text stringlengths 2 914 |
|---|
शुद्ध इतिहासका अभियन्ता |
सुजित मैनाली |
पहिलो छिमलका नेपाली इतिहासकारमध्ये पर्छन्– नयराज पन्त (१९७०–२०५९) । उमेरका हिसाबले उनीभन्दा पाका बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीदेखि उनीभन्दा कनिष्ठ योगी नरहरिनाथ र ईश्वर बरालसम्मले इतिहासका मूल सामग्रीहरूको खोजी, परिशीलन र प्रकाशनमा यथेष्ट योगदान गरेका छन् । |
प्रादेशिक विकासका योजनाकार |
भीमप्रसाद सुवेदी |
‘म पहाड (हिमाल) लाई माया गर्छु चाहे त्यो जतिसुकै सानो (होचो) किन नहोस्, म नदी (खोला) लाई प्रेम गर्छु चाहे त्यो जतिसुकै फोहोर किन नहोस् ।’ ‘नेपालमा जो हिमाल चढ्छन् उनीहरूले लेख्दैनन् र जो लेख्छन् उनीहरूले हिमाल चढेका छैनन् ।’ ‘नेपालमा विकास भनेको आरोहण गर्न सबैभन्दा चुनौतीपूर्ण हिमाल (पहाड) हो ।’ |
भाग्यवादका भाष्यकार |
डम्बर चेम्जोङ |
ललितपुर झरुवारासी गाउँका चेतबहादुर विष्ट यति कट्टर थिए कि ‘को छ, को छ, कसरी जोसुकैसँग यात्रा गर्ने ?’ भनेर बससमेत चढ्दैनथे । गाउँघरमा घोडा चढेर र हिँडेरै सहर पुग्थे । घरमा हाँस, कालिज, गाई, भेडा थिए तर कुखुरा पाल्न बन्देज थियो । |
किरात इतिहासका अध्येता |
सेन्छेलुङ पतङवा |
प्राचीनकालको काठमाडौं उपत्यकामा दुई हजार वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरूको इतिहास लुप्त भइरहेका बेला सन् १९४८ मा सिक्किमबाट एउटा पुस्तक प्रकाशित भयो– ‘किरात इतिहास’ । |
भूमिहीन र दलितको आवाज खोज्दै |
यज्ञश |
‘नाकाबन्दी लागेपछि कुनै पनि पसलेलाई सामान बेच्न दिइएन । दलितहरूलाई सामान बेचे सामाजिक बहिष्कार गर्ने भनेर लहान बजारमा समेत माइकिङ गरिएको थियो । |
मधेस राजनीतिका सूत्रधार |
तुलानारायण साह |
वेदानन्दका बारेमा जान्ने कांग्रेसी, वामपन्थी र मधेसवादी राजनीतिका सक्रिय/निष्क्रिय नेता, राजनीति शास्त्री, बुद्धिजीवी, कूटनीतिज्ञहरूको लामै सूची तयार भयो । करिब एक दर्जनसँग कुराकानी गरियो । |
आर्थिक इतिहासका लेखक |
विश्व पौडेल |
शासन भनेकै उत्पादनका साधनमाथिको नियन्त्रण हो । सामन्ती युगको नेपालमा उत्पादनको प्रमुख साधन जमिन थियो । त्यो युगको नेपालको शासनको इतिहास भनेकै जमिनमाथिको नियन्त्रण कसरी परिवर्तन हुँदै गयो भन्ने जानकारी हो । यसरी हेर्दा विजेताका निकटकाले जितेका छन्, परकाले त्यो विजयको मूल्य चुकाएका छन् । |
चेतनाको चपरी पल्टाउने हलो |
यादव देवकोटा |
वैदिक हिन्दु समाजमा स्मृति व्याख्यानको आवरणमा अनेकन् मुनिहरूको पटाक्षेप हुँदै गएपछि हिन्दु समाज वर्णव्यवस्था र उँचनीच (जातपात) को विभेदकारी संरचनामा विघटित भयो । प्रारम्भमा कर्मको, योग्यताका आधारमा तय हुने वर्णव्यवस्था कालान्तरमा जन्मका आधारमा स्वतः निर्धारण हुने परम्परा बन्यो । |
