text stringlengths 2 914 |
|---|
फाल्गुन ७, २०८१ |
ट्रम्प भन्छन्- मसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति छ |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि बोल्दै ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका छन् । |
युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदीमा वार्ता |
कान्तिपुर संवाददाता |
रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र अमेरिकाबीच साउदी अरबमा मंगलबार भएको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्चस्तरीय वार्ता गर्ने सहमति भएको जनाएको छ । |
फाल्गुन ६, २०८१ |
आवश्यक परे जेलेन्स्कीसँग वार्ता गर्न पुटिन तयार |
एजेन्सी |
रुसले आवश्यक परेको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा रुस र अमेरिकी प्रतिनिधिबीच साउदी अरबमा वार्ता सुरू भएसँगै रुसी भनाइ सार्वजनिक भएको हो । |
युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदी अरबमा वार्ता |
एजेन्सी |
रुस-युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबीच वार्ता सुरू भएको छ । दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरू भएको हो । |
अवतरणका क्रममा टोरन्टो विमानस्थलमा उत्तानै पल्टियो जहाज, सबै यात्रु सकुशल |
कान्तिपुर संवाददाता |
क्यानडाको टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज पल्टिएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो डेल्टा एयरलाइन्सको जहाज अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो । |
बेलायती सांसदहरुको वार्षिक तलब ९४ हजार पाउन्ड |
नविन पाेखरेल |
बेलायती सांसदहरुको आधारभूत तलब आगामी अप्रिल महिनादेखि वृद्धि हुने भएको छ । हालको तलबमा २ दशमलव ८ प्रतिशत वृद्धिसहित सांसदको वार्षिक तलब ९३ हजार ९ सय ४ पाउन्ड पुर्याउन लागिएको हो । |
फाल्गुन ५, २०८१ |
दक्षिण कोरियाले लगायो डिपसिकमा प्रतिबन्ध |
एजेन्सी |
दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको व्यक्तिगत जानकारी सुरक्षा आयोगका अनुसार डिपसिकले डेटा संरक्षणको कानुन सुधार गर्न आवश्यक छ । आयोगले सुधारको आग्रह गर्दै, सुधार नभएसम्म कोरियाली प्रयोगकर्ताका लागि उपलब्ध नहुने बताएको हो । |
अमेरिकाको टेक्ससमा नेपालको झल्को |
सुदीप शिवाकोटी |
घनघन बजेको पञ्चेबाजा, श्रृङ्गारिएकी कुमारी, दौरासुरुवाल ढाका टोपी, गुन्यु चोलोको पहिरनसँगै प्रदर्शनमा राखिएको बुद्धको मूर्ति, जाँतो र हलोले अमेरिकाको टेक्ससमा नेपालको झल्को दिएको छ । |
फाल्गुन ४, २०८१ |
युक्रेनबिनै युक्रेन युद्धबारे वार्ता गर्दै अमेरिका र रुस |
बुद्धिसागर मरासिनी |
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही दिनमै साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने बताइएको छ । वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ पनि सहभागी हुने सीबीएस न्युजले जनाएको छ । |
रुस-युक्रेन युद्धबारे साउदी अरबमा वार्ता हुने |
एजेन्सी |
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएका हुन् । |
माली सुनखानीमा दुर्घटना, ४८ जनाको मृत्यु |
एजेन्सी |
पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुनखानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो । मालीका सुन उत्खनन स्थलहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् । |
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो |
रासस |
भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । |
फाल्गुन ३, २०८१ |
हमासद्वारा थप ३ इजरायली बन्धक मुक्त |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले शनिबर थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ । हमासले १५ महिनादेखि बन्धक बनाएका अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेनलाई रिहा गरेको हो । हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम लागू भएयता छैटौंपटक बन्धक रिहा गरिएको हो । |
हिथ्रो विमानस्थल विस्तारको विवाद |
प्रविना पौडेल |
दुई दशकभन्दा बढी समयदेखि विवादमा रहेको बेलायतस्थित हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्ने योजनामा पुनः बहस सुरु भएको । बेलायती अर्थमन्त्री रेचल रिभ्सले हालै तेस्रो धावनमार्ग निर्माणमा सरकारको समर्थन रहेको बताएपछि फेरि यसबारे बहस सतहमा आएको हो । रिभ्सले तेस्रो धावनमार्गले देशको दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्याउने, लगानी र निर्यात बढाउने तथा ‘कनेक्टिभिटी’ सुधार गर्ने बताएकी छन् । |
फाल्गुन २, २०८१ |
हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक |
रासस |
इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । |
ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव |
रासस |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन् । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् । |
