text stringlengths 2 914 |
|---|
भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारूढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले २ सय ३५ सिट जितेको छ । यहाँ बहुमतका लागि १ सय ४५ सिट आवश्यक थियो । |
मंसिर ८, २०८१ |
महाराष्ट्रमा भाजपासहितको गठबन्धनलाई भारी बहुमत |
कान्तिपुर संवाददाता |
भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १ सय ८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ । |
कंग्रेस महासचिव प्रियंका लोकसभा सदस्यमा विजयी |
एजेन्सी |
भारतीय कंग्रेस महासचिव प्रियंका गान्धी बाड्रा लोकसभा सदस्यमा विजयी भएकी छन् । केरलको वायनाड क्षेत्रको उपनिर्वाचनमा उनले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का उम्मेदवार सथ्यन मोकेरीलाई ४ लाख १० हजारभन्दा बढी मतान्तरले विजयी भएकी हुन् । |
रुसले आवश्यक परे शक्तिशाली नयाँ क्षेप्यास्त्र प्रयोग गर्छ : पुटिन |
एजेन्सी |
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग दुश्मनविरूद्ध प्रयोग गर्नका लागि शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू तयारी अवस्थामा रहेको बताएका छन् । रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट पुटिनले चेतावनीमूलक अभिव्यक्ति दिएका हुन् । |
पाकिस्तानको साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु |
रासस |
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार खैबर पख्तुन्ख्वा प्रान्तमा भएको झडपमा ४७ जना घाइते भएका छन् । |
अमेरिकामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु |
महेश केसी |
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना रुकुमेलीको मृत्यु भएको छ । आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । |
मंसिर ७, २०८१ |
भारतमा १० जना माओवादी विद्रोहीको मृत्यु |
रासस |
भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा १० जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । |
मंसिर ६, २०८१ |
इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी |
एजेन्सी |
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली पूर्वरक्षामन्त्री योआभ ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । त्यसका साथै, आईसीसीका न्यायाधीशहरूले प्यालेस्टिन समूह हमासका सैन्य कमाण्डर मोहम्मद डेफलाई पक्राउ पुर्जी जारी गरेका छन् । |
भारतीय अर्बपति अडानीमाथि अमेरिकामा दायर मुद्दा के हो ? |
कान्तिपुर संवाददाता |
भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर गरिएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोपमा न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको हो । |
रुसद्वारा युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार |
एजेन्सी |
रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरू गरेको रुसले पहिलोपटक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । |
१८५ वर्षअघि नेपालबाट लगिएको बिरुवाले बेलायत आजित |
नवीन पोखरेल |
एक बेलायती नागरिकले करिब १८५ वर्षअघि सजावटका लागि नेपालबाट भित्र्याएको एउटा वनस्पति अहिले बेलायतका लागि टाउको दुखाइ बनेको छ । हिमालयन बल्सम (इम्प्याटियन्स ग्लान्डुलिफेरा) नामक उक्त बिरुवा सर्वत्र फैलिएर रैथाने बिरुवालाई समेत नाश गरेपछि यसलाई रोप्न वा आयात गर्न प्रतिशन्ध नै लगाइएको छ । |
मंसिर ५, २०८१ |
महाराष्ट्र विधानसभामा भाजपा नेतृत्वको गठबन्धन अगाडि |
एजेन्सी |
भारतको महाराष्ट्र र झारखण्ड राज्यमा बुधबार विधानसभा निर्वाचन भएको छ । महाराष्ट्रका सबै २ सय ८८ विधानसभा सिटका लागि मतदान भएको हो । झारखण्डमा भने दोस्रो चरणअन्तर्गत ३८ सिटका लागि निर्वाचन भएको हो । |
अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने |
एजेन्सी |
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । |
माओरी आन्दोलन हाँकिरहेकी कान्छी सांसद |
बुद्धिसागर मरासिनी |
उपनिवेशकालीन बेलायत र माओरी आदिवासीबीच सन् १८४० मा भएको सन्धिको पुनर्व्याख्या गर्ने प्रस्तावित विधेयकविरुद्ध न्युजिल्यान्डको संसद् भवन बाहिर मंगलबार करिब ५० हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । ९ दिनसम्म चलेको हिकोई (शान्तिपूर्ण विरोध र्याली) को अन्तिम दिन आदिवासी माओरीले संसद् भवन अगाडि बृहत् प्रदर्शन गरेका हुन् । |
मंसिर ४, २०८१ |
हङकङमा लोकतन्त्र पक्षधर ४५ जनालाई जेल सजाय |
एजेन्सी |
हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । |
मंसिर ३, २०८१ |
श्रीलंकाको प्रधानमन्त्रीमा पुन: अमरासुरिया नियुक्त |
एजेन्सी |
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शिक्षाविद् हरिनी अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन् । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) पार्टी गत साता भएको संसदीय चुनावमा विजयी भएको थियो । उनले २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । |
