेट] |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो । |
केही समयपछि हिमालको उचाइ नाप्यौँ भने बढेको पाइनेछ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षपछि नेपालका हिमालको उचाइ मापन गरे त्यो बढेको पाइने बताएका छन् । नेपालका हिमालयन रेन्जभित्र हुने इन्डियन प्लेट र युरेसिया प्लेटको ठक्करका कारण हिमालहरू उठिरहेको बताएका हुन् । |
समाजवादी मोर्चा पुनः सक्रिय |
कान्तिपुर संवाददाता |
विपक्षी दलहरूको समाजवादी मोर्चा पुन: सक्रिय भएको छ । करिब छ महिनापछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मोर्चाको बैठक बसेको हो । |
सरकारले संसद्को मानहानी गर्यो : वर्षमान पुन |
कान्तिपुर संवाददाता |
पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत ल्याएर सरकारले संसदको मान हानी गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो आरोप लगाएका हुन् । |
तत्काल संसद् अधिवेशन आह्वानको माग |
कान्तिपुर संवाददाता |
प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो । |
महेश स्वाँर कान्तिपुर मिडिया ग्रुपका सीईओ र सुरजसिंह ठकुरी कान्तिपुर टिभीका सीओओमा नियुक्त |
कान्तिपुर संवाददाता |
कान्तिपुर पब्लिकेशन्स्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा कार्यरत महेश स्वाँर कान्तिपुर मिडिया ग्रुप(केएमजी) को सीईओमा नियुक्त भएका छन् । |
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने सरकारको तयारी |
कान्तिपुर संवाददाता |
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्वन्धी अध्यादेश गम्भीर भएको भन्दै शितलनिवासले ‘होल्ड’मा राखेको छ । |
देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक |
कान्तिपुर संवाददाता |
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । |
सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने तयारीमा विपक्षी दलहरू |
कान्तिपुर संवाददाता |
विपक्षी दलहरूले सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलो गरे विशेष अधिवेशनको माग गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बसेको ६ वटा विपक्षी दलहरूको बैठकले सरकारले नियमित संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याउनुलाई स्वेच्छाचारीको संज्ञा दिएको हो । |
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते |
कान्तिपुर संवाददाता |
पछिल्लो पाँच महिनामा देशभर भएका आगलागीका घटनाबाट १६ जनाले ज्यान गुमाएका छन् भने १४५ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् । |
सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा प्रतिपक्षी दलले सशक्त विरोध गर्ने |
कान्तिपुर संवाददाता |
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सरकारले 'थ्रेसहोल्ड' बढाउने गरी कानुन संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानुनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू बुधबार बिहान एकै ठाउँमा जुटेका थिए । |
विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी |
कान्तिपुर संवाददाता |
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । |
थारू बस्तीमा माघी उत्सव |
दुर्गालाल केसी , रुपा गहतराज , अर्जुन शाह , कमल पन्थी |
थारू समुदायले मंगलबार माघीलाई नयाँ वर्षका रूपमा मनाएका छन् । सामान्यतया पुसका अन्तिम तीन दिन र माघका दुई गरी पाँच दिन माघी मनाउने चलन छ । थारू समुदायले पुस मसान्तको बिहानैदेखि जिता मार्ने (बंगुर काट्ने), समुदायका देवताको प्रार्थना गर्दै रातभर ध्वनि जगाएर भजनकीर्तन (धमार) गर्ने र विभिन्न पकवान खाने चलन छ । यस वर्षलाई थारू संवत् २६४८ का रूपमा पनि मनाउन थालिएको छ । |
माघ १, २०८१ |
कपडा बैंक : हुनेले दिने, नहुनेले लिने |
दुर्गालाल केसी |
तुलसीपुरमा कपडा बैंक खोलिएको छ । यस्तो कपडा बैंक खुलेको छ कि जसमा कपडा हुनेले दिने र नहुनेले लिने व्यवस्था छ । कपडा दिए र लिएबापत कुनै शुल्क लाग्दैन । आफूसँग बढी भएका कपडा बैंकमा लगेर राखिदिन मिल्छ भने नहुनेले छानीछानी लैजान पाइन्छ । |
मधेशकेन्द्रित कार्यदलको पहिलो बैठक सम्पन्न |
कान्तिपुर संवाददाता |
छिन्नभिन्न भएर धेरै दलमा विभाजित मधेस केन्द्रित दलहरू पुनः एकपटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । माघे संक्रान्तिको अवसर पारेर उनीहरू धेरैपछि औपचारिक वार्तामा जुटेका छन् । तिलको लड्डु र खिचडी खाँदै उनीहरूले भावी सहकार्यको बाटो खोज्ने प्रयास गरेका हुन् । सबै पार्टीबाट गठित वार्ता समितिबीचको पहिलो साझा बैठक मंगलबार बसेको हो । |
