text
stringlengths
2
914
एजेन्सी
अमेरिकामा केन्द्रबाट राज्यमा जाने सयौं अर्ब बराबरको अनुदान र ऋण रोक्का गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका लागि रोकिएको छ ।
अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
एजेन्सी
अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।
माघ १७, २०८१
संघीय सरकारको अनुदान र ऋण रोक्ने ट्रम्पको प्रयास असफल
एजेन्सी
सयौं अर्ब बराबरको संघीय अनुदान र ऋण रकम रोक्का गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका असफल भएको छ । डिस्ट्रिक अफ कोलम्बियाकी न्यायाधीश लोरेन एल अलिखानले लागू हुनुभन्दा केही मिनेटअघि राष्ट्रपति ट्रम्पको आदेश स्थानीय समयानुसार आगामी सोमबार ५ बजेसम्मका लागि रोकिदिएकी हुन् । उक्त मुद्दाको सुनुवाइ सोमबार बिहान पुनः हुने जनाइएको छ ।
अमेरिका विमान दुर्घटना : ३० जनाको मृत्यु भएको पुष्टि
एजेन्सी
अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
हमासद्वारा ३ इजरायली र ५ थाई बन्धक रिहा
एजेन्सी
प्यालेस्टिनी समूह हमासले बिहिबार थप तीन इजरायली बन्धकहरू मुक्त गरेको छ । सन् २०२३ अक्टुबर ७ देखि हमासको कब्जामा रहेका अगम बर्गर, अर्बेल यहुद र गदी मोजस रिहा भएका हुन् । बर्गर इजरायली महिला सैनिक हुन् ।
ट्रम्पसँगको मुद्दा टुंग्याउन मेटाले २५ मिलियन डलर बुझाउने
एजेन्सी
सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ ।
अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ को मृत्यु
कान्तिपुर संवाददाता
अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।
माघ १६, २०८१
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि
एजेन्सी
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् ।
बंगलादेशमा हसिनाको दलले नाकाबन्दी र आमहडताल गर्ने
एजेन्सी
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लीगले मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको राजीनामा माग गर्दै शृंखलाबद्ध विरोध प्रदर्शन गर्ने भएको छ । अवामी लिगले हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र धार्मिक अल्पसंख्यकमाथि भइरहेको दमनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत प्रदर्शन गर्न लागेको जनाएको छ ।
कुम्भमेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु [अपडेट]
एजेन्सी
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहानै भएको भागदौडमा १५ जनाले ज्यान गुमाएका छन् । भागदौडमा कम्तीमा ७० जना घाइते भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
१३ सय ६५ नेपालीसहित १४ लाख गैरकानुनी आप्रवासी निष्कासन गर्दै अमेरिका
एजेन्सी
अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
कान्तिपुर संवाददाता
भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूले उक्त भागदौडमा दर्जनौँ मानिसहरू हताहत भएको उल्लेख गरेका छन् ।
माघ १५, २०८१
कंगोको गोमा सहर विद्रोहीको कब्जामा
एजेन्सी
रुवाण्डा समर्थित विद्रोहीहरूले पूर्वी कंगोको गोमा सहर कब्जा लिएका छन् । 'एम २३' विद्रोही र कंगोको सरकारी सेनाबीच भएको भिडन्तमा कम्तीमा १७ जना विदेशी शान्ति सेनाको ज्यान गइसकेको छ ।
भ्रष्टाचारविरोधी आन्दोलन चर्किएपछि राजीनामा दिँदै सर्बियाली प्रधानमन्त्री
कान्तिपुर संवाददाता
भ्रष्टाचारविरोधी आन्दोलन चर्किएपछि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिचले राजीनामा दिने भएका छन् । गत नोभेम्बरमा नोभी सादस्थित रेल स्टेसनमा छत भत्किएपछि देशभर भ्रष्टाचारविरोधी प्रदर्शन चर्किएको छ । सर्बियाकै दोस्रो ठूलो सहर नोभी सादमा घटेको उक्त घटनामा १५ जनाको ज्यान गएको थियो ।
‘डिपसिक’ अमेरिकी प्रविधि कम्पनीका लागि चेतावनी : ट्रम्प
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी ‘डिपसिक’ को उदय अमेरिकी प्रविधि उद्योगका लागि चेतावनी भएको जनाएका छन् । अमेरिकामा एप्पलको एपस्टोरमा सबैभन्दा लोकप्रिय नि:शुल्क एप बनेको डिपसिक एआई एसिस्टेन्सको उभारपछि अमेरिकाका प्रविधि कम्पनीहरूको सेयरमा भारी गिरावट आएको छ । जसका कारण एनभिडियाले ६ अर्ब डलर गुमाइसकेको छ ।
आक्रामक ट्रम्प : अनधिकृत आप्रवासीको सामूहिक निष्कासन सुरु
बुद्धिसागर मरासिनी
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।
माघ १३, २०८१