भाषाका कुलगुरु |
शरच्चन्द्र वस्ती |
नेपाली भाषालाई मौलिकता, शुद्धता र स्तरीयताको बाटोमा डोर्याउने कुलगुरु हुन्, प्रा. बालकृष्ण पोखरेल । ऐतिहासिक अन्वेषण, भाषाशास्त्रीय अनुसन्धान र वैयाकरणिक एवं शब्दकोशीय व्यवस्थापनद्वारा उनले नेपाली भाषालाई छ दशकसम्म पथप्रदर्शन गरे, जुन कालखण्डलाई भाषाको बालकृष्ण युग भन्न सकिन्छ । |
जसले गणतन्त्रको सपना देखाए |
सुरेश ढकाल |
पुष्पलाल श्रेष्ठ (सन् १९२४—१९७८) नेपालको समकालीन राजनीतिक इतिहासमा बिर्सन नसकिने व्यक्ति हुन् । उनलाई नेपाली कम्युनिस्ट आन्दोलनको अग्रपुरुष, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र कतै–कतै नेपाली कम्युनिस्ट आन्दोलनका पितासमेत भनेर चिनिन्छ । |
राजा महेन्द्रको अलग धार |
विनोद सिजापति |
शाहवंशी राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्र शाहको हुन्छ । पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चायती पद्धतिको अभ्यास गराएको हुनाले महेन्द्रको चर्चा भइरहन्छ । उनलाई सम्झिने अर्को कारण विश्व मानचित्रमा नेपालको स्थान सुरक्षित राखेकाले पनि हो । |
बीपी : अध्यात्म र बौद्धिकताको सन्दर्भ |
विपिन अधिकारी |
बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ । |
बौद्ध धर्मका पुनर्जागरणकर्ता |
हिमेश |
गौतम बुद्धको जन्मथलो लुम्बिनी आधुनिक नेपालमै पर्छ भनेर अझै पनि राम्रोसँग प्रचार हुन पाएको छैन । त्यसैले बौद्धमार्गी देशहरूमै यसबारे भ्रम छ । गलत इतिहास प्रचार गर्न खोज्नेहरूको बिगबिगी उत्तिकै छ । २००७ सालतिर त स्थिति झन् कस्तो थियो होला ? |
कूटनीतिक व्याख्याता |
मदनकुमार भट्टराई |
जब–जब कूटनीतिक मामिलाका विषयमा बहस हुन्छ, भन्ने गरिन्छ– ‘हाम्रो देशको कूटनीतिक क्षमता कमजोर रह्यो ।’ यस्तो किन भयो भन्ने बहसका छुट्टै पाटा छन् । |
यस कारण महाकवि |
माधवप्रसाद घिमिरे, राष्ट्रकवि |
लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’ को सम्मान सरकारले दिएको होइन, जनताले प्रदान गरेका हुन् । त्यसैले सरकारबाट कविशिरोमणि सम्मान पाएका लेखनाथ पौड्याल, जनकविकेशरी पाएका धर्मराज थापा र राष्ट्रकवि पाएको मभन्दा बढी देवकोटा संसारभरिका नेपालीमाझ सुपरिचित छन् । त्यसैले पुस्तकालय, प्रतिमा, बाटा र चोक उनकै नामका बढी छन् । त्यसैले... |
फाल्गुन ५, २०७६ |
व्यापारको ‘गंगाजल’मा प्रकाश झा |
यज्ञश |
वर्ष थियो– सन् १९९७ । सिनेमासँग परिचय भएको केही वर्ष भएको थियो । यस्तैमा टिभीमा एउटा गीत आउन थाल्यो, माधुरी दीक्षितको– ‘केहे दो एक बार सजना... ।’ |
फाल्गुन २, २०७६ |
करातेले जुराएको प्रेम |
नमिता दाहाल |
