text
stringlengths
2
914
६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प
कान्तिपुर संवाददाता
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार गत हप्ता नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ
एजेन्सी
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ परेका छन्। युनलाई बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।
माघ १, २०८१
गाजा युद्धविरामबारे कतारमा वार्ता जारी, सम्झौता हुने संकेत
एजेन्सी
गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले युद्धमा पहिलोपटक इजरायल र हमासका प्रतिनिधिहरूले एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्धको महाभियोगमाथि सुनुवाइ सुरू
एजेन्सी
दक्षिण कोरियाको संवैधानिक अदालतले गत महिना 'मार्सल ल' जारी गरेपछि निलम्बित राष्ट्रपति युन सुक यओललाई पदबाट हटाउने विषयमा सुनुवाइ सुरू गरेको छ । तर युन अनुपस्थित भएकाले पहिलो सुनुवाई चार मिनेटमा नै सकिएको दक्षिण कोरयाली अधिकारीहरूले जनाएका छन् ।
पुस २९, २०८१
सुरू भयो कुम्भ मेला, एकैदिन करोडले गरे स्नान
एजेन्सी
भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाका क्रममा सोमबार एक करोडभन्दा बढी मानिसहरूले पवित्र स्नान गरेका छन् । सोमबारदेखि ६ सातासम्म चल्ने मेलामा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् ।
हमाससँग बन्धक आदानप्रदान गर्ने सहमतिसहित युद्धविराम सम्झौता नजिक : इजरायल
कान्तिपुर संवाददाता
इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक भएको जनाएको छ । हमासको नियन्त्रणमा नेपाली नागरिक विपिन जोशीसहित ९४ जना रहेका छन् ।
चीन र रुसबीच हालसम्मकै उच्च व्यापार
रासस
चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्यांक सार्वजनिक भएको छ । यो दुई देशबीचको हालसम्मकै उच्च मूल्यको व्यापार हो । चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्यांक अनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका थिए ।
युक्रेन युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिक मारिए
एजेन्सी
युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् ।
क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो, हावाहुरीले जोखिम कायमै
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।
पुस २८, २०८१
के उत्तर कोरियाली सैनिकलाई युक्रेनविरूद्ध लड्न कठिन छ ?
बुद्धिसागर मरासिनी
दक्षिण कोरिया तथा पश्चिमा देशका अधिकारीहरूले रूस-युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकमध्ये ४० प्रतिशत मारिएको नयाँ तथ्य उजागर गरेका छन् । करिब ११ देखि १२ हजार उत्तर कोरियाली सैनिक करिब तीन महिना अघि रुसी सेनालाई सघाउनका लागि कुर्स्क क्षेत्रमा पुगेका थिए ।
क्यालिफोर्निया कसरी पर्‍यो डढेलोको चपेटामा ?
प्रविना पौडेल
अमेरिकाको क्यालिफोर्निया सहर अहिले डढेलोले आक्रान्त बनेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार १३ जना बेपत्ता छन् ।
क्यालिफोर्निया डढेलो : कम्तीमा १६ जनाको मृत्यु
कान्तिपुर संवाददाता
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
पुस २७, २०८१
भारतमा सरकारविरुद्ध लडिरहेका ७० वर्षीय कृषक
बुद्धिसागर मरासिनी
भारतका एक ७० वर्षीय किसान नेता आन्दोलनकारी किसानहरूको माग स्वीकार गर्न संघीय सरकारलाई दबाब दिन ४६ दिनदेखि अनशनमा छन् । संयुक्त किसान मोर्चा (एसकेएम) को नेतृत्व गरिरहेका जगजीत सिंह डल्लेवाल ४६ दिन देखि अनशनमा छन् ।
क्यालिफोर्नियाको भीषण डढेलो [तस्बिरहरू]
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा ११ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ । अधिकारीहरूका अनुसार हाल कम्तीमा ६ स्थानमा डढेलो लागिरहेको छ ...
अझै नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा शुक्रबार फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म कम्तीमा ११ ज्यानले ज्यान गुमाइसकेका सीएनएनले जनाएको छ ।
पुस २६, २०८१
लस एन्जलस डढेलो : कम्तीमा १० जनाको मृत्यु
रासस
क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् ।
पुस २५, २०८१
अमेरिकामा डढेलोले ५ जनाको मृत्यु, १ लाख ३७ हजार विस्थापित
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । डढेलोका कारण ११ सय भन्दा बढी संरचना जलेर नष्ट भएका र १ लाख ३७ हजार जना विस्थापित भएका अधिकारीहरूले जनाएका छन् ।
पुस २४, २०८१
चीन र भारतमा देखिएको ह्युमन मेटान्यूमोभाइरस के हो ?
