text
stringlengths
2
914
यूएन बैठकमा भारतले भन्यो– पाकिस्तान अन्तर्राष्ट्रिय सहयोगको भरोसामा टिकेको एक असफल देश हो
एजेन्सी
भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्‌मा पाकिस्तानलाई ‘असफल देश’को रुपमा टिप्पणी गर्दै अब अन्तर्राष्ट्रिय सहयोगको भरोसामा मात्र टिकिरहेको बताएको छ ।
फाल्गुन १४, २०८१
जेलेन्स्कीले किन दिए अमेरिकालाई खनिज ?
कान्तिपुर संवाददाता
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकी अन्तत: अमेरिकालाई खनिजको स्वामित्व दिन तयार भएका छन् । दुई देशबीच बुधबार खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति जुटेको हो । सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
एक वर्षमा ८ लाख आप्रवासीले पाए अमेरिकी नागरिकता
सुदीप शिवाकोटी
अमेरिकामा कागजातविहित आप्रवासी फर्काउनेसँगै कानुनी प्रक्रिया पुरा गरेकालाई नागरिक बनाउने प्रावधान पनि छ । अमेरिकी सरकारले बर्सेनी लाखौं आप्रवासीलाई ग्रिन कार्ड प्रदान गर्छ । ग्रिन कार्डको अवधि ४ वर्ष पारगरी कानुनी प्रक्रिया पुरा गरेकाले भने नागरिकता पाउँछन् ।
अमेरिकालाई खनिज दिन युक्रेन सहमत
एजेन्सी
अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु
एएफपी
थाइल्याण्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रम्पको अफर: ५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस्
एजेन्सी
धनाढ्य विदेशीहरूका लागि अमेरिकाले अब भिसा बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् ।
चिलीमा बिजुली काटिएपछि सडकमा सेना तैनाथ, ८० लाख घर प्रभावित
एजेन्सी
चिलीमा बिजुली काटिएपछि देशको ठूलो क्षेत्र प्रभावित बनेको छ । यद्दपि राजधानी सेन्टियागोका केही क्षेत्रमा बिजुलीको व्यवस्था बहाल गरिएको छ ।
कति खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस ?
गोविन्द देवकोटा
कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आममानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो ।
फाल्गुन १३, २०८१
नजिकिए ट्रम्प र पुटिन, युरोप हेरेको हेर्‍यै
बुद्धिसागर मरासिनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिका र रुसबीचको सम्बन्ध हालसम्मकै सुमधुर देखिएको छ । राष्ट्रसंघीय महासभामा सोमबार अमेरिकाले रुसको पक्षमा मतदान गरेपछि युक्रेनसहित समग्र युरोपलाई झड्का लागेको छ । रुस–युक्रेन युद्ध सुरु भएयता अमेरिकाले पहिलो पटक रुसको पक्षमा मतदान गरेको हो । अमेरिकाको नयाँ कदमले युक्रेन युद्धमा ट्रम्प प्रशासनको अडान फेरिएको पुष्टि भएको छ ।
रुसी खनिज उत्खननका लागि अमेरिकालाई पुटिनको प्रस्ताव
एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन् ।
प्यालेस्टिनी कैदीको रिहाइबारे इजरायलसँग हमासले राख्यो सर्त
एजेन्सी
गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरु अघि सारेको छ । इजरायलको जेलमा बन्धक रहेका प्यालेस्टिनी कैदीलाई मुक्त गरेपछि मात्र गाजा युद्धविराम सम्झौताको अघिल्लो चरणको कुराकानी हुने हमासले बताएको छ ।
रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने प्रस्तावमा अमेरिकाले दियो रुसको साथ
कान्तिपुर संवाददाता
रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ ।
फाल्गुन १२, २०८१
जर्मनीमा सीडीयू विजयी, मर्ज चान्सलर बन्दै
बुद्धिसागर मरासिनी
जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । सबैभन्दा ठूलो दल बने पनि सीडीयूले अपेक्षा गरेअनुसारको ३० प्रतिशतभन्दा कम मत ल्याएको हो ।
युक्रेनमा शान्ति स्थापनाका लागि पद त्याग्न जेलेन्स्की तयार, यस्ता छन् शर्त
रासस
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
युएसएडका चार हजार कर्मचारीलाई बिदामा पठाइयो, १६ सयलाई जागिरबाट निकालियो
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएडका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ भने कैयौंलाई जागिरबाटसमेत निकालेको छ ।
जर्मनीमा कन्जरभेटिभ पार्टीको जित
कान्तिपुर संवाददाता
जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ ।
फाल्गुन ११, २०८१
रुस–युक्रेन युद्धका तीन वर्ष : ट्रम्पको पुनरागमनसँगै दबाबमा जेलेन्स्की
बुद्धिसागर मरासिनी
युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी थालेसँगै रुसले आक्रमण सुरु गरेको तीन वर्ष पुगेको छ । यस अवधिमा युक्रेनले नेटोको सदस्यता पाउनु त परको कुरा, उल्टै आफ्नो देशमा रहेका आधा खनिज गुमाउने देखिएको छ ।
