text
stringlengths
2
914
शुद्ध इतिहासका अभियन्ता
सुजित मैनाली
पहिलो छिमलका नेपाली इतिहासकारमध्ये पर्छन्– नयराज पन्त (१९७०–२०५९) । उमेरका हिसाबले उनीभन्दा पाका बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीदेखि उनीभन्दा कनिष्ठ योगी नरहरिनाथ र ईश्वर बरालसम्मले इतिहासका मूल सामग्रीहरूको खोजी, परिशीलन र प्रकाशनमा यथेष्ट योगदान गरेका छन् ।
प्रादेशिक विकासका योजनाकार
भीमप्रसाद सुवेदी
‘म पहाड (हिमाल) लाई माया गर्छु चाहे त्यो जतिसुकै सानो (होचो) किन नहोस्, म नदी (खोला) लाई प्रेम गर्छु चाहे त्यो जतिसुकै फोहोर किन नहोस् ।’ ‘नेपालमा जो हिमाल चढ्छन् उनीहरूले लेख्दैनन् र जो लेख्छन् उनीहरूले हिमाल चढेका छैनन् ।’ ‘नेपालमा विकास भनेको आरोहण गर्न सबैभन्दा चुनौतीपूर्ण हिमाल (पहाड) हो ।’
भाग्यवादका भाष्यकार
डम्बर चेम्जोङ
ललितपुर झरुवारासी गाउँका चेतबहादुर विष्ट यति कट्टर थिए कि ‘को छ, को छ, कसरी जोसुकैसँग यात्रा गर्ने ?’ भनेर बससमेत चढ्दैनथे । गाउँघरमा घोडा चढेर र हिँडेरै सहर पुग्थे । घरमा हाँस, कालिज, गाई, भेडा थिए तर कुखुरा पाल्न बन्देज थियो ।
किरात इतिहासका अध्येता
सेन्छेलुङ पतङवा
प्राचीनकालको काठमाडौं उपत्यकामा दुई हजार वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरूको इतिहास लुप्त भइरहेका बेला सन् १९४८ मा सिक्किमबाट एउटा पुस्तक प्रकाशित भयो– ‘किरात इतिहास’ ।
भूमिहीन र दलितको आवाज खोज्दै
यज्ञश
‘नाकाबन्दी लागेपछि कुनै पनि पसलेलाई सामान बेच्न दिइएन । दलितहरूलाई सामान बेचे सामाजिक बहिष्कार गर्ने भनेर लहान बजारमा समेत माइकिङ गरिएको थियो ।
मधेस राजनीतिका सूत्रधार
तुलानारायण साह
वेदानन्दका बारेमा जान्ने कांग्रेसी, वामपन्थी र मधेसवादी राजनीतिका सक्रिय/निष्क्रिय नेता, राजनीति शास्त्री, बुद्धिजीवी, कूटनीतिज्ञहरूको लामै सूची तयार भयो । करिब एक दर्जनसँग कुराकानी गरियो ।
आर्थिक इतिहासका लेखक
विश्व पौडेल
शासन भनेकै उत्पादनका साधनमाथिको नियन्त्रण हो । सामन्ती युगको नेपालमा उत्पादनको प्रमुख साधन जमिन थियो । त्यो युगको नेपालको शासनको इतिहास भनेकै जमिनमाथिको नियन्त्रण कसरी परिवर्तन हुँदै गयो भन्ने जानकारी हो । यसरी हेर्दा विजेताका निकटकाले जितेका छन्, परकाले त्यो विजयको मूल्य चुकाएका छन् ।
चेतनाको चपरी पल्टाउने हलो
यादव देवकोटा
वैदिक हिन्दु समाजमा स्मृति व्याख्यानको आवरणमा अनेकन् मुनिहरूको पटाक्षेप हुँदै गएपछि हिन्दु समाज वर्णव्यवस्था र उँचनीच (जातपात) को विभेदकारी संरचनामा विघटित भयो । प्रारम्भमा कर्मको, योग्यताका आधारमा तय हुने वर्णव्यवस्था कालान्तरमा जन्मका आधारमा स्वतः निर्धारण हुने परम्परा बन्यो ।
भाषाका कुलगुरु
शरच्चन्द्र वस्ती