कान्तिपुर संवाददाता
पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ ।
फ्रान्स र जर्मनीले दिए ट्रम्पलाई चेतावनी
एजेन्सी
डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड अमेरिकाका आवश्यक रहेको बताउँदै आएका डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी दिएका छन् । दुवै देशले युरोपेली संघका कुनै पनि सदस्य राष्ट्रको सार्वभौम सीमामाथि आक्रमण हुन नदिने भन्दै अमेरिकाका आगामी राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका हुन् ।
च्याटजीपीटी निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले दायर गरिन् यौन दुर्व्यवहारको मुद्दा
कान्तिपुर संवाददाता
अहिलेको सर्वाधिक चर्चित जेनेरेटिभ एआई टुल ‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो खबरले अहिले प्रविधि क्षेत्र तरंगित छ । सामकी बहिनी एन अल्टम्यानले आफू सानो छँदा दाजुले नियमित यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन् ।
इरानी थुनामा रहेकी इटालीकी पत्रकार रिहा
एजेन्सी
इरानको कारागारमा थुनामा रहेकी इटालीकी पत्रकार सेसिलिया साला रिहा भएकी छन् । बुधबार रिहा भएसँगै उनी इटाली फर्किएकी जनाइएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, हजारौं जोखिममा [तस्बिरहरू]
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित भएका छन् । २ हजार ९ सय एकड क्षेत्रमा फैलिएको डढेलोका कारण दर्जनौं घर तथा सयौ गाडीहरू जलेर नष्ट भएका छन् ।
पुस २३, २०८१
ट्रुडोको उत्थान र पतन
बुद्धिसागर मरासिनी
करिब एक दशकसम्म क्यानडाको प्रधानमन्त्री बनेका जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । ट्रुडो सन् २०१५ नोभेम्बरमा क्यानडाको अर्थतन्त्र सुदृढ बनाउने, मध्यमवर्गीयको जीवनयापन सहज बनाउने र सरकार सञ्चालनको तरिकामा सुधार ल्याउने वाचासहित ४३ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।
तिब्बत भूकम्प : कम्तीमा १२६ जनाको मृत्यु, १८८ भन्दा बढी घाइते
कान्तिपुर संवाददाता
चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ ।
बीबीसीको आपत्तिपछि एप्पलले नयाँ एआई फिचर अपडेट गर्दै
एजेन्सी
एप्पलले आफ्नो नयाँ एआई फिचर ‘एप्पल इन्टेलिजेन्स’ अपडेट गर्ने भएको छ । समाचारको गलत नोटिफिकेसन पठाएको विवादपछि एप्पलले यस्तो निर्णय लिएको हो ।
दिल्ली विधानसभा चुनाव फेब्रुअरी ५ मा, नतिजा ३ दिनपछि
कान्तिपुर संवाददाता
दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरी ५ मा हुने भएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा चुनावको मिति तोकेको हो ।
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द
रासस, सिन्ह्वा
चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ ।
पुस २२, २०८१
गाजामा छिट्टै युद्धविराम हुन्छ : ब्लिन्केन
एजेन्सी
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने बताएका छन् । वर्तमान राष्ट्रपति बाइडेनको कार्यकालमा सम्भव नभएपनि नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेसँगै युद्धविराम हुने उनको भनाइ छ ।
राजीनामा दिँदै क्यानडाका प्रधानमन्त्री ट्रुडो
एजेन्सी
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनभित्रै राजीनामाको घोषणा गर्न सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले सत्तारुढ लिबरल पार्टी नेताको पद छाड्ने विचार गरिरहेको बीबीसीले जनाएको छ । दलको नेताबाट बाहिरिएसँगै प्रधानमन्त्रीका रूपमा ट्रुडोको ९ वर्षे शासन अन्त्य हुनेछ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पुन: पक्राउ पुर्जी जारी
एजेन्सी
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पुन: पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो ।
हमासद्वारा युद्धविराम सम्झौतापछि रिहा गरिने बन्धकको सूची सार्वजनिक