बेलायती सेनाको संख्या निरन्तर घट्दो
नवीन पोखरेल
ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै गएको छ । अहिले दुई शताब्दी यताकै थोरै सेना बेलायतसंग रहेको तथ्यांकहरुले देखाएका छन् । बजेट कटौती र युवाहरुको सेनाप्रति विकर्षणका कारण अहिले सक्रिय ब्रिटिश सिपाहीको संख्या ७३ हजार हाराहारी मात्र छ । यो संख्या चिनियाँ सेनाको २० लाख, रुसको १३ लाख वा अमेरिकी सेनाको ४ लाख ६० हजारभन्दा निकै कम हो ।
मस्कले सरकारी कर्मचारीलाई भने- कि उपलब्धि इमेल गर, नत्र राजीनामा देऊ
एजेन्सी
अमेरिकी अर्बपति इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग 'डज'ले अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह गरेका छन् ।
इजरायली जेलमा रहेका ६ सय २ प्यालेस्टिनीको रिहाइमा ढिलाइ
एजेन्सी
प्यालेस्टिनी समूह हमासले थप ६ इजरायली बन्धक मुक्त गरेको छ । हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली बन्धकलाई शनिबार दिउँसो रिहा गरेको हो । हमासले एवेरा मेन्गिस्टु, हिसाम अल–सयद, ओमेर सेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल सोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा रेडक्रसका प्रतिनिधिको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
फाल्गुन १०, २०८१
ट्रम्पको निसानामा सैन्य नेतृत्व
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सैन्य नेतृत्वमा ठूलो फेरबदलको तयारी स्वरूप 'जोइन्ट चिफ अफ स्टाफ्स्‌' अध्यक्षलाई बर्खास्त गरेका छन् । ट्रम्पले अप्रत्यासित रूपमा चिफ अफ स्टाफ्स् अध्यक्ष चार्ल्स क्यू ब्राउन जुनियरलाई पदबाट हटाएका हुन् ।
हमासद्वारा ६ इजरायली बन्धक मुक्त
एजेन्सी
प्यालेस्टिनी समूह हमासले थप ६ इजरायली बन्धक मुक्त गरेको छ । हमासले एवेरा मेन्गिस्टु, हिशाम अल-सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।
डेढ दशकमा ४८ हजारले त्यागे अमेरिकी नागरिकता
सुदीप शिवाकोटी
अमेरिकी सरकारले वर्सेनी हजारौं गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्दै आएको छ । कागजातविहिन त्यस्ता आप्रवासीलाई लाखौं अमेरिकी डलर खर्चेर उनीहरुकै देश फर्काउने गरिएको छ । विश्वका १ सय ९ मुलुकका आप्रवासीमध्ये काजवातविहिनलाई फर्काउने प्रक्रियालाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तीब्रता दिइरहेका छन् ।
युक्रेनमा युद्ध अन्त्यका लागि फ्रान्सका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले केही नगरेको ट्रम्पको आरोप
एजेन्सी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो र बेलायती प्रधानमन्त्री किएर स्टार्मरले केही पनि नगरेको आरोप लगाएका छन् ।
दिल्ली मुख्यमन्त्रीसामु प्रदूषण घटाउने र गरिबी हटाउने चुनौती
बुद्धिसागर मरासिनी
चुनावी परिणाम सार्वजनिक भएको दुई सातापछि भारतको दिल्ली राज्यले नयाँ मुख्यमन्त्री पाएको छ । भारतीय जनता पार्टी (भाजपा) नेता रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।
फाल्गुन ९, २०८१
ब्राजिलमा बस दुर्घटनामा विश्वविद्यालयका १२ जनाको मृत्यु
कान्तिपुर संवाददाता
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
को हुन् दिल्लीकी नयाँ मुख्यमन्त्री ?
बुद्धिसागर मरासिनी
चुनावी परिणाम सार्वजनिक भएको दुई सातापछि भारतको दिल्ली राज्यले मुख्यमन्त्री पाएको छ । भारतीय जनता पार्टी (भाजपा) नेता रेखा गुप्ताले बिहिबार दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।
जापान सरकारद्वारा सहरी क्षेत्रमा आउने भालु मार्न पाउने व्यवस्था अनुमोदन
रासस
जंगली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।
फाल्गुन ८, २०८१
कोरियामा प्रवासी श्रमिकले पौने ८ करोड डलर तलब पाएनन्
होम कार्की
दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकले गत वर्ष ७ करोड ६७ लाख ९१ हजार डलर तलब नपाएको विवरण सार्वजनिक भएको छ । प्रवासी श्रमिकले श्रम कार्यालयमा दिएको उजुरीका आधारमा यो विवरण सार्वजनिक भएको हो ।
हमासद्वारा ४ इजरायली बन्धकको शव हस्तान्तरण
एजेन्सी
प्यालेस्टिनी समूह हमासले विहीबार चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले १५ महिनादेखि हमासले गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा पहिलो पटक इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको छ।
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
एजेन्सी
इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्।