text
stringlengths
2
914
पाकिस्तानमा आतंकवादी हमलामा १८ जनाको मृत्यु, ३२ जना घाइते
एजेन्सी
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् ।
दक्षिण कोरियामा लडाकू विमानले झुक्किएर खसाए आफ्नै नागरिकमाथि आठ बम, सात जना घाइते
एजेन्सी
दक्षिण कोरियाको वायु सेनानका दुईवटा लडाकू विमानले सैन्य अभ्यासका क्रममा आफ्नै नागरिकमाथि बम खसाएका छन् ।
चिनियाँ सामग्रीमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनमा बढायो कर
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाएपछि चीनले त्यसको प्रतिक्रिया दिएको छ । अमेरिकी करको बदलमा चीनले पनि अमेरिकी कृषि उत्पादनहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेको छ ।
अदालतमा उपस्थित नहुँदा राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना
कान्तिपुर संवाददाता
उत्तर प्रदेशको लखनऊ अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोक्दै १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन दिएको छ ।
सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् ।
१०० मिनेटमा ट्रम्पले के–के भने ?
कान्तिपुर संवाददाता
ह्वाइटहाउसमा उथलपुथलपूर्ण ६ साता लामो कार्यकालपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति कंग्रेसको संयुक्त सत्रमा ‘दम्भ र पक्षपातपूर्ण’ भाषण दिएका छन् ।
फाल्गुन २१, २०८१
जेलेन्स्की अमेरिकासँग मिलेर अघि बढ्न तयार, ट्रम्पले गरे स्वागत
एजेन्सी
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
जनकांग्रेस समक्ष प्रधानमन्त्री लीको प्रतिवेदन : चीनको आर्थिक वृद्धिदर ५ प्रतिशत
लक्ष्मी लम्साल
यस वर्ष चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि दर लगभग ५ प्रतिशतको हाराहारीमा रहने भएको छ । बेइजिङमा बुधबार सुरू १४ औं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को तेस्रोपूर्ण सत्रमा प्रधानमन्त्री ली छ्याङले वार्षिक प्रतिवेदन पेस गर्दै यो लक्ष्य पेस गरेका हुन् ।
बेइजिङमा कम्युनिस्ट पार्टीका दुई अधिवेशन
लक्ष्मी लम्साल
चिनियाँ राजनीतिक जीवनमा महत्त्वपूर्ण घटना मानिने चिनियाँ कम्युनिष्ट पार्टीका दुई अधिवेशन मंगलबारदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू भएका छन् । चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) १४औं राष्ट्रिय समितिको तेस्रो सत्र मंगलबारदेखि र १४औं राष्ट्रिय जनकांग्रेसक...
भारतको केन–बेतवा परियोजना विरोधमा किन उत्रिए स्थानीय ?
प्रविना पौडेल
भारतको मध्यप्रदेशमा नदी–जडान परियोजनाको विरोधमा स्थानीयहरू उत्रिएका छन् । उक्त ‘केन–बेतवा परियोजना’ ले आफ्ना घर–जग्गा गुम्ने र जीविकोपार्जनको बाटो पनि खोसिने चिन्ता गर्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
फाल्गुन २०, २०८१
अमेरिकाले लगायो मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत कर
कान्तिपुर संवाददाता
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै एक आयातकर लगाएका हुन् ।
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग
सुदीप शिवाकोटी
गत शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीबीचको वार्ता असफल भएलगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको छ ।
शान्ति सम्झौताका नाममा रुसलाई कुनै भू–भाग छोडिँदैन : जेलेन्स्की
एजेन्सी
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि युक्रेनले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने उनको भनाइ छ ।
फाल्गुन १९, २०८१
अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर : भ्याटिकन
एजेन्सी
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ । अर्जेन्टिनामा जन्मिएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’ का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।
जेलेन्स्की भन्छन्- रुसले शान्ति चाहेको छैन
एजेन्सी
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध हवाई आतंक जारी राखेको आरोप लगाएका छन् । युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ छ ।
गाजामा फेरि तनाव, इजरायलले रोक्यो मानवीय सहायता
एजेन्सी
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।
फाल्गुन १८, २०८१
युक्रेनबारे बेलायत र फ्रान्सले ट्रम्पसँग छलफल गर्ने
एजेन्सी
बेलायत र फ्रान्सले युद्धग्रस्त युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने भएका छन् । युक्रन युद्ध रोक्ने विषयमा बेलायत र फ्रान्सले शान्ति योजना तयार गर्ने र त्यसबारे ट्रम्पसँग छलफल गर्ने बेलायती प्रधानमन्त्री केयर स्टार्मरको भनाइ छ ।
गैरकानुनी आप्रवासीको अमेरिका प्रवेश ९७ प्रतिशतले घट्यो
सुदीप शिवाकोटी
राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गैरकानुनी आप्रवासी प्रवेशमा कडाइ र कागजातविहिनलाई फर्काउने नयाँ नीतिको कार्यान्वयन प्रभावकारी देखिएको छ । जनवरी २० मा कार्यभार सम्हालेसँगै ट्रम्पले सीमा सुरक्षामा कडाइ गर्दै सुरक्षाकर्मीको संख्यामा समेत दोब्बर बृद्धि गरेका थिए । जसका कारण पहिलो एक महिनामा अमेरिका प्रवेश गर्न खोज्ने ग...
