text stringlengths 2 914 |
|---|
सुदीप शिवाकोटी |
अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा भिन्सको विमान दुर्घटना भएको हो । |
हमासले बन्धक रिहाइ रोक्ने बताएपछि रिसाए ट्रम्प |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले बन्धकहरूको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका तीन जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो । |
ट्रम्पको आवरणमा मस्कको शासन |
बुद्धिसागर मरासिनी |
कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेसएक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक इलन मस्क विश्वकै धनी व्यक्ति हुन् । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै तीन सातायता भने उनी अमेरिकी राजनीतिका सबैभन्दा बढी क्रियाशील पात्र बनेका छन् । |
माघ २८, २०८१ |
स्टिल र आलुमनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सबै स्टिल र आलुमनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पको पछिल्लो कदमले क्यानडालाई ठूलो प्रभाव पार्नेछ । |
मस्क नेतृत्वको विभागलाई भुक्तानी प्रणालीमा रोक |
एजेन्सी |
अमेरिकाको न्युयोर्कस्थित संघीय अदालतले अर्बपति इलन मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभाग ‘डज’ लाई संघीय भुक्तानी प्रणालीको पहुँचमा प्रतिबन्ध लगाएको छ । सामाजिक सुरक्षा र लाखौं अमेरिकी नागरिकको बैंक खाताजस्ता वैयक्तिक विवरण समावेश हुने मन्त्रालयको प्रणालीमा मस्कलाई पहुँच नदिन संघीय जिल्ला न्यायाधीश पल ए एन्गलमेयरले अन्तरिम आदेश दिएका हुन् । |
कतारमा कागजातविहीन आप्रवासीलाई आममाफी |
कान्तिपुर संवाददाता |
कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिएको छ । स्वदेश फिर्ने क्रममा उनीहरूले कतार सरकारलाई जरिवाना तिर्नु वा घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा बस्नुपर्ने छैन । |
माघ २७, २०८१ |
गाजाबाट फिर्ता हुन थाल्यो इजरायली फौज |
एजेन्सी |
गाजाको युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजा गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्रको नेत्जारिम करिडोरबाट फिर्ता भएका भएका छन् । जनवरी १९ मा प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता हुन थालेको हो । |
माघ २६, २०८१ |
नेपालको जलविद्युत्मा बेलायती लगानी भित्र्याउन पहल |
नवीन पोखरेल |
बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना व्यवसाय तथा निर्यातमन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन् । गुरूङसहितको नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससँग विशेष गरि नेपालको पर्यटन प्रवर्धन, विकास सहायता, वैदेशिक लगानी, भूतपूर्व गोर्खा मुद्दा समाधानलगायत विषयमा छलफल गरेको छ । |
कंग्रेस परजीवी बन्यो : मोदी |
एजेन्सी |
भारतीय प्रधानमन्त्री मोदीले दिल्ली विधानसभा चुनावमा विपक्षी दल कंग्रेसको बिजोग भएको बताएका छन् । दिल्ली विधानसभा चुनावको मतपरिणामपछि बोल्दै मोदीले देशको सबैभन्दा पुरानो दलले राजधानीमा नै कुनै सिट जित्न नसकेको भन्दै कटाक्ष गरेका हुन् । |
दिल्लीमा भाजपालाई दुईतिहाइ, २२ सिटमा खुम्चियो आप |
एजेन्सी |
दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । योसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । |
हमासद्वारा थप ३ इजरायली बन्धक मुक्त |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो । |
को हुन् केजरीवाललाई हराउने बर्मा ? |
कान्तिपुर संवाददता |
भारतीय राज्य दिल्लीमा बुधबार भएको चुनावमा पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवाल पराजित भएका छन् । तीनपटक दिल्लीको मुख्यमन्त्री बनेका केजरीवाललाई भारतीय जनता पार्टीका प्रवेश बर्माले पराजित गरेका हुन् । केजरीवाल ४ हजार ८९ मतले पराजित भएका हुन् । |
दिल्लीमा २७ वर्षपछि सरकार बनाउँदै भाजपा |
एजेन्सी |
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । गत बुधबार भएको दिल्ली विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपाले एकल बहुमत ल्याउने निश्चित देखिएको हो । |
माघ २४, २०८१ |
अमेरिकामा कामविहिन बन्दै नेपाली विद्यार्थी |
सुदीप शिवाकोटी |
गतसाता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रितिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् । |
के हुन् युक्रेनसँग ट्रम्पले मागेका दुर्लभ खनिज ? |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता जारी राख्ने सर्तमा युक्रेनले अमेरिकालाई दुर्लभ खनिजहरू आपूर्ति गर्नुपर्ने माग गरेका छन् । रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिकाले युक्रेनलाई ठूलो मात्रामा आर्थिक तथा सैन्य सहायता दिँदै आइरहेको छ । |
अमेरिकाबाट ६ वर्षमा फर्काइए ३ सय ८९ नेपाली |
