text
stringlengths
2
914
दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको छ । राष्ट्रपति येओलले सैनिक शासन घोषणा गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बुधबार राष्ट्रपति कार्यालयमा छापा मारेको छ ।
मंसिर २५, २०८१
विद्रोही नेता अल-बसिर सिरियाका अन्तरिम प्रधानमन्त्री
कान्तिपुर संवाददाता
सिरियमा बसर अल-असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल-बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारकाे नेतृत्व गर्दै आएका थिए ।
युनाइटेड हेल्थ केयरका सीईओ हत्यामा २६ वर्षीयलाई मुद्दा
एजेन्सी
अमेरिकाको न्युयोर्कस्थित युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थम्पसनको हत्यामा लुइगी मान्जोनीमाथि मुद्दा चलाइएको छ । मान्जोनी सोमबार पेनसिल्भेनियाको आल्टुनास्थित म्याकडोनाल्ड्सबाट पक्राउ परेका थिए ।
भारतका विपक्षी दलहरूले राज्यसभा सभापतिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै
कान्तिपुर संवाददाता
भारतका विपक्षी दलहरूको गठबन्धन (इन्डिया)ले माथिल्लो सदन राज्यसभाका सभापति जगदीप धनखडविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएका छन् । भारतीय कांग्रेसका महासचिव तथा राज्यसभा सांसद जयराम रमेशले राज्यसभाका महासचिवलाई अविश्वास प्रस्ताव बुझाएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् ।
मंसिर २४, २०८१
बेलायतले ई-भिसा लागू गर्ने म्याद बढायो
नवीन पोखरेल
बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल ई-भिसा लागू गर्ने म्याद केही महिना सार्ने निर्णय गरेको छ । ई-भिसा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने म्याद थपेको हो ।
दक्षिण कोरियाली राष्ट्रपतिमाथि विदेश यात्रामा प्रतिबन्ध
एजेन्सी
दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।
मंसिर २३, २०८१
सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे
कान्तिपुर संवाददाता
सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।
मंसिर २२, २०८१
महाभियोगबाट जोगिए दक्षिण कोरियाली राष्ट्रपति
एजेन्सी
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाभियोगबाट जोगिएका छन् । दक्षिण कोरियाली संसद्‍मा शनिबार भएको मतदानमा ‍१ सय ९५ सांसदले मात्र राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।
मंसिर २१, २०८१
असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ
रासस
विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।
मंसिर २०, २०८१
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
एजेन्सी
फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् ।
मंसिर १९, २०८१
दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस
एजेन्सी
दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए ।
मंसिर १८, २०८१
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा आपत्कालीन सैन्य कानुन घोषणा
रासस
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय संघर्षका बीच ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताए ।
फुटबल खेलमा भागदौड हुँदा कम्तीमा ५६ को मृत्यु
एएफपी
रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको भागदौडमा परेर दक्षिणपूर्वी गुएनामा ५६ को मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ । गुएनाको दोस्रो ठूलो सहर एनजेरेकोरेमा दुई प्रतिद्वन्द्वी टिमका समर्थकबीचको झपडमा यति ठूलो हताहत भएको हो भने मृत्यु हुनेमा बच्चाहरूसमेत रहेका छन् ।
मंसिर १७, २०८१
अमेरिकी राष्ट्रपति बाइडेनले दिए छोरालाई आममाफी
एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् ।
मंसिर १६, २०८१
सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउने कानुन अस्ट्रेलियाले हतारमा ल्याएको कम्पनीहरूको टिप्पणी
एजेन्सी
सामाजिक सञ्जालमा १६ वर्षभन्दा मूनिका बालबालिकालाई प्रतिबन्ध लगाउने कानुन पारित गर्न अस्ट्रेलिया सरकारले ‘हतार’ गरेको ठूला प्रविधि कम्पनीहरूको टिप्पणी छ । संसदीय प्रक्रियामा यसलाई अस्वभाविक रूपले चाँडो अघि बढाइएको उनीहरूले प्रतिकृया दिएका छन् ।
मंसिर १५, २०८१
सिक्किममा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १५ जना घाइते
कान्तिपुर संवाददाता
भारतको सिक्किमस्थित रम्फू नजिकै शनिबार भएको बस दुर्घटनामा ६ जना यात्रीको मृत्यु भएको छ । १५ जना घाइते छन् ।
सिरियाको अलेप्पो विद्रोहीको कब्जामा
एजेन्सी
सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् ।
मंसिर १३, २०८१
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
एजेन्सी
रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् ।
हिउँले भरियो दक्षिण कोरियाको राजधानी सोल, इतिहासकै तेस्रो बाक्लो हिमपात
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार सोलमा इतिहासकै तेस्रो बाक्लो हिमपात भएको हो । बुधबार र बिहीबार सोलमा बाक्लो हिमपात भएको हो ।
मंसिर १२, २०८१
कस्तो बन्यो 'टिम ट्रम्प' ?
बुद्धिसागर मरासिनी
आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् । उनले ह्वाइटहाउसको कमान्ड सम्हाल्न अझै डेढ महिनाभन्दा बढी समय बाँकी छ । दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका ट्रम्पले आफ्नो टिम भने निर्माण गरिसकेका छन् ।
इजरायल र हिजबुल्लाहबीच युद्धविराम
रोयटर्स
अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ ।
मंसिर ११, २०८१
पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन चर्कियो
एजेन्सी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
इजरायल-हिजबुल्लाह युद्धविरामनजिक
कान्तिपुर संवाददाता
अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार इजरायल र हिजबुल्लाहबीच छिटै नै युद्धविरामको सम्झौता हुन लागेको छ । यसै विषयमा छलफल र निर्णय गर्नका लागि मंगलबार नै इजरायली क्याबिनेट बैठकसमेत बोलाइएको छ ।
मंसिर १०, २०८१
उत्तर प्रदेशमा मस्जिद सर्वेक्षणका क्रममा झडप, ४ जनाको मृत्यु
एजेन्सी
भारतीय राज्य उत्तर प्रदेशको सम्भल सहरको मस्जिद सर्वेक्षणका क्रममा झडप हुँदा ४ जनाको ज्यान गएको छ । हिंसात्मक झडपका कारण दर्जनौं घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै प्रदर्शन
एजेन्सी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी इस्लामावादमा मात्रै दशौं हजार समर्थकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।
मंसिर ९, २०८१
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
रासस
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन् ।
इजरायली आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु
कान्तिपुर संवाददाता
लेबनानले इजरायली आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । इजरायली आक्रमणमा मध्य बेरुतमा रहेको ८ तले आवासीय भवन ध्वस्त भएको लेबनाले जनाएको छ ।
जलवायु परिवर्तनको सामना गर्न धनी देशहरूले विकासशील देशलाई वार्षिक ३०० बिलियन डलर दिने
कान्तिपुर संवाददाता
धनी देशहरूले विकासशील देशहरूलाई जलवायु परिवर्तनको तयारी र त्यसको सामना गर्नका लागि वार्षिक ३०० बिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेका छन् । अजरबैजानको बाकुमा जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज 'बाकु फाइनान्स गोल' का रूपमा उक्त सहमति भएको हो ।
महाराष्ट्रमा भाजपा गठबन्धन र झारखण्डमा जेएमएम गठबन्धनलाई बहुमत
कान्तिपुर संवाददाता