text
stringlengths
2
914
अजरबैजानमा कोप–२९ सम्मेलन सुरू
एजेन्सी
बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् ।
जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित
एजेन्सी
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।
कार्तिक २५, २०८१
अमेरिकी तल्लो सदनमा रिपब्लिकन पार्टी बहुमतनजिक
एजेन्सी
अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा रिपब्लिकन पार्टी बहुमतनजिक पुगेको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले २ सय १३ सिटमा जित हासिल गरेको छ । डेमोक्रेटिक पार्टीले २ सय ५ सिट ल्याएको छ ।
‘स्विङ स्टेट्स’मा ट्रम्पको ‘क्लिन स्वीप’
एजेन्सी
अमेरिकामा मंगलबार भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सातवटै ‘स्विङ स्टेट्स’ को नतिजा आफ्नो पक्षमा पारेका छन् । मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको एरिजोना राज्यमा जित्ने पक्का भएसँगै ट्रम्पले निकै प्रतिस्पर्धात्मक हुने ठानिएका ‘स्विङ स्टेट्स’मा ‘क्लिन स्वीप’ गरेका हुन् ।
कार्तिक २४, २०८१
को हुन् ट्रम्पको ‘चिफ अफ स्टाफ’ सुजी ?
बुद्धिसागर मरासिनी
अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्न थालिसकेका छन् । ट्रम्पले आफ्नाे चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वायल्सलाई ‘चीफ अफ स्टाफ’मा नियुक्त गरेका छन् । चुनावी अभियानमा रिपब्लिकन पार्टीका दुई व्यवस्थापकमध्ये वायल्स एक थिइन् ।
अमेरिकाले युक्रेनी भूभाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
एजेन्सी
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकारले आगामी प्रशासनले रुससँगको युद्धमा युक्रेनले गुमाएका भूभाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताएका छन् ।
ट्रम्पलाई जेलेन्स्कीले गरेको टेलिफोनमा मस्कसँग पनि कुराकानी
एजेन्सी
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गरेको टेलिफोन वार्तामा अमेरिकी अर्बपति इलन मस्कले पनि कुराकानी गरेको समाचार सार्वजनिक भएको छ । जेलेन्स्कीले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन चुनावको भोलिपल्ट टेलिफोन वार्ता गरेका थिए । त्यतिबेला ट्रम्प र मस्क फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा थिए ।
ट्रम्पले सेना तैनाथबारे आदेश दिनसक्ने भन्दै अमेरकी रक्षा मन्त्रालयका अधिकारी छलफलमा
एजेन्सी
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् ।ट्रम्पले अमेरिकाभित्र कानुन कार्यान्वयन र गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायबाट निस्कासन गर्ने बताएका छन् ।
रेल-वे स्टेसनमा आत्मघाती विस्फोट : कम्तीमा २४ को मृत्यु, ४० भन्दा बढी घाइते
कान्तिपुर संवाददाता
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेसनमा शनिबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जनाभन्दा धेरै घाइते भएका छन् ।
सर्वाधिक कमाउने ‘इन्फ्लुएन्सर्स’
सजना बराल
सामाजिक सञ्जालमार्फत सर्वाधिक आम्दानी गर्ने शीर्ष ५० इन्फ्लुएन्सर (प्रभावशाली व्यक्ति) हरूको सूची सार्वजनिक भएको छ । अनलाइनमा आधारित रही काम गरिरहेका हजारौं व्यक्तिका अपेक्षित कुल आम्दानी, फलोअर संख्या, इन्गेजमेन्ट दर र उद्यमशीलताका लागि गरिएका प्रयासलगायत विवरणको विश्लेषणका आधारतमा फोर्ब्स म्यागाजिनले यो सूची सार्वजनिक गरेको हो ।
कार्तिक २३, २०८१
रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने ट्रम्पको संकेत
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् ।
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई दिए बधाई
कान्तिपुर संवाददाता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् ।
कार्तिक २२, २०८१
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
रासस/एएफपी
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।
ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने
एजेन्सी
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानले भन्यो : ह्वाइट हाउसमा जोसूकै बसून्, हामीलाई त्यसले कुनै अर्थ राख्दैन
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वभरबाट बधाई र प्रतिक्रिया आउने क्रम जारी छ । यसै क्रममा अमेरिकाको प्रतिद्वन्द्वीका रूपमा परिचित इरानले समेत प्रतिक्रिया दिएको छ ।
कार्तिक २१, २०८१
‘बिहार कोकिला’ सिन्हाको निधन
शंकर आचार्य
‘केलवा के पात पर उगेलन सुरुजमल झांके झुके
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ?
रासस/एएफपी
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी
एजेन्सी
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
इलन मस्क रिपब्लिकनका ‘नयाँ स्टार’ : ट्रम्प
एजेन्सी
अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरेका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् ।
अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत
एजेन्सी
अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याउने निश्चित भएको छ । १ सय सिटको सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५१ सिट जित्ने निश्चित भएको सीएनएनले प्रक्षेपण गरेको छ ।
अमेरिकी जनताको ‘सानदार जित’ : ट्रम्प
एजेन्सी
अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितनजिक, समर्थकलाई सम्बोधन गर्दै
कान्तिपुर संवाददाता
अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
अमेरिकी राष्ट्रपति निर्वाचन : स्विङ स्टेट 'नर्थ क्यारोलाइना' र 'जर्जिया'मा ट्रम्पको जीत [अपडेट]
एजेन्सी
अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचन : सुरुवाती मतगणनामा ह्यारिसभन्दा ट्रम्प अगाडि
कान्तिपुर संवाददाता
अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १५४ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।
ह्वाइटहाउसको प्रतिस्पर्धामा साढे १० अर्ब डलरको विज्ञापन
बुद्धिसागर मरासिनी
अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार मतदान भएको छ । अहिले कुन राज्यबाट कुन उम्मेदवारले कति मत पाउँछन् भन्ने आकलन भइरहेको छ । यहीबेला निर्वाचनमा भएको खर्चको पनि लेखाजोखा भइरहेको छ । चुनावका लागि डेमोक्य्राट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारले १० अर्ब ५० करोड डलर (करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ ।
कार्तिक १९, २०८१
बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध
रासस/एपी
पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपर्‍यो ।
अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र ह्यारिसको अन्तिम दाैडधुप [तस्बिरहरू]
एजेन्सी
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुँदैछ । ४७ औं राष्ट्रपति बन्ने दौडमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिस र रिपब्लिकन दलका उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा हुने विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रपतिमा विजयी हुन पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा गरी ७ वटा ‘ब्याटलग्राउन्ड स्टेट’ निर्णायक देखिएका छन् । जसका कारण पछिल्लो समय दुवै उम्मेदवारको चुनावी अभियान ती राज्यमा केन्द्रित छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
रासस/एएफपी
पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचन : ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर
एजेन्सी
अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन् ।
उत्तराखण्डको मार्चुलामा बस दुर्घटना : कम्तीमा २८ जनाको मृत्यु
कान्तिपुर संवाददाता
भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुलामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
काबुलको ग्यास उद्योगमा आगलागी हुँदा ६ जनाको मृत्यु
कान्तिपुर संवाददाता
अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ । साथै अन्य नौ जना घाइते भएका छन् । काबुल ;हरको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो ।
बाढी प्रभावित क्षेत्रमा जाँदा स्पेनका राजाको व्यापक विरोध, आगामी भ्रमण रद्द