text
stringlengths
2
914
पर्वत पोर्तेल
अजय एडवर्डस् मूलतः सामाजिक अभियन्ता हुन् । जब उनले २५ नोभेम्वर २०२१ दार्जिलिङमा ‘हाम्रो पार्टी’ नामक नयाँ दल जन्माए त्यसपछि उनले सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारे ।
हसिनालाई बंगलादेश फर्काउन भारतलाई कूटनीतिक नोट
एजेन्सी
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । गत जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्केपछि ७७ वर्षीया हसिनाको १६ वर्ष लामो शासन अन्त्य भएको थियो । अगस्ट ५ यता हसिनाले भारतमा निर्वासित जीवन बिताइरहेका छिन् ।
पनामा नहर नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
एजेन्सी
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको बताउँदै शुल्क घटाउन वा नहरको नियन्त्रण पुन: अमेरिकालाई दिन चेतावनी दिएका छन् ।
रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी
एजेन्सी
दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ ।
इलन मस्कलाई अमेरिकी संसद्को सभामुख बनाउनुपर्ने चर्चा
कान्तिपुर संवाददाता
केही महिनायता अचाक्ली सम्पत्ति वृद्धि भएर ५ खर्ब अमेरिकी डलर आसपास पुगेका विश्वकै धनी टेक खर्बपति इलन मस्कको राजनीतिक प्रभाव पनि अकासिएको छ । नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले डोनाल्ड ट्रम्पलाई शक्तिशाली रूपमा व्हाइट हाउस फर्काउन उल्लेख्य भूमिका खेलेका थिए ।
पुस ७, २०८१
होला त गाजामा युद्धविराम ?
बुद्धिसागर मरासिनी
करिब १५ महिनायता युद्धरत इजरायल र हमासबीचको युद्धविराम वार्ता हालसम्मकै निकट पुगेको जनाइएको छ । शनिबार हमास र दुई अन्य प्यालेस्टिनी लडाकु समूहहरूले इजरायलसँगको गाजा युद्धविराम सम्झौताका लागि 'पहिले भन्दा नजिक' पुगेको जनाएका हुन् । इजरायलले नयाँ सर्तहरू अघि नसारेको खण्डमा युद्धविराम हुने उनीहरूको भनाइ छ ।
इजरायलद्वारा गाजामा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी
इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो ।
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते
एजेन्सी
जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
पुस ६, २०८१
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा २ जनाको मृत्यु, ६८ घाइते
एजेन्सी
जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
पुस ५, २०८१
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
रासस
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् ।
पुस ४, २०८१
ट्रम्पसँग जुनसुकै बेला वार्ता गर्न पुटिन तयार
एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।
अफगानिस्तानमा बस दुर्घटना, कम्तीमा ५२ जनाको मृत्यु
एजेन्सी
अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
दक्षिण कोरियाको दाबी : युक्रेनविरुद्धको लडाइँमा उत्तर कोरियाका १ सय जना सैनिक मारिए
कान्तिपुर संवाददाता
दक्षिण कोरियाले युक्रेनविरुद्धको लडाइँमा उत्तर कोरियाका १ सय जना सैनिक मारिएको दाबी गरेको छ । दक्षिण कोरियाका एक सांसदले रुसको तर्फबाट युक्रेनविरुद्धको युद्ध लड्ने क्रममा कम्तीमा उत्तर कोरियाका सय सैनिक मारिएको दाबी गरेका हुन् ।
पुस ३, २०८१
जेएनयूका पूर्वविद्यार्थी नेता उमर खालिद आफन्तको बिहेमा सहभागी हुन ७ दिनका लागि छुट्ने
कान्तिपुर संवाददाता
जवाहरलाल नेहरू विश्वविद्यालय(जेएनयू) का पूर्व विद्यार्थी नेता उमर खालिदलाई अदालतले ७ दिनका लागि अन्तरिम जमानत दिएको छ । दिल्लीको कडकडडूमा अदालतले आफन्तको बिहेमा सहभागी हुन खालिदलाई ७ दिनका लागि छाड्न अनुमति दिएको हो ।
क्यानडेली प्रधानमन्त्री ट्रुडोलाई राजीनामाको दबाब
कान्तिपुर संवाददाता
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नै लिबरल पार्टीबाट राजीनामाको दबाब सामना गरिरहेका छन् । पार्टीभित्रको असन्तुष्टिले उनका पछिल्ला नीतिहरू र कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ ।
पुस २, २०८१
भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प
रासस
