text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले भने, ‘संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए विरोध गर्छौं ।' |
काठमाडौंमा रवि लामिछानेको बयान : ‘मैले कसैलाई ठगी गरेको छैन’ |
कान्तिपुर संवाददाता |
संगठित रूपमा ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आइतबार दिनभरि बयान लिएपछि अन्त्यमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको रोहमा उनलाई सोधिएको थियो– अरू केही भन्नु छ ? |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
आज रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा, इमाडोलको एउटै गोदामबाट ८६ हजार थान भेप बरामददेखि क्यालिफोर्निया लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो सम्मका खबर चर्चामा रहे । |
सरकारले जनतामा आशा जगाउन सकेन : शशांक कोइराला |
दुर्गालाल केसी |
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् । घोराहीमा आइतबार आयोजित कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भए पनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए । |
आगामी महाधिवेशनमा सभापतिमा उठ्ने शशांकको संकेत |
दुर्गालाल केसी |
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन सक्ने बताएका छन् । आइतबार दाङको घोराहीमा कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले अब आउने महाधिवेशनमा सभापति लड्ने सोच बनाई देशभर कांग्रेस नेता, कार्यकर्ताहरूलाई भेट्ने क्रममा दाङ आइपुगेको जानकारी दिए । |
'मन्त्रालयले गठन गरेको समिति विधि, प्रक्रियाविपरीत र क्षेत्राधिकारविहीन देखिएकाले फरक मत लेखेको हुँ' |
कान्तिपुर संवाददाता |
ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधान गर्न गठन गरेको प्राविधिक जाँच समिति विधि र प्रक्रियाविपरीत तथा क्षेत्राधिकारविहीन भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्ट पारेका छन् । |
ऊर्जा मन्त्रालयलाई घिसिङको जवाफ : मेरो नियुक्ति रद्द विधिसम्मत हुन्न |
सीमा तामाङ |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने विषय कानुनसम्मत नहुने जवाफ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई दिएका छन् । |
महान्यायाविक्ता कार्यालय : गत आवमा ६८.२७ प्रतिशत मुद्दामा सफलता |
कान्तिपुर संवाददाता |
महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ । |
रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । |
कांग्रेस नेता साउद भन्छन् : संसद् नबोलाएर अध्यादेशमार्फत कानुन बनाउँदा प्रश्न उठ्यो |
कान्तिपुर संवाददाता |
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले कांग्रेस र एमाले सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् । रिपोर्टस क्लब नेपाल, बुटवल मा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले सरकार बहुमतको हुँदा पनि संसद् बैठक नचलाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताएका हुन् । |
संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा |
कान्तिपुर संवाददाता |
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संसद् अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन् । |
कांग्रेस केन्द्रीय सदस्य शाहलाई पितृशोक |
कान्तिपुर संवाददाता |
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका बुवा जगतबहादुर शाहको निधन भएको छ । १०२ वर्षीय शाहको शनिबार बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । |
दलित आयोगका अध्यक्षले भने : चार वर्षमा १२ सचिव बेहोरिसके |
कान्तिपुर संवाददाता |
संवैधानिक आयोगहरूमा सचिव तथा कर्मचारीका कारण प्रभावकारितामा प्रश्न उठ्ने गरेको ती आयोगका पदाधिकारीले बताएका छन् । उच्च पदस्थ कर्मचारीको छोटो समयमा नै सरुवा हुँदा समस्या हुने गरेको आयोगका अधिकारीले बताए । |
संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसद्को अधिकार कटौती गरेको होइन : उपमहासचिव ज्ञवाली |
कान्तिपुर संवाददाता |
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलेका बेला सरकारले अध्यादेश ल्याउनु स्वाभाविक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सञ्चालन नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताएका हुन् । |
समावेशी आयोगका सदस्यले ट्रेड युनियन चाहिन्छ भनेपछि सांसदहरूको आपत्ति |
कान्तिपुर संवाददाता |
सरकारी कर्मचारीमा ट्रेड युनियन हुनैपर्ने भनी राष्ट्रिय समावेशी आयोगका सदस्यले पटक-पटक अभिव्यक्ति दिएपछि सांसदहरूले आपत्ति जनाएका छन् । |
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस |
रासस |
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । |
इमाडोलको एउटै गोदामबाट ८६ हजार थान भेप बरामद |
