text
stringlengths
2
914
एजेन्सी
अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने भएको छ । त्यसका साथै अण्डा भित्र्याउनका लागि अन्य देशहरूसँग पनि वार्ता भइरहेको अमेरिकी अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।
अमेरिकाले ५ लाख ३० हजार आप्रवासीको अस्थायी कानुनी मान्यता खारेज गर्ने
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीहरूलाई आगामी २४ अप्रिलमा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेत...
टर्कीए र दक्षिण कोरियाबाट करोडौं अण्डा आयात गर्दै अमेरिका
कान्तिपुर संवाददाता
अमेरिकामा अण्डाको मूल्य कम गर्नका लागि ट्रम्प प्रशासनले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने योजना बनाएको छ ।
साउदीमा वार्ताअघि रुस र युक्रेनबीच आरोप–प्रत्यारोप
एजेन्सी
रुस र युक्रेनबीचको युद्धबारे आगामी सोमबार साउदी अरबमा अमेरिकाले दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता गर्ने भएको छ । शान्ति वार्ताका लागि हुने त्यो बैठकअघि रुस र युक्रेन भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
चैत्र ८, २०८१
१५ वर्षमा पहिलोपल्ट हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द
कान्तिपुर संवाददाता
हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार पूर्ण रूपमा बन्द हुने भएको छ । नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागीका कारण विमानस्थल बन्द हुने भएको हो । युरोपकै व्यस्तमध्यको एक विमानस्थलमा विद्युत् आपूर्ति हुने सबस्टेसनमै आगलागी भएको हो ।
गाजामा हवाईसँगै स्थल आक्रमण बढाउँदै इजरायल
एजेन्सी
युद्धविराम सम्झौताको बेवास्ता गर्दै गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरु गरेको छ । इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका हवाई आक्रमणमा कम्तीमा ८५ प्यालेस्टिनीहरू मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चैत्र ७, २०८१
हमासले बन्धक मुक्त नगरे गाजा क्षेत्र पूर्णरूपमा ध्वस्त पार्ने इजरायलको चेतावनी
एजेन्सी
इजरायलले प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकहरू मुक्त नगरे गाजा क्षेत्रलाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल कात्जले गाजाका स्थानीयलाई क्षति पुर्‍याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका सीबीएस न्युजले जनाएको छ ।
इजरायली आक्रमणमा ८५ प्यालेस्टिनीले ज्यान गुमाए
एजेन्सी
युद्धविराम सम्झौताको वेवास्ता गर्दै गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरू गरेको छ । इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका हवाई आक्रमणमा कम्तिमा ८५ प्यालेस्टिनी मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनमा क्यानडाका ४ नागरिकलाई मृत्युदण्ड दिएसँगै दुई देशको सम्बन्ध तनावपूर्ण
एजेन्सी
चीनले यसै वर्षको सुरूमा लागूऔषध सम्बन्धी मुद्दामा आफ्ना ४ नागरिकलाई मृत्युदण्ड दिएको क्यानाडेली अधिकारीहरूले पुष्टि गरेका छन् । क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले मृत्युदण्ड दिइएकाहरूसँग दोहोरो नागरिकता रहेको र उनीहरूको पहिचान गोप्य राखिएको बताएकी छन् ।
भारतीय सुरक्षाकर्मीको कारबाहीमा २२ नक्सलवादी विद्रोही मारिए
एजेन्सी
भारतीय सुरक्षाकर्मीले छत्तिसगढ राज्यका बिजापुर र कान्केर जिल्लामा गरेको कारबाहीमा २२ नक्सलवादीको ज्यान गएको छ । कारबाहीका क्रममा एक सैनिकको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इरानी जेलमा रहेका फ्रान्सेली रिहा
एजेन्सी
दुई वर्षभन्दा लामो समयदेखि इरानी जेलमा रहेका फ्रान्सेली रिहा भएका छन् । रिहा भएका ३४ वर्षीय ओलिभर ग्रोन्डो अक्टोबर २०२२ देखि इरानी जेलका थिए ।
मादक पदार्थ सेवनसँग सम्बन्धित अपराधमा चीनले दियो क्यानडाका चार नागरिकलाई मृत्युदण्ड
एजेन्सी
चीनले यस वर्षको सुरुवातमै मादक पदार्थ सेवनसँग सम्बन्धित अपराधमा आरोपी चार जना क्यानडाका नागरिकलाई मृत्युदण्ड दिएको छ ।
हवाई आक्रमणपछि इजरायली सेनाले गाजामा स्थल आक्रमणलाई तीव्र पार्‍यो
एजेन्सी
इजरायलले हवाई आक्रमणपछि अब गाजामा स्थल आक्रमणलाई पनि तीव्र पारेको छ ।
चैत्र ६, २०८१
पुटिनले वाचा तोडे : जेलेन्स्की
एजेन्सी
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् । पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको जेलेन्स्कीको आरोप छ ।
भारतमा ४५ वर्षअघिको जातीय नरसंहारमा ३ जनालाई मृत्युदण्डको सजाय
एजेन्सी