इजरायलले गाजामा रोक्यो सबै मानवीय सहायता
एजेन्सी
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।
चमौली हिमपहिरो : ५० जनाको उद्धार, ४ को मृत्यु
कान्तिपुर संवाददाता
उत्तराखण्डको चमौलीमा गएको हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान हिमपहिरोले बोर्डर रोड अर्गनाइजेसन(बीआरओ) को क्याम्प पुरिँदा ५४ जना फसेका थिए ।
ट्रम्पसँग नोंकझोकपछि बेलायत पुगे जेलेन्स्की, सैन्य आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा सम्झौता
एजेन्सी
रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोंकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् ।
फाल्गुन १७, २०८१
ट्रम्प-जेलेन्स्की बहसपछि विश्व तरंगित: युरोप असन्तुष्ट, अमेरिकी सांसदहरू नै ट्रम्प शैलीको विरोधमा
गोविन्द देवकोटा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताकाे नाेंकझाेक र अमेरिकाले देखाएकाे व्यवहारपछि विश्व राजनीति तरंगित भएकाे छ । ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीलाई ट्रम्पले गरेको व्यवहारका कारण पुरै युरोप असन्तुष्ट बनेको छ ।
बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र लगानी अवसरबारे अन्तरक्रिया
नवीन पोखरेल
लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ ।
ट्रम्प-जेलेन्स्की वार्ता नोकझोँकमा परिणत, ट्रम्पले भने- ‘तपाईं कहिल्यै युद्ध जित्न सक्नुहुन्न’
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई उनको व्यवहार र कार्यशैलीबारे चेतावनी दिएका छन् ।
फाल्गुन १६, २०८१
आकाशमा लहरै देखिँदै सातवटै ग्रह
प्रविना पौडेल
पृथ्वीबाट शुक्रबार राति आकाशमा सातवटा ग्रह लहरै देखिँदै छन् । खगोलशास्त्रीहरुका अनुसार बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण एकै दिन आकाशमा एकै लाइनमा देख्न सकिन्छ । बुध, शुक्र, मंगल, बृहस्पति, र शनि चम्किलो भएकाले नांगो आँखाले देख्न सकिन्छ ।
उत्तराखण्डको चमौलीमा हिमपहिरो : सडक निर्माणमा खटिएका ५७ जना फसे, १६ को उद्धार
कान्तिपुर संवाददाता
भारतीय राज्य उत्तराखण्डको चमौलीको माणामा हिमपहिरो जाँदा सडक निर्माणमा कार्यरत ४१ जना फसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बोर्डर रोड अर्गनाइजेसजनका ५७ जना फसेकामा १६ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकालाई अस्पताल लगिएको छ ।
ट्रम्पका कुरा : कहिले जेलेन्स्की 'तानाशाही', कहिले 'साहसी'
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वासिंटन पुगेका छन् । युक्रेनी भूमिको सुरक्षाको ग्यारेन्टीको आशासहित जेलेन्स्की अमेरिका पुगेका हुन् ।
विदेशी सहायता भुक्तानी रोक्ने ट्रम्पको निर्णयमा अदालतको अनुमोदन
एजेन्सी
अमेरिकाको सर्वोच्च अदालतले विदेशी सहायता भुक्तानीका विषयमा ट्रम्प प्रशासनका पक्षमा निर्णय गरेको छ । प्रधानन्याधीश जोन ग्लोभर रोबर्ट्स जुनियरले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) अन्तर्गत पूरा भइसकेका कामको २ अर्ब अमेरिकी डलर तत्काल भुक्तान गर्न आवश्यक नरहेको आदेश दिएका हुन् ।
इजरायली जेलमा रहेका ६ सय प्यालेस्टिनी रिहा
एजेन्सी
इजरायलले बिहीबार ६ सयभन्दा बढी प्यालेस्टिनी बन्दीहरू रिहा गरेको छ । हमासले पहिलो चरणको युद्धविरामअन्तर्गत अन्तिम पटकमा चार इजरायलीको शव हस्तान्तरण गरेसँगै प्यालेस्टिनी बन्दीहरू रिहा भएका हुन् ।
फाल्गुन १५, २०८१
हलिउड अभिनेता ह्‍याकम्यान पत्‍नीसहित मृत फेला
कान्तिपुर संवाददाता
हलिउड अभिनेता जीन ह्‍याकम्यान मेक्सिकोको सान्ता फेस्थित घरमा पत्नी बेट्सी अराकावा र कुकुरसहित मृत भेटिएका छन् ।
प्यालेस्टिनी कैदीको रिहाइ सुरु हुनेबित्तिकै हमासले पनि फिर्ता गर्‍यो चार बन्धकको शव
एजेन्सी
इजरायलका तर्फबाट प्यालेस्टिनी कैदीको रिहा सुरु भएलगत्तै हमासले पनि चार जना बन्धकको शव फिर्ता गरेको छ ।