text stringlengths 2 914 |
|---|
भारतमा रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते |
कान्तिपुर संवाददाता |
भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । |
सी र पुटिनबीच भिडियो कल, पुटिनले सीलाई भने- 'डियर फ्रेण्ड' |
एजेन्सी |
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले भिडियो कल गरेका छन् । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई 'अझै उचाइमा' पुर्याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् । |
एआई पूर्वाधारका लागि ट्रम्पले ५ सय अर्ब डलर लगानी गर्ने घोषणा |
कान्तिपुर संवाददाता |
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ । |
डब्लूएचओ र जलवायु सम्झौताबाट अलग्गियो अमेरिका |
बुद्धिसागर मरासिनी |
अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिएसँगै डोनाल्ड ट्रम्पले दर्जनौं कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशमा आप्रवासन र सीमा सुरक्षादेखि अर्थतन्त्र, जलवायु परिवर्तन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मुख्य छन् । उनले विदेश नीति, ऊर्जा, क्यापिटल हिल दंगाका आरोपितलाई माफी, लिखतको गोप्यता, टिकटकलगायतका मुद्दालाई पनि महत्त्व दिएका छन् । |
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्य पुगे अदालत |
एजेन्सी |
डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् । |
माघ ८, २०८१ |
अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न तयार : पुटिन |
कान्तिपुर संवाददाता |
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-युक्रेन संकटका विषयमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएलगत्तै पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो । रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा पुटिनले यस्तो बताएका हुन् । |
डब्लूएचओसँग ट्रम्पको शत्रुता कायमै, शपथ ग्रहणसँगै बाहिरिने घोषणा |
कान्तिपुर संवाददाता |
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् । |
ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति : आप्रवासन नीतिमा कडाइ, १०० कार्यकारी आदेशको तयारी |
बुद्धिसागर मरासिनी |
अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा सोमबार शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटल हिलको रोटुन्डा भवनमा आयोजित विशेष समारोहमा शपथ गराएका हुन् । |
माघ ७, २०८१ |
अमेरिकाको ४७ औं राष्ट्रपति बने ट्रम्प |
एजेन्सी |
अमेरिकामा गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन युएस क्यापिटल हिलको रोटुण्डा भवनमा आयोजित विशेष समारोहमा सपथ गराएका हुन् । |
अमेरिकाको ४७ औं राष्ट्रपतिमा शपथ लिँदै ट्रम्प, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी |
एजेन्सी |
अमेरिकामा गत नोभेम्बरमा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ट्रम्पले सोमबार १२ बजे (नेपाली समयानुसार १०:४५ बजे) अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदैछन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले क्यापिटल रोटुन्डामा आयोजित विशेष समारोहमा सपथ गराउनेछन् । |
राष्ट्रपतिको शपथ लिनुअघि ट्रम्पले ल्याए क्रिप्टोकरेन्सी |
एजेन्सी |
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन् । मिम कोइन 'डलर ट्रम्प' नाम दिइएको डिजिटल मुद्रा केही घण्टामा नै कैयौं अर्ब डलरमा परिणत भएको बीबीसीले जनाएको छ । |
ट्रम्पको इन्यागुरेसनमा को-को आउँदै छन् ? |
कान्तिपुर संवाददाता |
अमेरिकाको राष्ट्रपतिमा दोस्रो पल्ट निर्वाचित भएका डोनाल्ड ट्रम्प आज (नेपाली समयअनुसार सोमबार राती) ह्वाइट हाउस प्रवेश गर्दै छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा उनको शपथ ग्रहण समारोहमा अमेरिकाका प्रभावशाली राजनीतिकर्मी, खर्बपतिदेखि विभिन्न देशका नेता एवं सेलेब्रिटीहरू स्वागतका लागि जम्मा हुन लागेका छन् । |
माघ ६, २०८१ |
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको संख्या ८६ पुग्यो |
कान्तिपुर संवाददाता |
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको संख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्यांकर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् । |
जापानमा कारागारमै बसिरहन अपराध गर्दै वृद्धा |
एजेन्सी |
पछिल्लो समय जापानको सबैभन्दा ठूलो महिला कारागार तोचिगी कारागारभन्दा पनि ‘नर्सिङ् होम’ जस्तो देखिन थालेको छ । यसको कारण हो, कारागारका कक्षहरू वृद्ध महिलाहरूले भरिएका छन् । |
हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेसँगै गाजामा युद्धविराम |
कान्तिपुर संवाददाता |
प्यालेस्टिनी समूह हमासले रिहा गर्ने बन्धकहरूको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११:१५ बजेदेखि युद्धविराम लागू भएको जनाएको हो । |
इजरायल-हमास युद्धविराम : विपिन जोशी पहिलो चरणमा नछुट्ने |
कान्तिपुर संवाददाता |
