text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
प्यालेस्टिनी समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौता भएको खण्डमा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गरेको छ । बीबीसीका अनुसार हमासका वरिष्ठ अधिकारीले उपलब्ध गराएको सूचीमा ३४ जना बन्धकहरूको नाम छ । तर उनीहरूमध्ये कति जना जीवित छन् भन्ने स्पष्ट भइसकेको छैन । |
अमेरिकामा भीषण हिउँदे आँधी |
एजेन्सी |
अमेरिकामा दशकौंयताको भीषण हिउँदे आँधीसँगै ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । आँधीले कतिपय स्थानमा ठूलो हिमपात गराउनुका साथै चिसो निकै बढाएको छ । |
पुस २१, २०८१ |
युद्धविराम पहलबीच गाजामा थप तनाव |
कान्तिपुर संवाददाता |
पन्ध्र महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किएको छ । पछिल्लो तीन दिनमा इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको र दर्जनौं घाइते भएको जनाइएको छ । |
इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु |
एजेन्सी |
इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालकालिका रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् । |
पुस १९, २०८१ |
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल |
रासस |
प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । |
पुस १८, २०८१ |
शक्तिशाली तानाशाहको 'रजत जयन्ती' |
बुद्धिसागर मरासिनी |
रुसी राष्ट्रपति बोरिस यल्तसिनले सन् १९९९ डिसेम्बर ३१ मा अप्रत्यासित घोषणा गर्दै भनेका थिए, 'जब देशमा लगभग सबै नागरिकले भविष्य देखेको राष्ट्रपति हुन सक्ने बलियो नेता छ भने म किन थप ६ महिना सत्तामा टाँसिइरहने ? |
इजरायली आक्रमणबाट १७ प्यालेस्टिनीको मृत्यु |
सिन्हवा |
इजरायली आक्रमणबाट उत्तरी र मध्य गाजा पट्टीमा बुधवार १७ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा गरेको आक्रमणमा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई जनाको मृत्यु भएको छ। |
पुस १७, २०८१ |
युद्धग्रस्त गाजामा बालबालिकाको बिचल्ली |
बुद्धिसागर मरासिनी |
करिब १५ महिनाअघि प्यालेस्टिन समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरू भयो । सन् २०२३ अक्टुबर ७ मा हमासले उत्तरी इजरायलमा आक्रमण गरी कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् । |
अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइयो, कम्तीमा १० जनाको मृत्यु |
एजेन्सी |
अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ । |
एक्समा इलन मस्कको नयाँ नाम 'केकियस म्याक्सिमस' |
कान्तिपुर संवाददाता |
विश्वको सबैभन्दा धनी व्यक्ति इलन मस्कले आफ्नो सामाजिक सञ्जाल 'एक्स' को नाम परिवर्तन गरेका छन् । उनले नयाँ नाम 'केकिअस म्याक्सिमस' राखेका हुन् । उनले नाम परिवर्तन गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा सुरू भएको छ । |
पुस १६, २०८१ |
जर्मनीमा किन छायो राजनीतिक संकट ? |
प्रविना पौडेल |
लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् । |
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी |
एजेन्सी |
दक्षिण कोरियाली अदालतले निलम्बित राष्ट्रपति युन सुक यओलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार उनीविरुद्ध डिसेम्बर ३ मा 'मार्सल ल' लागू गरेको विषयमा पक्राउ पुर्जी जारी गरिएको हो । |
पुस १५, २०८१ |
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन |
एजेन्सी |
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टर सेण्टरका अनुसार १०० वर्षीय पूर्वराष्ट्रपति कार्टरको आइतबार उनको निवासमै निधन भएको हो । |
पुस १४, २०८१ |
दक्षिण कोरियामा विमान अवतरण गर्दा चिप्लिएर दुर्घटना |
सुरज कुँवर |
थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको छ । |
दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार [अपडेट] |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको छ । |
दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो, १७७ को मृत्यु भएको पुष्टि |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो । |
दक्षिण कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या ८५ पुग्यो [अपडेट] |
एजेन्सी |
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । ज्यान गुमाउनेमा ४६ महिला र ३९ पुरुष छन् । |
दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु |
एजेन्सी |
१८१ जना बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । |
पुस १३, २०८१ |
'ट्रम्प नीति'ले त्रासमा विद्यार्थी र दक्ष कामदार |
बुद्धिसागर मरासिनी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय पद सम्हाल्ने मिति नजिकिएसँगै अमेरिकामा अध्यनरत विद्यार्थी तथा दक्ष कामदारहरूमाझ डर र अनिश्चितता फैलिएको छ । अमेरिकामा शैक्षिक सत्र २०२३/०२४ अन्तर्गत हाल ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन् । त्यस्तै, 'एच-१बी' भिसामार्फत अमेरिकाले हरेक वर्ष ८५ हजार जनालाई आप्रवासन अनुमति दिने गरेको छ । |
अजरबैजानको विमान दुर्घटनामा रुस जिम्मेवार हुनसक्छ : अमेरिका |
एजेन्सी |
अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रुस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताएका हुन् । |
पुस १२, २०८१ |
मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु |
कान्तिपुर संवाददाता |
मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । |
भारतका वित्तीय सुधारकको 'मौन प्रस्थान' |
बुद्धिसागर मरासिनी |
भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन् । |
पुस ११, २०८१ |
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन |
कान्तिपुर संवाददाता |
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो । |
साउदीमा मृत्युदण्डको अवस्था भयावह |
बुद्धिसागर मरासिनी |
युवराज मोहम्मद बिन सलमानले सन् २०२२ मा साउदी अरबलाई नयाँ खुला राज्य बनाउने योजना अघि सारेका थिए । ‘एमबीएस’ का रूपमा चिनिने सलमानले योजनाअन्तर्गत हत्याका मुद्दामा बाहेक मृत्युदण्डको सजाय हटाइएको दाबी गरेका थिए । |
सिरियामा असद पक्षधरद्वारा सत्तारूढ फौजका १४ जना मारिए |
एजेन्सी |
सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदका समर्थकहरूले देशको पश्चिममा गरेको आक्रणमा आन्तरिक मन्त्रालयका १४ सैनिकको ज्यान गएको छ । असदको अल्पसंख्यक अलावाइट मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोसनजिक भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका सिरियाली अधिकारीहरूले जनाएका छन् । |
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । |
पुस १०, २०८१ |
दक्षिण कोरिया बन्यो ‘सुपर एज्ड’ समाज |
प्रविना पौडेल |
कुल जनसंख्याको २० प्रतिशत मानिस ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका भएसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ समाज बनेको छ । आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार एक करोडभन्दा बढी कोरियाली ‘सुपर एज्ड’ समूहमा छन् । |
६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २५ जना बाँच्न सफल |
एजेन्सी |
अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ । |
पुस ९, २०८१ |
ग्रिनल्यान्ड, पनामा र क्यानडालाई चिढ्याउँदै ट्रम्प |
बुद्धिसागर मरासिनी |
सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्यानडाबारेको अभिव्यक्तिका कारण चर्चासँगै विवादमा आएका छन् । |
पुस ८, २०८१ |
दार्जिलिङमा जन्मियो अर्को दल, संयोजक अजय एडवर्डस् भन्छन् : गोर्खाल्यान्ड मुख्य मुद्दा हो |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.