के हुन् युक्रेनसँग ट्रम्पले मागेका दुर्लभ खनिज ? |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य सहायता जारी राख्ने सर्तमा युक्रेनले अमेरिकालाई दुर्लभ खनिज आपूर्ति गर्नुपर्ने माग गरेका छन । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिकाले युक्रेनलाई ठूलो मात्रामा आर्थिक तथा सैन्य सहायता दिँदै आएको छ । |
फाल्गुन १, २०८१ |
अमेरिकी डिभी लोटरी खारेजीका लागि संघीय संसद्मा विधेयक दर्ता |
सुदीप शिवाकोटी |
अमेरिकाका रिपब्लिकन सांसदहरूले डिभी (डाइर्सिटी भिसा) लोटरी खारेजीका लागि संसद्मा विधेयक पेश गरेका छन् । जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन् । उनले बुधबार कंग्रेसमा 'द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका-२०२५' दर्ता गराएका हुन् । |
ट्रम्प-पुटिन फोनले युरोपमा तरंग |
कान्तिपुर संवाददाता |
रुस र युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसका राष्ट्रपतिबीचको टेलिफोन वार्ताले युरोपमा ठूलै तरंग उत्पन्न गराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग लामो र निकै फलदायी टेलिफोन वार्ता भएको उल्लेख गरे । |
सम्झौताअनुसार बन्धक रिहा गर्न हमास तयार |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले इजरायलसँगको गाजा युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएको छ । हमासले निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको हो । |
युक्रेनको संलग्नताविना युक्रेनबारे वार्ता हुँदैन : बेलायत |
एजेन्सी |
बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् । |
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, युक्रेन युद्ध अन्त्य गर्ने सहमति |
एजेन्सी |
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानी लामो र निकै फलदायी भएको बताएका बीबीसीले जनाएको छ । वार्ताका क्रममा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमित जुटेको ट्रम्पले जनाएका छन् । |
माघ ३०, २०८१ |
गाजामा युद्धविराम भंग हुने खतरा |
बुद्धिसागर मरासिनी |
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकलाई हमासले रिहा नगरे गाजामा युद्धविराम भंग हुने र लडाइँ चर्कने चेतावनी दिएका छन् । उनले इजरायली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको बताएका हुन् । |
मस्कलाई ट्रम्पले बनाए थप शक्तिशाली |
बुद्धिसागर मरासिनी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली बनाएका छन् । मंगलबार ट्रम्पले डजलाई थप अधिकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । |
हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुन्छ : नेतान्याहु |
एजेन्सी |
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार दिउँसोसम्म इजरायली बन्धकलाई रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिएका छन् । |
हमासले बन्धक रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए अल्टिमेटम |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले बन्धकको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दी रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका ३ जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो । |
पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार |
सजना बराल |
अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत देशका उच्च नेतृत्वको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायत सहभागी थिए । सम्मेलनको प्रस्तावना समेटिएको संयुक्त विज्ञप्तिमा अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरे भने युरोपेली संघले एआई नियमनमा अलि उदार हुने संकेत दिएको छ । |
दिल्लीको मुख्यमन्त्रीमा अझै अन्योल |
एजेन्सी |
दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ७० मध्ये ४८ सिट जितेर २७ वर्षपछि पुनः सत्तामा फर्किएको छ । निर्वाचन नतिजा सार्वजनिक भएको ४ दिन बितिसक्दा पनि नयाँदिल्लीले नयाँ मुख्यमन्त्री भने पाइसकेको छैन । |
माघ २९, २०८१ |
दिल्लीको मुख्यमन्त्री महिला, सिंह वा 'पूर्वाञ्चली' हुन सक्ने अड्कलबाजी |
कान्तिपुर संवाददाता |
दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ७० मध्ये ४८ सिट जितेर २७ वर्षपछि पुन: सत्तामा फर्किदै छ । तर निर्वाचन नतिजा सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नयाँ दिल्लीले नयाँ मुख्यमन्त्री भने पाइसकेको छैन । |
मस्कले ४४ अर्बमा किनेको एक्सको मूल्य ९.७४ अर्ब ! |
एजेन्सी |
अमेरिकी अर्बपति इलन मस्क नेतृत्वका लगानीकर्ताले च्याटजीपीटीको माउ कम्पनी ओपनएआई खरिद गर्ने प्रस्ताव गरेसँगै ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले कडा जवाफ फर्काएका छन् । मस्कको टोलीले ९७ अर्ब अमेरिकी डलरमा ओपनएआई खरिद गर्ने प्रस्ताव राखेको हो । |
अमेरिकी चर्चित गायक भिन्सको विमान दुर्घटना, एकको मृत्यु तीन घाइते |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.