प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । |
हमासद्वारा युद्धविराम सुरू भएसँगै रिहा गरिने ३ बन्धकको नाम सार्वजनिक |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले युद्धविरामको पहिलो चरणमा रिहा गर्ने तीनजनाको नाम सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल टेलिग्राम एक पोस्ट सार्वजिनक गर्दै हमासले तीन जना महिला बन्धकलाई रिहा गर्ने जनाएको हो । |
हमासले युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलद्वारा गाजामा आक्रमण |
एजेन्सी |
प्यालेस्टिनी समूह हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलले आक्रमण गरेको छ । आइतबारको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको सीएनएनले जनाएको छ । |
बलिउड अभिनेता खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ |
कान्तिपुर संवाददाता |
बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान चोरी गर्ने उद्देश्यले सैफको घरमा प्रवेश गरेका आरोपी मोहम्मद शहजादले सैफमाथि चक्कु प्रहार गरेका थिए । |
माघ ५, २०८१ |
इरानमा गोली हानी दुई न्यायाधीशको हत्या |
एजेन्सी |
इरानको सर्वोच्च अदालतका दुई प्रमुख कट्टरपन्थी न्यायाधीशहरूको शनिबार गोली हानी हत्या गरिएको छ । मारिनेमा मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रजिनी छन् । |
माघ ४, २०८१ |
सैफ अली खानको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य हिँडडुल गर्न थाले |
कान्तिपुर संवाददाता |
बलिउड अभिनेता सैफ अली खानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । बिहीबार बिहानै चक्कु प्रहारबाट घाइते भएका सैफको स्वास्थ्य अवस्थामा सुधार आएको मुम्बईस्थित लीलावती अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर नितिन डांगीका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ । |
निर्देशक डेभिड लिन्चको निधन |
कान्तिपुर संवाददाता |
अमेरिकन फिल्मलाई ‘डार्क सरियलिस्टिक’ विधासँग जोडिदिने निर्देशक डेभिड लिन्चको निधन भएको छ । ‘ब्लु भेल्भेट’, ‘ट्विन पिक्स’, ‘मुलहोलन्ड ड्राइभ’जस्ता फिल्म निर्देशन गरेका लिन्चको ७८ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले फेसबुकमार्फत जानकारी गराएका हुन् । |
माघ ३, २०८१ |
सैफ अली खानको अवस्था 'खतरामुक्त', कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा |
कान्तिपुर संवाददाता |
बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए । |
बेलायती संसद्मा उठ्यो नेपालको जलवायु परिवर्तनसम्बन्धी मुद्दा |
नवीन पोखरेल |
बेलायती संसद् हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असरसम्बन्धी विषय उठान भएको छ । सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसद्मा उक्त मुद्दा उठाएकी हुन् । |
इजरायल र हमासबीच युद्धविराम सहमति, १५ महिना लामो युद्ध अन्त्य हुँदै |
कान्तिपुर संवाददाता |
इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो । |
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार |
कान्तिपुर संवाददाता |
बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ । बुधबार राति करिब २ बजे अज्ञात व्यक्तिले मुम्बईको बांद्रास्थित उनको घरभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । |
माघ २, २०८१ |
जेजु एयर दुर्घटना : पीडितका परिवारहरूविरूद्ध किन फैलिइरहेको छ घृणा ? |
कान्तिपुर संवाददाता |
गत डिसेम्बरमा थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित उडेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको थियो । |
दक्षिण अफ्रिकाको खानीबाट ६० शव निकालियो, १०६ को उद्धार |
एजेन्सी |
दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको एक सुनखानीमा रहेकामध्ये ६० जनाको शव र १ सय ६ जनाको जीवितै उद्धार गरिएको छ । प्रहरीले दुईदिनको प्रयासपछि 'जामा जामास' भनिने अवैध उत्खननकर्ताहरूको उद्धार गरिएको जनाएको छ । |
इजरायलद्वारा गाजामा आक्रमण, २४ जनाको मृत्यु |
एजेन्सी |
इजरायली सुरक्षा बल (आडीएफ) ले गाजा क्षेत्रमा आक्रमण पुन: तीव्र पारेको छ । अल जजिराका अनुसार आडीएफले विस्थापितहरूले आश्रय लिइरहेका विद्यालय तथा गाजा पट्टीका घरहरूमा हवाई आक्रमण गरेको हो । |
क्यालिफोर्नियामा डढेलो नियन्त्रण गर्न प्रयोग गरिएको ‘पिंक पाउडर’ के हो ? |
एजेन्सी |
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो नियन्त्रणमा चम्किलो पिंक पाउडर प्रयोग गरिएको छ । विभिन्न सञ्चार माध्यमहरुले विमानबाट पिंक पाउडर प्रयोग गरिएका तस्बिर तथा दृश्यहरु सार्वजनिक गरेका छन् । |
इजरायल र हमासबीचको युद्ध कहिले रोकिएला ? |
कान्तिपुर संवाददाता |
इजरायल र हमासबीच १५ महिना लामो युद्ध अन्त्यको दिशातिर थप उल्लेख्य प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौताको मस्यौदा तयार भएको छ । यस्तो मस्यौदा युद्धविरामको मध्यस्थ गरिरहेको कतारले सोमबार दुवै पक्षलाई पठाएको थियो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.