नेपाली भाषालाई मौलिकता, शुद्धता र स्तरीयताको बाटोमा डोर्‍याउने कुलगुरु हुन्, प्रा. बालकृष्ण पोखरेल । ऐतिहासिक अन्वेषण, भाषाशास्त्रीय अनुसन्धान र वैयाकरणिक एवं शब्दकोशीय व्यवस्थापनद्वारा उनले नेपाली भाषालाई छ दशकसम्म पथप्रदर्शन गरे, जुन कालखण्डलाई भाषाको बालकृष्ण युग भन्न सकिन्छ ।
जसले गणतन्त्रको सपना देखाए
सुरेश ढकाल
पुष्पलाल श्रेष्ठ (सन् १९२४—१९७८) नेपालको समकालीन राजनीतिक इतिहासमा बिर्सन नसकिने व्यक्ति हुन् । उनलाई नेपाली कम्युनिस्ट आन्दोलनको अग्रपुरुष, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र कतै–कतै नेपाली कम्युनिस्ट आन्दोलनका पितासमेत भनेर चिनिन्छ ।
राजा महेन्द्रको अलग धार
विनोद सिजापति
शाहवंशी राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्र शाहको हुन्छ । पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चायती पद्धतिको अभ्यास गराएको हुनाले महेन्द्रको चर्चा भइरहन्छ । उनलाई सम्झिने अर्को कारण विश्व मानचित्रमा नेपालको स्थान सुरक्षित राखेकाले पनि हो ।
बीपी : अध्यात्म र बौद्धिकताको सन्दर्भ
विपिन अधिकारी
बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ ।
बौद्ध धर्मका पुनर्जागरणकर्ता
हिमेश
गौतम बुद्धको जन्मथलो लुम्बिनी आधुनिक नेपालमै पर्छ भनेर अझै पनि राम्रोसँग प्रचार हुन पाएको छैन । त्यसैले बौद्धमार्गी देशहरूमै यसबारे भ्रम छ । गलत इतिहास प्रचार गर्न खोज्नेहरूको बिगबिगी उत्तिकै छ । २००७ सालतिर त स्थिति झन् कस्तो थियो होला ?
कूटनीतिक व्याख्याता
मदनकुमार भट्टराई
जब–जब कूटनीतिक मामिलाका विषयमा बहस हुन्छ, भन्ने गरिन्छ– ‘हाम्रो देशको कूटनीतिक क्षमता कमजोर रह्यो ।’ यस्तो किन भयो भन्ने बहसका छुट्टै पाटा छन् ।
यस कारण महाकवि
माधवप्रसाद घिमिरे, राष्ट्रकवि
लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’ को सम्मान सरकारले दिएको होइन, जनताले प्रदान गरेका हुन् । त्यसैले सरकारबाट कविशिरोमणि सम्मान पाएका लेखनाथ पौड्याल, जनकविकेशरी पाएका धर्मराज थापा र राष्ट्रकवि पाएको मभन्दा बढी देवकोटा संसारभरिका नेपालीमाझ सुपरिचित छन् । त्यसैले पुस्तकालय, प्रतिमा, बाटा र चोक उनकै नामका बढी छन् । त्यसैले...
फाल्गुन ५, २०७६
व्यापारको ‘गंगाजल’मा प्रकाश झा
यज्ञश
वर्ष थियो– सन् १९९७ । सिनेमासँग परिचय भएको केही वर्ष भएको थियो । यस्तैमा टिभीमा एउटा गीत आउन थाल्यो, माधुरी दीक्षितको– ‘केहे दो एक बार सजना... ।’
फाल्गुन २, २०७६
करातेले जुराएको प्रेम
नमिता दाहाल
काभ्रेकी चन्चला दनुवार राष्ट्रिय स्तरकी कराते खेलाडी हुन् । उनले हालै सम्पन्न सागमा कराते तर्फबाट रजत पदक जितेकी थिइन् । उनका श्रीमान नारायणकाजी राई जनपथ पुलिस फोर्समा कराते रेफ्रीको काम गर्छन् । अहिले दुवै जनपथ प्रहरीमा कार्यरत छन् ।
‘राजा, आज भ्यालेन्टाइन्स डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे!’
