text stringlengths 2 914 |
|---|
अमेरिकामा क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र अन्य खनिजमाथि लागू गर्ने भनिएको ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल रोकिएको छ । |
पाकिस्तानमा रेल हाइज्याक, १०४ यात्रु छुटाइयो |
एजेन्सी |
पाकिस्तानको बलूचिस्तान प्रान्तमा मंगलबार चारसय भन्दा बढी यात्री सवार एक रेल हतियारधारी चरमपन्थीले कब्जामा लिएका छन् । |
फाल्गुन २७, २०८१ |
पाकिस्तानी विद्रोहीले रेलमा आक्रमण गरेर यात्रुलाई बन्धक बनाए |
एजेन्सी |
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीहरूले सयौं यात्रु चढेको रेलमा आक्रमण गरेर कैयौंलाई बन्धक बनाएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गोली चलाएर केयौंलाई बन्धक बनाएको सैन्य स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । |
क्यानडाको स्टिल र अल्मुनियममा ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा |
एजेन्सी |
वासिङटन (एजेन्सी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सबै स्टील र अल्मुनियममा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यसअघि ट्रम्पले बुधबारदेखि कार्यान्वयन आउने गरी क्यानाडेली आयातमा २५ प्रतिशत करको घोषणा गरेका थिए । |
अमेरिकासँगको वार्ता निकै रचनात्मक : युक्रेन |
एजेन्सी |
युक्रेनले अमेरिकासँगको वार्ता रचनात्मक भएको प्रतिक्रिया जनाएको छ । युक्रेनी वार्ता टोलीका एक सदस्यले युक्रेन दिगो शान्तिका पक्षमा रहेको र अमेरिकासँगको वार्ता निकै रचनात्मक र सकारात्मक भएको जनाएका बीबीसीले उल्लेख गरेको छ । |
फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ |
कान्तिपुर संवाददाता |
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । |
मस्कोमा ठूलो मात्रामा ड्रोन आक्रमण भएको रुसको दाबी, एक जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
रुसका स्थानीय अधिकारीले मस्कोमा मध्यरात ठूलो मात्रामा ड्रोन आक्रमण भएको दाबी गरेका छन् । जसमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । |
सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको लडाकु समूहबीच शासन एकीकरणमा सम्झौता |
कान्तिपुर संवाददाता |
सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले सोमबार कुर्दिश नियन्त्रित क्षेत्रका सबै नागरिक र सैन्य संस्थाहरूलाई राज्य संस्थाहरू अन्तर्गत गाभ्ने सम्झौतामा पुगेको जनाइएको छ । |
एक्समाथि साइबर आक्रमण, के भने मस्कले? |
एजेन्सी |
अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक(ट्विटर)माथि सोमबार साइबर आक्रमण भएको बताएका छन् । |
फाल्गुन २६, २०८१ |
दक्षिण कोरिया-अमेरिकी सैन्य अभ्यास, उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार |
एजेन्सी |
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दुई देशबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्ने गरेको छ । |
युद्ध अन्त्य गर्न अमेरिकी मागप्रति युक्रेन सकारात्मक |
एजेन्सी |
अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले रूससँगको युद्ध अन्त्यका लागि युक्रेन अमेरिकी मागप्रति सकारात्मक देखिएको जनाएका छन् । |
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित |
एजेन्सी |
क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नेछन् । |
इजरायलले गाजामा रोक्यो विद्युत् आपूर्ति |
एजेन्सी |
इजरायलले गाजामा तत्काल बिजुलीको आपूर्ति बन्द गरेको छ । इजरायलका अनुसार बाँकी रहेका ५९ बन्धकको तत्काल रिहाइका लागि हमासमाथि दबाब बढाउन यो कदम चालिएको हो । |
सिरियामा १४ वर्षयताकै ठूलो हिंसा : सुरक्षा फौज र पूर्वराष्ट्रपति पक्षबीचको आक्रमणमा हजारभन्दा बढीको मृत्यु |
एजेन्सी |
सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा ७४५ जना सर्वसाधारण रहेको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ । एसओएचआरका अनुसार झडपमा पूर्वराष्ट्रपति असद समर्थित १४८ र सरकारी फ... |
फाल्गुन २५, २०८१ |
गाजाको पुनर्निर्माणका लागि ५३ अर्बको योजना |
कान्तिपुर संवाददाता |
प्यालेस्टिनीहरूलाई विस्थापित नगरी गाजाको पुनर्निर्माणका लागि अरब नेताहरूले अघि सारेको ५३ अर्ब डलर बराबरको योजनालाई प्रमुख युरोपेली राष्ट्रहरूले समर्थन गरेका छन् । |
भारत–पाकिस्तान सीमा क्षेत्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह |
एजेन्सी |