काभ्रेकी चन्चला दनुवार राष्ट्रिय स्तरकी कराते खेलाडी हुन् । उनले हालै सम्पन्न सागमा कराते तर्फबाट रजत पदक जितेकी थिइन् । उनका श्रीमान नारायणकाजी राई जनपथ पुलिस फोर्समा कराते रेफ्रीको काम गर्छन् । अहिले दुवै जनपथ प्रहरीमा कार्यरत छन् । |
‘राजा, आज भ्यालेन्टाइन्स डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे!’ |
बुनु थारु |
२०७३ साउन १५ गतेको त्यो दिन नआएको भए राजेन्द्रमान श्रेष्ठ र आराधना राणा सायद आज प्रेम दिवस धुमधामसँगै मनाइरहेका हुन्थे । धुमधाम यस अर्थमा कि यही बुधबारमात्रै ३० वर्षे प्रहरी सेवाबाट राजेन्द्रमानले अवकाश पाएका थिए । त्यसैले सायद आज फुर्सदको दिनलाई उनले थप रोमाञ्चक बनाउँथे होलान् । तर, उनी कोमामा छन् । न बोल्न सक्छन् र न... |
'भ्यालेन्टाइन डे' अर्थात् पुष्प व्यवसायीकाे 'दसैं' |
रीना मोक्तान |
दरबारमार्गको अस्तव्यस्तता । सवारी साधनको आउजाउ । राइजिङ मलको सडकछेउ 'रोयल ड्याफोडिल फ्लावर सप'मा वरमाला उन्दै थिइन्, मीना तामाङ श्रेष्ठ । पसल अगाडि रंगीविरंगी फूलका गुच्छा सजाएर राखिएका थिए । त्यसबीच रातो गुलाब मुस्कुराइरहेझैं लाग्थ्यो । |
फाल्गुन १, २०७६ |
कोरोनाको त्रासमा डगमगाएको आत्मविश्वास |
लक्ष्मी लम्साल |
जनवरी महिना, बेइजिङमा उत्रिएको एक साता नबित्दै रूघाखोकी र ज्वरोले एकैसाथ आक्रमण गर्यो । सकेसम्म औषधि नखाने म जस्ताका लागि घरेलु उपायले यसपटक त छोएन । वाफ लिनु, ज्वानो, बेसार, अदुवा, लसुनलगायत अनेक चीज हालेर उमालेको पानी पिउनु, व्यायाम गर्नुजस्ता अनेकन् विधि अपनाएर ज्वरोबाट मुक्ति पाउने ध्याउन्नमा थिएँ । |
माघ २८, २०७६ |
हजार सपनाहरुको माया लागेर आउँछ... |
देवेन्द्र भट्टराई |
झण्डै ४ वर्षे दिल्ली बसाइमा एकजना यादगार छिमेकी थिए— राजेन्द्रमान श्रेष्ठ । छिमेकी यस अर्थमा तत्कालीन जंगपुरा, रेल्वे स्टेशनको वार र पारका भाडाघरमा हामी बस्थ्यौं । कहिले मर्निङ वाककै सुरमा हमजाएगा हाप्पेन, तन्नेरी टाइपको टिसर्ट र स्पोर्टस् जुत्ताका भरमा राजेन्द्रमान आउँथे, मेरो डेरामा र, ‘बेल’ बजाउनासाथ भन्थे- भाइजान,... |
माघ २७, २०७६ |
सुन्दरता, आत्मविश्वास र मनोबल : कपालको कथा |
रीना मोक्तान |
कपालले कान छुन थालेको छ । काउकुती लगाउन थालेको छ । निधार छोपिने गरी बिस्तारै बढ्दै गरेको कपालसँगै अभिनेत्री सुरक्षा पन्तको मनोबल पनि शक्तिशाली बन्दै गएको छ । |
माघ २६, २०७६ |
‘स्याटेलाइटबारे सुनेको थिएँ, बनाउँछु भन्ने कहिल्यै सोचेकै थिइनँ’ |
गोविन्द पोखरेल |
जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले पहिलो पटक आफ्नो झन्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेर एउटा इतिहास रच्यो । हातमा बोक्न सकिने नानो स्याटेलाइट उडाउनु विकसित मुलुकका विद्यार्थीका लागि सामान्य काम हो । |
माघ २२, २०७६ |
सानैमा क्रिकेट क्रेज |
नमिता दाहाल |