भारतले मनायो ७६ औं गणतन्त्र दिवस [तस्बिरहरू]
एजेन्सी
भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्य पथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरेका थिए ।
गाजाबाट प्यालेस्टिनीलाई हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रबाट प्यालेस्टिनीहरूलाई हटाउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डन पठाउन चाहेको बताएका हुन् ।
माघ १२, २०८१
ट्रम्प प्रशासनले रोक्यो वैदेशिक अनुदान
कान्तिपुर संवाददाता
डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हाल कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् । यसबाट विकास सहायतादेखि सैन्य अनुदानसम्म प्रभावित हुने भएको छ ।
हमासद्वारा ४ इजरायली महिला सैनिक मुक्त
एजेन्सी
प्यालेस्टिनी समूह हमासले शनिबार चारजना इजरायली बन्धकहरू मुक्त गरेको छ । उनीहरूलाई गत आइतवार गाजामा भएको युद्धविराम तथा बन्धक छाड्ने सम्झौताअनुसार रिहा गरिएको हो ।
विवादित हेगसेथ अमेरिकी रक्षामन्त्रीमा सिनेटबाट अनुमोदन
एजेन्सी
अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्युजका पूर्व प्रस्तोता पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्नेछन् ।
माघ ११, २०८१
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस
रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ ।
माघ १०, २०८१
अमेरिकामा अवैध रूपमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन भारत तयार
एजेन्सी
भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा 'अवैध रूपमा' बसोबास गरिरहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ती' का लागि तयार रहेको बताएका छन् । बुधबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेटेका जयशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा अवैधरूपमा बसिरहेका आफ्ना नागरिक फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।
ट्रम्पसँग सम्मानजनक वार्ता गर्न रुस तयार
एजेन्सी
रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले युक्रेन युद्धबारे ट्रम्पसँग 'समान, पारस्परिक र सम्मानजनक वार्ता' का लागि तयार रहेको जनाएको हो ।
भारत प्रशासित जम्मु कश्मीरमा १७ जनाको रहस्यमय मृत्यु, अनुसन्धान सुरू
एजेन्सी
भारत प्रशासित जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यमय मृत्यु भएपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । जम्मूको रजौरी जिल्लाको दुर्गम गाउँ बधलमा डिसेम्बर ७ यता १७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये १२ जना बालबालिका छन् ।
अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री सुनक
एजेन्सी
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् ।
'रुसी जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश'
एजेन्सी
रुसको जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश गरेको बेलायती नौसेनाले जनाएको छ । रुसी जासुसी जहाज पहिचान गरेपछि बेलायतले थप सुरक्षा उपायहरू अपनाएको जनाएको छ ।
युक्रेन युद्धमा खटिएकामध्ये ४ हजार उत्तर कोरियाली सेना मारिए
एजेन्सी
रूस-युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकमध्ये झन्डै ४० प्रतिशत मारिएका छन् । युद्धमा रुसलाई सघाउन तीन महिना अघि ११ देखि १२ हजार उत्तर कोरियाली सैनिक कुर्स्क क्षेत्रमा पुगेका थिए ।
मेक्सिको सीमामा १० हजार सेना परिचालन गर्ने ट्रम्पको तयारी
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी गरेका छन् । सरकारको आन्तरिक मेमोअनुसार दक्षिणी क्षेत्रमा १० हजारसम्म सेना तैनाथ गर्न सुझाव दिइएको सीबीएस न्युजले जनाएको छ ।
इन्डोनेसियामा बाढीपहिरो : २१ जनाको मृत्यु
कान्तिपुर संवाददाता
इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढीपहिरोका कारण २१जनाको मृत्यु भएको छ । सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो ।
लस एन्जलस नजिकै पनि फैलियो डढेलो, हजारौंलाई सुरक्षित स्थानमा सर्न चेतावनी
कान्तिपुर संवाददाता
अमेरिकाको लस एन्जलस काउन्टीमा डढेलो सुरु भएको छ । डढेलो बुधबार बिहान लस एन्जलस सहरदेखि ४५ माइल उत्तर–पश्चिममा कास्टिक ताल नजिक, पहाडी क्षेत्रमा सुरु भएको हो । यस क्षेत्रनजिक धेरै आवासीय क्षेत्र र स्कुलहरु छन् ।
माघ ९, २०८१