ऋषिराम पौड्याल |
राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट(भेप) ठूलो मात्रामा बरामद गरेको छ । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ । |
रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित |
तस्बिर : अंगद ढकाल |
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । |
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना |
कान्तिपुर संवाददाता |
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज तराईमा हुस्सु लागेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । |
संसद् छलेर सरकार अध्यादेशबाट शासन गर्न खोज्दै |
कुलचन्द्र न्यौपाने |
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेका छन् । कानुन बनाउने संसद्को हिउँदे अधिवेशन बोलाउन छाडेर सरकारले अध्यादेशबाट शासन गर्ने बाटो लिएको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन् । |
६३ घरको गाउँमा दुई परिवारमात्रै |
तृप्ति शाही |
हुम्लाको हिमालपारिको नाम्खा गाउँपालिका–६ मा छ, लिमीको जाङ गाउँ । १५ वर्षअघि यो गाउँमा ६३ घरधुरी थिए । अधिकांशजसो काठमाडौं, चीन, नेपालगन्जतिर बसाइँ सरेपछि अहिले दुई परिवार मात्रै बाँकी छन् । |
१९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णाली आयोजनाको एक्लो प्रतिस्पर्धी चौधरी ग्रुप |
सीमा तामाङ |
व्यावसायिक रूपमा आकर्षक मानिएका नेपालका दुई ठूला जलविद्युत् परियोजना मिलेमतोमा सत्तारूढ दलका सांसदहरूलाई दिने प्रक्रिया अघि बढेको छ । १९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णाली कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको कम्पनी र ४५४ मेगावाटको किमाथांका अरुण परियोजना अर्का सांसद सुनील शर्माको कम्पनीलाई दिने गरी रातारात कार्यविधि बनाएर सरकारले प्रस्तावसमेत संकलन गरेको छ । |
पुस २७, २०८१ |
प्रधानमन्त्रीलाई रास्वपा सांसदको पत्र : कानुनको समग्र अध्ययनमा सहयोग गर्न तत्पर छु |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर रास्वपाकी सांसद सुमना श्रेष्ठले देशका कानुनको समग्र अध्ययनमा आफू सहयोग गर्न तत्पर रहेको जनाएकी छन् । |
अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सरकारले अध्यादेश ल्याउन पाउने व्यवस्था संविधानमा नै रहेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । संसद्मा विधेयक लगेर गए पनि तत्काल पारित हुने सम्भावना नरहेकाले सरकारले अध्यादेश ल्याउनुपरेको उनको भनाइ छ । |
सरकारलाई श्रेष्ठको प्रश्न - संसद्मा विधेयक पास हुँदैन भन्ने डरले अध्यादेश ल्याएको हो ? |
कान्तिपुर संवाददाता |
सरकारले एकपछि अर्को अध्यादेश ल्याउने तर संघीय संसद्को अधिवेशन नबोलाउने कार्य गरेर संसदीय अभ्यासमाथि प्रश्न उठ्ने काम गरिरहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् । |
सरकारले संसद्मा तालाबन्दी गरी अध्यादेशमार्फत राज्य चलाउन खोज्यो : गौतम |
कान्तिपुर संवाददाता |
संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने बेलामा एकपछि अर्को अध्यादेश ल्याएर सरकारले संसदीय प्रमाणीमा गर्नै नहुने काम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् । सरकारले यसरी नै अध्यादेश ल्याइरहे राष्ट्रपतिले रोक लगाउनेसम्मको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । |
यति, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति बन्नुपर्छ : उपमहासचिव पुन |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठूला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताएका छन् । |
नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने |
कान्तिपुर संवाददाता |
नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने नेपाल सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले एक नयाँ निर्णय अघि सारेको छ । |
मन्त्रिपरिषद्बाट तीन अध्यादेश पारित |
कान्तिपुर संवाददाता |
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले तीन अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । |
आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । |
यो कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्ष चल्छ : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आम निर्वाचनसम्म चल्ने थापाले दाबी गरेका हुन् । |
जलवायु परिवर्तन मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : उपप्रधानमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । |
समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल |
रासस |
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्। |
भीर कोप्नेको भीरकै बास |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.