प्रशान्त राष्ट्र भानुआतुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।
दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगबारे सुनुवाइ सुरू
एजेन्सी
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा कोरियाली संसद्ले गत राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित गरिसकेको छ ।
मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित २ जनाको मृत्यु
कान्तिपुर संवाददाता
रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक रुसी जनरलसहित दुई जनाको मृत्यु भएको छ । रुसी समाचार संस्था तासका अनुसार मंगलबार मस्कोमा भएको विस्फोटमा परी 'केमिकल एन्ड बायोलोजिकल प्रोटेक्सन ट्रुप्स' का लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहयोगीको मृत्यु भएको हो ।
पुस १, २०८१
मायातमा शक्तिशाली आँधी, २५ जनाको मृत्यु
एजेन्सी
मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । अधिकारीहरूले एक हजार जना भन्दा बढीको ज्यान गएको आशंका गरेका छन् ।
बंगलादेशमा चुनाव गर्न एक वर्ष लाग्ने
एजेन्सी
प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेका मुहम्मद युनुसले बंगलादेशमा एक वर्षपछि मात्र चुनाव हुने बताएका छन् । विजय दिवसको अवसरमा सोमबार राष्ट्रका नामम सम्बोधन गर्दै युनुसले सन् २०२५ को अन्त्यदेखि २०२६ को सुरूसम्ममा बंगलादेशमा आमनिर्वाचन हुने बताएका हुन् ।
मंसिर ३०, २०८१
सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री
एजेन्सी
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो ।
एबीसी न्युजले मानहानी मुद्दामा ट्रम्पलाई १५ मिलियन डलर तिर्ने
कान्तिपुर संवाददाता
अमेरिकाको एबीसी न्युजले मानहानी मुद्दामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १५ मिलियन डलर(झन्डै २ अर्ब नेपाली रुपैयाँ) तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपोलिसका कारण ट्रम्पलाई च्यानलले पैसा तिर्नुपरेको हो ।
मंसिर २९, २०८१
दक्षिण कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग संसद्‍बाट पारित
एजेन्सी
दक्षिण कोरियाली संसद्ले‌ राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।
ओपनएआईमाथि प्रश्न उठाउने सुचीर बालाजी मृत फेला
एजेन्सी
ओपनएआईका पूर्वकर्मचारी तथा शोधकर्ता सुचीर बालाजी आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । भारतीय मूलका २६ वर्षीय अमेरिकी नागरिक बालाजी सान फ्रान्सिस्कोस्थित लोअर हाइट क्षेत्रमा रहेको अपार्टमेन्टमा मृत भेटिएका हुन् । त्यहाँको मेडिकल परीक्षण कार्यालयका प्रमुखले उनको मृत्यु आत्महत्याका कारण भएको पुष्टि गरेका छन् ।
ट्रम्पतिर ढल्कँदै जकरबर्ग
सजना बराल
मेटाका प्रमुख मार्क जकरबर्ग र अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्पबीच झन्डै–झन्डै कटुतापूर्ण रहेको सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ । फेसबुक र इन्स्टाग्रामको स्वामित्व रहेको कम्पनी मेटाले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित ट्रम्पको उद्घाटन तयारी कोषमा १० लाख अमेरिकी डलर चन्दा दिएको छ ।
मंसिर २८, २०८१
४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति
एजेन्सी
टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ ।
भारतीय किशोर बने विश्वकै कान्छो चेस च्याम्पियन
एजेन्सी
भारतका १८ वर्षीय किशोर गुकेश डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका छन् । डोम्माराजुले बिहीबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई पराजित गर्दै इतिहास रचेका हुन् ।
मंसिर २७, २०८१
ट्रम्प दोस्रोपटक 'टाइम वर्ष व्यक्ति'
एजेन्सी
अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।
मंसिर २६, २०८१
अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए
एजेन्सी
अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ । तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो ।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
एजेन्सी