काठमाडौंमा मात्रै नभएर पूरै देशभरि क्रिकेटको क्रेज बढ्दै गएको पाइन्छ । त्यसको फलस्वरूप काठमाडौं उपत्यका र देशभर नै पनि विभिन्न ठाउँहरुमा सानै उमेरदेखि क्रिकेट सिक्नेको संख्या बढेको छ । स्कुलको पढाइसँगै क्रिकेट एकेडेमी मै गएर औपचारिक रुपमा क्रिकेट सिक्नेको संख्यामा बढोत्तरी भएको विभिन्न एकेडेमीबाट प्राप्त तथ्यांकले पनि ... |
माघ २०, २०७६ |
सत्तासँग लडेर थाकेका निर्देशक : 'युद्धमा गएझैं भयो, रुँदै हिँड्नुपर्यो' |
रीना मोक्तान |
९ महिना भयो, फिल्म 'दासढुङ्गा २'को निर्माण रोकिएको । चलचित्र बिकास बोर्डले निर्माण इजाजत नदिएपछि फिल्मको निर्माण अघि बढेन । |
माघ १९, २०७६ |
‘आमाले आमाबिना कसरी बाँच्ने सिकाउनु भएन’ |
नर्भिक अस्पतालनजिकै होटलमा थिइन्, ऋचा शर्मा । मध्यरातको ११ः३५ बजेको थियो, अस्पतालबाट फोन आयो । ऋचाका हात थरथराए, आमालाई भेन्टिलेटरमा राखेको चार दिन भइसकेको थियो । डराई–डराई फोन उठाइन । चिकित्सकले यत्ति भने, ‘अब आउनुपर्यो ।’ |
माघ १८, २०७६ |
बिग्रिएको प्रकृति-चक्रः जिम्मेवार को ? |
गोविन्द पोखरेल |
हामी सबैको उठ्ने र सुत्ने समय हुन्छ । हामीमा सुत्ने र उठ्नेको रिदम(लय) ‘बायोलोजिकल क्लक’ले मिलाउँछ । यही बायोलोजिकल क्लक प्रकाशको वरीपरी घुमेको हुन्छ । यसको चक्र बिँग्रदा हाम्रो सुत्ने उठ्नेको चक्र प्रभावित हुन्छ । यो चक्रलाई प्रकाशले प्रभाव पार्छ । |
माघ १६, २०७६ |
सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस |
भोला पासवान |
बारा र रौतहटमा सयौं वर्षदेखि जोताहामाथि उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्ध समयसमयमा किसानहरूले विद्रोह पनि गर्दै आएका छन् । २००९ सालमा यस क्षेत्रमा किसान विद्रोह भएको थियो । जोतहा किसानहरुले आफूमाथि तराई र पहाडका जमिनदारले गरेको अन्यायका विरुद्ध यससमय आसपासमा विद्रोह भएको थियो । |
थारु महिलाको नलेखिएको इतिहास |
बुनु थारु |
‘सोझो’ जातिको ट्याग भिराइएको छ, देशको चौथो ठूलो जनसंख्या रहेको थारु जातिलाई । राजनीतिज्ञ तथा अध्येता आहुति भन्छन्, ‘कुनै जातिलाई सोझा भन्नु पनि खतरनाक कुरा हो । सोझा भनिदिने अनि उनीहरु केही चाहदैनन् भनेर सत्ता र शक्तिबाट विमुख बनाइराख्ने एउटा चाल हो ।’ |
गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला |
रवीन्द्र ढकाल |
२००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनले नयाँ समय र चेतनाको प्रवाह समाजमा भित्र्याएको थियो । राजनीतिक रुपमा नेपाली कांग्रेसको यस आन्दोलनमा मुख्य भूमिका थियो । कांग्रेसको आन्दोलनको आधार स्तम्भ थियो- जनमुक्ति सेना । त्यो जनमुक्ति सेनाका एक गुमनाम पात्र हुन्- तुलाराम तामाङ अर्थात् गोले काइँला । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.