संविधान संशोधनकाे चर्चासँगै मधेशकेन्द्रित दलहरू एक ठाउँमा उभिँदै |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले संविधान संशोधन गर्ने चर्चासँगै मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका छन् । सत्तारुढ दुई ठूला दलले संविधान संशोधनको कुरा सुरु गरेसँगै मधेसकेन्द्रित दलहरू संवाद र सम्भावित सहकार्यका निम्ति अग्रसर देखिएका हुन् । |
पुनरावेदन गर्न अब पूरै बिगो तिर्न नपर्ने |
घनश्याम खड्का |
कुनै पनि मुद्दामा सुरु अदालतले गरेको फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनु हरेक व्यक्तिको कानुनी अधिकार हो । तर, फैसलाअनुसार पूरा बिगो र जरिवाना नतिरी यो अधिकारको उपभोग गर्दा जेलमै बस्नु पर्ने मौजुदा प्रावधानले धेरैका हकमा यो लागू हुन सकिरहेको छैन । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज स्वास्थ्य बिमा सेवाका लागि हरेक तहमा सेवाप्रदायक संस्था रहने, सरकारसँग जनता खुसी नभएको माओवादी अध्यक्ष दाहालको भनाइदेखि मकर संक्रान्ति र माघी पर्वको रौनकसम्मका समाचार चर्चामा रहे । |
'स्काइवाक' टावरमा योगाभ्यास |
कान्तिपुर संवाददाता |
काठमाडौँको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ । स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको २ सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको हो । |
विपिन जोशीको रिहाइको पहलका लागि कतारी विदेशराज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् । |
सार्वजनिक सेवा प्रसारण संस्थाहरूले सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सार्वजनिक सेवा प्रसारण संस्थाहरूलाई नियम र कानुनअनुसार संचालन गर्न नसक्दा सत्ता र व्यक्ति विशेषको चाकडी गर्दै विकास हुन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू संस्थागत रूपमा भन्दा पनि व्यक्ति र सत्ताको इसारामा चल्न लागेको बताएका हुन् । |
शिक्षा र स्वास्थ्यबीचको तादात्म्यले मात्रै समृद्ध समाज निर्माण हुन्छ : शिक्षामन्त्री भट्टराई |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताएकी हुन् । |
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । |
यो सरकारसँग जनता खुसी छैनन्, कांग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ : अध्यक्ष दाहाल |
अनिश तिवारी |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गरे । |
नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस |
कान्तिपुर संवाददाता |
गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरुलाई पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो । |
माघी र माघे संक्रान्तिका अवसरमा शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रम |
कान्तिपुर संवाददाता |
माघी एवं माघे संक्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी उपस्थित छन् । |
देवघाटधाममा मकरस्नान (तस्बिरहरू) |
रमेशकुमार पौडेल |
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल तनहुँ देवघाटधाममा माघे संक्रान्तिका दिन मकरस्नान गर्नेहरूको ठूलो घुइँचो लाग्दछ । मंगलबार मकर स्नानका लागि बिहान सबेरैदेखि भक्तहरू देवघाट आइपुगे । |
‘लामिछानेले ऋण लिएको प्रमाण स्वर्णलक्ष्मीको सफ्टवेयरमा भेटियो’ |
घनश्याम खड्का |
काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीमा सोमबारको थुनछेक बहसपछि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई हिरासतमै राख्न आदेश दिएको छ । |
पालिका प्रमुख र उपप्रमुख दुवै रिक्त भए कार्यवाहक तोक्न मिल्ने |
कान्तिपुर संवाददाता |
सरकारले पालिका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पद कुनै कारणले एकै पटक रिक्त भए कार्यवाहक तोक्न मिल्ने व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गरी गत शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेशमा कार्यपालिका सदस्यले तत्काललाई आफूहरूमध्येबाट कार्यवाहक तोक्न सक्ने व्यवस्था गरिएको हो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका छन् । |
बीआरआई सम्झौतामा ऋण शब्द नै छैन : परराष्ट्रमन्त्री राणा |
जयसिंह महरा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.