सुदीप शिवाकोटी |
अमेरिकाले ६ वर्षको अवधिमा आधिकारिक कागजातबिना बसोबास गरेका ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)ले सन् २०१९ देखि २०२४ सम्ममा ३ सय ८९ नेपालीलाई नेपाल फर्काएको तथ्यांक सार्वजनिक गरेको हो । |
अमेरिकाले एच-वानबीमार्फत ८५ हजार कामदार ल्याउने |
सुदीप शिवाकोटी |
अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसामार्फत एकैपटक ८५ हजार कामदार ल्याउने भएको छ । लटरीका रूपमा खुलाइने एच-वानबीमार्फत विश्वभरबाट कामदार ल्याउँदै आएको अमेरिकाले २०२६ मा एकैपटक ८५ हजार कामदारलाई भिसा दिने योजना अघि बढाएको हो । |
माघ २३, २०८१ |
गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध |
एजेन्सी |
गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्की लगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । |
भारत आइपुगे अमेरिकाबाट फर्काइएका ११६ आप्रवासी |
एजेन्सी |
अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको जहाज विमान अवतरण गरेको छ । अमेरिकी सेनाको उक्त जहाज पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमास्थलमा अवतरण गरेको हो । |
फिलिपिन्सको संसद्ले लगायो उपराष्ट्रपतिविरूद्ध महाभियोग |
एजेन्सी |
फिलिपिन्सको संसद्ले भ्रष्टाचारको आरोप लागेकी उपराष्ट्रपति सारा डुटेर्टेलाई महाभियोग लगाउने पक्षमा मतदान गरेको छ । संसद्मा बुधबार भएको मतदानमा प्रतिनिधिसभाका कुल ३ सय ६ सदस्यमध्ये २ सय १५ जनाले महाभियोगको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ । |
गाजाको स्वामित्व लिने ट्रम्पको भनाइ 'बेतुक' : हमास |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई स्वामित्वमा लिने भनेपछि हमासले कडा प्रतिक्रिया जनाएको छ । मंगलबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा क्षेत्रलाई स्वामित्वमा लिने र पुनः विकास गर्ने बताएका थिए । |
‘यूएसएआईडी’ बन्द गर्ने ट्रम्पको घोषणा |
बुद्धिसागर मरासिनी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका छन् । |
माघ २२, २०८१ |
हिथ्रो विमानस्थल विस्तार : के हो दशकौं पुरानो विवाद ? |
प्रविना पौडेल |
दुई दशकभन्दा बढी समयदेखि विवादमा आएको बेलायतस्थित हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्ने योजनामा पुनः बहस सुरू भएको छ । बेलायती अर्थमन्त्री रेचल रिभ्सले हालै तेस्रो धावनमार्गमा सरकारको समर्थन रहेको बताएपछि फेरि यसबारे बहस सतहमा आएको हो । |
अमेरिकी सामानमा चीनले पनि लगायो कर |
एजेन्सी |
अमेरिकाले सबै चिनियाँ सामानमा कर लागू गरेसँगै चीनले केही अमेरिकी सामानमा प्रतिशोधात्मक करहरू घोषणा गरेको छ । चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत आयात कर लगाएको हो । |
माघ २१, २०८१ |
ट्रम्पको चेतावनीपछि पनामाले बीआरआई नवीकरण नगर्ने |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने भएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बीआरआईबाट अलग हुने घोषणा गरेका हुन् । |
माघ २०, २०८१ |
क्यानडा, मेक्सिको र चीनले पनि अमेरिकामाथि कर लगाउने |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । |
अमेरिकामा एयर एम्बुलेन्स विमान दुर्घटना, ७ मेक्सिकनको मृत्यु |
सुदीप शिवाकोटी |
अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित रुजवेल्ट महल नजिकै मेडिकल सामाग्री ढुवानी गर्ने एयर एम्बुलेन्स विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो भएको दुर्घटनामा एम्बुलेन्समा सवार सबै ६ र पैदल यात्री एक गरी ७ को मृत्यु भएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ । |
माघ १९, २०८१ |
ट्रम्पले लगाए क्यानडा, मेक्सिको र चिनियाँ आयातमा नयाँ कर |
एजेन्सी |
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क लगाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार मेक्सिको र क्यानडाका लागि समान २५ प्रतिशत र चीनका लागि १० प्रतिशत आयात शुल्क लगाइएको हो । |
हमासद्वारा थप ३ बन्धक रिहा |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले थप तीनजना बन्धक रिहा गरेको छ । उनीहरूमध्ये दुई जनालाई दक्षिणी गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट रिहा गरिएको हो । |
माघ १८, २०८१ |
गाजा क्षेत्रमा खाद्य संकट : भोकमरीबाट लाखौं बालबालिका जीवनभर प्रभावित हुने |
कान्तिपुर संवाददाता |
जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम लागू भए पनि गाजा क्षेत्रमा विद्यमान भोकमरीको असर त्यहाँका नागरिक र विशेषगरी बालबालिकामा वर्षौंसम्म असर पार्न सक्ने आँकलन गरिएको छ । |
केन्द्रले राज्यलाई दिने अनुदान रोक्ने ट्रम्पको आदेशमा अदालतको रोक |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.