बुनु थारु
२०७३ साउन १५ गतेको त्यो दिन नआएको भए राजेन्द्रमान श्रेष्ठ र आराधना राणा सायद आज प्रेम दिवस धुमधामसँगै मनाइरहेका हुन्थे । धुमधाम यस अर्थमा कि यही बुधबारमात्रै ३० वर्षे प्रहरी सेवाबाट राजेन्द्रमानले अवकाश पाएका थिए । त्यसैले सायद आज फुर्सदको दिनलाई उनले थप रोमाञ्चक बनाउँथे होलान् । तर, उनी कोमामा छन् । न बोल्न सक्छन् र न...
'भ्यालेन्टाइन डे' अर्थात् पुष्प व्यवसायीकाे 'दसैं'
रीना मोक्तान
दरबारमार्गको अस्तव्यस्तता । सवारी साधनको आउजाउ । राइजिङ मलको सडकछेउ 'रोयल ड्‍याफोडिल फ्लावर सप'मा वरमाला उन्दै थिइन्, मीना तामाङ श्रेष्ठ । पसल अगाडि रंगीविरंगी फूलका गुच्छा सजाएर राखिएका थिए । त्यसबीच रातो गुलाब मुस्कुराइरहेझैं लाग्थ्यो ।
फाल्गुन १, २०७६
कोरोनाको त्रासमा डगमगाएको आत्मविश्वास
लक्ष्मी लम्साल
जनवरी महिना, बेइजिङमा उत्रिएको एक साता नबित्दै रूघाखोकी र ज्वरोले एकैसाथ आक्रमण गर्‍यो । सकेसम्म औषधि नखाने म जस्ताका लागि घरेलु उपायले यसपटक त छोएन । वाफ लिनु, ज्वानो, बेसार, अदुवा, लसुनलगायत अनेक चीज हालेर उमालेको पानी पिउनु, व्यायाम गर्नुजस्ता अनेकन् विधि अपनाएर ज्वरोबाट मुक्ति पाउने ध्याउन्नमा थिएँ ।
माघ २८, २०७६
हजार सपनाहरुको माया लागेर आउँछ...
देवेन्द्र भट्टराई
झण्डै ४ वर्षे दिल्ली बसाइमा एकजना यादगार छिमेकी थिए— राजेन्द्रमान श्रेष्ठ । छिमेकी यस अर्थमा तत्कालीन जंगपुरा, रेल्वे स्टेशनको वार र पारका भाडाघरमा हामी बस्थ्यौं । कहिले मर्निङ वाककै सुरमा हमजाएगा हाप्पेन, तन्‍नेरी टाइपको टिसर्ट र स्पोर्टस् जुत्ताका भरमा राजेन्द्रमान आउँथे, मेरो डेरामा र, ‘बेल’ बजाउनासाथ भन्थे- भाइजान,...
माघ २७, २०७६
सुन्दरता, आत्मविश्वास र मनोबल : कपालको कथा
रीना मोक्तान
कपालले कान छुन थालेको छ । काउकुती लगाउन थालेको छ । निधार छोपिने गरी बिस्तारै बढ्दै गरेको कपालसँगै अभिनेत्री सुरक्षा पन्तको मनोबल पनि शक्तिशाली बन्दै गएको छ ।
माघ २६, २०७६
‘स्याटेलाइटबारे सुनेको थिएँ, बनाउँछु भन्‍ने कहिल्यै सोचेकै थिइनँ’
गोविन्द पोखरेल
जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले पहिलो पटक आफ्‍नो झन्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेर एउटा इतिहास रच्यो । हातमा बोक्‍न सकिने नानो स्याटेलाइट उडाउनु विकसित मुलुकका विद्यार्थीका लागि सामान्य काम हो ।
माघ २२, २०७६
सानैमा क्रिकेट क्रेज
नमिता दाहाल
काठमाडौंमा मात्रै नभएर पूरै देशभरि क्रिकेटको क्रेज बढ्दै गएको पाइन्छ । त्यसको फलस्वरूप काठमाडौं उपत्यका र देशभर नै पनि विभिन्न ठाउँहरुमा सानै उमेरदेखि क्रिकेट सिक्नेको संख्या बढेको छ । स्कुलको पढाइसँगै क्रिकेट एकेडेमी मै गएर औपचारिक रुपमा क्रिकेट सिक्नेको संख्यामा बढोत्तरी भएको विभिन्न एकेडेमीबाट प्राप्त तथ्यांकले पनि ...