भारतको मणिपुरमा साम्प्रदायिक हिंसा, २३ जना पक्राउ |
एजेन्सी |
भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि साम्प्रदायिक हिंसा मच्चिएको छ । शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् । |
युक्रेनलाई रुसविरुद्ध लामो दूरीका अमेरिकी हतियार प्रयोग गर्ने अनुमति |
एजेन्सी |
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले युक्रेनलाई दिएका लामो दूरीका क्षेप्यास्त्र रुसमा प्रहार गर्ने अनुमति दिएका छन् । अन्तर्रास्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार बाइडेन प्रशासनले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो । |
भारतको मणिपुरमा फेरि 'इन्टरनेट सटडाउन' |
एजेन्सी |
बढ्दो हिंसात्मक प्रदर्शनबीच भारतको मणिपुर राज्य सरकारले ‘इन्टरनेट सटडाउन’ को घोषणा गर्दै त्यहाँका सात जिल्लामा पूर्ण रूपमा इन्टरनेट सेवा बन्द गरिदिएको छ । बन्द गर्नुको उद्देश्य ‘राष्ट्रविरोधी र समाजविरोधी तत्वका योजना र गतिविधि नियन्त्रण’ सँगै मिथ्या सूचनाको प्रवाह र भीड जम्मा हुनबाट रोक्नु रहेको सरकारद्वारा जारी गरिएक... |
मंसिर २, २०८१ |
इजरायली सेनाको आक्रमणमा हेजबुल्लाह प्रवक्ता मारिए |
एजेन्सी |
इजरायली रक्षा बल (आईडीएफ) ले बेरुतमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रवक्ता मारिएका छन् । अल जजिराका अनुसार लेबनानको राजधानी बेरुतस्थित रास अल-नबामा गरिएको आक्रमणमा मोहम्मद अफिफको ज्यान गएको हो । |
इजरायली आक्रमणमा गाजामा कम्तीमा ७२ जना मारिए |
एजेन्सी |
इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा गरेको आक्रमणमा कम्तीमा ७२ जनाको ज्यान गएको छ ।आईडीएफले उत्तरी गाजाको बेट लाहियास्थित एक आवासीय भवनमा हवाई आक्रमण गरेको हो । |
चिनियाँ राष्ट्रपति सी ट्रम्पसँग मिलेर अघि बढ्न तयार |
एजेन्सी |
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाका आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने वाचा गरेका छन् । राष्ट्रपति सीले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटका क्रममा दुई देशबीचको तनाव कम गर्ने बताएका बीबीसीले जनाएको छ । |
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण |
एजेन्सी |
रुसले युक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेनाले शनिबार रातभर विभिन्न ऊर्जा संरचनामा आतक्रमण गरेको जनाएका हुन् । जेलेन्स्कीका अनुसार रुसी सेनाले युक्रेनका सबै क्षेत्रमा १ सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रहार गरेको हो । |
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण |
कान्तिपुर संवाददाता |
आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो । |
मंसिर १, २०८१ |
भारतीय अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु |
एजेन्सी |
भारतको उत्तर प्रदेश राज्यस्थित एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको मृत्यु भएको छ । झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबारको राति भएको घटनामा ३५ शिशुको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये १६ शिशुको अवस्था गम्भीर रहेको जनाइएको छ । |
ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की |
एजेन्सी |
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । |
कार्तिक २९, २०८१ |
बेलायती सञ्चारमाध्यम गार्डियनले अबदेखि एक्समा केही सामग्री पोस्ट नगर्ने |
कान्तिपुर संवाददाता |
बेलायती अखबार द गार्डियनले सोसल मिडिया प्लाटफर्म 'एक्स' मा केही पनि सामग्री पोस्ट नगर्ने जनाएको छ । गार्डियनको सम्पादकीय टिमले बुधबार सामाजिक सञ्जाल एक्समा अबदेखि केही पनि पोस्ट नगर्ने जनाएको हो । |
कार्तिक २८, २०८१ |
तलब बढाउन माग गर्दै अस्ट्रेलियामा नर्सको आन्दोलन |
नारायण खड्का |
तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन गरेका छन् । न्यु साउथ वेल्स राज्यका दसौं हजार नर्स र मिडवाईफ बुधबार काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । |
कोपमा ट्रम्पको धक्का |
बुद्धिसागर मरासिनी |
पूर्वी युरोप र पश्चिम एसियासँग सीमा जोडिएको अजरबैजान युरोपको तेल र ग्यासको ठूलो आपूर्तिकर्ता हो । क्यास्पियन सागरदेखि कोकेसिया क्षेत्रसम्म फैलिएको अजरबैजानको विश्वव्यापी तापमान वृद्धिका लागि पनि उत्तिकै योगदान छ । सँगै यो देशले जलवायु परिवर्तनका कारण हुने असरहरूको पनि सामना गरिरहेको छ । |
कार्तिक २७, २०८१ |
चीनमा व्यायाम गर्नेको भीडमा कार जोतिँदा ३५ को मृत्यु, ४३ घाइते |
एजेन्सी |
चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । |
कार्तिक २६, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.