भारतको एक अदालतले सन् १९८१ मा दलित समुदायका २४ जनाको हत्याको अभियोगमा तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरू उत्तर प्रदेशको देहुली गाउँमा महिला र बालबालिकासहित पीडितहरूलाई गोली हानेका लुटेरा गिरोहका सदस्य थिए ।
रुसद्वारा युक्रेनका दुई अस्पतालमा आक्रमण
एजेन्सी
रुसी सेनाले बुधबार युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना लामो युद्धविराम प्रस्ताव अस्वीकार गरेसँगै रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण गरेको हो ।
इजरायली आक्रमणमा १३ प्यालेस्टिनी मारिए
एजेन्सी
इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो ।
इजरायलको चेतावनी: हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र हो
कान्तिपुर संवाददाता
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् ।
गाजामा इजरायलको भीषण आक्रमण, कम्तीमा ४१३ मारिए
कान्तिपुर संवाददाता
इजरायली सेनाले गाजा क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ४ सय १३ जनाको ज्यान गएको छ । प्यालेस्टिनी समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ज्यान गुमाउनेमा कम्तीमा ५० बालबालिका र ३० महिला छन् । मन्त्रालयका महानिर्देशक मुनिर अल–बार्सले ६ सय ६० भन्दा बढी घाइते भएको जनाए । घाइतेमध्ये केही...
युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न पुटिन सहमत
बुद्धिसागर मरासिनी
रुसले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसका लागि सहमत भएका हुन् ।
चैत्र ५, २०८१
गाजामा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४१३ पुग्यो
एजेन्सी
इजरायली सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ४ सय १३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् ।
मोदीले खोले ट्रम्पको सामाजिक सञ्जालमा खाता
एजेन्सी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसियलमा खाता खोलेका छन् ।
इजरायली आक्रमणमा गाजापट्टीमा ३३० जना मारिए
एजेन्सी
इजरायली सेनाले गाजा पट्टीमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३ सय ३० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् ।
गाजामा इजरायली हवाई आक्रमण: ३४ जनाको मृत्यु
एजेन्सी
इजरायलले गाजामा सुरु गरेको हवाई आक्रमणमा परी ३४ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
इजरायलद्वारा गाजामा भीषण आक्रमण
एजेन्सी
इजरायली सेनाले गाजा पट्टीमा भीषण हवाई आक्रमण सुरु गरेको छ ।
हुथीविरुद्ध आक्रामक भए ट्रम्प
एजेन्सी
अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरुद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमान्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
चैत्र ४, २०८१
पुटिनसँग युक्रेन युद्धबारे मंगलबार कुरा गर्छु : ट्रम्प
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् । ‘सप्ताहन्तमा धेरै काम भइसकेको छ । हामी युद्ध अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहन्छौं,’ ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग भने, ‘सायद सक्छौं, सायद सक्दैनौं । तर मलाई लाग्छ क...
अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या ४० पुग्यो
एजेन्सी
अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । सीबीएस न्युजका अनुसार ज्यान गुमाउनेहरू मिसौरी, कान्सस, अर्कान्सस, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्यका हुन् ।
अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए
एजेन्सी
अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
अन्तरिक्षमा फसेका ‘सुनी’ र ‘बुच’ मंगलबार पृथ्वीमा फर्कँदै
एजेन्सी
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ९ महिनादेखि अड्केका अन्तरीक्षयात्री सुनिता विलियम्स ‘सुनी’ र ब्यारी विलमोर ‘बुच’ मंगलबार पृथ्वीमा फर्कने भएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘सुनी’ र ‘बुच’लाई स्पेसएक्स यानमा मंगलबार साँझ फर्काउन लागिएको जनाएको छ ।
बलुच आर्मीको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते
कान्तिपुर संवाददाता
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार बलुच लिबरेशन आर्मीले सुरक्षा बलको समूहलाई लक्षित गरी भएको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।
अमेरिकी हवाई आक्रमणमा हुथी विद्रोहीतर्फ ५३ जनाको मृत्यु
कान्तिपुर संवाददाता
यमनमा शनिबारदेखि अमेरिकाले हुथी विद्रोहीविरुद्ध सुरु गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।