माघ २०, २०७६
सत्तासँग लडेर थाकेका निर्देशक : 'युद्धमा गएझैं भयो, रुँदै हिँड्नुपर्‍यो'
रीना मोक्तान
९ महिना भयो, फिल्म 'दासढुङ्गा २'को निर्माण रोकिएको । चलचित्र बिकास बोर्डले निर्माण इजाजत नदिएपछि फिल्मको निर्माण अघि बढेन ।
माघ १९, २०७६
‘आमाले आमाबिना कसरी बाँच्ने सिकाउनु भएन’
नर्भिक अस्पतालनजिकै होटलमा थिइन्, ऋचा शर्मा । मध्यरातको ११ः३५ बजेको थियो, अस्पतालबाट फोन आयो । ऋचाका हात थरथराए, आमालाई भेन्टिलेटरमा राखेको चार दिन भइसकेको थियो । डराई–डराई फोन उठाइन । चिकित्सकले यत्ति भने, ‘अब आउनुपर्‍यो ।’
माघ १८, २०७६
बिग्रिएको प्रकृति-चक्रः जिम्मेवार को ?
गोविन्द पोखरेल
हामी सबैको उठ्ने र सुत्ने समय हुन्छ । हामीमा सुत्ने र उठ्नेको रिदम(लय) ‘बायोलोजिकल क्लक’ले मिलाउँछ । यही बायोलोजिकल क्लक प्रकाशको वरीपरी घुमेको हुन्छ । यसको चक्र बिँग्रदा हाम्रो सुत्ने उठ्नेको चक्र प्रभावित हुन्छ । यो चक्रलाई प्रकाशले प्रभाव पार्छ ।
माघ १६, २०७६
सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस
भोला पासवान
बारा र रौतहटमा सयौं वर्षदेखि जोताहामाथि उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्ध समयसमयमा किसानहरूले विद्रोह पनि गर्दै आएका छन् । २००९ सालमा यस क्षेत्रमा किसान विद्रोह भएको थियो । जोतहा किसानहरुले आफूमाथि तराई र पहाडका जमिनदारले गरेको अन्यायका विरुद्ध यससमय आसपासमा विद्रोह भएको थियो ।
थारु महिलाको नलेखिएको इतिहास
बुनु थारु
‘सोझो’ जातिको ट्याग भिराइएको छ, देशको चौथो ठूलो जनसंख्या रहेको थारु जातिलाई । राजनीतिज्ञ तथा अध्येता आहुति भन्छन्, ‘कुनै जातिलाई सोझा भन्नु पनि खतरनाक कुरा हो । सोझा भनिदिने अनि उनीहरु केही चाहदैनन् भनेर सत्ता र शक्तिबाट विमुख बनाइराख्ने एउटा चाल हो ।’
गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला
रवीन्द्र ढकाल
२००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनले नयाँ समय र चेतनाको प्रवाह समाजमा भित्र्याएको थियो । राजनीतिक रुपमा नेपाली कांग्रेसको यस आन्दोलनमा मुख्य भूमिका थियो । कांग्रेसको आन्दोलनको आधार स्तम्भ थियो- जनमुक्ति सेना । त्यो जनमुक्ति सेनाका एक गुमनाम पात्र हुन्- तुलाराम तामाङ अर्थात् गोले काइँला ।