अमेरिकाले आफ्ना नागरिकको यात्रालाई लिएर एक एडभाइजरी जारी गरेको छ । जसमा अमेरिकाका नागरिकलाई भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न भनिएको छ । |
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु |
एपी |
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ । |
अमेरिकी सहायताबिना युक्रेनले रुसी आक्रमण थेग्ला ? |
कान्तिपुर संवाददाता |
अमेरिकासँग खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की नै पर्यो । जसका कारण दुई देशबीच हुने भनिएको ‘रेयर अर्थ’ सहितका युक्रेनी खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौता भाँडियो । |
सुडानमा हैजाले दुई हप्तामै ९२ जनाको मृत्यु |
सिन्ह्वा |
गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ । |
अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति रिहा |
एजेन्सी |
अदालतको रिहाइ स्वीकृतिविरुद्ध अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शनिबार रिहा गरिएको छ । |
रुसी आक्रमणमा कम्तिमा २५ जना मारिएको युक्रेनको दाबी |
एजेन्सी |
युक्रेनका अधिकारीहरुले शनिबार रुसी आक्रमणबाट कम्तिमा २५ जनाको मृत्यु भएको बताएका छन् । |
रुसी आक्रमण तीव्र, युक्रेनमा कम्तीमा २३ जनाको मृत्यु |
एजेन्सी |
रुसले शुक्रबार राति र शनिबार बिहान गरेको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । आक्रमणमा कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ । |
फाल्गुन २४, २०८१ |
तिब्बतको डिंग्री केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प |
कान्तिपुर संवाददाता |
तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर शनिबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । नेपालको सीमा क्षेत्र जोडिएको भूभागमा दिउँसो २ बजेर ३५ मिनेटमा उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । |
रुसी हमलामा पूर्वी युक्रेनमा १२ जनाको मृत्यु |
एएफपी |
शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो । |
ट्रम्पले भने– रुसको तुलनामा युक्रेनसँग ‘डील’ गर्न कठिन |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतालाई लिएर रुसको तुलनामा युक्रेनको साथ डिल गर्न कठिन भएको बताएका छन् । |
अमेरिकामा १५ वर्षपछि पहिलोपटक दिइयो गोली प्रहार गरी मृत्युदण्ड |
एजेन्सी |
अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई गोली प्रहार गरी मृत्युदण्डको सजाय दिइएको छ । आफ्नी पूर्व प्रेमिकाका आमा–बुबाको हत्यामा दोषी पाइएका ती व्यक्तिलाई उक्त सजाय दिइएको हो । |
अमेरिकालाई ‘क्रिप्टो करेन्सी’ को केन्द्र बनाउने ट्रम्पको घोषणा |
सजना बराल |
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तेस्रो पटक उम्मेदवारी घोषणा गरेयता क्रिप्टो मुद्राको पक्षमा निरन्तर वकालत गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्रिप्टो मुद्रासम्बन्धी एक सम्मेलन नै आयोजना गर्दै छन् । सम्मेलनमा क्रिप्टो मुद्रा क्षेत्रका प्रमुख कम्पनीका मालिक, लगानीकर्ता, नीति–निर्माता र विश्लेषकसमेत गर... |
फाल्गुन २३, २०८१ |
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ । |
सबै बन्धक मुक्त गर्न हमासलाई ट्रम्पको चेतावनी |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका सबै बन्धक मुक्त गर्न ‘अन्तिम चेतावनी’ दिएका छन् । बन्धकहरू रिहा नगरिए हमासका कोही पनि सुरक्षित नहुने ट्रम्पको भनाइ छ । |
अमेरिका र चीनबीच चर्कंदै ‘व्यापार युद्ध’ |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाएसँगै विश्वका दुई ठूला अर्थतन्त्रबीच ‘व्यापार युद्ध’ चर्कने देखिएको छ । आयात कर बढाउने ट्रम्पको निर्णयपछि चीनले अमेरिकासँग ‘जस्तोसुकै युद्ध’ का लागि तयार रहेको बताएको हो । |
फाल्गुन २२, २०८१ |
मणिपुरमा राष्ट्रपति शासनसँगै म्यानमारको सीमामा काँडेतार लगाउने तयारी |
पर्वत पोर्तेल |
भारतको पूर्वोत्तर राज्य मणिपुरमा फेब्रुअरी १३ मा राष्ट्रपति शासन लागू भएको दुई साता पनि बित्न नपाउँदै केन्द्रीय गृह मन्त्रालयले मणिपुर–म्यानमारबीचको खुला सिमानामा काँडेतार लगाउने निर्णय गरेको छ । २२ महिनादेखि जातीय हिंसाका कारण अशान्त बनेको मणिपुरमा मुख्यमन्त्री एन बिरेन सिंहले फेब्रुअरी ९ मा पदबाट राजीनामा दिएका थिए । |
जेलेन्स्कीको गृहनगरमा रुसद्वारा मिसाइल आक्रमण, चार जनाको मृत्यु |
एजेन्सी |
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरमा एक होटलमा रुसले गरेको मिसाइल आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.